अन्तराष्ट्रिय माउण्टेन हबको खोजी गर्दै योजना आयोगको टोली रुवि भ्यालीमा(फोटो फिचर)
काठमाडौं । नेपाल भ्रमणमा आउने बहुसंख्यक पर्यटकको प्राथमिकता हिमालय पर्वत पर्ने भएकोले पर्वतीय पर्यटनको विकासलाई सरकारले प्राथमिकतामा राखेर अध्ययन गर्ने भएको छ । हिमाली क्षेत्रमा पर्यटक आकर्षित गर्न सरकारले आवश्यक पूर्वाधार निर्माण र प्रवद्र्धनको काम एक साथ अगाडि बढाउन अध्ययनको तयारी गरेको हो । पर्वतीय पर्यटनका निम्ति आवश्यक जनशक्ती उत्पादनदेखि अन्तराष्ट्रिय विशिष्ट पाहुनालाई समेत हिमाल चढाउन मिल्ने माउण्टेन हब निर्माण गर्दा अन्तराष्ट्रिय स्तरमा विशिष्ट पहिचान हुने विश्वासका साथ उपयुक्त स्थानको छनोट गर्न लागिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले बताए । सरकारले चाहेजस्तो पर्याप्त पूर्वाधार निर्माण गर्न उपयुक्त स्थान काठमाडौंबाट सबैभन्दा नजिकको दुरीमा रहेको रुविभ्याली स्थित गणेश हिमाल श्रृङ्खला अन्तर्गत पाल्दोर हिमालको आधार शिविर र पाङसाङ पासमा रहेको धादिङ क्षेत्र नं. २ का सांसद खेमप्रसाद लोहनीले बताए । पाल्दोर आधार शिविर र पाङसाङ पासमा हालै नेपाल पर्वतारोहण संघको संयोजनमा राष्ट्रिय योजना आयोगको उच्च पदाधिकारीद्वारा स्थलगत अवलोकन गरिसकिएको छ । यही जेठ १ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेल नेतृत्वको टोलीले रुविभ्यालीको पाङसाङ पास र पाल्दोर आधार शिविर पुगेर स्थलगत निरीक्षण गरेको हो । अध्ययन भ्रमणमा राष्ट्रिय योजना आयोगका पर्यटन हेर्ने सदस्य डा. रामकुमार फुँयाल, धादिङ क्षेत्र नं. २ का सांसद लोहनी, नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङ लगायतको सहभागिता थियो । पर्यटन मार्फत नै आर्थिक समृद्धि रविश्व समुदायको ध्यान खिच्न सक्ने उपयुक्त परियोजनाको खोजी गर्दा राजधानीबाट सबैभन्दानजिक र छिटो सम्पन्न गर्न सकिने सो स्थान छनोटमा पर्न सक्ने देखिएको छ । भ्रमणबाट फर्किएपछि उपाध्यक्ष कँडेलले पर्यटन मार्फत समृद्धि हासिलगर्न यस्ता परियोजनाको खोज अनुसन्धान हुन आवश्यक रहेको बताए । उपाध्यक्ष कँडेलले भने–‘प्रारम्भिक चरणको अध्ययनमा पाल्दोर आधार शिविर राजधानीबाट नजिक रहेको र उपयुक्त लोकेशनमा रहेकोले अगाडि बढाउन उपयुक्त देखिएको छ ।’ राष्ट्रिय आवश्यकताको आधारमायस्ता परियोजना छनोट हुने भएकाले यसै वर्ष विस्तृत अध्ययन गरिने जानकारी दिए । पाङसाङबाट अन्नपूर्ण, माछापुच्छ्रे मनाश्लु, गणेश, लाङटाङ, गौरीशंकर लगायतका श्रृङ्खला नजिकबाट अवलोकन गर्न सकिन्छ । काठमाडौंबाट धादिङबेसी हुँदै दुई दिनमा पुग्न सकिने सो स्थानमा रसुवाको स्याफ्रुबेसी हुँदै एकै दिनमा मोटर चढेर पुग्न सकिन्छ । हेलिकप्टर मार्फत १८ मिनेट मै पुगिने सो स्थान स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्न सक्छ । स्थलगत निरीक्षण गरेर फर्किएका राष्ट्रिय योजना आयोगका पर्यटन हेर्ने सदस्य डा. रामकुमार फुँयालले राष्ट्रिय महत्व बोकेको राम्रा परियोजनाको खोजी गर्ने क्रममा पाल्दोर पिकपनि एउटा संभावनाले युक्त देखिएको बताए । नेपाल पर्वतारोहण संघ र ट्रेकिङ एजेन्सिज एसोसिएशन नेपालले यसअघि पाल्दोर पिकमा माउण्टेन हट निर्माण गर्न विभिन्न दातृ निकायसंग सहकार्य गरेर प्रारम्भिक अध्ययन गरेका थिए । सोही अध्ययनका आधारमा सांसद लोहनी र नेपाल पर्वतारोहण संघको मागका आधारमा सरकारले बजेट समेत विनियोजन गरेको छ । सरकारले माउण्टेन हब बनाउने उद्देश्यका साथबजेट विनियोजन गरेरै अध्ययन गर्न थालेपछि पर्वतीय पर्यटन व्यवसायीहरु खुशी भएका छन् । नेपाल पर्वतारोहण संघका पूर्व महासचिव ठाकुरराज पाण्डे पाल्दोरमा माउण्टेन हब निर्माण हुँदा सिंगो मुलुकले फाइदा पाउने हुँदा पर्यटन क्षेत्र हर्षित भएको बताउनु हुन्छ । नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङ पर्वतीय पर्यटनलाई राष्ट्रले अपनत्व लिएर परियोजना अगाडि बढाएकोमा खुशी व्यक्त गर्दै सहकार्यका निम्ति पर्वतारोहण संघ संधै तत्पर रहने बताउँछन् । सरकारले हिमाली क्षेत्रलाई विशेष महत्व दिँदै विभिन्न आयोजनालाई बजेट मार्फत सम्बोधन गरेको छ । नेपाल सरकारको यही आर्थिक वर्षमा हिमाली क्षेत्रमा पूर्व-पश्चिम हरित पदमार्ग, हिमाली क्षेत्रमापुग्न केवलकार र विभिन्न सर्किटहरुमा पदमार्ग निर्माण गर्न बजेट व्यवस्था गरेको छ । रुवि भ्यालीको लागिपनि विस्तृत परियोजना प्रस्ताव तयार गर्न र पाल्दोर आधार शिविरसम्म पुग्न पदमार्ग निर्माणका लागि एक करोड १० लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।
एनसेलले ल्यायो आकर्षक योजना, फोरजीमा अब डबल डेटा
काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्ना ग्राहकका लागि डेटामा आकर्षक योजना ल्याएको छ । यो योजना अन्तर्गत एनसेलका ग्राहकले सात दिन र तीस दिन समयसिमा भएको गज्जबको डेटा प्याकको खरिदमा बोनस स्वरुप फोरजी डेटा भोलुम प्राप्त गर्न सक्नेछन् । बिहीबारदेखि लागु भएको उक्त अफरले देशको १,००० भन्दा बढी स्थानमा फोरजी सेवा विस्तार भएको घोषणा गरेको छ । दुई साता भित्रै एनसेलले अझ सुलभ दरमा आधुनिक मोबाइल कनेक्टिभिटि सुनिश्चित गर्दै फोरजी डेटा बोनसको योजना ल्याएको हो । यो योजना अन्तर्गत सात दिन समयसिमा भएको ५०० एमबी डेटा र तीस दिन समयसिमा भएको ३ जिबी डेटाको खरिदमा ग्राहकले त्यत्तिनै भोलुम बराबरको फोरजी डेटा बोनस स्वरुप पाउनेछन् । जस्तै यदि ग्राहकले तीस दिन समयसिमा भएको ३ जिबी डेटा कर सहित रु ४५३.३० मा खरिद गरेमा बोनस स्वरुप थप ३ जिबी फोरजी डेटा पाउनेछन् भने ३ जिबी डेटाकै शुल्कमा ६ जिबी डेटाको मजा लिन सक्नेछन् । त्यसैगरी, एनसेलका ग्राहकले सात दिन समयसिमा भएको ५०० एमबी प्याकको खरिदमा ५०० एमबीनै फोरजी डेटा बोनस बापत प्राप्त गर्न सक्नेछन् भने ५०० एमबी प्याक कर सहित रु ९५ं.७७ मा सुचारु गरीे ५०० एमबी डेटाको शुल्कमा १००० एमबी डेटाको फाइदा लिन सक्नेछन् । योजना अन्तर्गत बोनसको लाभ लिनका लागि ग्राहकसँग फोरजी सपोर्ट गर्ने ह्याण्डसेट, यु सिम र फोरजी नेटवर्कमा पहँुच हुनुपर्छ । सात दिन वा तीस दिन समयसिमा भएको डेटा भोलुम टुजी, थ्रिजी वा फोरजी कुनै पनि नेटवर्कमा चलाउन सकिनेछ भने बोनस डेटा फोरजी नेटवर्कमा मात्र चलाउन सकिनेछ । देशका १,००० भन्दा बढी स्थानहरुमा विस्तार गरिसकेको उक्त योजनामा एनसेलका ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी आफ्नो आवश्यकता अनुसारको सात दिन वा तीस दिनको गज्जबको डेटा प्याक एसएमएसबाट सुचारु गर्न सक्नेछन् । सात दिनको प्याक सुचारु गर्न ७५ टाइप गरी १७१२३ मा एसएमएस पठाउने र तीस दिनको प्याक सुचारु गर्न ३५५ टाइप गरी १७१२३ मा एसएमएस पठाउन सक्नेछन् । यसरी, ग्राहकहरुलाई नेपालकै सबै भन्दा ठूलो फोरजी नेटवर्कको पहँुचबाट लाभ प्रदान गर्न यो बोनस योजना ल्याएको एनसेलले जनाएको छ । एनसेलको फोरजी नेटवर्कले सरकारको डिजिटल नेपाल फ्रेमवर्क र ब्रोडव्याण्ड पुर्वाधार तथा उच्चगतिको इन्टरनेट सेवामा पहुँच वृद्धि गर्न केन्द्रित राष्ट्रिय ब्रोडव्याण्ड नीतिको कार्यान्वयनमा योगदान गर्नेछ ।
ख्वप कलेज भक्तपुरको आर्थिक विकासबारे राष्ट्रिय सम्मेलन
काठमाडाैं । ‘आर्थिक विकासमा व्यवस्थापनको भूमिका’ विषयक दुईदिने राष्ट्रिय सम्मेलन शुक्रबारदेखि भक्तपुरमा शुरु हुँदैछ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ख्वप कलेज भक्तपुरले आयोजन गर्ने सो सम्मेलन शनिबारसम्म चल्नेछ । आयोजक कलेजका प्राचार्य रुपक जोशीले समग्र मुलुकको आर्थिक विकासमा सहयोग पुर्याउने उद्देश्यका साथ पहिलोपटक सम्मेलन गर्न लागेको जानकारी दिएका छन् । सम्मेलनमा प्रमुख वाचकको रूपमा पहिलो दिन शुक्रबार प्रा. डा. पुष्कर बज्राचार्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. पुष्प कँडेल, डा. निर्मल रावतलगायतका रहनेछन् । उक्त सम्मेलनमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीलगायतका व्यक्ति पनि प्रमुख वाचकको रुपमा रहने जनाइएको छ भने संस्थागत, व्यक्तिगत र विद्यार्थी गरी तीन वर्गबाट विभिन्न विषयमा ३४ कार्यपत्र प्रस्तुत हुनेछ । त्यसैगरी, एकाउन्टेन्सी, फाइनान्स, मार्केटिङ, फाइनान्सियल मार्केट, लेवर रिलेशन, इन्टरनेशनल ट्रेड, इकोनोमिक ग्रोथ एण्ड डेभलपमेन्ट, ह्युमन रिसोर्स म्यानेजमेन्ट, प्रोडक्सन एण्ड अपरेशन म्यानेजमेन्ट, इन्टरप्रियनर्स डेभलपमेन्ट, बैंकिङ एण्ड इन्स्योरेन्स तथा अरु म्यानेजमेन्टसँँग सम्बन्धित विषयमा रहेर कार्यपत्र प्रस्तुत हुने कलेजले जनाएको छ । साथै संयोजक राजन फाँजूका अनुसार सम्मेलनमा १०० भन्दा बढीको सहभागिता रहनेछ । रासस
सुन प्रतितोला ६३ हजारमा कारोबार, आजको मूल्य महिना कै उच्च
काठमाडौं । बिहीबार महिना भरिकै उच्च मूल्यमा सुनकाे मूल्य निर्धारण भएकाे छ । बिहीबार प्रतितोला ६२ हजार ४ सय रुपैयाँमा विक्री वितरण भएको छापावाल सुन शुक्रबार ६ सय रुपैयाँ बृद्धि भई ६३ हजारमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुन बिहीबारको तुलनामा ६ सय रुपैयाँ बढेर ६२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । भने चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जेष्ठको १ गते प्रतितोला ६० हजार ६ सयमा कारोबार भएको छापावाल सुन जेष्ठ ६ गते सबैभन्दा कम मूल्य ५९ हजार ५ सयमा काराेबार भएकाे थियाे । त्यस्तै ३१ गते शुक्रबार ६३ हजारमा विक्री वितरण भई महिना कै उच्चतम विन्दुमा पुगेको महासंघले जानकारी दिएको छ ।
पप्पुलाई कारवाही गर्न समितिको निर्देशन, तीनकुने पुलमा लापरवाही गरेको ठहर
काठमाडौँ । राजधानीको तीनकुने र मीनभवन जोड्ने गरी बागमती नदीमाथि निर्माण भइरहेको पुल गुणस्तरहीन भएको निश्कर्ष सहित काम रोक्न दिइएको निर्देशन पालना नगर्ने पप्पु कस्ट्रक्सनलाई कारवाही गर्न शिफारिस गरिएको छ । प्रतिनिधि सभा अन्तरगत विकास तथा प्रविधि समितिमा शुक्रबार पुलको स्थलगत भ्रमणको प्रतिवेदन पेश गर्दै पप्पुलाई कारवाहीको शिफारिस गरिएको हो । समितिले तिनकुने पुलमा देखिएको प्राबिधिक समस्या तत्काल समाधान गरी निर्माण कार्य अघि बढाउने सुनिश्चतता गर्न पनि आयोजना सम्वद्ध अधिकारीलाई निर्देशन दिएको छ । फाइल तश्वीर ‘काम अघि नबढाउन निर्देशन दिँदा दिँदैपनि अटेर गरी निर्माण अघि बढाउने व्यवसायीलाई कारवाही गर्नु पर्छ’-समिति सभापति खड्काले बताइन् । २१ करोड ३३ हजारमा तीनकुनेका २ वटा पुलको निर्माण गर्ने ठेक्का पाएको पप्पुले कमसल निर्माण गरेको भन्दै सडक विभागले काम रोक्न पत्र काटेको थियो । सडक विभागको पत्रलाई अटेरी गर्दै पप्पुले पुल निर्माण अघि बढाएपछि उसको भुक्तानी समेत रोकिएको छ । पुल निर्माणमा भएको लापरवाहीबारे सांंसदहरुले कुरा उठाएपछि समितिका सभापति कल्याणी खड्का नेतृत्वको टोलीले जेठ २ गते पुल निर्माणको स्थलगत अध्ययन गरेको थियो । सो टोलीमा राष्ट्रिय सतर्कता केन्द्रका प्राविधिक समेत सहभागी थिए । यो पनि पढ्नुहोस्: तीनकुने पुलमा पप्पुलाई सांसदको र्याखर्याख्ती टेकु र वाग्मती पुलको विकास समितिले अनुगमन गर्ने, ‘निर्माण गुणस्तरहीन’ वाग्मती पुलको निर्माण सुस्त, ठेक्काको अवधि सकियो, भौतिक प्रगति ३० प्रतिशत मात्रै
२५ लाखको चिठ्ठा पर्यो भन्दै १ लाख २० हजार ठगी गर्ने २ जना पक्राउ
काठमाडौँ । चिठ्ठामा रु २५ लाख परेको भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले विहीबार पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–११ बस्ने २३ वर्षीय निरज मरिक र मोरङ धनपालथान गाउँपालिका–६ बस्ने ३६ वर्षीय श्रवण मलहाले इलाम जिल्ला इलाममाई नगरपालिका–८ बस्ने पासाङ शेर्पालाई ‘इमो’ मार्फत चिठ्ठा परेको छ भन्दै सन्देश पठाई रु एक लाख २० हजार ठगी गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए । निजहरुले चिठ्ठा परेको भन्दै शेर्पालाई दस्तुर (कर) वापत पटक–पटक गरी मरिकको नाममा रु ४५ हजार र रु ७५ हजार गरी रु एक लाख २० हजार विराटनगरको एक बैंकको खातामा रकम पठाएपछि मरिक सम्पर्कविहीन भएका थिए । पक्राउ परेका मलाहा यसअघि विसं २०७५ पुस २६ गते यसरी नै ठगीमा पक्राउ परी जिल्ला अदालत मोरङबाट रु दुई लाख धरौटीमा छुटेका थिए । निजहरुलाई मुलुकी अपराध संहिता, २०७४ बमोजिम ठगीसम्बन्धी कसूरअन्तर्गत अनुसन्धान तथा कारवाही पक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ । रासस
आनको २९ औं वार्षिकोत्सव मनाइयो, २२ जनाले गरे रक्तदान
काठमाडौं । नेपाल विज्ञापन संघ (आन)ले बिहीबार आफ्नो २९औँ वार्षिकोत्सव मनाएको छ । आनले आफ्नो वार्षिकोत्सव नेपाल मेडिसिटी अस्पतालसँगको सहकार्यमा कार्यालय भवन परिसर शान्तिनगरमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । सो अबसरमा निःशुल्क स्वास्थ्य शिविरबाट ८० जना व्यक्तिहरू लाभान्वित भए भने रक्तदानबाट २२ पिन्ट रगत संकलन गरिएको थियो । काठमाडौँ महानगरपालिका वडा नं ३१ का अध्यक्ष नारायणप्रसाद भण्डारीको स्वास्थ्य परीक्षण गरी कार्यक्रमको उद्घाटन गरिएको थियो । उनले आनले यस्ता कार्यक्रमहरुको आयोजना गरी आफ्नो सामाजिक दायित्व पूरा गरेको बताउँदै आनले समग्र वडाको विकासमा पुर्याएको योगदानको पनि प्रशंशा गरेका थिए । यसका साथै मेडिसिटि अस्पतालका महाप्रबन्धक विजय रिमाल र योगिक समाज नेपालका अध्यक्ष पुरुषोत्तम अधिकारीले पनि आनले सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत सामाजिक काममा खेलेको भूमिका प्रति प्रशंसा गरेका थिए । आनका अध्यक्ष रबिन्द्रकुमार रिजाल ‘शशी’ले जनहितका लागि आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए । कार्यक्रममा आनका वर्तमान तथा पूर्व पदाधिकारी तथा विज्ञापन व्यवसायसँग सम्बन्धित विभिन्न साझेदारहरूको पनि उपस्थिति थियो ।
भक्तपुरको जगातीमा आइसर ट्रक र बसको सर्भिस-स्पेयर्सको सुबिधा
काठमाडौँ । भक्तपुरको जगातीमा आइसर ट्रक र बसको टुएस अर्थात सर्भिस र स्पेयर्स सुविधा उपलब्ध हुने भएको छ । आइसरको नेपालका लागि आधिकारिक वितरक इस्टर्न म्यानेजमेन्ट प्रालिको सहकार्यमा आइसरका ग्राहकलाई सहयोग गर्नका लागि सो विश्व स्तरीय सुविधाको सुरुवात गरिएको हो । जगाती चेकपोष्ट नजिक रहेको सो सर्भिस सेन्टर बाबा डोलेश्वर महादेव मन्दिर जाने बाटोसँगै जोडिएको छ । आइसरका हेभी ड्युटी, लाइट र मिडियम ड्युटी ट्रक र बसलाई बिक्री पछिको सेवा उपलब्ध गराउनका लागि सो सर्भिस सेन्टर निर्माण गरिएको हो । यसबाट आइसरका ग्राहक र कम्पनीका बीचको सम्बन्ध थप सुमधुर हुने कम्पनीको अपेक्षा भएको बताइएको छ । सांसद महेश बस्नेत, मेयर बासु थापा र आइसर गाडीको उत्पादक भीई कमर्सियल भेइकल्स इन्डियाका भाइस प्रेसिडेन्ट तथा इन्टरनेसनल बिजनेस हेड एसएस गिलले संयुक्त रुपमा सो सर्भिस सेन्टरको उद्घाटन गरेका हुन् । सो अवसरमा प्रशस्तै संख्यामा ग्राहक, लगानीकर्ता र अन्य सर्वसाधारणको उपस्थिति थियो । यससँगै आइसरको नेपालभर १५ वटा थ्रीएस अर्थात सेल्स, सर्भिस र स्पेयर्स आउटलेट पुगेको छ । यसका साथै १ सय ३० रिटेल आउटलेट समेत भएको कम्पनीले बताएको छ ।