विकासन्युज

सिंगापुरमा काम लगाउने भन्दै ३ सय जनासँग ६ करोड ठगी गर्ने प्रवीन पौडेल पक्राउ

काठमाडौँ । महानगरीय अपराध महाशाखाले सिङ्गापुरको क्रुजमा काम लगाइदिने भन्दै रु छ करोड ठगीको आरोपमा एकजनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले आकर्षक तलब हुने भन्दै रु छ करोड ठगी गरेको आरोपमा नुवाकोट गणेशस्थानका ३४ वर्षीय प्रवीन पौडेललाई मङ्गलबार मकवानपुरबाट पक्राउ गरी आज काठमाडौँ ल्याई सार्वजनिक गरेको हो । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलकुमार थापाले काठमाडौँको विशालनगरमा ‘द एपेरिङक फर्म प्रालि’ नामक ट्रेनिङ सेन्टर खोलेर पौडेलले विभिन्न व्यक्तिलाई ठगी गरेको जानकारी दिए । “पौडेलले सिङ्गारपुरको सोलास कम्पनीको पानीजहाजमा काम लगाइदिने भन्दै विभिन्न व्यक्तिलाई भारतको लखनउमा पठाएर तालीमसमेत दिने गरेको अनुसन्धानमा खुलेको छ”, उनले भने । पक्राउ परेका पौडेलले काम गर्न जाने लागत रु पाँच लाख र तलब अमेरिकन ६५० डलर हुने प्रलोभन देखाएर ३०० भन्दा बढीको रु छ करोड ठगी गरेको महाशाखाको दाबी छ ।

बैंकिङ कसुर मुद्दामा खड्का कारागार चलान, १ महिना कैद, २३ लाख जरिवाना

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा फरार हुँदै आएका काठमाडौँ तारकेश्वर नगरपालिका– ९ का प्रमोदकुमार खड्का कारागार चलान भएका छन् । खड्का विरुद्ध परेको मुद्दामा उच्च अदालत पाटनले उनलाई एक महिना कैद र रु २३ लाख जरिवानाको फैसला वैशाख १६ गते गरेको थियो । त्यसवेलादेखि उनी फरार हुँदै आएका थिए । काठमाडौँको चक्रपथबाट उनलाई प्रहरीले मङ्गलबार पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेको थियो । अदालतको आदेशले कैद भुक्तानका लागि उनलाई कारागार कार्यालय जगन्नाथदेवल काठमाडौँ पठाइएकोे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)का प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए । खड्काले आर्थिक व्यवहार मिलाउने भन्दै जाहेरवाला प्रशान्त जैसवालसँग रु २३ लाख लिएकोमा नियतबस पैसा नभएको बैंकको चेक दिएपछि जाहेरी परेको थियो ।

होटल हायातका मजदुर काममा फर्किए

काठमाडौ । होटल हायातमा एक हप्तादेखी चलिरहेको आन्दोलन स्थगन गरी मजदुरहरु काममा फर्किएका छन् । मंगलबार साँझ श्रम तथा रोजगार कार्यालय टेकुले आन्दोलनरत पक्ष र व्यवस्थापन दुवै पक्षलाई पत्र काटेर वार्तामा बोलाएको थियो । मजदुर सहमतीमा आएपनि व्यवस्थापकलाई सहमतीमा ल्याउन सकस परेको छ । होटल हायातको आधिकारीक ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहालले कानुनी प्रक्रियामा अघि बढ्ने बित्तिकै हामीले सहमती जनाएका छौँ, तर मजदुरको कमजोरी देखाउन हायात होटलको व्यवस्थापन पक्ष नियतवस लागीरहेको बताए । साथै, कानुनी रुपमा मजदुरहरु अघि बढ्न राजी भएको अवस्थामा होटले गर्ने अटेरमा सरकार जवाफदेही हुनु पर्ने तर्क दिए । ७४ लाख ४९ हजार कित्ता सेयर सूचीकृत भएको होटल एक सातादेखि बन्द

मोबाइल मेलामा भिडसँगै थपिए अफर, मोबाइल किन्दा १ लाखको बीमा

काठमाडौं । राजधानीका तीन स्थानमा एकै पटक सञ्चालन भैरहेको मनसुन मोबाइल मेगा अफरमा मोबाइल किन्नेको भिड लागेको छ । सेवाग्राहीको चाहनालाई ध्यानमा राखेर झण्डै आधादर्जन अफरहरु थप गरिएको हो । एउटा मोबाइल किन्दा अर्को मोबाइल निशुल्क पाउने यस अघिको योजनामा मोबाइलका ४ मोडलहरु थप गरिएको छ । यसका साथै हरेक मोबाइलको खरिदमा १ लाख रुपैंयासम्मको जीवनबीमा, निशुल्क सिनेमा टिकट लगायतका अफरहरु थपगरिएको छ । ६ सय ५० रुपैंयामा मोबाइल किन्नेहरु पनि उल्लेखित अफरमा सहभागि हुनेछन् । चबहिल चुच्चेपाटी स्थित के एल मोबाइल हब, दरबार मार्गस्थित मर्कन्टाइल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वल्र्ड मोबाइल तथा सिटिसि मल सुन्धाराको भुई तल्लामा रहेको सिटिसी मोबाइल हबमा जारी मोबाइल मेलामा उल्लेखित अफरहरु थप गरिएको हो । मेलाअवधिमा एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा पाइने अफर आईमार्स मिल्की वे एम २, आई मार्स भि सन ६, नुबिया जेट मिनी १७, जेट १७मिनी एस्, जेट १७लाईट,नुबिया भि १८ लगायतमोडलका मोबाइलको हकमा लागू हुनेछ । १५हजार ९ सय ९९ रुपैंयामा २ वटा सेट खरिद गर्न सकिने आईमार्स मिल्की वे एम टू मा२ वटा सिमकार्ड, ओ एस एण्ड्रोइड ८.१ भर्सन, ३२ सय एमएएचको व्याट्री, ५ दशमलव ४५ इञ्चकोस्क्रीन, ८ मेगापिक्सेलको फ्रण्ट क्यामेरा तथा १३ मेगापिक्सेलको रियर क्यामेरा, २ जीबी र्याम तथा १६ जीबी स्टोरेज छ । १० हजार ४ सय ९९ रुपैंयामा २ वटा सेट खरिद गर्न सकिने आईमार्स भि सन ६ मोबाइलमा एण्ड्रोइड ७, ५ इञ्चको एचडी आईपीएस स्क्रीन१ जीबी र्याम, १६ जीबी स्टोरेज, २२०० एमएएचको व्याट्री छ । नुबिया ब्राण्डको बिशेषता सिडीएमए तथा जिएसएमसिम एकै साथ प्रयोग गर्न सकिन्छ । २८ हजार ९ सय९९ रुपैंयामा २ वटा सेट खरिद गर्न सकिने नुबिया जेड १७मिनीमा ५.२ इञ्चको स्क्रीन, ४ जीबी र्याम, ६४ जीबी स्टोरेज, १६ मेगा पिक्सेलको फ्रण्ट तथा १३ मेगा पिक्सेलको रियर क्यामेरा छ । त्यसै गरी ३६ हजार ९ सय९९ रुपैंयामा २ वटा सेट किन्न सकिने नुबिया जेड १७मिनीएसमा ५.२ इञ्चको स्क्रीन, ६ जीबी र्याम, ६४जीबी स्टोरेजका साथै पछिल्ला एण्ड्रोइड फिचर समावेश गरिएको छ । ३४ हजार ९ सय ९९ रुपैंयामा २ वटा सेट खरिद गर्न सकिने नुबिया जेड १७ लाइटमा ५.५ इञ्चको स्क्रीन, ६ जीबी र्याम, ६४ जीबी स्टोरेज, फंगिरप्रिण्टका साथै आधुनिक फिचर्स छन् । ३१ हजार ९ सय ९९ रुपैंयामा २ वटा सेट किन्न सकिने नुबियाभी १८ मा६ इञ्चको स्क्रीन, ४ जीबी र्याम, ६४ जीबी स्टोरेज, भी७.१ एण्ड्रोइड भर्सन, चार हजार एमएएचको व्याट्री, फिंगरप्रिण्ट सेन्सर लगायतका विशेषता छन् । मेलामा जुनसुकै ब्राण्डका मोबाइल शुन्य प्रतिशत ब्याजदरमा शुन्य प्रतिशत डाउन पेमेन्ट तथा ७० प्रतिशतसम्मको छुटमा किन्न सकिन्छ । पुरानो मोबाइलनयाँ मोबाईल साट्ने व्यवस्था पनि मिलाइएको छ । साथै मोबाइल किन्दा मेरो सुरक्षाको मोबाईल प्रोटेक्सन प्लान र १ लाख बराबरको जीवनबीमा निशुल्क पाउने छन् । मोइबालको खरिदमा आर्कषक उपहारको व्यवथा गरिरेको थियो । साथै गोलाप्रथाबाट प्रत्येक दिन एउटा मोबाइल बितरण गरिने छ । मोबाइल मेला आगामी असार १५ गतेसम्म चल्नेछ ।

सुबिसु भयङ्कर अफर लक्की ड्रमा हेमन्ती शाहले जितिन् स्मार्ट टिभी

काठमाडौँ । सुबिसु केबलनेट प्रालिले सुबिसु भयङ्कर अफर अन्तर्गत लक्कि ड्रमा बम्पर प्राइजको रुपमा भद्रपुरकी हेमन्ति शाहले ४० ईन्चको टिभी जितेकी छिन् । कम्पनीले १४ औं हप्तासम्म गरेको लक्कि ड्रमा आफ्ना सक्रिय ग्राहाकहरु मध्ये १४० जना भाग्यशाली ग्राहाकहरुले क्लियर टिभि तथा इन्टरनेट सेवामा तीन महिनाको निःशुल्क सेवा प्राप्त गरेका छन् । १५औं तथा अन्तिम हप्तामा बम्पर प्राइजको लागि गरिएको लक्कि ड्र अन्तर्गत हेमन्ति शाहले ४० इञ्चको स्मार्ट टीभी हात पार्न सफल भएको कम्पनीले जनाएको छ ।

ग्लोबल आइएमईका ग्राहकलाई सुमेरु अस्पतालमा १० प्रतिशत छुट

काठमाडौँ । ग्लोबल आइएमई बैंक लि. र सुमेरु अस्पताल प्रालिबीच अस्पतालले बैंकका ग्राहक तथा कर्मचारीहरुलाई प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकको कार्ड बिक्रि तथा बजार प्रबद्र्घन विभाग प्रमुख नवीन सुवेदी र सुमेरु अस्पताल प्रालिका निर्देशक दिलिप डंगोलले हस्ताक्षर गरेका छन् । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संघ÷संस्थाहरुसँग समन्वय गरी यस्ता योजनाहरु ल्याउने गरेको जनाएको छ । उक्त सम्झौता पश्चात सुमेरु अस्पताल, धापाखेल, ललितपुरमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउने छन् ।

चढ्ने हैन त नयाँहोण्डा डीआइओ डीएलएक्स ? मूल्य २ लाख ३ हजार

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकृत बिक्रेता र ज्योति ग्रुपको एक अग्रणी कम्पनी स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले नेपालमा सर्वाधिक बिक्री हुने डीआइओ स्कुटरको नयाँ मोडेल होण्डा डीआइओ डीएलएक्सलाई नेपाली बजारमा भित्र्याएको छ । समकालीन शहरी डिजाइनमा आधारित होण्डा डीआइओ डीएलएक्समा आकर्षक र स्टाईलिस लुक रहेको छ, जसले आधुनिक स्कुटरहरुलाई पूर्णरुपमा रि-डिफाइन गर्न सफल भएकोे छ । उत्कृष्ट माइलेज भएको १०९ सिसि ईन्जिनयुक्त यस डीआइओ डीएलएक्समा चालकहरुको सहजताका लागि पूर्ण डिजिटल मिटरका साथै इसीओ स्पिड इण्डिकेटर रहेको छ । विभिन्न विशेषताहरुले भरिपूर्ण होण्डा डीआइओ डीएलएक्समा मुख्य आकर्षक विशेषता भनेकोसर्भिस ड्यू इण्डिकेटर रहेको छ, जसले चालकहरु लागि नियमित रुपमा सर्भिसिङ्ग गर्नको लागि स्मरण गराउँछ । मोबाइल चार्जिङ्ग सकेट सहितउपलब्ध यस नयाँ डीआइओ डीएलएक्सको नेपाली मूल्य २ लाख ३ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

सेवाग्राहीलाई कामनाले डिजिटल वालेट प्रदान गर्दै

काठमाडौं । ‘प्रगतिको आधार कामना सेवासँग कारोबार’ भन्ने मुल नाराका साथ कामना सेवा बैंकले खल्ती (डिजिटल वालेट) प्रदान गर्ने भएको छ । सर्वसाधारणलाई विभिन्न सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले स्पारो पे को खल्ती डिजिटल वालेट सुविधा समेत प्रदान गर्ने भएको हो । बैंकको मोवाईल बैकिङ सेवा लिएका ग्राहकले आफ्नो खातामा भएको रकम मोवाईल बैकिङ मार्फत खल्ती डिजिटल वालेटमा फण्ड लोड गर्ने सुविधा प्रदान गरिएको छ । खल्ती वालेट मार्फत ग्राहकले क्रेडिट कार्डको बिल भुक्तानी, इन्स्योरेन्सको प्रिमियम भुक्तानी, बिद्युत महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी, मोवाइल टप अफ गर्ने लगायत अन्य विभिन्न भुक्तानीमा सहयोगी हुने बंैकले जनाएको छ । बैंकले देशका विभिन्न भागहरुमा ९१ वटा शाखा तथा ४३ वटा एटिएम मार्फत ग्राहकलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एविविएस्, एसएमएस् व्याकिङ्ग, मोबाइल व्याकिङ्ग, सी एएसबिए लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको जानकारी दिएको छ ।