विकासन्युज

सूर्या लाइफ इन्स्योरेन्सलाई इमर्जिङ्ग एशिया इन्स्योरेन्स् अवार्ड

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले इमर्जिङ्ग एशिया इन्स्योरेन्स् अवार्ड २०१९ पाउन सफल भएको छ । इन्स्योरेन्स्लाई भारतीय चेम्बर अफ कमर्शले सन् १४ जुन, २०१९मा थाईल्याण्डको बैंककमा आयोजना गरेको पुरस्कार वितरण गरेको छ । कार्यक्रममा सूर्या लाइफ इन्स्योरेन्सले नेपालमा बीमा व्यवसाय विस्तार सम्बन्धी रणनीतिक सफलताका लागि विशेष भूमिका खेलेकोले इमेरजिङ्ग एशिया इन्स्योरेन्स् अवार्ड २०१९ पुरस्कार दिएको हो । कम्पनीले भारतीय चेम्बर अफ कमर्शबाट स्पेसल रेकग्निसन् फर इन्स्योरेन्स स्पेरडीङ् स्ट्रयाटेजी फर द् यर २०१९ पुरस्कार प्राप्त गर्न सफल भएको हो । पुरस्कार वितरण समारोहमा भाग लिन कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराई तथा प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे थाइल्याण्ड पुगेका थिए ।

ग्लोबल आइएमई बैंकले एकैदिन संचालनमा ल्यायो थप १७ शाखारहित बैंकिङ्ग सेवा

काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप १७ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप १७ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएपछि हाल बैंकको शाखारहित बैंकिङ्ग सेवाको संख्या १५५ पुगेको छ । बैंकले सिराहा जिल्लाको सन्हैठाचोक, कालिकोटको रेगिल, पर्साको मनवाबजार, पर्वतको राम्जा ठाँटी, परासीको जर्गाहा, संखुवासभाको लोहाकोट, पाल्पा जिल्लाको वीरकोट, गुल्मीको पराल्मी, मोरङ्गको चाँदनी चोक एव्म लक्ष्मीमार्ग, झापा जिल्लाको भृकुटी चोक, तनहूँ जिल्लाको देबघाट, उदयपुर जिल्लाको हडियाबजार, तनहूँको नेपालटार, चितवनको भालुमारे, चितवनकै शक्तिखोर र गुल्मीको चोरकाटेमा शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ । साथै बैंकले दमक शाखा, काठमाडौं, कपनको साततले र वीरगंज स्थित नारायणी सब रिजनल अस्पताल परिस र माए.टि.एम. सेवा पनि सञ्चालनमा ल्याएको छ । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधिमार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मागर्ने तथाझिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिशहोम/सीडीएमए/यूटिएल/एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्जगर्ने लगायतका सेवालिन सक्नेछन् । कृषि, रेमिट्यान्स तथापर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवाउपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ती स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ । बैंकले १३७ वटा शाखा, २६ वटा एक्सटेन्सन काउण्टर एवम् राजश्व संकलन काउण्टर, १४८ एटिएम तथा १५५ शाखा रहित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

खाद्य प्रविधिका महानिर्देशकसहित १३ जना विरुद्ध भ्रष्टाचार मुद्धा, २४ करोड घोटाला गरेको आरोप

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीव कुमार कर्णसमेत १३ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि आधुनिकीकरण परियोजनाको खरिद प्रकरणमा भ्रष्टाचार गरेको ठहर गर्दै महानिर्देशक कर्णसहित १३ जना विरुद्ध बिशेष अदालत काठमाडौंमा मद्धा दायर गरेको हो । परियोजनाबाट खरिद गरिएको चारवटा प्रयोगशाला मोबाइल भ्यान खरिदै नगरि बिल भुक्तानी गरेर २४ करोड ८० लाख ९५ हजार एक सय १६ रुपैंयाँ अनियमितता गरेको अख्तियारको ठहर छ । अख्तियारले महानिर्देशक कर्ण, बरिष्ठ खाद्य अनुसन्धान अधिकृत पूर्णचन्द्र वस्ती, लेखापाल रविता श्रेष्ठ, नायब सुब्बा गुरुदत्त गौतम, शाखा अधिकृत भागिरथ आचार्य, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाई खुमलटारका उपसचिव (लेखा) गणेश प्रसाद चालिसे, लेखापाल बालाराम पोख्रेल, तत्कालीन परियोजना निर्देशक नरहरि प्रसाद घिमिरे, बरिष्ठ कृषि इन्जिनियर सरोज अधिकारी, बरिष्ठ योजना अधिकृत तिलकराज चौलागाई, परियोजना निर्देशक लक्ष्मण प्रसाद पौडेल र बरिष्ठ अनुगमन मूल्याङ्कन अधिकृत इन्द्रहरि पौडेल विरुद्ध मुद्धा दायर गरेको हो । सप्लायरकाका प्रतिनिधि प्रविण कुँवर विरुद्ध पनि मुद्धा परेको छ ।

यूनियन लाइफ इन्स्योरेन्सको प्रादेशिक कार्यालय काठमाडौंको बबरमहलमा

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले प्रदेश नं ३ अन्तर्गतको प्रादेशिक कार्यालय काठमाडौंको बबरमहलमा सञ्चालनमा ल्याएको छ । उक्त कार्यालयको उद्घाटन बिहीबार(आज) बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाई, कम्पनी संचालक समितिका अध्यक्ष शुलभ अग्रवाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । सो कार्यालयबाट प्रदेश नं. ३ अन्तर्गतका शाखा तथा उपशाखा कार्यालयहरुको समन्वय एवं ब्यवस्थापनको काम गरिने व्यवस्था गरिएको छ । उद्घाटन कार्यक्रममा बीमा समितिका अध्यक्ष चापागाईले यूनियन लाइफ इन्स्योरेन्सले बीमा क्षेत्रमा आगामी दिनमा उल्लेख्य योगदान गर्न शुभकामना दिएका छन् । साथै, देशमा बीमा व्यवसायका लागि अनुकुल वातावरण बनाउन बीमा समिति सक्रिय भएर लागि परिरहेको बताउँदै नेपालमा बीमाको कभरेज २० प्रतिशतभन्दा बढि पुग्ने अवस्था रहेको उनले बताए । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत लाल कर्णले कम्पनीले आ.व. २०७५।७६ को जेष्ठ मसान्त सम्म १ अर्ब ९२ करोड प्रथम बीमा शुल्क संकलन गरेको जानकारी दिए । कम्पनीले ७ वटै प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरी शाखा तथा उपशाखा कार्यालयहरुको कार्य संचालन प्रणालीलाई प्रभावकारी बनाउने नीति लिएको छ । कम्पनीका देशभर १५६ शाखा तथा उपशाखा कार्यालयहरु संचालनमा रहेको छन् ।

आशा राणा अधिकारी सनराइज बैंकको कामु सीइओमा बढुवा

काठमाडौं । आशा राणा अधिकारी सनराइज बैंक लिमिटेडको कामु सीईओमा बढुवा भएकी छिन् । बैंकको गत जेठ २२ गतेको बैठकले अधिकारीलाई कामु सीईओमा बढुवा गर्ने निर्णय  गरेको हो । साथै निजले हाल निमित्त प्रमुख कार्यकारी अधिकृतको समेत जिम्मेवारी सम्हालेकि छिन् । विगत ३१ वर्षदेखि बैकिङ्ग क्षेत्रमा कार्यरत रहेकी अधिकारी सनराइज बैंकमा, बैंकको स्थापना कालदेखि नै कार्यरत थिइन् । सनराइज बैंकमा आउनु अघि उनले हिमालयन बैंकमा १४ वर्ष र राष्ट्रिय वाणिज्य बैंकमा ६ वर्ष भन्दा बढी काम गरिसकेकी छिन् ।

सुरु भयो मेलम्ची खानेपानी आयोजनाको काम, कहिले आउला पानी ?

काठमाडौं । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको काम अब सुचारु भएको छ । केही महिनादेखि ठप्प रहेको यस आयोजनाको कामलाई तीव्र गतिले अगाडि बढाउन खानेपानी मन्त्रालय अन्तर्गतको मेलम्ची खानेपानी विकास समितिले गृहकार्य गरिरहेको छ । सुरुङ भित्र गरिने भेन्टिलेसन साफ्टको कामलाई समितिले अगाडि बढाएको छ भने सुन्दरीजलमा बढी भएको पानी बाग्मतीमा खसाल्ने आउट फलको काम पनि सुरु भएको छ । समितिले मेलम्ची आयोजनाको सुरुङ फिनिसिङ र हेड वक्र्स निर्माणको कार्य अघि बढाउन दुई वटा मुख्य प्याकेजको राष्ट्रिय बोलपत्र आव्हान गरेको थियो । जसमा सुरुङ फिनिसिङका लागि गरिएको बोलपत्र ९टेण्डर० आव्हानको समय सकिएकाले यसको मूल्यांकन भईरहेको छ । हेडवक्र्स (मुहानको संरचना ) निर्माणको कार्यका लागि गरिएको बोलपत्रको अन्तिम समयावधि असार १६ गतेसम्म रहेको खानेपानी मन्त्रालयका प्रवक्ता रितेश कुमार शाक्यले जानकारी दिए । प्रवक्ता शाक्यले भने, ‘अब मेलम्चीको काम सुरु भइसकेको छ । सुरुवाती चरणमा भेन्टिलेसन साफ्टका लागि ड्रिलिङको काम सुरु भएको छ । उता सुन्दरीजलमा पानीको आउट फलका लागि काम अघि बढाइएको छ ।’ मन्त्रालयका प्रवक्ता शाक्यका अनुसार मेलम्ची आयोजनाको बाँकी कामलाई मुख्य दुईवटा प्याकेजमा विभाजन गरिएको र त्यसभित्र स साना गरी १० वटा प्याकेजमा बाँडिएको छ । ‘पहिलो प्याकेजमा हेड वक्र्स अन्तर्गत ड्याम निर्माण र पुल निर्माण लगायत छन्, उनले भने, ‘दोस्रो प्याकेजमा सुरुङभित्रको फिनिसिङ, गेट निर्माण र भेन्टिलेसन साफ्ट लगायतका निर्माण कार्य छन् । अब मेलम्चीमा देखिएको अन्यौलता समाप्त भएको छ ।’ सुरुङ फिनिसिङ कार्यका लागि गरिएको बोलपत्र आव्हानमा बोलपत्र दर्ता गरेका कम्पनीहरुको मूल्यांकन गरी छिट्टै अन्य बाँकी काम सुचारु गर्ने तयारी मेलम्ची समितिले गरिरहेको छ । एक महिनाअघि मन्त्रिपरिषद्को बैठकले विशेष परिस्थितिको कानुनी आधारमा टेकेर बाँकी काम अघि बढाउने निर्णय गरेको थियो । सोही अनुसार मन्त्रालयले समितिलाई मेलम्चीको काम तत्काल सुचारु गर्न निर्देशन दिएकाले काम अघि बढेको हो । गत पुसमा इटालियन कम्पनी सिएमसी दि राभेनाले आफू आर्थिक रुपमा टाट पल्टेको घोषणा गर्दै एकतर्फी काम छाडेर गएपछि मेलम्चीको काम रोकिएको थियो । रोकिएको मेलम्चीको काम अघि बढाएर तोकिएको समयभित्रै काठमाडौंमा पानी ल्याउन सरकार गम्भीर भएर लागेको प्रवक्ता शाक्यले बताउनुभयो । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी उपत्यकामा ल्याउने खानेपानी मन्त्रालयको लक्ष्य छ । याङग्री र लार्के आयोजना अघि बढाउने तयारी मेलम्चीको पहिलो चरणको सुरुङ निर्माणको काम अघि बढ्ने भएपछि एसियाली विकास बैंक (एडीबी) याङ्ग्री र लार्केको सुरुङ लगायत अन्य संरचनामा लगानी गर्न इच्छुक देखिएको छ । यसअघि एडीबीले पहिलो चरणको मेलम्चीको काम सम्पन्न गर्न सरकारलाई आग्रह गरेको थियो । मन्त्रालयले अब दोस्रो चरणको मेलम्ची आयोजनाको काम अघि बढाउने तयारी समेत गरेको छ । परामर्शदाता कम्पनी इप्टिसाले याङ्ग्री र लार्केको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मेलम्ची खानेपानी विकास समितिलाई बुझाइसकेको छ । इप्टिसाले डीपीआरलाई अन्तिम रूप दिएर समितिलाई बुझाएको हो । सिन्धुपाल्चोकको याङ्ग्री र लार्के खोलाबाट १७—१७ करोड लिटर पानी उपत्यकामा ल्याउने लक्ष्य आयोजनाको छ । यी खोलाबाट थप पानी काठमाडौं ल्याउन निर्माणको कार्य सुरु गर्न लागिएको हो । मेलम्चीदेखि लार्केबीच निर्माण गर्नुपर्ने सुरुङको लम्बाइ ११ किमि छ । मेलम्चीको अम्बाथान (हेडवक्र्स) बाट २ किलोमिटर पर लार्के खोला छ । लार्केबाट याङग्रीको मुहानसम्म २ किलोमिटर सुरुङ बनाएर ल्याइने पानी सिधै मेलम्चीको हेडवक्र्स अम्बाथानमा मिसाइन्छ । तीनवटै खोला मेलम्ची, याङग्री र लार्केबाट गरी दैनिक ५१ करोड लिटर पानी सुरुङको माध्यमबाट अम्बाथानदेखि २७ किलोमिटर टाढा सुन्दरीजलमा ल्याइनेछ ।

नेशनल बैंकिङ इन्स्च्युट र अफ्लाटोन इन्टरनेशनलबीच वित्तीय शिक्षा सम्बन्धी सम्झौता

नेशनल बैंकिङ इन्स्च्युट (एनबीआई) र “अफ्लाटोन इन्टरनेशनल” बीच १९ जुन २०१९ मा दक्षिण अफ्रिका, जोहानेस्वर्गमा आयोजित एक समारोहका बीच सम्झौता भएको छ । नेशनल बैंकिङ इन्स्च्युट (एनबीआई) का प्रमुख कार्यकारी अधिकृत सन्जीब सुब्बा र अफ्लाटोन इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत रोयल्याण्ड मोनाशले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । “अफ्लाटोन इन्टरनेशनल” नेदरल्याण्डमा आधारित एक गैरसरकारी संस्था हो । नेशनल बैंकिङ इन्स्च्युट र अफ्लाटोन इन्टरनेशनलको साझेदारी तथा विभिन्न सम्बद्ध पक्षहरुको सहभागीता मार्फत युवा तथा बालबालिकाका लागि सामाजिक तथा वित्तीय शिक्षाको व्यवस्था गर्नका लागि योजना निर्माण गर्नु, बहस पैरवी गर्नु र सामाजिक तथा वित्तीय शिक्षाको विकास गर्नु यस सम्झौताको मुख्य उद्धेश्य रहेको छ । नेदरल्याण्ड आधारित अफ्लाटोन ईन्टरनेशनल सन् १९९१ मा मुम्बई, इन्डियामा स्थापना भए यता निरन्तर रुपमा वित्तीय साक्षरता सम्बन्धि पाठयक्रम विकासको क्षेत्रमा विश्वव्यापी रुपमा नेतृत्व गर्न सफल संस्था हो । विभिन्न ३५ मुलुकका सरकार एवं २ सय ७५ वटा साझेदारहरु सहितको मजबुत सञ्जालमार्फत यो संस्थाले वार्षिक १ सयभन्दा बढी राष्ट्रका ८६ लाख भन्दा बढी युवा तथा बालबालिकाहरुमा पहुँच पुर्याई उनीहरुलाई सामाजिक शिक्षा तथा वित्तीय साक्षरतामा शिक्षित बनाउँदै आईरहेको छ । सीवाईएफआईले युवाहरुमा वित्तीय पहुँच विकास गर्न एवं युवा तथा बालबालिकाहरुलाई वित्तीय साक्षरता तथा वित्तीय पहुँच सबन्धी सचेतना जगाउन १ सय ७० भन्दा बढी मुलुकका सरकार, बैंक तथा गैर सरकारी संस्थाहरु एवं हजारौं साझेदार संस्थाहरुसंगको सहकार्य गरेको छ ।

टोयोटाको नयाँ गाडी अब जनकपुरको श्रेया अटोमोबाईल्समा, एकदिनमै ७ वटा गाडि बुकिङ्ग

जनकपुर । विगत ५२ बर्ष देखि टोयोटाको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता युनाईटेड ट्रेडर्स सिण्डिकेटले जनकपुरमा पनि आफ्नो डिलर विस्तार गरेको छ । विगत केहि महिनादेखि सञ्चालनमा आएको श्रेया अटोमोबाईल्स डिलरको बिहीबार मात्र उद्घाटन भएको हो । उक्त अटोमोबाईल्सले जनकपुरमा हालसम्म २५ वटा गाडि बिक्री गरिसकेको छ । उद्घाटनकै दिनमा ७ वटा टोयोटाका गाडिहरु बुकिङ्ग भएको कम्पनीले जनाएको छ ।