सिटिजन्स बैंकद्धारा म्याग्दीको तातोपानी कुण्ड व्यवस्थापन समितिलाई आर्थिक सहयोग
काठमाडौं । सिटिजन्स बैंकले तातोपानी कुण्ड व्यवस्थापन समितिलाई भौतिक पूर्वाधारहरूको विकासको लागि आर्थिक सहयोग उपलब्ध गराएको छ । २०७६ साल असार ४ गते म्याग्दीको सदरमुकाम बेनीबजारमा स्थित प्राकृतिक उपचार केन्द्र तातोपानीमा आउने विरामी , स्थानिय तथा अन्तराष्ट्रिय पर्यटकलाई लक्षित गरी भौतिक पूर्वाधारहरूको निर्माणार्थ उक्त रकमको प्रयोग गरिने कुरा आयोजितकार्यक्रममा समितिद्वारा जानकारी गराईएको छ । यस किसिमको सहयोगबाट देश तथा विदेशबाट उक्त कुण्डमा आउने पर्यटकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ । निकट भविष्यमा पनि बैंकले संस्थागत सामाजिक उत्तर दायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालनगर्ने कुरा जानकारी गराएको छ । “योर पार्टनरफर प्रोग्रेस”भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पु¥याँउदै आएको यस सिटिजन्स बैंकको ८१ वटा शाखा, ७६ वटा एटिएम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।
जनरल इन्स्योरेन्सको वार्षिक कार्यक्रममा सम्पन्न
काठमाडौं । जनरल इन्स्योरेन्सले पहिलो वार्षिक कार्यक्रममा सम्पन्न गरेको छ । गत २०७५ असार ६ गतेबाट अठारौ निर्जिवन बिमा कम्पनीको रुपमा व्यवसायिक कारोवार शुरुवात गरेको प्रथम बर्ष पुरा भएको अवसरमा रक्तदान कार्यक्रम गरेको थियो । उक्त रक्तदान कार्यक्रमा नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्रले रगत ब्यवस्थापनको कार्य गरेको छ । कम्पनीले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्नु हुने सम्पुर्ण रक्तदाता महानुभाव, रक्तदान कार्यक्रमको रगत व्यवस्थापनमा सहयोग गर्नु हुने नेपाल रेडक्रस सोसाईटी रक्तसंञ्चार केन्द, कार्यक्रममा सहभागी जनाउने हुने एसबिआई क्यापिट, आइडिपिएस एजुकेशन कन्सल्टेन्सी, स्माट होडिडे र यस कम्पनीका सम्पुर्ण कर्मचारीहरु प्रति आभार व्यक्त गरेको छ ।
पुँजी पुगे पनि नेपाल इन्स्योरेन्सको बोनस शेयर प्रस्ताव
काठमाडौं । बीमा समितिले तोकेको तोकेको चुक्ता पुँजी पुरा भए पनि नेपनल इन्स्योरेन्सले थप पुँजीबढाउनेगरी बोनस शेयर प्रस्ताव गरेको छ इन्स्योरेन्सको असार ५ गते बसेको सञ्चालक समिति बैठकले बीमा समिति तथा साधारण सभाको स्वीकृति पश्चात् वितरण गर्नेगरी आ.व. ०७४/०७५ नाफाबाट ७.५ प्रतिशतले हुन आउने सात करोड चौसठ्ठी लाख बत्तिस हजार रुपैंया बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो उक्त वोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ लाग्ने रकम समेत नगद लाभांशको रुपमा दिने निर्णय समेत समितिले गरेको छ ।
सहकारी संस्था संचालन गरी रकम ठगी गर्ने ४२ बर्ष श्रेष्ठ पक्राउ
काठमाडौं । सहकारी संस्था संचालन गरी ठगी गर्ने चाबहिल स्थित शाइन बचत तथा ऋण सहकारी संस्थाका संचालक ४२ वर्षका रोशन श्रेष्ठ पक्राउ परेका छन् । दिलशोभा खड्की समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रोशन श्रेष्ठ समेत भएको ठगी मुद्दामा सम्मानित उच्च अदालत पाटनको मिति २०७३ साल जेष्ठ २५ गतेको फैसलाले गणेश बहादुर श्रेष्ठको छोरा जिल्ला काठमाण्डौं का.म.न. ७ बस्ने प्रतिवादी रोशन श्रेष्ठलाई ८ लाख ४६ हजार २ सय ५० जरिवाना र २ बर्ष कैद हुने ठहर भएकोमा उल्लेख छ । सजाय बेरुजू रही फरार रहेका निज प्रतिवादीलाई यस ब्यूरोको टोलीले मिति २०७६ असार ४ गते कुपण्डोल, ललितपुरबाट पक्राउ गरेको छ । जाहेरवाला लगायतका सर्वसाधारण वचतकर्ताहरुलाई उक्त संस्थामा रकम जम्मा गरे रकमको बढी ब्याज पाईन्छ र दिने भन्ने झुठ्ठा प्रलोभनमा पारी झुक्याई जम्मा ३३ लाख ८५हजार ५सय रकम जाहेरवालाहरुबाट प्राप्त गरी साँवा रकम समेत फिर्ता गरेन । उक्त संस्था नै बन्द गरी ठगी गरेको भन्ने ठहर हुन आएको कसूरमा अदालतले प्रतिवादी रोशन श्रेष्ठको हकमा दामासायीबाट हुन आउने रकम रु ८लाख ४६ हजार २ सय ५० रुपैयाँ विगो कायम गरी सोही बमोजिम जरिवाना गरेको थियो । पक्राउ प्रतिवादी रोशन श्रेष्ठलाई मिति २०७६र०३र०५ गते फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरीएको छ ।
सगरमाथा इन्स्योरेन्सलाई बीमा क्षेत्रको अन्तर्राष्ट्रिय पुरस्कार
काठमाडौं । सगरमाथा इन्स्योरेन्सले बीमा क्षेत्रको लागि प्रदान गरिने अन्तराष्ट्रिय अवार्ड पाएको छ । इन्स्योरेन्सले थाइल्यान्डको बैंकमा सम्पन्न एशियाली विकासशील राष्ट्रहरुको बीमा कम्पनीहरु सहभागी प्रतियोगिता इमर्जिङ इन्स्योरेन्स अवार्ड एण्ड कन्क्लेभ २०१९ मा सगरमाथाले जनरल इन्स्योरेन्सका लागि प्रदान गरिने ‘स्पेशल रिकग्निसन अवार्ड फर जनरल इन्स्योरेन्स कम्पनी अफ दि इयर २०१९’ विधाबाट पुरस्कृत भएको हो । अघिल्लो वर्ष पनि सगरमाथाले सोही सस्थाबाट निर्जीवन बीमाहरुमध्ये उत्कृष्ठ प्रोडक्ट ल्याउने कम्पनीलाई दिइने प्रोडक्ट इनोभेसन इन जनरल इन्स्योरेन्स कम्पनी विधामा पुरस्किृत भएको थियो । अवार्ड ग्रहणासँगै कार्यक्रममा सहभागी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी कुँवर क्षेत्रीले अवार्डबाट सगरमाथा इन्स्योरेन्सलाई निर्जीवन बीमा क्षेत्रमा अझै उत्साहसाथ सेवा प्रदान गर्ने हौसला मिलेको बताए । सगरमाथा इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो ११ महिनामा दुई अर्ब रुपैंया बीमाशुल्क संकलन गरेको छ ।
मेगा बैंकको क्यूआर कोड शुरू, किराना व्यवसायीहरुलाई आकर्षक अफर
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले किराना व्यवसायीहरुका लागि आकर्षक अफर ल्याएको छ । बैंकिङ कारोबारलाई ‘क्यासलेस’ बनाउने उद्देश्यका साथ मेगा बैंकले क्यूआर कोड प्रवर्धन गर्न किराना व्यवसायीहरुका लागि अफर ल्याएको हो । यस योजना अन्तर्गत किराना पसलले आफ्ना ग्राहकलाई सामान बिक्री गर्दा ग्राहकको ‘फोन पे’ सञ्जाल भित्र रहेको कुनैपनि बैंकका मोबाइल बैंकिङ मार्फत मेगा बैंकको क्यूआर कोडलाई स्क्यान गरि भुक्तानी लिनुपर्नेछ । किराना पसलले प्रति महिना ग्राहकबाट कम्तीमा एक सयवटा कारोबारको भुक्तानी मेगा बैंकको क्यूआर कोडमार्फत गरेमा त्यसबापत पाँच हजार रुपैँया पाउनेछन् । यसैगरी, महिनामा एक सय भन्दा बढी क्यूआर कोडमार्फत भुक्तानी लिएमा प्रत्येक कारोबार बराबर किराना पसललाई ५० रुपैँया प्रदान गरिने मेगा बैंकले जनाएको छ । नगदबाट हुने भुक्तानीलाई निरुत्साहित गर्दै ‘क्यासलेस’ बैंकिङलाई प्रवर्धन गर्ने नेपाल सरकारको नीतिलाई साथ दिँदै मेगा बैंकले यो योजना ल्याएको हो । यो योजना तत्कालका लागि असार १ गतेदेखि सुरु भई भदौ अन्तिमसम्म लागू हुनेछ । यस योजनामा सहभागी हुन चाहने किराना पसललाई मेगा बैंकको नजिकको शाखा कार्यालय वा टोल फ्री नम्बर १६६००१०००२५ वा ९८५१२०७७१५ मा सम्पर्क गर्न सक्ने बैंकले जानकारी दिएकाे छ ।
सफा शान्त महानगरको तयारी तीव्र गराउनेमा जोड, ४७ परियोजना निर्माण
काठमाडौं । काठमाडौं महानगरपालिकाको पाचौं अधिवेशनमा आर्थिक वर्ष २०७६/७७ कार्ययोजना प्रस्तुत भएको छ । राष्ट्रिय सभा गृहका भएको उक्त नगर सभामा बोल्दै महानगर प्रमुख विद्यासुन्दर शाक्यले आगामी वर्षको कार्य योजनामा ठूला कार्यलाई ३ करोड, मझौला कार्ययोजनालाई २ करोड र साना कार्ययोजना निर्माणका लागि १ करोड ५० लाख विनियोजन गरिएको छ । करिब २५ योजना कार्यन्वयन भईरहेको र ४७ परियोजना निर्माण गरेको बताए । नगरवासीको सेवा सुविधालाई मध्यनजर गरि स्वास्थ्य, रोजगार, एवंम सवृद्ध नेपाल निर्माणका लागि प्रत्येक क्षण तत्पर रहेको प्रमुख शाक्यले जानकारी दिए । यस्ता छन् काठमाडौं महानगरपालिकाको कार्ययोजना महानगरमा रहेका धार्मिक तथा पुरातात्विक विशेषता बोकेका सम्पदाको खोजि तथा निर्माण गर्नुका साथै नेपाली मौलिकता झल्कने कलात्मक घरहरुलाई थप गर्न कार्यविधि बनाउने भएको छ । महानगरपालिका भित्र रहेको दुई वा दुई भन्दा बढी जग्गा धनीको सहमतिमा एउटै आवासीय भवन निर्माण गर्नका लागि नक्सा पेश गरेमा दस्तुरमा छुट दिने व्यवस्था ल्याएको छ । सफा सुन्दर तथा शान्त नगर निर्माण गर्न महानगर र प्रहरीको सहकार्यमा टोलथ्रि नम्वर सबै तिर लागु गर्ने तथा चोक चोकमा सिसी टिभि क्यामेरा जडान गर्नेछ । सबै वडामा मेलमिलाप केन्द्र स्थापना गर्ने साथै वरिष्ठ जेष्ठ नागरिकलाई सरकारले प्रदान गर्ने भत्तामा वार्षिक ५ हजार रुपैयाँ थप गरि विशेष भत्ता प्रदान गर्ने छ । महानगरका सडक निर्माण तथा सरसफाइका ब्रुमर थप्नुका साथै ठूलो सार्वजनिक सवारी साधनका लागि १५ करोड विनियोजन गरेको महानगर प्रमुखले योजना सार्वजनिक गरेका हुन् । काठमाडौं महानगरपालिका उपाध्यक्ष हरिप्रभा खड्की तथा विभिन्न सबै वडाका प्रमुख तथा नगरवासीको उपस्थिति रहेको थियो ।
कारोबार झिनो भए पनि सुधारियो नेप्से, गुराँस र मल्टिप्रोपाेजको सर्किट ब्रेक
काठमाडौं । कारोबार रकम खासै उत्साहप्रद नभए पनि बिहीबारको नेपाल स्टक एक्सचेञ्ज परिसूचकले सुधारको दिशा देखाएको छ । साताको अन्तिम कारोबार दिनको कारोबारमा परिसूचक ५.९० ले बढ्दा सेन्सेटिभ इन्डेक्स र फ्लोट इन्डेक्स दुवैमा सुधार देखिएको हो । उपसमूहतर्फ पनि फाइनान्स, निर्जीवन बीमा र उत्पादनमूलक क्षेत्रबाहेक अन्य सूचकहरुमा वृद्धि देखिएको छ यद्यपि सबै उपसमूहहरु १ प्रतिशत भन्दा कम विन्दुले नै घटबढ भएका छन् । बिहीबारको बजारमा कुल ३७ करोड ५३ लाख रुपैंया बराबरको कारोबार भएको थियो । शिवम् सिमेन्ट कारोबारका आधारमा उत्कृष्ठ कम्पनी बन्दै गर्दा मल्टिप्रोपोज फाइनान्स र गुराँस लाईफ इन्स्योरेन्सको शेयर मूल्य करिब १० प्रतिशतले बढेर सर्किट लागेको छ ।