मार्जिन कारोबार गर्न नेप्सेबाट ८ ब्रोकरले प्राप्त गरे लाईसेन्स
काठमाडौ । नेपाल स्टक एक्सचेञ्जबाट ८ ब्रोकर कम्पनीले मार्जिन कारोबार गर्न बिहिबारे लाईसेन्स प्राप्त गरेका छन् । नेपाल धितोपत्र बोर्डले गत २०७४ साल कात्तिक २० गते जारी गरेको मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन २०७४ को कार्यविधि अनुसार ब्रोकरलाई लाईसेन्स दिईएको हो । मार्जिन कारोबारलाई सुरक्षित, पारदर्शी तथा विश्वसनीय बनाउन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अनुगमन तथा सुपरिवेक्षण गर्ने जनाएको छ । शंकरदेव कलेज नजिकै रहेको प्राइमो सेक्युरिटिज प्रालिका मेघनाथ उपाध्यायले मार्जिन कारोबारको अनुमति लिंदै गर्दा अहिले नभई भविष्यमा नतिजा देखिने बताए । उपाध्यायले भने-‘हामीले अहिले लाईसेन्स मात्र दिएका हौं, भोलिका दिनमा यसको सकारात्मक पर्दै गएमा खुशी हुन्छौँ ।’ उनले हाल आफुहरुमा ठूलो उत्साह नछाएको बताए । कार्यक्रममा बोल्दै नेपाल स्टक एक्सचेञ्जका प्रमुख चन्द्रसिँह साउदले कामको थालनी गर्दादेखी नै सफल नहुने भनेपनि निकै उतरचढावको बीचमा आजको दिनमा आई पुगेको र आर्थिक क्षेत्र सुधारमा लागिरहेको बताए । कार्यक्रममा स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष भरत रानाभाटले भने–‘लाईसेन्स अनुमतिको काम सकियो, अब बाँकी काम हुनेछ, हामी कुर्ने पक्षमा छैनौँ ।’ मार्जिन कारोवार सेवा प्रदान गर्न अनुमति प्राप्त गरेका ८ ब्रोकर कम्पनी १. क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज प्रालि २. भिजन सेक्यूरिटिज प्रालि ३. नेपाल स्टक हाउस ४. सेक्युर्ड सेक्युरिटिज लिमिटेड ५. श्री कृष्ण सेक्युरिटिज लिमिटेड ६. प्राइमो सेक्यूरिटिज प्रालि ७. कोहिनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रालि ८. दिपशिखा धितोपत्र कारोवार कम्पनी प्रालि
एसईई २०७५ सालको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्
काठमाडौं। राष्ट्रिय परिक्षा बोर्डले एसईई २०७५ सालको नतिजा सार्वनजिक गरेको छ। चैत १० गतेदेखी संन्चालित परिक्षामा नियमिततर्फ करिब ४ लाख ५९ हजार विद्यार्थीको सहभागीता रहेको थियो। यस्तै एक्जामटेड तर्फ १५ हजार विद्यार्थी सहभागी थिए। सी, डी प्लस, डी र ई ग्रेड प्राप्त गर्ने परीक्षार्थीले जति विषयमा सी वा सो भन्दा त्ल्लो ग्रेड प्राप्त गरेको छ त्यस्ता विषय मध्ये विद्यार्थीले चाहेका दुई विषय सम्ममा ग्रेड बृद्धि परीक्षा दिन पाउने ब्यवस्था रहेको छ। एसएलसीको ८२ बर्षको लामो ईतिहास पछि २०७३ साल पछि कक्षा १० सम्मलाई सेकेन्डरी एजुकेशन इक्जामिनेशनमा रुपानतरण गरी एसईई बनाईएको हो। कसरी हेर्ने नतिजा नेपाल टेलिकम र एनसेल प्रयोगकर्ताले एसईई नतिजा हेर्नको लागि SEE लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर १६०० मा SMS पठाएर नतिजा हेर्न सक्छन्। यसका साथै परिक्षार्थिले www.seemerostudy.com मा नतिजा हेर्न सक्छन्।
मुख्यमन्त्री पोखरेलसँग जापानी राजदूतको भेट,नेपालको विकासमा साथ दिन जापान सधैँ तयार
काठमाडौं । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलसँग नेपालका लागि जापानका राजदूत मासामिची साइगोले बिहीबार भेटवार्ता गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा राजदूत साइगोले नेपाल र जापानबीचको निकै पुरानो मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउन नेपालको विकास प्रयासमा सघाउन जापान सधैँ तयार रहेको बताए । मुख्यमन्त्री पोखरेलले नेपाल र जापानलाई बौद्ध संस्कृतिले जोडेको चर्चा गर्दै लुम्बिनीको विकास सन्दर्भमा जापानको सहयोग महत्वपूर्ण रहेको उल्लेख गरेका मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जारी गरेको उल्लेख गरेका छन् । मुख्यमन्त्री पोखरेलले सम्पदा र पर्यापर्यटनले महत्वपूर्ण यो प्रदेशमा कृषि र औद्योगिक विकासको धेरै राम्रो सम्भावना भएको जानकारी गराए । यसैगरी, राजदूत साइगोले शिक्षाको गुणस्तर सुधार, स्वास्थ्य सेवा सुधार र पर्यटनको विकासमा जापानको सक्दो सहयोग हुने र संवैधानिक व्यवस्थाअनुसार गठन भएका प्रदेश र स्थानीय सरकारलाई सहयोग गर्नेबारे छलफल गर्दै अघि बढ्ने बताएका छन् । मुख्यमन्त्रीले यहाँ आएका बेला लुम्बिनी भ्रमण गर्न राजदूत साइगोलाई आग्रह समेत गरे । रासस
बुधबार स्थगित अपर तामाकोशीको साधारण सभा अब असार ३१ मा
काठमाडौँ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको बुधबार स्थगित वार्षिक साधारण सभा असार ३१ गते हुने भएको छ। कम्पनीका अनुसार शुक्रबार मात्रै यस सम्बन्धमा सम्पूर्ण सेयरधनीलाई सूचना प्रकाशन गरेर साधारण सभाको विस्तृत जानकारी दिइने छ । कम्पनी नियमावली अनुसार साधारण सभामा ६७ प्रतिशत सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व हुनु पर्नेछ । तर, बुधबार ५१ प्रतिशत संस्थापक र ५६ प्रतिशत मात्रै सर्वसाधारण शेयरधनी उपस्थित भएका कारण साधारण सभा स्थगित भएको थियो । साधारणसभामा ४ जना सञ्चालक निर्वाचनसँगै कम्पनीको निर्वाचन नियमावलीसमेत संशोधन गरी गणपुरक संख्या ५१ प्रतिशत कायम गर्ने प्रस्ताव गरिने बुझिएको छ । आठ लाख १८ हजार शेयरधनी रहेको उक्त कम्पनीमा चार जना सञ्चालकको निर्वाचनका लागि तीन महिला सहित १२ जनाले उम्मेदवारी दिएको कम्पनीले जनाएको छ ।
बिहीबारपनि घट्यो नेप्से, हिमालयन डिस्टिलरीको कारोबार १४ करोड ९७ लाख
काठमाडौँ । साताको अन्तिम दिन विहीबार नेप्से परिसूचक १.१४ अंकले घटेको छ । ०.०९ प्रतिशतले परिसूचक घट्दा १२५७.१५ बिन्दुमा पुगेको छ । आज १७२ कम्पनीका १८ लाख ५४ हजार ६ सय ७६ कित्ता सेयर किनबेच हुँदा ६२ करोड ७९ लाख ८ हजार ८ सय १२ रुपैयाँ बराबरको कारोबार भएको छ । आज बैंकिङ, होटल, वित्त र अन्य समूह बढेका छन् भने बाँकी समूह राताम्मे भएका छन् । बैंकिङ समूह ०.७२, होटल समूह १८.०८, वित्त समूह ३.४३ र अन्य समूह २.७१ अंकले बढेका हुन् । त्यसैगरी, विकास बैंक समूह २.६७, जलविद्युत समूह २.०७, निर्जीवन बीमा समूह १०१.३५, उत्पादनमूलक समूह १०.६१, लघुवित्त समूह १.६३, जीवन बीमा समूह २२.७४ र म्युचुअल फण्ड ०.०१ अंकले घटेका हुन् । आजपनि हिजोजस्तै हिमालयन डिस्टिलरी लिमिटेडको सबैभन्दा बढी १४ करोड ९७ लाख ७१ हजार ५ सय रुपैयाँको सेयर कारोबार भयो । दोश्रोमा नेपाल बैंकको ५ करोड ६५ लाख ५५ हजार ६ सय रुपैयाँ, तेश्रोमा प्रभु बैंक लिमिटेडको ३ करोड ११ लाख २८ हजार ८६ रुपैयाँ, चौथोमा शिवम् सिमेन्टको २ करोड ९९ लाख १७ हजार ५ सय १० रुपैयाँ र पाँचौँमा सिद्धार्थ बैंक लिमिटेडको २ करोड ५५ लाख ३० हजार ४ सय ४४ रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले जनाएको छ । बजारको घटेको दिन आज मल्टिपर्पोज फाइनान्स कम्पनी लिमिटेडका सेयरधनीहरुले सबैभन्दा बढी ९.१५ अंकले नाफा कमाएका छन् भने आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सेयरधनीहरुले सबैभन्दा बढी ४.७५ प्रतिशतले घाटा व्यहोरेका छन् ।
रु दुई लाख घुससहित सिँचाइका कार्यालय प्रमुख र इञ्जिनीयर अख्तियारकाे नियन्त्रणमा
काठमाडौं । कञ्चनपुरको भीमदत्तनगरस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका कार्यालय प्रमुख आजीत श्रीवास्तव र इञ्जिनीयर ग्रिष्मा ठगुन्ना रु दुई लाख घुससहित पक्राउ परेका छन् । बिहीबार कार्यालयमै भीमदत्तनगरपालिका–१९ बागफाँटास्थित चौधर नदी नियन्त्रणका लागि गठित उपभोक्ता समितिका पदाधिकारीबाट घुस लिइरहेको अवस्थामा यहाँस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको टोलीले पक्राउ गरेको हो । अख्तियार कार्यालयको भीमदत्तनगरका सूचना अधिकृत टोपबहादुर विष्टले कार्यालय प्रमुख श्रीवास्तव र इञ्जिनीयर ठगुन्नाले कार्यालयमै उपभोक्ता समितिसँग काम सम्पन्न भएको रकम भुक्तानी दिनुपर्ने बेला घुस लिएको बताए । “तटबन्धको काम सकिएपछि उपभोक्ता समितिलाई कार्यालयबाट दिनुपर्ने भुक्तानीका क्रममा रु दुई लाख लिएको देखियो ।” विष्टले भने, “पूर्व सूचनाका आधारमा अख्तियारको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।” अख्तियारका अनुसार घुस लिएको रकम कार्यालय प्रमुख श्रीवास्तवले भान्सा कोठाको चामलको बोराभित्र लुकाएर राखेका थिए । सूचना अधिकृत विष्टले घटनाबारे अनुसन्धान भइरहेको बताउँदै थप कारवाही प्रक्रिया अघि बढाइने जानकारी दिएका छन् । रासस
सरिता भट्ट नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा
काठमाडौं । सरिता भट्ट नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा भएकी छिन् । नेपाल राष्ट्र बैंकको बुधबार बसेको बोर्ड बैठकले भट्टलाई कार्यकारी निर्देशकमा बढुवा गरेको राष्ट्र बैंकले जनाएको छ । वि.सं. २०४६ साल पुसमा नेपाल राष्ट्र बैंकमा सेवा प्रवेश गरेकी भट्ट यसअघि विदेशी विनिमय विभागमै निर्देशकको रुपमा कार्यरत थिइन् । कार्यकारी निर्देशक भिष्मराज ढुङ्गानाको अनिवार्य अवकाशपछि उनी सोही विभागमा कामू कार्यकारी निर्देशकको रुपमा रहेकोमा हाल उनलाई सोही विभागमा कार्यकारी निर्देशकको पूर्ण जिम्मेवारी दिइएको हो । नेपाल राष्ट्र बैंकमा रहँदा बैंकिङ कार्यालय तथा लघुवित्त सुपरीवेक्षण, बैंक सुपरीवेक्षण, विकास बैंक सुपरीवेक्षण तथा विदेशी मुद्रा विनिमय विभागमा लामो समय काम गरेको अनुभव छ । स्थायी ठेगाना काठमाडौं रहेकी कार्यकारी निर्देशक भट्टले व्यवस्थापन संकायमा स्नातकोत्तरसम्मको उपाधि हासिल गरेकी छन् । हालको व्यवस्थाअनुसार उनको कार्यकाल यही पुससम्म मात्रै रहनेछ ।
राष्ट्र बैंक सुपरीवेक्षण विभागको निष्कर्ष, ‘नेपालमा १५ ओटा भन्दा बढी बैंक चाहिँदैन’
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा १५ ओटा भन्दा बढी वाणिज्य बैंक आवश्यक नभएको निष्कर्ष निकालेको छ । बैंकको सुपरीवेक्षण विभागले गरेको अनुसन्धानले नेपाली अर्थतन्त्रले १५ ओटा भन्दा बढी बैंक धान्नै नसक्ने देखाएको राष्ट्र बैंकले जनाएको हो । बिहीबार राजधानीको एक होटलमा वाणिज्य बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरुसँगको छलफलमा यस्तो रिपोर्ट सार्वजनिक गरेको हो । सो रिपोर्टको आधारमै राष्ट्र बैंकले मौद्रिक नीतिमा आवश्यक व्यवस्था गर्ने भन्दै त्यसका लागि फोर्स मर्जरमा जाने संकेत राष्ट्र बैंकले गरेको छ । यदि त्यसो नगर्ने भए अबको १५ दिनभित्र आआफ्नो पार्टनर आफैं खोज्न बैंकहरुलाई राष्ट्र बैंकले अल्टिमेटम समेत दिएको छ ।