विकासन्युज

बाल्ट्राको शोरुम अब पोखरामा

काठमाडौं । विभिन्न रेञ्जका ठूला तथा साना होम एप्लाईन्सहरुका नवीन तथा उत्कृष्ट उत्पादनहरु नेपाल उपभोक्ताहरु माझ बिक्री-वितरण गर्दै आएको बाल्ट्रा होमएप्लाइन्सले पोखराको नयाँबजारमा आफ्नो दोस्रो र भव्य शोरुमको उद्घाटन गरेको छ । जेठ २९ गते कान्तिपथ काठमाडौंमा पहिलो शोरुम शुभारम्भ गरिएको थियो । नयाँबजार, पोखरास्थित बाल्ट्राको शोरुमलाई असार१२ गते नेपालकी बहुचर्चित नायिका प्रियंका कार्कीले उद्घाटन गरेकी थिइन् ।

लक्ष्मी बैंकको १०९औँ शाखा भरतपुरको चनौलीमा

काठमाडौँ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममाआफ्नो १०९औँ शाखा भरतपुरको चनौलीमा संचालनमा ल्याएकोे छ । यो शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंैकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

मोबाइल मेलामा एसइईका परिक्षार्थीलाई ५० प्रतिशत छुट, ल्यापटप किस्ताबन्दीमा

काठमाडौँ । राजधानीका तीन स्थानमा सञ्चालन भैरहेको मनसुन मोबाइल मेलामा एसइईका परीक्षार्थीले ५० प्रतिशत छुटमा मोबाइल किन्न पाउने भएका छन् । एसइईको परीक्षाफल सार्वजनिक भएको अवसर पारेर मोबाइलसँगै ल्यापटप किस्ताबन्दीमा उपलब्ध गराउने अफर सुरु गरिएको हो । चाबहिल चुच्चेपाटी स्थित केएल मोबाइलहब, दरबारमार्गस्थित मर्कन्टाइल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वल्र्ड मोबाइल तथा सिटिसि मल सुन्धाराको भुई तल्लामा रहेको सिटिसी मोबाइल हबमा जारी मोबाइल मेलामा एसइईका परीक्षार्थीले ५० प्रतिशत छुटमा मोबाइल किन्न सक्नेछन् ।

कामना सेवा बैंकले गर्याे ‘स्मार्ट टेलर’ सुविधाको शुरु

काठमाडौं । कामना सेवा बैंकले स्मार्ट टेलर सुविधाको शुरुवात गरेको छ । “प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मुल नाराका साथ बैैकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले आफ्नो मुख्य शाखा कार्यालय ज्ञानेश्वर, काठमाडौंमा मोवाईल बैकिङ मार्फत “स्मार्ट टेलर” सुविधा संचालनमा ल्याएको हो । बैंकको मोवाईल सेवा लिएका सम्पूर्ण ग्राहकहरुले आफ्नो खातामा भएको रकम मोवाईल बैकिङको क्यूआर कोडकोे मार्फत चेकबुक र एटिएम कार्ड बिना नै निकाल्न सक्ने व्यवस्था रहेको छ । हाल बैंकले ९१ वटा शाखा, ४४ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबिबिएस्, एसएमएस्, व्याकिङ्ग, मोबाइल व्याकिङ्ग, सि एएसबिए लगायतका माध्यमबाट समेत बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

ज्योति लाईफ इन्स्योरेन्स र नारायणी सामुदायिक अस्पतालबीच सेवा सम्झौता

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स र नारायणी सामुदायिक अस्पतालसंग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमुख प्रकाशबिक्रम खत्री र नारायणी सामुदायिक अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत दिपेश घिमिरेले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पुरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले अस्पतालबाट उपलब्ध हुने उच्चस्तरिय स्वास्थ्य उपचार सेवामा विशेष छुट प्राप्त गर्नेछन् । सम्झौता पश्चात चितवन लगायत आसपास क्षेत्रका कम्पनीसंग आबद्ध सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने कुरामा कम्पनी विश्वस्त रहेको छ । उक्त सम्झौतापत्र ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रदेश नं ५ का क्षेत्रीय प्रबन्धक चरन तिमिल्सिनाले आदान प्रदान गरेका थिए ।

पाँच जना भारतीयको नेपाली नागरिकता खोस्ने सरकारको निर्णय

काठमाडौं । सरकारले पाँच जना भारतीयले लिएको नेपाली नागरिकता खोस्ने निर्णय गरेको छ । असार ५ गते बसेको मन्त्रिपरिषद बैठकले झुठो विवरण पेश गरि नेपाली नागरिकता लिएका पाँच जना भारतीयको नागरिकता खोस्ने निर्णय गरेको हो । सप्तरी, धनुषा र रौतहट जिल्लाबाट नक्कली प्रमाणपत्र पेश गरि ३ जना भारतीय नागरिकले नेपाली नागरिकता लिएको प्रमणित भएपछि सरकारले त्यस्तो निर्णय गरेको हो । यी हुन नेपाली नागरिकता लिने भारतीय नागरिक -सप्तरी जिप्रकाबाट नागरिकता लिने भारतीय नागरिक जीवनकुमार सिंह । -धनुषा जिप्रकाबाट नागरिकता लिने भारतीय नागरिकद्वय धर्मेन्द्र ठाकुर र अजयकुमार ठाकुर । – रौतहट जिप्रकाबाट नागरिकता लिने भारतीय नागरिकद्वय जमुना राउत भनि चिनिने यमुना सिंह र कृपाली राउत भनि चिनिने कृपाली सिंह

एनआईसी एशिया बैंक र नारायणी वयोधा हस्पिटलबीच सेवा सम्बन्धि सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र नारायणी वयोधा हस्पिटल, वीरगञ्ज, पर्साबीच बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक सेवा सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रादेशिक कार्यालयका प्रमुख प्रकाशचन्द्र अधिकारी र नारायणी वयोधा हस्पिटलको तर्फबाट हस्पिटलका सुविधा सञ्चालक डा. रजनिश भारतीले हस्ताक्षर गरेका हुन् । नारायणी वयोधा हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट तथा अन्तरंग बिरामीहरुको लागि १५ दिनसम्मको क्यासलेस वा क्रेडिट सुविधा प्रदान गर्ने सम्झौता भएको छ । मुलुकभर २८४ शाखा कार्यालयहरु, २९४ एटिएम, ४६ वटा एक्सटेन्सन काउन्टर एवं ३५ वटा शाखारहित बैंकिङ ईकाई मार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ । करिब १६ लाख ग्राहक रहेको साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

विश्व बैंक उपाध्यक्षले किन गरे अर्थमन्त्री डा. युवराज खतिवडाको प्रसंशा ?

काठमाडौं । नेपालको अर्थतन्त्रमा व्यापक सुधार गरेको भन्दै विश्व बैंकका प्रतिनिधीले अर्थमन्त्री डा. युवराज खतिवडाको प्रसंशा गरेका छन् । अर्थ मन्त्रीसँग मन्त्रालयमै भेट गर्दै विश्व बैंकका उपाध्यक्ष तथा महालेखा परीक्षक एन्के डिएन्जेलोले प्रसंशा गरेका हुन् । भेटका अवसरमा अर्थमन्त्री खतिवडाले नेपालको विकास प्रयासमा बैंकको निरन्तर सहयोग प्रति आभार व्यक्त गरेका थिए । सन् २०२२ सम्ममा नेपाल विकासशील राष्ट्रको स्तरमा स्तरोन्नति हुने र सन् २०३० सम्ममा कम आयस्तर भएको मुलुकबाट मध्यम आयस्तर भएको मुलुकमा स्तरोन्नति हुने दीर्घकालीन लक्ष्य हासिल गर्न वर्तमान सरकार कटिवद्ध रहेको चर्चा गर्दै यसका लागि बिश्व बैंकको सहयोगको निरन्तरता रहने विश्वास व्यक्त गरेका थिए । भेटघाटका क्रममा विश्व वैंकका तर्फबाट अर्थमन्त्रीको नेतृत्वमा विभिन्न आर्थिक सुधारका कार्यक्रमहरुलाई तिव्रताका साथ अगाडि बढेकोमा प्रशंसा गरिएको थियोे । मुलुकको दीर्घकालीन सोचका बारेमा उपाध्यक्ष तथा महालेखा परीक्षकले राखेको जिज्ञासामा अर्थमन्त्री खतिवडाले विश्व बैंकले आगामी दिनमा पु¥याउन सक्ने थप सहयोगको अपेक्षा सहित नेपालले अवलम्बन गरेका दीर्घकालीन सोंचका बारेमा जानकारी गराउँदै विकासशील राष्ट्रको स्तरबाट स्तरोन्नति हुने मापदण्ड नेपालले करिब–करिब पूरा गरिसकेको जानकारी दिए । नेपाल सरकारले प्रक्षेपण गरे बमोजिम आगामी केही वर्ष दिगो रुपमा उच्च आर्थिक बृद्धि हासिल गरी सोको लाभ सन्तुलित रुपमा सबै तह र तप्कामा न्यायोचित वितरण गर्न सकिनेमा विश्वस्त हुन आग्रह गरेका थिए । उनले संघीय संरचना अनुरुप स्थानीय तह, प्रदेश र संघीय सरकारले ईमान्दारीपूर्वक आर्थिक र सामाजिक विकासमा ध्यान केन्द्रित गर्न सकेमा नेपाल कम आयस्तर भएको मुलुकबाट मध्यम आयस्तर भएको मुलुकमा स्तरोन्नति हुने खाका प्रस्तुत गरे । साथै, सो अभियानमा ठूलो आर्थिक तथा प्राविधिक साधन र श्रोतको आवश्यकता पर्ने भन्दै अर्थमन्त्री खतिवडाले यस अवधिभर स्तरोन्नति भएपछि पनि केही वर्षका लागि सहुलियत दरमा विश्व बैंक लगायतका अन्य विकास साझेदार मुलुक तथा संस्थाहरुबाट निरन्तर सहयोग प्राप्त हुने अपेक्षा पनि व्यक्त गरे । भेटका अवसरमा अर्थ मन्त्रालयका अन्र्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव श्रीकृष्ण नेपाल, आर्थिक सल्लाहकार डा. रामशरण खरेल र विश्व बैंक नेपाल तथा आर्थिक वित्त निगम नेपालका प्रमुख लगायत विश्व बैंकका उच्च पदाधिकारीहरुको उपस्थिति थियो ।