माछापुच्छ्रे बैंकद्वारा मोरङ्गको विद्यालयलाई १० थान पङ्खा हस्तान्तरण
काठमाडौं । माछापुच्छ्रे बैंकले मोरङ्गको श्री खण्ड माध्यमिक विद्यालयलाई सहयोग गरेको छ । मोरङ्ग जिल्लाकोे सुन्दरहरैचा वडा नं. ६ मा रहेको सो विद्यालयलाई १० थान सिलिङ्ग पङ्खा हस्तान्तरण गरेको छ । विराटचोकस्थित बैंकका शाखा कार्यालय प्रमुख रमेश अधिकारीले उक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद आचार्यलाई उक्त १० थान सिलिङ्ग पङ्खाहरु हस्तान्तरण गरेका हुन् । तराईका जिल्लाहरुमा अत्याधिक गर्मीका कारण सरकारी विद्यालयहरुमा विद्याथीहरुको कम उपस्थिती देखिएने गरेकोले विद्यार्थीहरुको पढाईमा बाधा नपुगोस भन्ने उद्धेश्यले माछापुच्छ्रे बैंक लिमिटेडले उक्त पङ्खाहरु प्रदान गरेको हो । माछापुच्छ्रे बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १ सय १५वटा शाखाहरु र १ सय १२ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २२७ स्थानवाट ६ लाख भन्दा बढि ग्राहकलाई बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १३७ वटा एटीएमहरु संचालनमा रहेको छन् ।
देवः विकास बैंकले ५.५० प्रतिशत बोनस शेयर प्रदान गर्ने
काठमाडौं । देवः विकास बैंकको १२ औं साधारण सभाबाट ५.५० प्रतिशत बोनस शेयर प्रदान गर्ने प्रस्ताव पारित भएको छ । बिहीबार संचालक समितिका अध्यक्ष अवकाश प्राप्त उपरथी बज्र गुरुङ्गको अध्यक्षतामा भएको सो कार्यक्रममा सर्वसम्मतीले प्रस्ताव पारित भएको हो । सो सभामा सामान्य प्रस्ताव अन्तर्गत देवः विकास बैंकको संचालक समितिको वार्षिक प्रतिवेदन, वाहृय लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७४/७५ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिसम्मको नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायत आर्थिक विवरणहरुसमेत सर्वससम्मतिबाट पारित गरियो । साथै, आर्थिक वर्ष २०७५/७६ लेखापरिक्षण गर्न एल.एस.पि. एशोसियटस् (प्रो. सि.ए. सतिसचन्द्र लाल तथा सि.ए. गोपालकुमार श्रेष्ठ) लाई वाहृय लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय सर्वसम्मतीबाट पारित गरियो । यसै गरी विशेष प्रस्ताव अन्तर्गत यस साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७४/७५ को वितरण गर्न योग्य नाफाबाट चुक्ता पूँजीको ५.५० प्रतिशत (रु. १३,९३,५२,४१९.१४) बराबर बोनस शेयर प्रदान गर्ने प्रस्ताव सर्वसम्मतीबाट पारित गरियो । बिशेष प्रस्ताव अन्तर्गत वेस्टर्न डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्न स्वीकृतीका लागि पेश गरिएको प्रस्ताव सर्वसम्मतिबाट पारित गरियो ।
मेडिसिटी, स्वास्थ्य मन्त्रालय र ग्रुप अफ टेक्निकल असिस्टेन्सबीच गोष्ठि हुँदै
काठमाडौं । नेपाल मेडिसिटी अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र ग्रुप अफ टेक्निकल असिस्टेन्ससंगको सहकार्यमा दुई दिने अन्तर्राष्ट्रिय गोष्ठि आयोजना गर्ने भएको छ । असार १३ र १४का दिन ललितपुरमा आयोजना हुने गोष्ठिको उद्घाटन उप–प्रधान तथा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रीको प्रमुख आतिथ्यमा हुनेछ । ‘बिरामी सुरक्षाको सुदृढ ढाँचाको विकास‘ विषयमा यो सम्मेलन केन्द्रित रहनेछ । अमेरिका स्थित रोग नियन्त्रण तथा निवारण केन्द्रका अनुसार बिरामीहरुको उपचार गर्ने क्रममा स्वास्थ्यकर्मीहरुको भुलचुकले वर्षमा २ लाख ५० हजार बिरामीहरु अस्पतालमै मृत्यु हुने गरेको छ । मृत्युको कारणहरुमध्ये अमेरिकामा यसरी मृत्युहुनेहरुको संख्या तेश्रो नम्बरमा रहेको पाइएको छ जुन सडक दुर्घटनाबाट मृत्यु हुनेहरुको संख्यासंग तुलनात्मक रुपमा रहेको छ । नेपाल मेडिसिटी अस्पतालले बिरामी सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै सोका लागि आवश्यक नीति तथा प्रक्रिया अघि सार्दै भारतको गुणस्तरीय बोर्डद्धारा नेशनल अक्रेडिटेशन बोर्ड फर हेल्थ एण्ड हस्पिटलको अन्तर्राष्ट्रिय मान्यता समेत प्राप्त गरिसकेको छ । बिरामीको स्वास्थ्यमा प्रभाव पार्ने प्रत्यक्ष तथा अप्रत्यक्ष क्रियाकलापबारे जान्ने अवसर यस सम्मेलनका सहभागिले पाउने छन् । सुरक्षाका विषयमा स्वास्थ्य कर्मीहरुबीच छलफल गर्दै यसको बृहत विकासका लागि सल्लाह, सुझाव र प्रतिक्रियाहरु संकलन गरी अस्पताललाई पूर्ण रुपमा सुरक्षित बनाउने अपेक्षा यो सम्मेलनले राखेको छ । उत्साहजनक सहभागिता देखाइएको यस सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञद्वारा मौखिक प्रस्तुति, पोष्टर प्रस्तुति, कि नोट सम्बोधन तथा प्यानल छलफल हुँदैछ । विश्व स्वास्थ्य संगठन, अमेरिका, बेलायत, जर्मनी, खाडी मुलुक, भारत लगायतका विभिन्न स्थानबाट स्वास्थ्यक्षेत्रको नेतृत्वतहका प्रतिनिधिहरु यस सम्मेलनका लागि नेपाल आएको छ ।
राजश्व छली गर्ने बिरुद्ध ८७ करोड ५५ लाखको बिगो दाबी सहित मुद्दा दायर
काठमाडौँ । राजश्व अनुसन्धान विभागले चुरोटको अन्तशुल्क स्टिकर गुट्खामा टाँसेर राजस्व छली गर्ने विरुद्ध ८७ करोड ५५ लाख रुपैयाँको बिगो दाबी सहित मुद्दा दायर गरेको छ । विभागले लुम्बिनी पान मसला तथा सुर्ती गुट्खा उद्योग र त्यसका उत्पादन बिक्री गर्ने व्यापारीविरुद्ध ८७ करोड ५५ लाख रुपैयाँ विगो दाविसहित नक्कली स्टिकर टाँसेर राजश्व छलीको आरोपमा बुधबार जिल्ला अदालत बारामा मुद्दा दायर गरेको हो । राजश्व चुहावट गरेको अभियोगमा कम्पनीका सञ्चालक अब्दुल्लाह मुसलमान उनको उत्पादन बेच्ने व्यापारीविरुद्ध मुद्दा दायर गरेको विहीबार विभागले विज्ञप्ती प्रकाशित गरी जनाएको छ । लुम्बिनी पान मसला तथा सुर्ती गुट्खा उद्योगबाट उत्पादन भएको ‘पानकिङ गुट्खा’ साइन ट्रेडर्सले बिक्री गर्ने गरेको थियो । ट्रेडर्सले बालाजी मार्केटिङलाई बिक्री गरेको ४ सय बोरा (३२ हजार पाउच) गुट्खामध्ये २४ हजार पाउचमा अन्तःशुल्क स्टिकर नै टाँस नभएको अवस्थामा फेला परेको छ । ३ हजार ८ सय ६८ पाउचमा आन्तरिक राजस्व विभागबाट चुरोटमा प्रयोग हुने अन्तशुल्क टाँसेको र बाँकी ४ हजार १ सय ३२ पाउचमा खैनी/गुट्खा/पानमसलामा टाँस गर्ने अन्तःशुल्क टिकट टाँस गरेको अवस्थामा फेला परेको विभागले उल्लेख गरेको छ । बिहीबार राजश्व अनुसन्धान विभागले प्रकाशित गरेको विज्ञप्ती पनि पढौँ : नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राजस्व अनुसन्धान विभाग हरिहरभवन, पुल्चोक, ललितपुर प्रेस विज्ञप्ती मिति:- २०७६/०३/१२ लुम्विनी पान मसला तथा सुर्ती गुट्खा उद्योग स्थायी लेखा नं. 302232273, कृष्णनगरले पानकिङ्ग व्राण्डको सुर्तिजन्य गुट्खामा अन्तःशुल्क ऐन विपरित स्टिकर नलगाई, नक्कली स्टिकर प्रयोग गरी वितरक तथा थोक विक्रेता समेतको मिलेमतोमाराजस्व चुहावट गरेकोले रु. 29,18,58,070।- विगो र सो को दोब्बर सम्म जरिवाना रु. 58,37,16,140।- समेत जम्मा रु. 87,55,74,210।- असुल गरी ३ वर्षसम्म कैद माग दावी लिई बारा जिल्ला अदालतमा मिति 2076।03।11 मा मुद्दा दायर गरियो। लुम्विनी पान मसला तथा सुर्ती गुट्खा उद्योगबाट उत्पादित पानकिङ्ग गुट्खा विक्री गर्नसाईन ट्रेडर्स (स्थायी लेखा नं. 601297854) ले जारी गरेको विक्रि विजक नं. 262 मिति 2075।06।10 र विजक नं. 265 मिति 2075।06।11 बाट बालाजी मार्केटिङ (स्थायी लेखा नं. 604827683) लाई विक्री गरेको 400 बोरा (32000 पाउच) पानकिङ गुट्खा समेत लोड भएको ना 3 ख 9933 नम्बरको ट्रक चेकजाँच गर्दा 24000 पाउचमा नियमानुसार अन्तःशुल्क टिकट टाँस नभएको अवस्थामा रहेको, 3868 पाउचमा आन्तरिक राजस्व विभागको 70 एम एम फिल्टर चुरोटमा प्रयोग हुने अन्तःशुल्क टिकट टाँस भएको र बाँकी 4132 पाउचमा आन्तरिक राजस्व विभागको खैनी/गुट्खा/पानमसलामा टाँस गर्ने अन्तःशुल्क टिकट टाँस गरेको अवस्थामा बरामद भएको । अन्तःशुल्क टिकट टाँस गरी अन्तःशुल्क लाग्ने बस्तु विक्रि गर्नु पर्ने व्यवस्था गरेकोमा बरामद भएको मालबस्तुमध्ये २४ हजार पाउच पानकिङ गुट्खामा अन्तःशुल्क टिकट टाँस भएको नदेखिएको । अन्त:शुल्क टिकट टाँस गर्ने तथा गुट्खा निस्कासनका बखत नै अन्त:शुल्क र स्वास्थ्य जोखिम कर भुक्तानी गर्नुपर्ने मुख्य दायित्व रहेका लुम्बिनी पान मसला तथा सुर्ति गुट्खा उद्योग (स्थायी लेखा नं. 302232273) का प्रो. अब्दुल्लाह मुसलमानले अन्तःशुल्क लाग्ने बस्तुमा अन्तःशुल्क टिकट टाँस नगरी तथा नक्कली अन्तःशुल्क टिकटहरु लगाई अन्तःशुल्क लगायतका अन्य करहरु छली गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 को दफा ३ ले निषेध गरेको कार्य गरी ऐ. ऐनको दफा ४ को उपदफा (क) र (ख) बमोजिमको कसुर गरीराजस्व चुहावट गरेको पुष्टि भएकोले निज लुम्बिनी पान मसला तथा सुर्ति गुट्खा उद्योगका प्रो. अब्दुल्लाह मुसलमानलाई रु. 16,53,16,810।- (सोह्र करोड त्रिपन्न लाख सोह्र हजार आठ सय दश रुपैया)विगो कायम गरी असुल उपर गरी सोही ऐनको दफा 23 को उपदफा १ बमोजिम विगोको दोब्बरसम्म रु. 33,06,33,620।- जरिवाना तथा कैद सजाय हुन मागदावी लिई अदालत समक्ष मुद्दा दायर गरिएको । साइन ट्रेडर्सलाई गुट्खा विक्री गर्ने गुट्खाको आउटरमा Marketed By: New Paschimanchal Tradersलेखिएको, उत्पादन भएका सबै गुट्खाहरु न्यू पश्चिमाञ्चल ट्रेडर्सलाई मात्र विक्री गर्ने गरेको र सोही ट्रेडर्सले उत्पादक उद्योगलाई कच्चा पदार्थ समेत उपलब्ध गराउने भनी बयानमा उल्लेख गरेकोमा सो कुरा न्यू पश्चिमाञ्चल ट्रेडर्सले समेत बयानमा स्वीकार गरेको हुँदा अन्तःशुल्क लाग्ने बस्तुमा अन्तःशुल्क टिकट टाँस नगरी तथा नक्कली अन्तःशुल्क टिकटहरु लगाई नियमानुसार तिर्नुपर्ने अन्तःशुल्क लगायतका करहरु छली गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 को दफा ३ ले निषेध गरेको कार्य गरी ऐ. ऐनको दफा ४ को उपदफा (क) र (ख) बमोजिमको कसुर गरी राजस्व चुहावट गर्ने कार्यमा निज न्यू पश्चिमाञ्चल ट्रेडर्स (स्थायी लेखा नं. 305304764) का प्रो मोहम्मद रेहानको समेत प्रत्यक्ष संलग्नता पुष्टि भएकोले निज न्यू पश्चिमाञ्चल ट्रेडर्सका प्रो मोहम्मद रेहानलाई रु. 11,47,30,099।-(एघार करोड सतचालिस लाख तीस हजार उनानसय रुपैया)विगो कायम गरी असुल उपर गरी सोही ऐनको दफा 23 को उपदफा १ बमोजिम विगोको दोब्बरसम्म रु. 2,29,46,019।- हैदसम्मको जरिवाना तथा कैद सजाय हुन मागदावी लिई अदालत समक्ष मुद्दा दायर गरिएको । आफ्नो फर्मको नामबाट कर विजक जारी गरि अन्तःशुल्क टिकट टाँस नभएका तथा नक्कली अन्तःशुल्क टिकट टाँस भएका ४०० बोरा (4800 केजी) गुट्खाहरुमा अन्तःशुल्क, मु.अ.कर तथा स्वास्थ्य जोखिम कर छली गरीराजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 को दफा ३ ले निषेध गरेको कार्य गरी ऐ. ऐनको दफा ४ को उपदफा (क) र (ख) बमोजिमको कसुर गरी राजस्व चुहावट गर्ने कार्यमा साईन ट्रेडर्सका प्रोपाईटर भरत अधिकारी समेतको संलग्नता देखिएकोले निज साईन ट्रेडर्स (स्थायीलेखा नं. 602197854) का प्रो. भरत अधिकारीलाई रु. 1,18,11,161।- (एक करोड अठार लाख एघार हजार एक सय एकसट्ठी रुपैया)विगो असुल उपर गरी सोही ऐनको दफा 23 को उपदफा १ बमोजिम विगोको दोब्बर सम्म रु. 2,36,22,322।- जरिवाना तथा कैद सजाय हुन मागदावी लिई बारा जिल्ला अदालतमा मिति २०७६।०३।1१ मा मुद्दा दायर गरिएको । 2. भारतीय नागरिक वन्दना सानी पोटफोडे समेतका विरुद्ध विदेशी विनिमय अपचलनमा विगो रु. 1,12,21,000।- र सो को तेब्बरसम्म जरिवाना र राजस्व चुहावटको सकुरमा विगो रु. 2,46,64,636।- र सो को दोब्बर सम्म जरिवाना रु. 4,93,29,272।- समेत जम्मा रु. 10,76,56,908।- असुल गरी ३ वर्षसम्म कैद माग दावी लिई काठमाण्डौ जिल्ला अदालतमा मिति 2076।03।10 मा मुद्दा दायर गरियो। मिति २०७६।१।२७ गते काठमाडौबाट मुम्बई जान लागेकी बन्दना सोनी भन्ने बन्दना घनश्याम सोनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट १ लाख अमेरिकी डलर सहित पक्राउपरी छानविन अनुसन्धान गर्दा लक्ष्मी बैंक लि., सिभिल बैंक लि. र नेपाल एसविआई बैंक लि.बाट प्राप्त प्रतिवादी बन्दना सोनी भन्ने बन्दना घनश्याम सोनीले बन्दना पोटफोडे नामबाट खोलेका बैंक खाताबाट भएको कारोवार विवरण, प्रतिवादी बन्दना सोनी भन्ने बन्दना घनश्याम सोनी, राजेन्द्र कुमार श्रेष्ठ, राजन श्रेष्ठ, पुष्पराज सापकोटा, हरी प्रसाद सापकोटा, कुमार प्रसाद पन्त, राजेन्द्र श्रेष्ठ, कुमार थापा, आत्म प्रसाद खनाल समेतले गरेको बयान, नेपाल राष्ट्र बैक विदेशी विनिमय व्यवस्थापन विभागबाट प्राप्त मनिचेन्जर सँग सम्बन्धित विवरण, अम्बेश्वर ईन्जिनियरिङ हाईड्रोपावर प्रा.लि.बाट प्राप्त लेखा सम्बन्धि कागजात समेतबाट विदेशी विनिमयको अवैध सटही, ओसारपसार कारोवार र राजस्व चुहावट गरेको वारदात स्थापित हुन आएको । सबुद प्रमाणहरुबाट प्रतिवादी बन्दना सोनी भन्ने बन्दना घनश्याम सोनीले गरेको उक्त कार्य बिदेशी बिनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३(१) ४(१) विपरितको कसूर अपराध र प्रतिवादीहरु हरी प्रसाद सापकोटा, राजेन्द्र श्रेष्ठ र राजन श्रेष्ठले गरेको उक्त कार्य बिदेशी बिनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३(१)४(१) साथै ऐ.ऐनको दफा १२ ले दिएको अधिकार प्रयोग गरी नेपाल राष्ट्र वैंकले जारी गरेको नेपाल राष्ट्र बैंक मनि चेन्जर विनियमावली २०६७ को विनियम ९(ख) र १०(१)(२) विपरितको कसुर अपराध हुँदा प्रतिवादी बन्दना सोनी भन्ने बन्दना घनश्याम सोनीका हकमा निजबाट बरामद भएको अमेरिकी डलर १ लाखको बरामद मितिका लागि तोकिएको सटही विक्री दरले हुने ने.रु.१,१२,२१,०००।–, प्रतिवादी हरी प्रसाद सापकोटाका हकमा निजले प्रतिवादी बन्दना सोनीलाई व्यक्तिगत र अवैध रुपमा विक्री गरेको अमेरिकी डलर १५ हजारको तोकिएको सटही विक्री दरले हुने ने.रु.१६८३१५०।– प्रतिवादी राजेन्द्र श्रेष्ठको हकमा निजले प्रतिवादी बन्दना सोनीलाई अवैध रुपमा विक्री गरेको १० हजार अमेरिकी डलरको तोकिएको सटही विक्री दरले हुने ने.रु. १,१२,२१,०००।-र प्रतिवादी राजन श्रेष्ठको हकमा निजको मनि एक्सचेन्जबाट प्रतिवादी बन्दना सोनीलाई अवैध रुपमा विक्री गरेको ७५ हजार अमेरिकी डलरको लागी तोकिएको सटही विक्री दरले हुने ने.रु.८४,१५,७५०।-विगो कायम गरी विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १७(१) बमोजिम विगो बमोजिम जरिवाना देखि विगोको ३ गुणा सम्म थप जरिवाना गरी ऐ. १७(१) बमोजिम वरामद अमेरिकी डलर १ लाख जफत समेत हुन साथै प्रतिवादी बन्दना सोनी बाट बरामद भएको अमेरिकी डलरको विगो ने.रु. १ करोड भन्दा बढी हुँदा निजलाई ऐ.ऐनको दफा १७(९) बमोजिम थप कैद सजाय हुनमागदावी गरिएको । प्रतिवादी बन्दना सोनीले कर योग्य आय भएकोमा सो मा लाग्ने मु.अ.कर तिरे बुझाएको नदेखिदा मु.अ.कर ऐन २०५२ बमोजिम लाग्ने कर, जरिवाना, थप दस्तुर वापत रु ८७,६०,८१०।– र आयकर ऐन २०५८ बमोजिम लाग्ने आयकर, शुल्क, व्याज समेतरु १,५९,०३,८२६।– गर्दा हुने कुल रु २,४६,६४,६३६।– राजश्व चुहावट गरेकोलेउक्त रु २,४६,६४,६३६।– लाई राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा २(छ १) बमोजिम राजस्व चुहावटको विगो कायम गरी राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ३ ले निशेधित ऐ.दफा ४(क)(ख) को कसुरमा सोही ऐनको दफा २३को उपदफा १ बमोजिमसजाय हुन मागदावी लिई काठमाण्डौ जिल्ला अदालतमा मिति २०७६।०३।10 मा मुद्दा दायर गरिएको । ३. विरेन्द्र बहादुर कुर्मी क्षेत्री प्रोप्राईटर रहेको एच.एण्ड. बि. ट्रेड कन्सर्न स्थायी लेखा नं. ३०१३४६४६२ ले नक्कली विजक समानान्तर रुपमा जारी गरी राजस्व चुहावट गरेकोलेरु. 1,32,33,763।- विगो र सो को दोब्बरसम्म जरिवाना रु. 2,64,67, 526।- समेत जम्मा रु. 3,97,01,289।- असुल गरी ३ वर्षसम्म कैद माग दावी लिई काठमाण्डौ जिल्ला अदालतमा मिति 2076।03।11 मा मुद्दा दायर गरियो। विरेन्द्र बहादुर कुर्मी क्षेत्री प्रोप्राईटर रहेको एच.एण्ड. बि. ट्रेड कन्सर्न स्थायी लेखा नं. ३०१३४६४६२ ले नक्कली समानान्तर रुपमा जारी गरेको कर विजक नं. 73 बाट मास ट्रेडिङ्ग स्थायी लेखा नं. ६०६०६९५६१ लाई र कर विजक नं ७४ बाट आरोही इम्पेक्स स्थायी लेखा नं. ६०६०६९५६१ लाई भन्सार चोरी पैठारी गरी ल्याएको सामान बिक्री गरी ना.६ख ५८ नम्बरको कन्टेनरबाट अनिल लामाले चलाई ढुवानी गर्दै गरेको अवस्थामा सिन्थेटिक इम्रोडरी साडी, सुटिङ्ग कपडा, लेडिज कुर्ता सुरुवाल समेतका कपडा बरामद भएको वारदात स्थापित भएकोले भन्सार चोरी पैठारी गरी ल्याएको सामान यसैगरी समानान्तर नक्कली कर विजक जारी गरी पटक पटक ढुवानी गर्ने गरेको देखिएको अवस्थामा निजले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 को दफा 3 ले परिभाषित ऐ ऐनको दफा 4 को (क), (ख) र (ग) बमोजिम कसुर गरेको भन्ने शंकारहित पुष्टि कुल विगो रू. 1,32,33,763।00 (अक्षेरुपी एक करोड बत्तिस लाख तेत्तिस हजार सात सय त्रिसठ्ठी मात्र) लाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण ) ऐन, 2052 को दफा (2) (छ1) बमोजिम विगो असुल गरी ऐनको दफा २३ को उपदफा १ बमोजिम हैदसम्मको जरिवाना तथा कैद सजाय हुन मागदावी लिई काठमाण्डौ जिल्ला अदालतमा मिति २०७६।०३।1१ मा मुद्दा दायर गरिएको ।
सिन्धु विकास बैंकको दुई शाखा चितवन र पर्सामा
काठमाडौं । सिन्धु विकास बैंकले चितवन जिल्लाको टाँडी र पर्सा बजारमा बैंकको शाखा स्थापना गरेको छ । टाँडी शाखा चितवन जिल्ला, रत्ननगर नगरपालिकाका मेयर नारायण वनले उद्घाटन गरेका हुन् भने पर्सा शाखा खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद सापकोटा उद्घाटन गरेका थिए । सो अवसरमा बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशीले बैंकको हाल सम्मको प्रगती तथा भावी कार्यक्रमको बारेमा आफ्नो मन्तव्य राख्नु भएको थियो । बैंकले निकट भविष्यमा नै चितवन जिल्लाको अन्य स्थानहरुमा र मकवानपुर जिल्लाको विभिन्न स्थानमाहरुमा बैंकको शाखा तथा सिमित बैंकिङ्ग ईकाई कार्यालय स्थापना गर्दैछ । ०६७ साल भाद्र २२ गतेबाट सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा प्रधान कार्यालय र बनेपामा कर्पोरेट तथा शाखा कार्यालय सहित मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल, चरिकोट, चौतारा, सिपाघाट, सिङ्गटी, जलबिरे, पनौती र हाल टाँडी र पर्सा गरी कुल १६ शाखा तथा सुकेटे तथा सिलढुङ्गामा सिमित बैंकिङ्ग ईकाई कार्यालय सहित गरी हाल १८ स्थानबाट वित्तिय सेवा प्रदान गरिरहेको छ ।
एसईईको नतिजा सार्वजनिक, १७ हजार ५ सय ८० ले ल्याए ‘ए प्लस’
काठमाडौं। राष्ट्रिय परिक्षा बोर्डले एसईई २०७५ सालको नतिजा सार्वनजिक गरेको छ। नतिजा अनुसार जिपीए ३ दशमलब ६० देखि ४ सम्म प्राप्त गर्ने विद्यार्थीको संख्या १७५८०, यस्तै ३ दशमलब २० देखि ३ दशमलब ६ शुन्य जिपीए ल्याउने विद्यार्थीको संख्या ५११३७, यस्तै २ दशमलब ८० देखी ३ दशमलब २० जिपिए ल्याउने विद्यार्थी संख्या ६३७४१, २ दशमलब ४० देखी २ दशमलब ८० जिपिए ल्याउने विद्यार्थी सख्या ७६५६४, २ दशमलब शुन्य देखी २ दशमलब ४० जिपिए ल्याउने विद्यार्थी संख्या ९८२०७, १ दशमलब ६० देखी २ दशमलब जिपिए ल्याउने विद्यार्थी संख्या ९५३०७, १ दशमलब २५ देखी १ दशमलब ६० ल्याउने विद्यार्थी संख्या ४३८४१ र ० दशमलब ८० देखी १ दशमलब २० ल्याउने विद्यार्थी संख्या ४४२९ रहेको छ । चैत १० गतेदेखी संन्चालित परिक्षामा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् । नियमहरु उल्लङघन गरेको कारण ५० जना परिक्षार्थीको परिक्षा रद्द गरिएको छ । सी, डी प्लस, डी र ई ग्रेड प्राप्त गर्ने परीक्षार्थीले जति विषयमा सी वा सो भन्दा त्ल्लो ग्रेड प्राप्त गरेको छ त्यस्ता विषय मध्ये विद्यार्थीले चाहेका दुई विषय सम्ममा ग्रेड बृद्धि परीक्षा दिन पाउने ब्यवस्था रहेको छ । एसएलसीको ८२ बर्षको लामो ईतिहास पछि २०७३ साल पछि कक्षा १० सम्मलाई सेकेन्डरी एजुकेशन इक्जामिनेशनमा रुपानतरण गरी एसईई बनाईएको हो। कसरी हेर्ने नतिजा नेपाल टेलिकम र एनसेल प्रयोगकर्ताले एसईई नतिजा हेर्नको लागि SEE लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर १६०० मा SMS पठाएर नतिजा हेर्न सक्छन् । यसका साथै परिक्षार्थिले www.seemerostudy.com मा नतिजा हेर्न सक्छन्।
राष्ट्र बैंंकको निर्देशनबारे के भन्छन् बैंकरहरू ?
काठमाडौं । राष्ट्र बैंकले बैंकरहरूलाई बोलाएर १५ दिनभित्र उपयुक्त पार्टनर खोजेर मर्जरमा जान निर्देशन दिएसँगै बैंकरहरू तनावमा परेका छन् । नेपाल राष्ट्र बैंकले असार २७ गते मौद्रिक नीति आउने जानकारी गराउँदै सो समयभित्र मर्जरका लागि वाणिज्य बैंकहरुले आ-आफ्नो उपयुक्त पार्टनर खोज्न भनेको छ । तर, यति ठूलो वासलात भएका बैंकहरुलाई दुई सातामै मर्जरमा जाने भन्ने विषय सजिलो नभएको प्रतिक्रिया दिएका छन् । सो विषय उनीहरुले छलफलको क्रममा पनि उठाएका थिए, तर राष्ट्र बैंकले भने जसरी पनि १५ दिनभित्र पार्टनर खोज्न, नभए फोर्सफुल्ली मर्जरका लागि तयार रहन निर्देशन दिएकोे छ । बैंकरहरुले पनि नेपाल राष्ट्र बैंकले दिएको सो निर्देशन समय र व्यवस्थापनको हिसाबले त्यति प्रभावकारी नभएको टिप्पणी गरेका छन् । नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारीले राष्ट्र बैंकले दिएको निर्देशनको लय सही भएपनि समय पर्याप्त नभएको बताए । ‘गभर्नरज्यूको लवज राम्रो छ, तर समय छोटो भयो’ बैठकका सम्बन्धमा छोटो प्रतिक्रिया दिँदै उनले भने । मर्जरमा जान समस्या होइन, यसभित्रका जटिलतालाई कसरी व्यवस्थापन गर्ने तथा के कसरी जाने विषय भने जटिल भएको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए । ‘बैकिङ प्रणालीमा देखिएका कमी कमजोरी मर्जबाट समाधान गर्न सकिन्छ भन्ने राष्ट्र बैंकबाट कुरा आएको छ,’ उनले भने ‘मर्जर त गर्ने, तर कसरी गर्ने के गर्ने भन्ने मुख्य सवाल हो ।’ ‘पार्टन खोज्न सजिलो छैन । मर्जर गर्न हुँदैन भन्ने कसैको पनि भर्सन होइन । संख्या बढी भएकोमा सबैको सहमति छ । मर्जर गर्ने कुरामापनि सबैको सहमति छ । एउटा बैंकलाई १० लाख नागरिक पर्छन् । २० लाखसम्म सेवा दिन सकिन्छ भन्ने हो,जुनसुकै कदम चाल्दा पनि हडबड गर्नु हुँदैन’ दाहालले भने । नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले राष्ट्र बैंकले मर्जरका लागि निर्देशन दिएको नभई छलफल मात्रै गरेको बताए । राष्ट्र बैंकले उठाएका सवालका विषयमा अघि बढ्न कुनै आपत्ती छैन,’ उनले भने- ‘नियामक निकायको अधिकार क्षेत्रभित्र पर्ने विषयमा हाम्रो कुनै असहमति छैन ।’ पार्टनका विषयमा सञ्चालक समितिको बैठक बसेर सल्लाह गर्ने हो । ‘मर्जर गर्ने कि नगर्ने, पुँजी कति पुर्याउने जस्ता विषय राष्ट्र बैंकको क्षेत्राधिकारको विषय हो, हामीले त्यसलाई मान्नुपर्छ, सहयोग गर्ने गरी अघि बढ्छौं ।’ तरलताको मिसम्याच, कर्जाको बढ्दो जोखिमका कारण खराब कर्जाको अंक बढ्दै जानु, राष्ट्र बैंकले प्राथमिकता तोकेका क्षेत्रमा पर्याप्त लगानी नगर्नु लगायतका समस्या रहेको राष्ट्र बैंकले औल्याएको छ । आधार र स्प्रेड दरलाई पनि स्थायित्व दिनु पर्नेमा राष्ट्र बैंकले जोड दिएको थियो ।
स्पोर्टस अवार्डका लागि क्राउन प्लाजा बन्याे सहप्रायोजक
काठमाडौं । विसं २०७५ मा प्राप्त गरेको उपलब्धि र चर्चालाई आधार मान्दै नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)ले प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्डका लागि नक्सालस्थित होटल क्राउन प्लाजाले सहयोग गर्ने भएको छ । यही असार १७ गते आयोजना हुने उक्त अवार्डका लागि होटलले सहप्रायोजकको रुपमा सहयोग गर्ने आयोजक मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र उक्त होटलका प्रबन्ध निर्देशक युवराज श्रेष्ठले बिहीबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतासँगै होटलले अवार्ड र मञ्चको कार्यक्रमका लागि चार लाखसम्म बस्न र खानपानका लागि खर्च व्यहोर्ने छ । होटलका प्रबन्ध निर्देशक श्रेष्ठले अवार्डका लागि दुई दिनको खाना र १० वटा कोठा निःशुल्क दिने जानकारी दिए । यस पटक वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र इन्टरनेसनल एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड प्रदान गरिने छ । यसरी,कार्यक्रममा वर्ष खेलाडी पुरुष र महिला, पिपल्स च्वाइस र प्रशिक्षक गरी चार विधाका विजेताले बजाज पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही रु ५० हजारसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ । विभिन्न १० विधामा प्रदान गरिने उक्त कार्यक्रम कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गरिँदै छ । रासस