टेकुमा पुल बनेरपनि गाडी सञ्चालन भएन, सडक विभाग भन्छ-‘मापदण्ड विपरित भो’
काठमाडौं । काठमाडौँ उपत्यकाको टेकु स्थित पुल निर्माण सकिएर गाडी सञ्चालन भएको केही समयपछि सञ्चालनमा रोक लगाइएको छ । पुलको बीचमा जाली लगाएर गाडी सञ्चालनमा रोक लगाइएको हो । ठेकेदार कम्पनी जेडआइइसी पप्पु जेभीले निर्माण गरेको पुलमा मापदण्ड पूरा नभएको भन्दै दिगो शहरी यातायात आयोजनाले सरकारलाई प्रतिवेदन दिएको थियो । प्रतिवेदनपछि पुलको बीचमा जाली लगाएर गाडी चलाउन बन्द गरिएको छ । जेडआइइसी पप्पु जेभीले सरकारी संयन्त्रसँग सहकार्य नगर्दा अहिले सर्वसाधारण पुल प्रयोग गर्नबाट बञ्चित भएका छन् । पुल निर्माणका क्रममा गम्भीर गल्ती गरेको भन्दै शहरी यातायात आयोजनाले कडा आपत्ति जनाउँदा पनि काम रोक्नुको साटो थप अघि बढाएको भन्दै आयोजनाले हदैसम्मको लापरबाही भएको ठहर छ । इञ्जिनियरले तत्काल काम अघि नबढाउन निर्देशन दिएको भए पनि ठेकेदार कम्पनीले आफ्नो तरिकाले पुल निर्माण गरको सम्पन्न गरेको थियो । सडक विभागका प्रवक्ता शिव सापकोटाले भने– ‘ठेकेदार कम्पनीले इञ्जिनियरको सुझाव नमानी निरन्तर काम अघि बढाएकोले यो सञ्चालनमा रोक लगाइएको हो ।’ मापदण्डभन्दा विपरीत निर्माण भएको पुल सञ्चालमा रोक लगाएको हो–उनले भने । पुल मापदण्ड अनुसार निर्माण सम्पन्न भएपछि मात्रै सञ्चालमा आउने सापकोटाले जानकारी दिए । स्थानीय राज महर्जनले पुल निर्माण पछि केही समय प्रयोगमा आयो, त्यसपछि पुलमा जाली लगाएर अवरोध सिर्जना गरियो । पुल प्रयोगमा आउँदा सडक जाममा कमि भएको थियो ।
नेपाल टेलिकमले ल्यायो पोष्टपेड मोबाइल प्रयोगकर्ता र संस्थागत ग्राहकलाई भारी छुटको अवसर
काठमाडौँ । नेपाल टेलिकमले असार २७ गतेदेखि लागू हुनेगरी पोष्टपेड मोबाइल प्रयोगकर्ता र संस्थागत ग्राहकलाई भारी छुटको अवसर प्रदान गरेको छ । यसैगरी कम्पनीले एफटिटिएच सेवामा पनि यस्तै छुटको योजना आगामी साउन ५ गतेदेखि लागू हुनेगरी सार्वजनिक गरेको छ । कम्पनीले समर अफर अन्तर्गत पोष्टपेड मोबाइल, संस्थागत ग्राहक र एफटिटिएच सेवामा अत्यधिक छुटमा कुराकानी, इन्टरनेट र सन्देश प्रयोग गर्नसक्ने अवसर प्रदान गरेको हो । यस अन्तर्गत पोष्टपेड मोबाइलमा मासिक ५ सय रुपैयाँको प्याकेजमा ३ सय ९० मिनेट कम्पनीका मोबाइल तथा टेलिफोनमा कुरा गर्न सकिने छ । यसैगरी सोही रकममै एकसय मिनेटसम्म कम्पनी बाहिरका अन्य राष्ट्रिय सेवा प्रदायक कम्पनीका मोबाइल वा टेलिफोनमा पनि कुरा गर्न सकिने छ । यही छुटमा एक महिनासम्म ५ सय एमबी डाटा प्रयोग गर्न पाउनुको साथै १ सयवटा सन्देश समेत पठाउन सकिन्छ । त्यस्तै पोष्टपेड मोबाइल प्रयोगकर्ताले मासिक ८ सय रुपैयाँ प्याकेजको छुट योजनामा सामेल भई ६ सय ५० मिनेट कम्पनीकै मोबाइल तथा फोनमा कुरा गर्न सक्नेछन् भने १ सय मिनेट अन्य राष्ट्रिय कम्पनीका मोबाइल वा फोनमा कुरा गर्न पाउने छन् । यसमा १ जिबी बराबरको इन्टरनेट प्रयोगमा ल्याउन र २ सयवटा सन्देश पठाउन सकिने छ । यसैगरी १२ सय रुपैयाँको मासिक छुटमा सामेल हुँदा १ हजार मिनेट कम्पनीका मोबाइल वा टेलिफोनमा र १ सय ५० मिनेट कम्पनी बाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइल तथा फोनमा कुराकानी गर्न पाइने छ । यस छुट योजनामा २ जिबी ५ सय एमबी डाटा प्रयोग गर्नुका साथै ३ सयवटा सन्देश आदानप्रदान गर्न सकिने छ । यसैगरी संस्थागत ग्राहक समूह छुट योजनामा पनि भारी छुटको व्यवस्था कम्पनीले गरेको छ । यस समूहमा आबद्ध हुने ग्राहकले समूहभित्र असीमित (जति पनि) कुराकानी गर्न पाउने सुविधा छ । मासिक २ सय रुपैयाँको सेवा लिने प्रिपेड मोबाइल प्रयोगकर्ताले १ सय मिनेट सीयूजी समूह बाहिरका टेलिकमकै मोबाइल तथा टेलिफोनमा कुरा गर्न सक्नेछन् । यसअघि जम्मा ६५ मिनेट मात्र कुराकानी गर्न सकिने सुविधा थियो । यसपटक कम्पनीले २ सय रुपैयाँबाटै कम्पनी बाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइल वा फोनमा पनि १० मिनेट कुरा गर्न सकिने सुविधा थप गरेको छ । यसैगरी यही सेवा अन्तर्गत मासिक १ सय ४० एमबीको इन्टरनेट चलाउन र ५० वटा सन्देश पनि पठाउन सकिने छ । त्यस्तै प्रिपेड वा पोष्टपेड दुवै मोबाइलमा ४ सय रुपैयाँको संस्थागत प्याकेज लिंदा समूह बाहिरका कम्पनीकै मोबाइल वा टेलिफोनमा २ सय ३० मिनेट कुराकानी, ३ सय एमबिको इन्टरनेट र १ सय वटा सन्देश न्यूनतम शुल्कमै प्रयोगमा ल्याउन सकिन्छ । साथै २० मिनेट कम्पनी बाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइल वा फोनमा कुरा गर्न पनि सकिने छ । त्यस्तै ७ सय रुपैयाँको संस्थागत प्याकेज लिएमा कम्पनीकै समूह बाहिरका फोन तथा मोबाइलमा ३ सय ७० मिनेट कुराकानी, ८ सय एमबि इन्टरनेट र सयवटा सन्देश तथा कम्पनी बाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइलमा ३० मिनेट कुरा गर्न पाइने सुविधा प्रदान गरिएको छ । १ हजार रुपैयाँमा ५ सय ५० मिनेट कुराकानी, १ हजार एमबी डाटा तथा डेढसय वटा सन्देश पठाउन र कम्पनी बाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइलमा ४० मिनेट कुरा गर्न सकिन्छ । यसैगरी १३ सयको संस्थागत प्याकेजमा समूह बाहिरका कम्पनीकै अन्य फोनमा ६ सय मिनेट कुराकानी, २१ सय एमबी डाटा र २ सयवटा सन्देश तथा कम्पनी बाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइल वा फोनमा ५० मिनेट कुरा गर्न पाइने सुविधा उपलब्ध गराइएको छ । १६ सय रुपैयाँको संस्थागत प्याकेजमा ७ सय ५० मिनेटसम्म समूहमा आबद्ध नभएका कम्पनीकै अरु फोन वा मोबाइलमा कुराकानी, २७ सय एमबी डाटा र अढाईसय सन्देशको सुविधा र कम्पनी बाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइल वा फोनमा ५० मिनेट कुरा गर्न पाइने सुविधा प्राप्त हुनेछ । उपरोक्त सबै संस्थागत प्याकेजहरुमा आफ्नो समूहभित्र असीमित कुराकानी गर्ने सुविधा सो सेवाका ग्राहकहरुलाई उपलब्ध हुनेछ । यसैगरी कम्पनीको भ्वाइस सेवा सहितको उच्च गतिको एफटिटिएच इन्टरनेट सेवामा नयाँ कम्बो प्याकेज ल्याइएको छ । यी प्याकेजहरु १५ एमबिपिएस, २५ एमबिपिएस, ४० एमबिपिएस र ६० एमबिपिएसमा उपलब्ध छन् । १५ एमबिपिएसको एक महिनाको १ हजार २ सय रुपैयाँ, ३ महिनाको ३ हजार ४ सय रुपैयाँ, ६ महिनाको ६ हजार ४ सय रुपैयाँ र एक वर्षको १२ हजार ३ सय रुपैयाँमा प्राप्त गर्न सकिने छ । त्यसैगरी २५ एमबिपिएसको १ महिनाको १ हजार ९ सय, ३ महिनाको ५ हजार ४ सय ५०, ६ महिनाको ९ हजार ७ सय र एक वर्षको १७ हजार २ सय रुपैयाँमै उपलब्ध गराइएको छ । ४० एमबिपिएसको प्याकेजका लागि मासिक, त्रैमासिक, अर्ध वार्षिक र वार्षिक शुल्क क्रमशः २ हजार २ सय ५०, ६ हजार ४ सय ५०, १० हजार ७ सय र १९ हजार रुपैयाँ मूल्य निर्धारण गरिएको छ । यता ६० एमबिपिएसको सोही प्याकेजको मूल्य क्रमश २ हजार ४ सय ५०, ७ हजार ५०, ११ हजार ८ सय र २१ हजार ४ सय रुपैयाँ रहेको छ । यी सबै प्याकेजमा उल्लेखित इन्टरनेट व्याण्डविथको अलावा १ महिना, ३ महिना, ६ महिना र वर्षको लागि क्रमश २ सय ५० मिनेट, ७ सय ५० मिनेट, १५ सय मिनेट र ३ हजार मिनेट भ्वाइस टेलिफोन सेवा पनि निशुल्क उपलब्ध गराइएको छ । एफटिटिएच सेवामा विगतको स्प्रिङ अफर अन्तर्गत प्रदान गरिएका ८ एमबिपिएस, १८ एमबिपिएस, ३५ एमबिपिएस र ५५ एमबिपिएसका उपलब्ध प्याकेजहरु यथावत कायम गरिएको छ । यद्यपि ती सेवामा निशुल्क प्राप्त भइरहेका भ्वाइस सेवाहरु केही समयका लागि बन्द गरिएको छ । छुटहरु ९० दिनसम्मका लागि लागू गरिएको छ साथै यसअघि स्प्रिङ अफर अन्तर्गत प्रदान गरिएका अन्य छुटहरुलाई निरन्तरता दिइएको नेपाल टेलिकमले जनाएको छ ।
निर्माण कार्य समयमा नै सम्पन्न नगर्नेलाई दण्डित गर्नु पर्छ : मन्त्री यादव
काठमाडौँ । उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री मातृकाप्रसाद यादवले निर्माण व्यवसायीको निर्माण कार्य समयमानै सम्पन्न नगर्नेलाई दण्डित गर्नु पर्ने र त्यसतर्फ सरकार लागिरहेको बताएका छन । चेम्बर अफ कमर्शद्धारा विद्यमान वाणिज्य तथा आपुर्ती व्यवस्थापन विषयमा आयोजित छलफल कार्यक्रममा मन्त्रीले बताए । उद्योग व्यवसायको समग्र विषयमा छलफल गर्न सरकारले छिट्टै उद्योग वाणिज्य सम्बन्धी विषगत वृहत बहस एंव छलफलको आयोजना गर्न लागेको र त्यसको लागि विषयगत सुझाब दिन तयार रहन निजी क्षेत्रलाई आग्रह गरेका छन । कानुनमा उल्लेख भएका व्यवसायजन्य गर्न हुने र नहुने कार्यबारे शुसुचित गराउनुपर्ने बताएका छन । मुलुकको समग्र विकासको लागि निरपक्ष व्यापारभन्दा पनि उत्पादन सहितको व्यापारमा जोड दिनुपर्ने आजको आवश्यकता रहेकोेमा पनि बताएका थिए । विभिन्न मन्त्रालयबीच मापक बनाएर समन्वय गर्नेतर्फ सरकार अग्रसर रहेको समेत बताएका छन । वाणिज्य तथा आपूर्ती सचिवकेदार बहादुर अधिकारीले सामानको ढुवानीमा लागु गरेको ट्रयाकिङ व्यवस्था र वेभमा आधारित व्यवस्था स्थानिय समानको ओसारपसारमा व्यवसायीले उठाएका समस्याबारे छलफलबाट यसको निष्र्कस निकालने बताए । साथै मुल्य सूची हेर्न पाउनुपर्ने उपभोक्ताको नैर्सगिक अधिकार भएको र हाल उपभोक्ता संरक्षण नियमावली बन्ने क्रममा रहेकोले समेत अनुगमन नियमित भएता पनि अझ तिब्रता आउन नसकेको र आगमी दिनमा यसमा तिब्रता आउने बताएका छन । हाल निकासी हुने २७ वस्तुमा नगद अनुदानको व्यवस्था भएको र करिब ८ उद्योगले करिब ११ करोड रुपैयाँ बराबर नगद अनुदान माग गरेको बताउँदै मुलुकमा माल वस्तु आयात गर्दा एफ ओ बी मुल्य नै कायम गरि आयात गरि सिपीङलाईनहरुलाई समेत नेपालमा भित्र्याउने अवसर दिने जानकारी दिए । कार्यक्रममा सहभागि उद्योगी व्यवसायीहरुले यसबाट लागतमा वृद्धि हुने प्रतिस्पर्धात्मक क्षमतामा हस आउने बताउँदै आएको र राष्ट्र बैंकबाट जारी यस सम्बन्धि परिपत्रमा पुर्नबिचार गर्न विशेष अनुरोध गरेका छन् । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय चेम्बरको मुल सरोकार मन्त्रालय भएकाले उद्योग वाणिज्य तथा आपूर्ती सम्बन्धी समस्या सुझाब यस मन्त्रालयमार्फत नै चेम्बरले प्रस्तुत गरिरहेको बताए ।
देशैभर वर्षाः दर्जनौँको मृत्यु, ठाउँठाउँमा राजमार्ग अवरुद्ध
काठमाडौँ । पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । मुग्लिन–नौबिसे सडकखण्डअन्तर्गत चितवन र धादिङको सिमानामा पर्ने धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला नजीकै माथिबाट झरेकोे लेदोले सडक पुरिएपछि आज दिउँसो १२ः३० बजेदेखि सडक अवरुद्ध भएको हो । डोजर लगाएर लेदो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पर्खाल भत्किँदा तीनको मृत्यु काठमाडौँको मूलपानी बाबाचोकस्थित स्वास्थ्यचौकी भवन नजिकै पर्खाल भत्किँदा एकै परिवारका दुई जना र अर्को एक जनाको मृत्यु भएको छ । बारा देवताल गाउँपालिका–५ स्थायी घरभई कागेश्वरी मनोहरा नगरपालिका–६ बस्ने ३५ वर्षीया शर्मीला यादवलाई उद्धार गरी अस्पताल पु¥याएपछि नेपाल मेडिकल कलेज अत्तरखेलले मृत घोषणा गरेको छ । उनका १० वर्षीय छोरा र सोही ठेगाना भएकी ३० वर्षीय नितु यादवको उद्धार गर्दै गर्दा मृत्यु भइसकेको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । उनका अनुसार बलराम खत्रीको पक्की घरको पर्खाल भत्किएर टहरामा बस्दै आएका यादव परिवारलाई पुरेको हो । त्रिभुवन राजपथको बागझोरा अवरुद्ध यता, गए रातिदेखि परेको अविरल वर्षाले हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँ जाने फाखेल र सिस्नेरीको विभिन्न स्थानमा पहिरो जाँदा आज बिहानदेखि हेटौँडा–कुलेखानी सडकखण्डको यातायात सेवा अवरुद्ध भएको छ । मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार आजै बिहान हेटौँडा कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सबै सवारी साधन भैँसेस्थित त्रिभुवन राजपथबाटै सञ्चालनमा ल्याइएको छ । फाखेलको महालक्ष्मी पुल नजीक र सिस्नेरीेको विभिन्न स्थानमा पहिरो जाँदा हेटौँडा–कुलेखानी यातायात सञ्चालनमा अवरोध भएको हो । यसैबीच त्रिभुवन राजपथको बागझोरामा आज बिहान ९ बजेपछि आएको बाढीले हेटौँडा–काठमाडौँको यातायात सेवा पनि अवरुद्ध भएको उक्त कार्यालयले जनाएको छ । ठाउँ ठाउँमा पहिरोः यात्रामा सास्ती मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्ड वर्षात्का कारण ठाउँ ठाउँमा पहिरो गएकाले जोखिम बढेको छ । बुधबारदेखिको अविरल वर्षाका कारण लोकमार्ग छेउछाउमा पहिरो जाने, भासिने, ढुङ्गा खस्ने तथा खाल्टाखुल्टी पर्न थालेपछि लोकमार्गको यात्रा निकै सास्ती भएको छ । बागलुङ–बुर्तिवाङ खण्डको ९२ किलोमिटर सडकमा मात्र दुई दर्जनभन्दा बढी स्थानमा पहिरो र कयौँ स्थानमा शाखा सडकबाट बगेर आएको बाढीका कारण लोकमार्गमा क्षति पु¥याउँदा आउजाउमा निकै सास्ती खेप्नुपरेको यात्रुले गुनासो गरेका छन् । लोकमार्गको बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानामा तुरतुरे ताल नजिकै लोकमार्गमा सबैभन्दा ठूलो जोखिम रहेको छ । पहिरोले घर पुर्दा दुईको मृत्यु अविरल वर्षाका कारण माथिबाट आएको पहिरोले घर पुर्दा बनेपा नगरपालिका–३ चुनातालका दुईको मृत्यु हुनाका साथै अन्य दुई घाइते भएका छन् । स्थानीय रामप्रसाद दङ्गालको ढुङ्गा र माटोले बनेको दुईतले घर बिहीबार राति ११ बजे पहिरो पुर्दा उहाँकी श्रीमती ६० वर्षीया गोमा र नातिनी सात वर्षीया सुहबीको मृत्यु भएको थियो भने बुहारी ३० वर्षीया सुशीला र उनकी तीन महीनाकी छोरी अनुष्का घाइते भएका थिए । घरमा रहेका चारैजना घरभित्र पुरिएपछि प्रहरी र स्थानीयवासीको सहयोगमा उनीहरुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जयाज सापकोटाले जानकारी दिए । पहिरोले घर बगाउँदा तीन बेपत्ता खोटेहाङ गाउँपालिका–२ बाप्लुखामा पहिरोले एउटा घर बगाउँदा एक व्यक्ति घाइते हुनाका साथै तीन बेपत्ता भएका छन् । चार दिनदेखि लगातार परेको वर्षाका कारण आज बिहान झरेको पहिरोले घर बगाउँदा ३१ वर्षीय विष्णु राई घाइते हुनुभएको छ भने उहाँकी श्रीमतीसहित एक छोरा र एक छोरी बेपत्ता भएका हुन् । रातो खोलाले वृद्धलाई बगायो महोत्तरीको रातो खोलामा आएको बाढीले आज बिहान एक वृद्धलाई बगाएको छ । बलवा नगरपालिका–२ का ७० वर्षीय हनिफ बैठालाई रातो खोलाले बगाएको हो । वर्षाले सडक अवरुद्ध निरन्तरको वर्षाले खोला बढेपछि माडी–ठोरी हुलाकी सडकखण्ड अवरुद्ध बनेको छ । माडी नगरपालिका–३ र ४ को सिमानामा रहेको मगई खोला र घाङ्गर खोलामा आएको बाढीले सडक अवरुद्ध बनेको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान ८ः३० बजेदेखि बाढी बढेसँगै सडक अवरुद्ध भएको हो । खोलाले बगाएर बालक बेपत्ता खोला तर्ने क्रममा पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ स्थित नुँवा खोलाले बगाएर आज बिहान एक विद्यार्थी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा स्थानीय खेसेङखोपाका होलीचायल्डमा अध्ययनरत आठ वर्षीय जीवन राई छन् । अहिले प्रहरीचौकी रवि र स्थानीयवासीले उनको खोजी तीव्र पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौड्यालले बताउनुभयो । अविरल वर्षाका कारण जनकपुर जलमग्न अविरल वर्षाका जनकपुरधाम उपमहानगरपालिकाका अधिकांश क्षेत्र जलमग्न भएका छन् । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण उपमहानगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका हुन् । सिस्नेरी सडक अवरुद्ध हिजो रातिदेखि परेको अविरल वर्षाको कारण हेटौँडा कुलेखानी सिस्नेरी दक्षिणकाली हुँदै काठमाडौँ जाने सडक अवरुद्ध भएको छ । इन्द्रसरोवर गाउँपालिकाको वडा नं २ र ३ को विभिन्न ठाउँमा पहिरो गएको छ भने वडा नं ३ को ज्यामिरेमा २०० मिटरसम्म सडक पहिरोले पुरिएको र सो सडकको पहिरो पन्छाउन केही दिन लाग्ने सिस्नेरी प्रहरी चौकीले जानकारी दिएको छ । सिद्धिचरण लोकमार्गमा यातायात अवरुद्ध सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका–१४ को भदौरेखोलामा निरन्तर वर्षाका कारण आएको बाढीले सडकमा बालुवा तथा ढुङ्गामाटो थुपारेपछि बिहीबारदेखि कटारी नप–१४ स्थित बेतिनी र घुर्मी बीच क्षेत्रमा यातायात सेवा अवरुद्ध बन्न पुगेको छ । अविरल वर्षाका कारण दुईको मृत्यु केही दिन देखिकोे अविरल वर्षाले भोजपुरमा दुईजनाको मृत्यु भएको छ । वर्षासँगै गएको पहिरोले चर्पी बगाउँदा चर्पीसँगै रहेका टेम्केमैयुम गाउँपालिका–ं ९ लेखर्क ओइराङका कुवेरमान विकका १४ वर्षीय छोरा जनक विकको ज्यान गएको छ भने रामप्रसाद राई गाउँपालिका–७ बासिखोराका जगतबहादुर राईको घरको चुलीसहितको गाह्रो भत्किएर पुरेकाले मृत्यु भएको हो । वर्षाले विराटनगरका अधिकांश वडा डुबानमा तीन दिनदेखि लगातारको वर्षाको पानीको उचित निकास नहुँदा र सिंगिया नदीमा आएको बाढीले विराटनगर महानगरपालिकाका केही वडा डुबानमा परेका छन् । विराटनगर सिमाना भएर बग्ने सिंगिया खोलामा आएको बाढीले विराटनगर वडा नं १, २ र ८ का केही क्षेत्र आज बिहानदेखि डुबानमा परेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
नेपालमा वार्षिक २ करोड ५० लाख केजी तयारी चिया उत्पादन
काठमाडौं । नेपालमा वार्षिक २ करोड ५० लाख केजी तयारी चिया उत्पादन हुने गरेको छ । चिया तथा कफी विकास बोर्डको तथ्याङ्क अनुसार नेपालको पूर्वी जिल्लामा २ करोड केजी सिटीसी चिया उत्पादन भएको र पहाडी क्षेत्रमा ५० लाख केजी अर्थोडक्ट चिया उत्पादन भएको छ । पछिल्लो समय पूर्वमा उत्पादित चियाले मूल्य नपाएको र बिक्रीको लागि भारतीय बजार सम्म पुर्याउने गरिएको छ । चिया उत्पादक र श्रमिकबीच विवाद हुने गरेको तथा बोर्ड समक्ष व्यापारीहरुले माग राख्दै आएको चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक दीपक खनाल बताए । नेपाली बजारमा चियाको तथा कफी क्षेत्रमा सरकारको चाँसो कम रहेको निर्देशक खनालले बताए । आर्थिक वर्ष २०७६÷७७ सरकारले चियामा अक्सन मार्केट लागु गर्ने भनेसँगै यस क्षेत्रमा केहि सुधार हुने र चियाले राम्रो बजार मूल्य प्राप्त गर्नुका साथै व्यापारीमा उत्साह थप्ने माध्यम बन्न सक्ने जानकारी दिए । नेपालमा विशेषगरी सिटीसी, अथोडक्ट, ग्रीन टि, पेसियाल टि चिया उत्पादन हुँदै आएको छ । नेपालमा एक सय १३ वटा चिया उद्योग रहेका छन्, जसमा वार्षिक उत्पादन क्षमता ५२ हजार १ सय मेट्रिक टन छ भने हाल वार्षिक तयारी चिया १८ हजार ९ सय ५८ मेट्रिक टन रहेको छ । चालु आर्थिक वर्षमा करिब साढे तीन अर्बको निर्यात हुने अनुमान बोर्डको रहेको छ । भारतमा निर्यात हुने सिटीसी चिया बिक्रीको समयमा भन्सारमा व्यापारीले धेरै समस्या झेल्नु परेको गुनासो बार्डमा आइरहने र यस्ता समस्याहरुलाई सरकारलाई ध्यान नदिँदा चियाले उपयुक्त मुल्य नपाउने र व्यवसायीहरुमा नैराश्यता थपिने बोर्डले जनाएको छ । यस्तो छ विगत पाँच वर्षदेखि उत्पादित चियाको अवस्था :
४ लाख घुस रकम सहित डिएफओ पक्राउ
सुर्खेत । डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख रु चार लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले डिभिजन वन प्रमुख भक्तबहादुर लामालाई आज कार्यकक्षबाटै रङ्गेहात पक्राउ गरेको हो । आयोगको सुर्खेत कार्यालयका प्रवक्ता मेघनाथ सापकोटाले सेवाग्राहीबाट रु चार लाख घुस लिइरहेको अवस्थामा पक्राउ गरेको जानकारी दिए ।
जैसा करनी वैसा भरनी !
मुलुक दिन प्रतिदिन प्राविधिक तथा अनुसन्धानको दखल खोज्दैछ । प्राविधिक कल्चर र क्षमताका दृष्टिले नेपालको अवस्था निम्नस्तरको रहेको छ । दिन प्रतिदिन प्राविधिक क्षमता, जनशक्ति, संस्थाहरूको अवस्था खस्किदै गएको छ र यसैकारणले नेपालको आय बढेपनि प्राविधिक क्षमता र सक्षमता तन्नम हुदै जाने देखिन्छ । प्राविधिक, बैज्ञानिक, अनुसंधान, कार्यान्वयन संस्थाहरू बढाउँदै लैजानु पर्नेमा सामान्य प्रशासन, न्याय प्रशासन र अन्य सामाजिक आयोगहरू भरमार थप्दै, सेना–प्रहरीको संख्या बढाउदै गएर मुलुकको आयले नथाम्ने र विज्ञान प्रविधिका क्षेत्रमा लगानी गर्न बजेट नै उपलव्ध हुन नसक्ने भयावह स्थिति सिर्जना हुँदै गएको छ । ढल, फोहरमैला, दिसाजन्य लेदो व्यवस्थापन, बाढी नियन्त्रण, वर्षातको पानी निकास, खानेपानी, आईटी, ईशासन, ई बिजिनेस, सडक र यातायात व्यवस्थापन, प्रदूषण व्यवस्थापन, जलप्रदूषण नियन्त्रण, ट्राफिक व्यवस्थापन, यातायात संरचना एवं सडक मर्मत संभार, तहगत प्राविधिक जिम्मेदारी विभाजन, अधिकार र श्रोत परिचालनमा प्रविधिजन्य हस्तक्षेपिकरण जस्ता जटिल कामहरूमा कम्प्लेक्स संस्थागत व्यवस्थाको दरकार पर्छ । तर, यी पक्षमा कसैलाई कुनै मतलब छैन । देश-विदेशमा भएका विज्ञ सफल नेपालीलाई आकर्षित गर्ने र नेपालमा टिकाउन मतलब छैन, प्रदूषण बढाउने पर्यटकलाई बरू नेपालमा स्टे अवधि बढाउनेमा ढ्वाङ फुकिन्छ । मुलुकको प्राविधिक संस्था र क्षमतामा बढाउने तिर कसैलाई मतलब र रूचि देखिन्न, न राजनीति गर्नेमा त्यो क्षमता छ । नेपालमा वर्षाको वार्षिक परिमाण विगत दशौं दशकदेखि उही छ । तर वर्षाको घटना पहिले जस्तो तोकिएको महिनामा सन्तुलित वितरण देखिन्न । उपत्यका र सहरहरू समेतमा वर्षातको पानी बग्ने निकासहरू अधिकॉश भौतिक संरचना र निर्माण र अव्यवस्थित वस्ति विकासका कारण सॉघुरिएका वा अवरूद्ध वा थुनिएका छन्, खोलाहरू मिचिएका र सॉघुरिएका छन् । वर्षे पानी निकास गर्ने ढल पर्याप्त बनाएर वस्ति विकास गरिएकै छैनन् । त्यसैले वर्षेनि वर्षाको बेला डुबान र बाढी आउने गर्छ, आउनै पर्छ। प्रकृतिले विना भेदभाव आफ्नो काम गर्छ, कसैलाई काखापाखा गर्दैन । कुनै अचम्म होईन । हामी आफ्नै राजनीतिक विकासे र सामाजिक चर्तिकलारूपी कर्मको नतिजा भोगेका हौं र भोगिरहने छौं । जैसा करनी वैसा भरनी, भाग्य त्यस्तो हैन पुन्टे कर्म त्यस्तो !
१२४५९ पाए घोडीघोडाको १० कित्ता सेयर, २७३५९६ जनाको हात खाली
काठमाडौँ । शुक्रबार घोडीघोडा लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । २ लाख ८६ हजार ५५ ले आवेदन भरेकोमा १२ हजार ४ सय ५९ आवेदकले १०-१० कित्ताका दरले पाएका सेयर पाएका छन् । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार ४९० जनाको आवेदन रद्ध भएको थियो भने आइपीओका लागि आवेदन भर्ने २ लाख ७३ हजार ५ सय ९६ आवेदकको हात खाली भएको छ । आजदेखि खुल्यो घोडीघोडा लघुवित्तको आईपीओ