विकासन्युज

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेज लिमिटेडबीच सम्झौता

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र उपाय सर्भिसेज लिबीच व्यवसायिक परामर्श सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृतसुयोग श्रेष्ठ र उपाय सर्भिसेज लिका तर्फबाट उक्त कम्पनीका अध्यक्षसुमन रायमाझीले हस्ताक्षर गरेका छन् । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्राहकहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस सम्झौता अनुसार नयाँ व्यवसायको योजना, उद्योगसंग सम्बन्धित सेवा, कर तथा लेखा सम्बन्धि लगायतका अन्य सेवाहरु बैंकका शाखा कार्यालयहरुबाट उपाय सर्भिसेज लि मार्फत परामर्श प्राप्त गर्न सक्नेछन् ।

ग्लोबल आइएमई बैंक र तरकारी तथा फलफूल व्यवसायीबीच सम्झौता

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले सरल तथा सुलभ कृषि कर्जा प्रवाह गर्ने उद्देश्यले तरकारी तथा फलफूल व्यवसायीहरुसँग आवधिक कृषि कर्जा लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सम्झौतामा बैंकका सहायक महाप्रबन्धक सुरेन्द्रराज रेग्मी, नेपाल फलफूल थोक व्यवसायी संघका अमर बानियाँ तथा तरकारी फलफूल थोक बजार व्यवसायीक संस्थाका भरतप्रसाद खतिवडाले हस्ताक्षर गरेका छन् । उक्त अवसरमा बोल्दै सहायक महाप्रबन्धक रेग्मीले विगत देखिनै ग्लोबल आइएमई बैंक र फलफूल व्यवसायीहरुबीच असल सम्बन्ध रहेको र यस सम्झौताबाट नेपाल बैंक थोक व्यवसायी संघ र तरकारी फलफूल थोक बजार व्यवसायीकसंस्थाबीचको सामिप्यता अझ बढ्ने विश्वास व्यक्त गरे । उनले सम्झौतापछि संघ/संस्थामा आबद्घ व्यवसायीहरुले सस्तो, सरल तथा सूलभ ब्याज दरमा कृषि कर्जा प्राप्त गर्न सक्ने भएकोले व्यवसायीहरुलाई यसको भरपूर फाइदा लिन आग्रह गर्दै यसबाट फलफूल तथा तरकारी बजारको थप विकास एवम् बिस्तारमा टेवा पुग्ने धारणा राखे । सम्झौताबाट नेपाल फलफूल थोक व्यवसायी संघ र तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थामा आबद्घ करिब ७०० फलफूल तथा तरकारी व्यवसायीहरु लाभान्वित हुने अपेक्षा गरिएको छ । बैंकले कृषि व्यवसाय तथा पेशामा संलग्न रहेका व्यक्तिहरुलाई सहयोग गर्ने उद्देश्यले विगत देखि नै कृषि कर्जा प्रवाह गर्दै आइरहेको छ ।

टिभिएसले ल्यायो अन्तराष्ट्रिय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

काठमाडौँ । नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस ट्रयाक एक्सपेरियन्स अघि सारेको छ । उक्त योजना अनुसार नेपाल भर रहेका टिभिएस मोटरसाईकलको कुनै पनि शोरुममागई अपाचे आरआर ३१० तथा अपाचे २००४ भी भी टुको टेस्ट राईड मात्र गरी उक्त योजनामा सहभागी हुन सकिनेछ । २५ जना भाग्यशाली विजेताहरुले भारतको चेन्नाईमा रहेको मदरास मोटर रेस ट्रयाकमा अनुभव संगाल्न पाउने छन् । साथै अपाचे आरआर ३१० तथा अपाचे २००४ भी भी टुका खरिदकर्ताहरुले हेल्मेट्स नेपालको क्रमशः रु.१० हजार तथा रु. ७ हजार रुपैयाँ बराबर नगद भौचर उपहार पाउने छन् । अपाचे आरआर ३१० को लागि मासिक किस्ताबन्दी रु. १९ हजार ९३ र अपाचे २००४ भीभीटुको लागि रु ११ हजार २ सय ४५ कायम गरिएको छ । नयाँ बिक्री योजनाका बारेमा जानकारी दिंदै जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपक अग्रवालले भने–“हरेक मोटरसाईकल राइडरको एउटा भित्री ईच्छा हुन्छ रेस ट्रयाकमा मोटरसाईकल कुदाउनुको मज्जा लिने । तर सबैले यस्तो चाहना पूरा गर्न सकेका हुँदैनन् । यसैले आफ्ना बाइकप्रेमीहरुलाई नयाँनयाँ एक्सपेरियन्स दिलाएर अचम्मित पार्दै आएको टिभिएसले पछिल्लो एक नयाँ योजना अघि सारेको बताए ।

बेलायतमा अध्ययनः कति लाग्छ खर्च, कति हुन्छ कमाई?

काठमाडौँ । बेलायत उच्च शिक्षा अध्ययनको लागि विश्वमै उत्कृष्ट स्थानमा पर्ने देश हो । यहाँ संसारभरबाट ४ लाख भन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन् । यहाँ अध्ययन गर्न जाने विद्यार्थीको रोजाईमा व्यवस्थापन संकाय, बिजनेस स्टडिज, ईन्फर्मेसन टेक्नोलोजी, विज्ञान, नर्सिङ कोर्स पर्ने गरेको छ। यी त भए विद्यार्थीको छनोटमा पर्ने बिषय, त्यसबाहेक विद्यार्थीहरुले आफुले पढ्न चाहेको अन्य कुनै पनि बिषयहरु अध्ययन गर्न सक्छन्। २०१०-११ को समयमा धेरै नेपाली विद्यार्थीको छ्नोटमा पथ्र्यो बेलायत । त्यससमयमा कलेजहरु पनि असंख्या मात्रामा खोलिएका थिए । जसले पायो त्यसले कलेज खोलेका थिए, त्यसकारण पछी गएर समस्या आयो । कलेजहरुले पढाउने भन्दा कमाउने बिषयमा गए र कलेज खोलेको जस्तो देखाएर विद्यार्थीहरुसँग पैसा असुले । त्यसले गर्दा २०१३ मा बेलायत जाने विद्यार्थीको संख्या पुरै घट्यो । तर पछिल्लो समय बिस्तारै नेपाली विद्यार्थीको आकर्षण बढीरहेको छ । ईन्द्रमणी नेपाल, निर्देशक, ड्रिम डेस्टिनेसन एजुकेसन फाउन्डेसन बेलायतमा पढाई र बसाई खर्च पढ्नको लागि बेलायतलाई संसार निकै महंगो देशको रुपमा लिईन्छ । अध्ययनको लागि अमेरिका पछिको दोस्रो महंगो राष्ट्रको रुपमा लिइन्छ । बेलायतमा अन्तर्राष्ट्रिय विद्यार्थीलाई स्नातक तह वा त्यस भन्दा माथिको कोर्स गर्नको लागि वार्षिक लाग्ने खर्च १० हजार पाउन्ड देखी ३० हजार पाउन्ड सम्म रहेको छ । तर औसतमा एउटा विद्यार्थीको वार्षिक १२ हजार पाउन्ड अर्थात नेपाली करिब १७ लाखको हाराहारीमा खर्च हुन्छ । यसमा विद्यार्थीले छात्रवृत्ति पाउने पनि सम्भावना छ । उनीहरुले छात्रवृत्ति २ हजार पाउन्ड देखी ४ हजार पाउन्ड अर्थात २ लाख ७५ हजार देखी ५ लाख ४६ हजार सम्म पाउन सक्छन् । विद्यार्थीलाई उनीहरुको शैक्षिक योग्यताको आधार र आईएल्टिएसमा ल्याएको स्कोरको आधारमा छात्रवृत्ति प्रदान गरिन्छ । बेलायत अध्ययनको लागि विद्यार्थीले प्लस २ वा ब्याच्लरमा कम्तिमा पनि ६० प्रतिशत भन्दा बढी अंक ल्याएर उतीर्ण गरेको हुनु पर्नेछ । यसबाहेक बेलायतमा विद्यार्थीको बसाइ खर्च १२ हजार पाउन्ड अर्थात १६ लाखको वरिपरी हुने गर्दछ । बसाइ खर्च विद्यार्थीको जीवनशैलीले निर्धारण गर्दछ। कमाई कति हुन्छ ? बेलायत सरकारले एक मान्यता प्राप्त विश्वविद्यालयमा पूर्ण समय स्नातक वा स्नातकोत्तर डिग्री अध्ययन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीलाई हप्ताको २० घण्टासम्म र जाडोगर्मी बिदाको समयमा पुर्णकालीन काम अर्थात फुल टाईम जब गर्ने अनुमती दिएको छ । यसरी उनीहरुले हप्ताको १६० पाउन्ड कमाउन सक्छन् । १ नेपाली पाउण्ड बराबर १ सय ३९ रुपैंया हुन्छ । यसको मतलब विद्यार्थीले हप्ताको २२ हजार २४० को हाराहारीमा कमाउन सक्छन् । यसबाहेक हिउँदेबर्खे बिदामा भने विद्यार्थीहरुले हप्ताको ३६ घण्टा काम गर्ने पाउँछन् । अध्ययन पूरा गरेपछी कति समय बस्न पाइन्छ ? अध्ययन पूरा गरेपछी एक विदेश विद्यार्थीले उनले पढेको बिषयको आधारमा बेलायतमा कति महिना बस्न पाउँछ वा पाउँदैन भन्ने निर्धारण हुन्छ। उदाहरणको लागि यदी तपाईँ १२ महिनाको डिग्री सरहको कोर्स गर्दै हुनुहुन्छ भने तपाईँले आफ्नो कोर्स पूरा गर्नको लागि लाग्ने समय र थप ४ महिना अध्ययन गर्न पाउनु हुन्छ। यस्तै पिएचडी अध्ययन गरेका विद्यार्थीले १ बर्ष थप बस्न पाउने व्यवस्था छ । (ड्रिम डेस्टिनेसन एजुकेसन फाउन्डेसनका निर्देशक ईन्द्रमणी नेपालसँगको कुराकानीमा आधारित)

गतवर्ष वैदेशिक रोजगारीमा गए ५ लाख युवा, कतार जाने बढी

काठमाडौं । आर्थिक वर्ष २०७५/७६मा वैदेशिक रोजगारीका लागि ५ लाख भन्दा बढी नेपाली युवाहरु विभिन्न देशमा गएका छन् । गत आवको साउन एक गतेदेखिअसार मसान्तसम्म ५ लाख ८ हजार ८ सय ५५ जना वैदेशिक रोजगारीमा गएको तथ्याङ्ग वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको छ । जस मध्ये ३२ हजार १२३ जना महिला र ४ लाख ७६ हजार ७०५ जना पुरुष रहेका छन् । बैदेशिक रोजगारीमा सबैभन्दा बढी कतार गएका छन् । आर्थिक वर्ष २०७५/७६मा १ लाख ६१ हजार २१५ नेपाली बैदेशिक रोजगारीमा गएका छन् । कतारपछि नेपाली युवाहरु युएई जाने गरेका छन् । गत आर्थिक वर्षमा १ लाख १९ हजार ८५५ रहेका युएई गएका थिए । त्यस्तै साउदी र मलेसियामा क्रमशः १ लाख १७ हजार ९०४ जना र ४२ हजार १४६ जना गएको विभागले जनाएको छ । गत वर्ष म्यानपावर कम्पनी मार्फत २ लाख ८ हजार ३५१ जना बैदेशिक रोजगारीमा गए । जसमा १७ हजार ३२५ जना महिला छन् । बैदेशिक रोजगारीमा जाने संख्या घट्दो क्रममा आर्थिक वर्ष २०७४/७५ मा कुल ६ लाख १२ हजार ६८५ जना नेपाली रोजगारका लागि विभिन्न देश गएका थिए । विगत तीन वर्षदेखि वैदेशिक रोजगारमा जानेको नेपालीको संख्यामा कमी आएको छ । आर्थिक वर्ष २०७३÷७४ मा ६ लाख ४२ हजार ८५९ जना नेपाली वैदेशिक रोजगारी गएका थिए । अघिल्लो वर्षको तुलना वैदेशिक रोजगारमा जानेको संख्या काम भएको छ । आर्थिक वर्ष २०७४÷७५ मा ६ लाख १२ हजार ५ सय ८५ जना नेपाली वैदेशिक रोजगारका लागि बाहिरिएका थिए ।

आइएमई मोटर्स र कामना सेवाबीच ब्यापार सम्झौता

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेड र आइएमई मोटर्स प्रालि बीच व्यापार सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार आइएमई मोटर्स प्रालि मार्फत सिफारिस भई अएका ग्राहकहरूले बैंकको सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा अशोक लैलेण्डका विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा लिन सक्ने छन् । सम्झौता पत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र आइएमई मोटर्स प्रालिको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरेका छन् ।

असार सकिँदा ४० प्रतिशत रोपाईँ, गतवर्ष भन्दा २३ प्रतिशत कम

काठमाडौं । असार सकिँदा मुलुकभर ४०.४६ प्रतिशत मात्र रोपाईँ भएको छ । गत वर्षको तुलनामा यस वर्ष वर्षात ढिलो भएसँगै रोपाईँ २३.४२ प्रतिशत घटेको हो । गत वर्ष यस अवधिमा ६३.८८ प्रतिशत रोपाईँ सम्पन्न भईसकेको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले मनसुन करिब १० दिन ढिला हुँदा रोपाईँ यस वर्ष २३.४२ प्रतिशत मात्र भएका बताएका छन् । नेपालको भौगोलिक अवस्था अनुसार सबै भन्दा बढी मध्य पहाडमा ५३.९६ प्रतिशत रोपाईँ सम्पन्न भएको छ जुन गत वर्षको तुलनामा १३.८ प्रतिशत कम भएको छ । तथ्याङ्ग अनुसार उच्च पहाड र तराईमा क्रमश ५१.८१ प्रतिशत, ३५.१२ प्रतिशत रोपार्इँ भएको छ । गत वर्ष सो समयमा उच्च पहाड र तराईमा ६६.२२, ६२.६५ प्रतिशत रोपाइँ समापन भएको थियो । यस्तो छ प्रदेशको रोपाइँको अवस्था :

पुनर्बीमा कम्पनीका सिइओ भण्डारीको कार्यकाल सकियो, ‘नाफा बढाए’

काठमाडौ । पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चिरायु भण्डारीको कार्यकाल असार ३१ गतेबाट सकिएको छ । भण्डारीले आफ्नो ४ वर्षे कार्यकालमा केही स्मरणयोग्य कामहरु भएको विकासन्यूजसँग दाबी गरे । कम्पनीकाे चुक्ता पूँजी ५ अर्बबाट १० अर्ब रुपैयाँ पुर्याउनु, वार्षिक ७ अर्बकाे प्रिमियम संकलन गर्नु, खुद नाफा करिब डेढ अर्ब बनाउनु, ३० देशमा बीमा तथा पुनर्बीमा गरी ६५ वटा बीमा कम्पनीहरुसँग व्यवसायिक सम्बन्ध स्थापना गर्नु, नेपाली बीमा कम्पनीले कम्तिमा २० प्रतिशत पुनर्वीमा नेपालमा नै गर्नु पर्ने व्यवस्था गराउनु आफ्नो कार्यकालकाे सफलता भएकाे उनले बताए । कम्पनीकाे साधारण सेयर निष्काशन गर्ने आफ्नो प्रयास भने सफल हुन नसकेकाे बताए । ‘क्रेडिट रेटिङकाे काम सकियाे । तर साधारण सेयर निष्काशनकाे केही प्रक्रियागत काम बाँकी रहेकाे छ’-उनले भने ।