विकासन्युज

कास्कीको पुरुन्चौरमा कामना सेवाकोे ९७औं शाखा बिस्तार

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडल पोखरा महानगरपालिकावडा नं. १९ स्थित पुरुन्चौरमा साउन ६ ९७औ शाखा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले उक्त शाखाको कारोबार शुभारम्भ गरेका हुन् । कारोबार शुभारम्भ समारोहमा बैंकका संचालकहरु चतुराखर अधिकारी, देवकृष्ण काफ्ले, बलराम बराल तथा गण्डकी प्रदेश प्रमु्ख टुबराज वास्तोला लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

नेपाल चेम्बर र जर्जिया चेम्बरबीच लगानी अभिवृद्धि गर्ने समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्श र जर्जिया चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रिज बीच सोमबार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।जर्जियाका उपविदेश मन्त्री एलेक्सन्डर ख्भटिसियस्भिलीको उपस्थितिमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ र जर्जिया चेम्बर अफ कमर्शका अध्यक्ष गिवर्रगी पेर्रटियाबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । सो कार्यक्रममा दुई देशको व्यापारिक, आर्थिक एंव लगानीको विकास प्रगाढ एवम् सुदृढ कायम गर्नका लागि समझदारी भएको छ । दुई देशका उद्यमी व्यवशायी बिचमा प्रचलित कानुन र नियमको ढाँचाभित्र रही द्धिपक्षीय व्यापार सम्बन्धको विस्तार गरी नयाँ व्यावसायिक अवसरहरुले संंभावना पहिचान गर्ने पनि समझदारी पत्रमा उल्लेख छ । ९ बुँदे समझदारी पत्रमा दुई चेम्बरबीच आर्थिक सम्बन्ध सुदृढ गरि व्यापारिक एवम् आपसी सम्बन्ध सुमधुर, व्यापारिक औद्योगिक विकास, बैदेशिक लगानी र व्यापार मेला तथा प्रर्दशनीमा सहभागि हुने उल्लेख छ । कार्यक्रममा नेपाल चेम्त्रर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठले व्यापार र पर्यटन विकासका लागि जलविद्युत, सूचना प्रविधी, कृषि, स्वास्थ्य र खेलकुद क्षेत्रमा लाग्नुपर्ने बताए । कार्यक्रममा जर्जियाका उपविदेश मन्त्री एलेक्सन्डर ख्भटिसियस्भिलीले जर्जियाले अवलम्बन गरेको एकद्धार प्रणाली विश्वकै लागि अनुकरणीय भएको बताए ।

सिप्रदीयन सहायता संस्थाद्वारा बाढी पीडितलाई राहत वितरण

काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिको सामाजिक संस्था सिप्रदीयन सहायता संस्थाद्वारा हालैमात्र सप्तरी जिल्ला, सप्तकोशी नगरपालिका, फत्तेपुर स्थित बाढी प्रभावित परिवारहरुलाई आधारभूत आवश्यकताका सामाग्रीहरु राहतस्वरुप वितरण गरेको छ । सिप्रदीयन सहायता संस्थाको १० जनाको स्वयंसेवक टोलीले सप्तकोशी नगरपालिका वडा नं ६ का २६० घरधनीलाई प्रति घर २५ केजी चामल, १.५ केजी दाल, १ केजी नुन र १ लिटर खाना पकाउने तेल लगायतका सामाग्रीहरु राहतस्वरुप वितरण गरेको हो । साथै उक्त नगरपालिका वडा नं ७ का ५० घरधनीलाई सोहि बमोजिमको राहत सामाग्रीहरु वितरण गरेको छ । उक्त राहत सामाग्रीहरु स्थानिय निकायका जनप्रतिनिधिहरु, राजनीतिक व्यक्तित्वहरु साथै सिप्रदीसँग आबद्ध व्यवसायीहरुको उपस्थितिमा वितरण गरिएको हो ।

बुधबार अल्फाबिटा अष्ट्रेलियन एजुकेशन फेयर हुँदै

काठमाडौँ । यसबर्षको अल्फाबिटा अष्ट्रेलियन एजुकेशन फेयर बुधबार हुँदैछ । अष्ट्रेलियाका २० वटा विश्वविद्यालयका प्रतिनिधिहरु सहभागी यसबर्षको मेला अल्फाबिटा इन्ष्टिच्युटको कार्यालय बुद्धनगरमा बिहान ८ बजेदेखि सुरु हुनेछ । एकै छानामुनी अष्ट्रेलियाका प्रतिष्ठित विश्वविद्यालयका प्रतिनिधिहरुसँग भेटघाट र परामर्श गर्न सकिने भएकाले यस मेलाको विशेष महत्व रहेको अल्फाबिटा इन्ष्टिच्युटका कार्यकारी अध्यक्ष द्धिराज शर्माको भनाई छ । मेलामा प्रमुख अथितिको रुपमा नेपालका लागि अष्ट्रेलियाका राजदूतले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।   साउन ८ गते अल्फा बिटा अष्ट्रेलियन एजुकेशन फेयर, शैक्षिक कर्जा र हवाइ टिकेटमा बिशेष छुट  

एक प्रदेश एक औद्योगिक क्षेत्रको काम अड्कियो, अहिलेसम्म डीपीआर मात्रै

काठमाडौं । सरकारले एक प्रदेश एक उद्योग ग्रामको अवधारणा ल्याएको भएपनि काम अगाडि बढ्न सकेको छैन । एक प्रदेश एक उद्योगको अवधारणसँगै सरकारले आगामी २ बर्ष भित्र उद्योग ग्राम स्थापना गर्ने लक्ष्य लिएको भए पनि औद्योगिक क्षेत्रहरुको डीपीआर तयार भए पनि वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) को काम सम्पन्न हुन सकेको छैन । एक प्रदेश एक औद्योगिक क्षेत्रको डीपीआरको काम मात्रै सकिएको छ । उद्योग मन्त्रालयले वन मन्त्रालयलाई ईआईएएको लागि पढाएको काम नभएको उद्योग मन्त्रालयले जानकारी दिएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले ७ वटा प्रदेशको औद्योगिक क्षेत्रको डीपीआरको काम सकिएर बन मन्त्रालयलाई ईआईएका लागि पठाएको, तर बन मन्त्रालयले काम अझै काम नगरेका बताए । हेर्दा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले केही काम नगरेको जस्तो देखिने, तर क्षेत्राधिकार भन्दा बाहिर काम नभएकोले समस्या परेको हो-उनले भने । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार उद्योग मन्त्रालयबाट बन मन्त्रालयमा ईआईएका लागि पठाएको काम १३ महिनादेखि अड्किएको छ । चितवानको शतिmखोरको २०७५/५/१५ गते, सर्लाहीको मुर्तियाको २०७५/५/१५ गते, मकवानपुरको मयुरधापको २०७५/१२/४ गते, रुपन्देहीको मोतिपुरको २०७५/४/३ गते, बाँकेको नैवस्ताको २०७५/२/२३ गते, लम्की र कन्चनपुर दैजिको २०७५/३/१४ गते र कैलालीको लम्कीको २०७५/१/१५ गते डीपीआरको काम सकिएर उद्योग मन्त्रालयले बन मन्त्रालयलाई पठाएको तर अहिलेसम्म काम नभएको लिमिटेडले जानकारी दिएको छ । वन मन्त्रालयको ईआईए शाखाले गत आर्थिक वर्षको अन्त्यमा बजेटको अभावले काम अगाडि नबढेको र अहिले एक प्रदेश १ उद्योगको ईआईएको काम अन्तिम चरणमा पुगेको बताएको छ । ईआईएका लागि आएका फाइलहरु शंसोधन गर्नु पर्ने भएकोले फाइल आउने बित्तिकै ईआईएको काम नसकिने जानकारी दिएको छ । औद्योगिक क्षेत्रको जग्गा क्यावबनेनबाट पास भएको भन्दा फरक, १ प्रदेशमा १ उद्योग ग्राम भनेको ठाउँमा एक प्रदेशमा नै २ वटा उद्योग र सुकुम्वासी बस्तिमा पनि उद्योग ग्रामको लागि ईआईए आएकाले पनि काम ढिला भएको शाखाले जानकारी दिएको छ । २०४४ सालपछि थपिएनन् औद्योगिक क्षेत्र, उद्योग खोल्न जमिन अभाव  

सिद्धार्थ ईक्वीटी फण्डले इकाईधनीहरुलाई ११ प्रतिशत लाभांश बितरण गर्ने

काठमाडौँ । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सिद्धार्थ क्यापिटल लिमिटेड योजना ब्यवस्थापक रही सञ्चालनमा रहेको सिद्धार्थ ईक्वीटी फण्डको आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण कार्य सम्पन्न भएको छ । योजनाको लेखापरीक्षण कार्य सम्पन्न भए लगत्तै योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लि.को साउन ६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ का लागि सिद्धार्थ ईक्वीटी फण्डका इकाईधनीहरुलाई ११% (कर सहित) का दरले हुन आउने रकम रु १६,५०,००,०००/-(अक्षरेपी सोह्र करोड पचास लाख मात्र) प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।

ढाका उडान आरम्भ गर्दै हिमालय एअरलाइन्सले बिस्तार गर्यो क्षेत्रीय सञ्जाल

काठमाडौं । नेपालको अन्तर्राष्ट्रिय विमानवाहक हिमालय एअरलाइन्सले बंङ्गलादेशको सांस्कृतिक, राजनीतिक तथा सांस्कृतिक केन्द्र तथा देशको राजधानी ढाकामा आफ्नो पहिलो उडान भरेको छ । प्रिमियम इकनोमि क्लासमा ८ र इकोनोमी क्लासमा १५० सिट क्षमता भएको एयरबस ए३२०-२१४ को न्यारोबडी जहाजले मंगलबार, बुधबार र शनिबार गरी हप्तामा तीन दिन उडान सेवा उपलब्ध गराउनेछ । केवल एक घण्टाको उडान दुरी रहेकोले व्यापारिक तथा भ्रमण प्रयोजनका लागि आउने यात्रुका लागि त्यही दिन फर्कन मिल्ने सुविधायुक्त उडान तालिका प्रस्ताव गरिएको छ । यो नयाँ रुटले नेपालको एसियाली मुलुकसग सम्पर्क अझ बढावा दिने आशा गरिएको छ । हिमालय एअरलाइन्सको ढाकाको पहिलो उडानमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढा, मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, मासफी बिन्ते साम्स्, नेपालका लागि बांङ्गलादेशी राजदूत, दीपकराज जोशी, नेपाल पर्यटन बोर्ड र हिमालय एयरलाइन्स्का उपाध्यक्ष विजयबहादुर श्रेष्ठ सहभागी थिए । साथै, हिमालय एअरलाइन्स्का अध्यक्ष झोउ इन्योङ पनि विशिष्ट अतिथिहरुको बिदाईका निम्ति उपस्थित भएकी थिइन् । उद्घाटन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उडड्यन प्राधिकरण तथा नेपाल सरकारका विभिन्न कार्यालयहरुबाट आमन्त्रित विशेष अतिथि तथा विशिष्ट पाहुनाहरुको उपस्थितिमा उद्घाटन उडानको खुशीयालीमा केक काट्ने कार्यक्रम र्याडिशन एयरपोर्ट रेस्टुरेन्टमा सम्पन्न भयो । एअरलाइन्सको यो कदमलाई नेपालका लागि बंङ्गलादेशी राजदूत मासफी बिन्ते साम्सले बधाई ज्ञापन व्यक्त गरिन् ।

संघीय संसद सचिवालय परिसरमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले सोमबार नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसर भित्र रहेको संघीय संसद सचिवालयमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर र एटिएम सेवाको एक समारोहका बीच उद्घाटन गरेका छन् । काउन्टर उद्घाटन गर्दैसभामुख महराले सरकारी बैंकको सेवाबाट सांसदहरु तथा सचिवालयका कर्मचारीहरुलार्ई कारोबार गर्न सहज हुने बताए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको सेवा अझ चुस्त र प्रविधिमैत्री हुने बताउदैं उक्त एटिएमबाट चौबीसै घण्टा सेवा उपलब्ध हुने बताए । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत केशबप्रसाद लम्सालले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । उक्त समारोहमा अर्थ समितिका सभापति कृणप्रसाद दाहाल, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठ, महिला समितिका सभापति निरु पाल, संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराई, बैंकका उपकार्यकारी अधिकृतहरु टेकराज जोशी, देवेशप्रसाद लोहनी, विभागीय प्रमुखहरु, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।