सीएनआईले भदौ २५ र २६ गते पूर्वाधार सम्मेलन गर्ने, सन् २०३० सम्मको विकासबारे वहस हुुने
काठमाडौं । मुलुकको समग्र आर्थिक विकासका लागि पूर्वाधारमा लगानी बढाउने उद्देश्यसहित आगामी भदौ २५ र २६ गते तेस्रो नेपाल पूर्वाधार सम्मेलन हुने भएको छ । यो सम्मेलन सीएनआई(नेपाल उद्योग परिसंघ) सहित भौतिक पूर्वाधार तथा यातयात मन्त्रालय, युवा निर्माण व्यवसायी संघ नेपाल (वाईसीएनसी) को आयोजना र विभिन्न सरकारी निकाय, प्रदेशका मुख्य मन्त्री, दुई पक्षीय र बहुपक्षीय विकास साझेदारहरुको सहकार्यमा आयोजना हुन लागेको हो । नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले सम्मेलनले देश विकासमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने बताए । यो क्षेत्रमा दरिलो पूर्वाधार सञ्जालको विकास, देशमा लगानी किन आवश्यक छ भनेर चेतना जगाउने उद्देश्य रहेको बताए । सम्मेलनमा नेपालको पूर्वाधार क्षेत्रमा सन् २०३० सम्मका लागि आवश्यक परियोजनाहरुको बारेका छलफल हुने छ । यसैबीच, यसभन्दा अगाडी भएको पूर्वाधार विकास सम्बन्धी कामहरुलाई सम्मेलनमा प्रस्तुत गरिने भएको छ । यो परियोजनामार्फत यातायात, हाउजिङ, सिंचाई, उजा र डिजिटल क्षेत्रमा लागू गर्न सकिने सिर्जनशील र नयाँ आइडिया समावेस गरिने भएको छ । यो सम्मेलनले लगानी सम्मेलका परियोजनाहरु पनि सहयोग पुर्याने अपेक्षा गरिएको छ । सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञत्रहरुले फरकफरक विषयमा प्रस्तुतीकरण गर्नेछन् । पूर्वाधार सम्मेलनमा दक्षिण एसिया र दक्षिणपूर्वी एसियाका लगानीकर्ता, परामर्शदाता, सरकारी निकाय, विकास साझेदार, नीतिनिर्माता र सञ्चारमाध्यमको सहभागिता रहनेछ । यो सम्मेलन सन् २०१४ को नोभेम्बरबाट सुरु भएको हो । परिसंघका राष्ट्रिय परिषद् सदस्य विरेन्द्रराज पाण्डेले पूर्वाधार क्षेत्रमा विगतमा भएका कठिनाइ हटाउने प्रयास स्वरुप परिसंघले सम्मेलनलाई निरन्तरता दिएको बताएका छन् । मुलुकको समग्र आर्थिक विकासका लागि पूर्वाधारमा लगानी बढाउने उद्देश्यसहित नै सम्मेलन हुन लागेको बताए ।
४ लाख २४ हजार घरको पुनर्निर्माण सम्पन्न, २ लाख १४ हजार बन्दै
काठमाडौं । २०७२ साल वैशाख १२ र त्यसपछिका परकम्पबाट प्रभावित ४ लाख २४ हजार ९७७ लाभग्राहीले अनुदान लिई घर निर्माण सम्पन्न गरेका छन् । थप २ लाख १४ हजार ३१४ लाभग्राहीका घर पुनर्निर्माण भइरहेका छन् । पुनर्निर्माण सम्पन्न र बनाउँदै गरेका सहित कुल ६ लाख ४४ हजार २९१ घर पुनर्निर्माणको प्रक्रियामा छन्, जुन पुनर्निर्माण गर्नुपर्ने घरको संख्याको ८३ प्रतिशत हो । अनुदान सम्झौता गरेका लाभग्राहीको संख्या ७ लाख ७३ हजार ४४७ छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चालू आर्थिक वर्षभित्रै निजी आवास पुनर्निर्माणको मुख्य कार्य सम्पन्न गर्ने बताए । ‘गुनासा, जोखिममा परेका वर्ग र बस्ती स्थानान्तरणमा अर्को आर्थिक वर्षमा पनि कम हुन सक्छ, अरु सबै यही आर्थिक वर्षमै सम्पन्न गर्छौ’–उनले भने । प्राधिकरणका सहसचिव एवम् प्रवक्ता पिताम्बर घिमिरेका अनुसार अनुदान सम्झौता गरेकामध्ये ७ लाख ६५ हजार २२१ ले पहिलो किस्ता बुझेका छन् भने ५ लाख ९९ हजार ४३९ ले दोस्रो किस्ता बुझिसकेका छन् । तेस्रो किस्ता बुझ्ने लाभग्राहीको संख्या ४ लाख ७४ हजार ११९ छ । आइतबार आयोजित समीक्षा कार्यक्रममा दिइएको जानकारी अनुसार पुनर्निर्माण भएका घरमध्ये सबैभन्दा धेरै सिन्धुपाल्चोकमा छन् । त्यहाँ ६७ हजार ८३४ घर पुनर्निर्माण भएका छन् । त्यसैगरी, दोस्रो धेरै नुवाकोटमा ५२ हजार ६१३ घर पुनर्निर्माण भएका छन् । धादिङमा ४८ हजार ४५४, दोलखामा ४४ हजार ५३३ र गोरखामा ४४ हजार २३१ घर पुनर्निर्माण भइसकेका छन् । कम प्रभावित जिल्लामा पनि निजी आवास पुनर्निर्माण सम्पन्न हुने गति बढेको छ । कम प्रभावित जिल्लामध्ये तनहुँमा सबैभन्दा धेरै १० हजार ५२५ घर पुनर्निर्माण भएका छन् । सिन्धुपाल्चोकमा ६७, ८३४, नुवाकोटमा ५२,६१३, धादिङमा ४८,४५४, दोलखामा ४४,५३३, गोरखामा ४४,२३१, काभ्रेपलाञ्चोकमा ३०,८७७, रामेछापमा ३०,७११, ओखलढुङ्गामा १५,७७२, मकवानपुरमा १३,०७०, सिन्धुलीमा १२,५८२, काठमाडौंमा ११,५४२, रसुवामा १०,४१८, तनहुँमा १०,५२५, भक्तपुरमा ८,४२०, ललितपुरमा ४,२१६, लमजुङमा ३२००, चितवनमा २,९८२, खोटाङमा २,९२८, सोलुखुम्बुमा २,३०२ पाल्पामा १,४३५, भोजपुरमा १,२६८, धनकुटामा १,२०३, बागलुङमा ८,८२, स्याङ्जामा ७०७, पर्वतमा ६७६, नवलपरासीमा ६२०, गुल्मीमा ३२७, कास्कीमा ३२४, म्याग्दीमा २७१ र अर्घाखाँचीमा ५४ घर पुनर्निर्माण भएका हुन् । सम्झौता नगर्नेको नाम हट्दै निजी आवास पुनर्निर्माणका लागि लाभग्राहीमा परी २०७६ असार २१ गतेसम्म सम्झौता नगर्नेको नाम लाभग्राही सूचीबाट हटाउने प्रक्रिया सुरु भएको छ । त्यस्तै, २०७६ असार मसान्तसम्म पहिलो किस्ता नलिनेहरु पनि लाभग्राहीको सूचीबाट हट्ने भएका छन् । लाभग्राहीमा सूचीकृत भए पनि करिब ५७ हजारले अनुदान सम्झौता गरेका छैनन् । त्यस्तै अनुदान सम्झौता गरेर पनि पहिलो किस्ता नलिने लाभग्राहीको संख्या साढे पाँच हजार छ ।
सूचीकृत कम्पनीमा एकरुपता ल्याउन अनुपालन प्रतिवेदनः धितोपत्र बोर्ड
काठमाडौ । नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीमा एकरुपता ल्याउन अनुपालन प्रतिवेदन सार्वजनिक गरेको छ । सूचीकृत कम्पनीहरूमा संस्थागत सुशासन प्रवद्र्धन गर्न बार्डले नयाँ ढाँचा तयार पारेको हो । बोर्डले सूचीकृत संगठित संस्थाहरूको काम कारबाहीलाई नियमित तथा व्यवस्थित गरी सेयरधनी लगायत सरोकारवालाहरू प्रति उत्तरदायी बनाइ संस्थागत सुशासन प्रवद्र्धन गर्न सो ढाँचा तयार पारेको हो । उक्त ढाचामा ओईसीडीको संस्थागत सुशासनसँग सम्बन्धित मुख्य सिद्धान्तहरुको उत्कृष्ट अन्तर्राष्ट्रिय अभ्यासहरु समेटिएका छन् । बोर्डले धितोपत्र सम्बन्धी ऐन २०६३, बमोजिम सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७४ बनाइ २०७५ साउन १ गतेदेिख लागू गरेको थियो । सो निर्देशिका अनुसार अब सूचीकृत संस्थाहरुको परिपालना अधिकृतले प्रतिवेदन तयार गरी बोर्डमा पेश गर्नुपर्ने व्यवस्था छ । सो ढाँचामा आर्थिक वर्ष २०७५÷७६ देखिको वार्षिक प्रतिवेदनमा लागू गर्ने निर्णय गरेको छ । प्रतिवेदनले मुख्यतया संचालक समिति, संचालकको आचरण तथा अन्य विवरण, संस्थाको जोखिम व्यवस्थापन तथा आन्तरिक निर्णय प्रणाली, सूचना तथा जानकारी प्रवाह, संस्थागत संरचना र कर्मचारी, संस्थाको लेखा तथा परिक्षण सम्बन्धमा विशेष ढाँचा तयार पारिएको छ ।
बारा सिमरामा सनराइज बैंकको शाखा बिस्तार
काठमाडौँ । सनराइज बैंकले बारा जिल्लाको सिमरामा ११४औँ शाखा संचालनमा ल्याएको छ । आइतबार आयोजित औपचारिक कार्यक्रममा नेपाल राष्ट्र बैंक वीरगंज कार्यालयका निर्देशक राजनबिक्रम थापा तथा सनराइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यलयको उद्घाटन गरेका हुन् । त्यसैगरी जितपुर सिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले एटीएम सेवाको उद्घाटन गरे ।
एनआईसी एशियाका ग्राहकलाई होटल ह्यारिसन विराटनगरमा ३० प्रतिशत छुट
काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र होटल ह्यारिसन प्यालेस, बन्जारा चोक विराटनगरबीच सम्झौता भएको छ । बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीलाई होटल ह्यारिसन प्यालेसका विभिन्न सेवा सुविधाहरुमा ३०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रदेश १ का प्रादेशिक कार्यालयका प्रमुख दीपक थापा र होटल ह्यारिसन प्यालेसको तर्फबाट होटलका म्यानेजर प्रदीप पोखरेलले हस्ताक्षर गरेका छन् । प्रदेश १ को मुख्य शहर विराटनगर घुम्न जाने बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
अशोक लेलैण्डका गाडी किन्दा रिलायन्स फाइनान्सबाट ७० प्रतिशत कर्जा पाइने
काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र रिलायन्स फाइनान्स लिमिटेडबीच सम्झौता भएको छ । सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ र आइएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सहज रुपमा ७०% सम्मको कर्जा सुविधा रिलायन्स फाइनान्स लिमिटेडबाट पाउने छन् ।
एनएमबी लघुवित्तले गर्यो लेखापरीक्षण तथा कर सम्बन्धी तालिम
काठमाडौँ । एनएमबी लघुवित्त वित्तीय संस्थाले एक दिने आन्तरिक लेखापरीक्षण तथा कर सम्बन्धी तालिम सम्पन्न गरेको छ । संस्थाले आफ्नो केन्द्रीय कार्यालयमा कार्यरत वित्त व्यवस्थापन, कर्जा ब्यवसाय, कर्जा जोखिम तथा असुली व्यवस्थापन, आन्तरिक लेखापरीक्षण विभाग, कर्जा जोखिम तथा असुली व्यवस्थापन विभागमा आवद्घ सवै अधिकृत र सहायक स्तरका कर्मचारीहरु र विभिन्न प्रदेश स्तरमा रहेका नौ वटा अनुगमन स्टेशनका अनुगमन अधिकृत कर्मचारीहरुलाई उक्त तालिम प्रदान गरेको हो । उक्त तालिममा ३० जना कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत मुरली प्रसाद लम्सालले सहभागी कर्मचारीलाई उत्प्रेरणात्मक हुने प्रस्तृति र बाह्य स्रोत ब्यक्ति सिए पारसमणि अर्यालले आन्तरिक लेखापरिक्षण तथा कर सम्बन्धी विषय वस्तुमा प्रशिक्षण दिएका थिए । यस वित्तीय संस्थाले पोखरा महानगरपालिका वडा नं. २५ हेम्जा कास्कीमा केन्द्रीय कार्यालय स्थापना गरि ५६ जिल्लामा १०० वटा शाखा विस्तार गरी करिब एकलाख विपन्न घरपरिवारलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।
क्यान्सर पीडित शेर्पालाई सिटी एक्सप्रेसले हस्तान्तरण गर्यो २ लाख १० हजार
काठमाडौँ । स्तन क्यान्सर पीडित डोल्मा शेर्पाको लागि इराकमा संकलन गरिएको रकम हस्तान्तरण गरिएको छ । इराक स्थित सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रतिनिधि विनोद श्रेष्ठ, कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानीर हिमालयन शेर्पा युनिक ग्रुपको संयुक्त पहलमा स्तन क्यान्सर पीडित, भोटेकोशी गाउँपालिका, ०५ निवासी पेम्बा डोल्मा शेर्पालाई उपचारको निम्ति आर्थिक सहयोग संकलन गरिएको हो । इराकमा संकलन भएको रु १ लाख ९६ हजार ९६४ इराक सुलेमानीयाबाट सिटी एक्सप्रेसका अधिकारिक एजेन्ट अलताईफ मार्फत प्राप्त भई ररु. १३,०३६ सिटी एक्सप्रेस मनी ट्रान्सफर काठमाडौंबाट थप गरी एकमुष्टरु २ लाख १० हजार सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले हस्तान्तरण गरे ।