विकासन्युज

बजेट कार्यान्वयनको पहिलो महिनामा नै रकमान्तर, १ करोड ६५ लाख गैर बजेट निकासा

काठमाडौं । विज्ञ अर्थमन्त्रीले बनाएको बजेट कार्यान्वयनमा गएको पहिलो महिना साउनमामै १ करोड ६५ लाख ७८ हजार गैर बजेट निकासा भएको छ । अर्थ मन्त्रालयले आर्थिक सहायता, प्रतिनिधिमण्डलको भ्रमणका लागि १ करोड ८ लाख १३ हजार रुपैयाँ बजेट निकासा गरेको छ भने ५७ लाख ६५ हजार रुपैयाँ रकमान्तर शीर्षकबाट बजेट निकासा भएको छ । अर्थ मन्त्रालयले साउन महिनामै दुई शीर्षकमा बजेट रकमान्तर गरेको हो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई भैपरी आउने साधारण प्रशासन शीर्षकमा प्रधानमन्त्री राष्ट्रिय पुरस्कार वितरण गर्ने प्रयोजनका लागि १० लाख रुपैयाँ रकमान्तर गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव रसिया भ्रमण जाने तयारको लागि स्वागत तथा टिकट खर्चमा तीन लाख १३ हजार दुई सय ४५ रुपैयाँ खर्च भएको छ । मन्त्री अस्वस्थताको कारण उक्त भ्रमण भने रद्द भएको थियो । अर्थ मन्त्रालयले भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई नेपाल सरकारको मिति २०७६ असार ६ गतेको निर्णय अनुसार सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोगलाई ४७ लाख ६५ हजार रुपैयाँ रकमान्तर गरिएको अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले जानकारी दिए ।

पाँच वडाध्यक्षद्वारा सामूहिक राजीनामा

बाजुरा । जिल्लाको बडिमालिका नगरपालिकाका पाँच वडाध्यक्षले सामूहिक रुपमा राजीनामा दिएका छन् । प्रचलित नीति नियम र ऐन कानून विपरीत नगरप्रमुख, उपप्रमुखले एकलौटी निर्णय गर्ने र समितिका सदस्यलाई समेत जानकारी नदिई मनोमानी गर्ने क्रम नरोकिएकाले बिहीबार एक ध्यानाकर्षणपत्रसहित पाँचै वडाध्यक्षले सामूहिक रूपमा राजीनामा दिएका हुन् । नगर कार्यपालिकाको बैठकमै विकास समितिका सदस्य नरहने गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट जितेका पाँच वडाध्यक्षले राजीनामा पेश गरेको वडा नं ७ का अध्यक्ष धर्मराज पाध्यायले जानकारी दिएका छन् । विधिविपरित नगरप्रमुख र उपप्रमुखसहितले एकलौटी निर्णय गर्ने र पदीय जिम्मेवारी नै बेवास्ता गर्ने गरेकाले राजीनामा दिएको वडा नं ९ का अध्यक्ष विनोदकुमार विकले बताए । समिति गठनदेखि अरु निर्णय एकलौटीरूपमा गर्ने गरी फरक सङ्गठनको र आस्थाको भनेरै बहुमतको शैली देखाएको भन्दै स्रोत अनुमान तथा सीमा निर्धारण समिति सदस्य, धर्मराज पाध्या, नगर शिक्षा समिति सदस्य डम्मरबहादुर महत, रोजगार निर्देशक समिति सदस्य वीरबहादुर रावल, राजश्व परामर्श समिति सदस्य विनोदकुमार विक र नगरस्तरीय ऊर्जा तथा वातावरण समिति सदस्य सुरेन्द्र नाथले सामूहिक राजीनामा पेश गरेका हुन् । नगरप्रमुख पदम बडुवालले स्थानीय तहको निर्वाचनपछि देखि नै निर्णय एकलौटी गर्ने शैली नसच्चिएकाले एकल रूपमा नगरपालिका सञ्चालन गरेर देखाउन चुनौतीसहित राजीनामा पेश गरेको वडा नं २ का अध्यक्ष डम्मर महतको भनाइ छ । बडिमालिका नगरपालिकामा बहुमत र अल्पमतको विषयलाई लिएर बेला–बेला विवाद हुने गरेको छ । स्थानीय तह सञ्चालन निर्देशिकामा भने सत्तापक्ष र प्रतिपक्षको परिकल्पना नै गरेको छैन । रासस

पुल्चोक मार्गको हिलाम्मे सडक(फोटो फिचर)

काठमाडौं। यो दृश्य हो ललितपुरको पुल्चोक मार्गको । सेन्ट मेरिज स्कुल यही  छ। हिउँदमा धुलामे र बर्खामा हिलाम्मे यो सडकको विशेषता हो । हजारौं विद्यार्थी र आम नागरिकको आवतजावत गर्ने यो सडकको मर्मत तथा स्तरउन्नती गर्न न नागरिक न त स्थानिय सरकारले नै चाँसो देखाएको छ। यो एकदिन मात्रा देखिने दृश्य होइन । यो करिब १ बर्ष देखी हरेक दिन धोबिघाट र पुल्चोककोको भित्री यात्रा गर्ने हरेक व्यक्तीले देख्ने दृश्य हो । पानी परेको दिनको भोली पल्ट यो बाटो हिँडन हरेकलाई सकस पर्छ। पानी परेको दिन झन् सवारीसाधन आवतजावतको त झनै कुरै नगरौं।सेन्ट मेरिजका विद्यार्थीहरु हरेक दिन एक भवनबाट अर्को भवनमा जान यस मार्गको प्रयोग गर्छन् । तर यस बिषयमा खासै चाँसो देखाएको देखिन्न ।

प्रतीक्षाका दुई दशकः मेलम्चीको पानी, उपत्यकावासीले कहिले खाने ?

काठमाडौँ । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य कहिले पूरा हुन्छ र काठमाडौँ उपत्यकावासीले कहिले मेलम्चीको पानी खान पाउँछन् भन्ने कुनै टुंगो छैन । करीब २० वर्षदेखि मेलम्चीको पानीको पर्खाइमा रहेका उपत्यकावासीको तिर्खा कहिले मेटिन्छ कसैले बताउन सक्ने अवस्था छैन । किनकी पटक पटक मेलम्ची निर्माण सम्पन्न हुने मिति सर्दै सर्दै गएको छ । पछिल्लो पटक दु्रत गतिमा काम गरिरहेको इटालिएन सिएमसी डि रेभेन्नाले काम अधुरै छोडेर गएपछि छिट्टै मेलम्चीको पानी खाने सपना साकार हुन सकेन । देशका प्रधानमन्त्री र मन्त्रीहरु पटक पटक भाषणमा छिट्टै पानी खुवाउने मिति तोक्छन् । नयाँवर्षमा, दशैँ पर्वमा मेलम्चीको पानी खुवाउने बताइरहन्छन्, तर ती कुरा हालसम्म भाषणमै सीमित भइरहेको छ । हुन त पछिल्लो पटक मेलम्चीको बाँकी काम पूरा गर्न चिनियाँ कम्पनी सिनो हाइड्रोलाई ठेक्का दिने तय भएको छ र आगामी दशैँ अघिबाट नै निर्माण शुरु हुने भनिएको छ । तरपनि निर्माण कार्य पूरा कहिले हुन्छ भन्ने अझै भन्न सकिदैन । आर्थिक वर्ष २०५८/०५९ देखि भौतिक कार्य शुरु भएको आयोजनाको निर्माण कार्य विभिन्न समयमा सम्पन्न हुन्छ भनिएपनि झण्डै दुई दशक पुग्दा समेत पानी कहिले आउँछ भन्ने अन्यौलता कायमै रहेको हो । निर्माण कार्य शुरु भएदेखि पाँच वर्ष अर्थात आर्थिक वर्ष २०६४/०६५ मा पहिलो फेजमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा भित्र्याउने भनिए अहिलेसम्म टुङ्गो छैन । आयोजना अन्तर्गतको मुख्य निर्माण कार्य सुरुङ निर्माणको अवधि लम्बिदै गएको कारण आयोजनाको काम सम्पन्न हुने समय संशोधित भई क्रमशः आव २०६८/०६९, आव २०७०/०७१, २०७२/०७३ र अन्तिममा आव २०७५/०७६ मा सम्पन्न गर्ने लक्ष्य लिइएपनि त्यो सम्भव हुन सकेन । यसरी मेलम्चीको पानी काठमाडौं ल्याउने आश्वासनहरु बेलावखत हुँदै आएपनि पानी आउने समय तोक्न सकिने अवस्था नरहेको विकास मेलम्ची खानेपानी आयोजनका अधिकारी बताउँछन् । मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर तथा सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले इटालिएन ठेकेदारले राम्रै काम गरेका कारण छिट्टै सकिन्छ भन्ने अनुमान थियो, तर त्यसले छोडेर गएपछि अब कहिले निर्माण सम्पन्न हुन्छ भन्ने अनुमान गर्न नसकिने बताए । उनले भने,–‘मेलम्ची खानेपानी आयोजनाको बाँकी काम चिनियाँ कम्पनी सिनो हाइड्रोले पाउने लगभग निश्चित भएको छ, उसको काम गर्ने जनशक्ति, निर्माण सामाग्रीहरु हेरेर मात्र कति दिन समय लाग्छ भन्ने आँकलन गर्न सकिने छ ।’ समयमै काम शुरु गरे १५ महिना भित्र काम सम्पन्न हुन सक्ने उनले बताए । एक वर्ष सुरुङ निर्माण र ६ महिना बाँध बाध्न समय लाग्ने उनले बताए । ९५ प्रतिशत काम सम्पन्न मेलम्ची खानेपानी आयोजनाको प्रथम चरणको हाल सम्मको भौतिक प्रगति ९५.१२ प्रतिशत छ भने वित्तीय प्रगति ९३.४८ प्रतिशत रहेको जनाइएको छ । सूचना अधिकारी पन्तका अनुसार २७. ५८ मिलोमिटर सुरुङ निर्माण गर्नु पर्नेमा हालसम्म खन्ने काम सबै सकाएर २५ किमी भुँई ढलान पनि भइसकेको छ । उनले प्रारम्भिक सपोर्ट लगाउने, पानी बग्ने ठाउँमा ८ सय मिटर ढलान गर्न बाँकी र २ किमि फाइनल सपोर्ट लगाउन बाँकी रहेको बताए । यस्तै नदीमा बाँध बाँध्ने काम पनि बाँकी रहेको उनले बताए । यस्तै, मेलम्ची खानेपानी आयोजना उप–आयोजना १ अन्तर्गत विगतमा सम्पन्न भएका कामहरुमा १७ किमि प्रवेशमार्ग निर्माण, हेडवक्र्स पहुँचमार्ग, अम्बाथान अडिट पहुँचमार्ग, सिन्धु अडिट पहुँचमार्ग, ग्याल्थुम अडिट पहुँचमार्ग, सुन्दरीजल अडिट पहुँचमार्ग निर्माण पहिले नै सम्पन्न भइसकेका छन् । यस्तै उपआयोजना १ अन्र्तगत दोस्रो चरणका कामहरुमा तेस्रो चौमासिक लक्ष्य तथा प्रगति अन्र्तगत पानी प्रशोधन केन्द्र निर्माण भाग २ को २० प्रतिशत सम्पन्न गर्ने लक्ष्य रहेकोमा १८ प्रतिशत काम भएको जनाएको छ । आयोजनाको डीपीआर र मुआब्जा वितरणको काम पनि सम्पन्न भएको छ । आयोजना उपआयोजना १ अन्तर्गतको गत आर्थिक वर्षमा ७४.४६ प्रतिशत भौतिक प्रगति र ४१.३८ प्रतिशत वित्तिय प्रगति भएको जनाइएको छ । हाल सम्मको खर्च कति ? मेलम्ची खानेपानी आयोजनामा एसियाली विकास बैंकको ऋण लगानी र नेपाल सरकारको योगदान रहेको छ । खानेपानी आयोजनाको उप आयोजना १ अन्तर्गत हालसम्मको ३१ अर्ब २९ करोड बजेटको २७ अर्ब ६२ करोड रुपैयाँ खर्च भएको पन्तले बताए । उपआयोजना अन्तर्गत शुरुमा कुल लागत २४९.४० मिलियन अमेरिकन डलर रहेकोमा सुरुङ निर्माण कार्यको लागि पुनः ठेक्का लगाउँदा लागत बृद्धि हुन गएकोले नेपाल सरकारबाट १३.०८ र एडिविबाट २५ मिलियन अमेरिकी डलर ऋण सम्झौता भएको बताइएको छ । यस्तै सन् २०१५ मा पानी प्रशोधन केन्द्रको क्षमता अभिबृद्धि गरि दैनिक प्रशोधन क्षमता १७ करोड पुर्याउन एडिबिबाट १७.४ र नेपाल सरकारबाट ८.१ मिलियन रकम हुन गएको जनाइएको छ । गत आर्थिक वर्षमा उपआयोजना १ को जिम्मा पाएको मेलम्ची खानेपानी विकास समितिले बाट ५ अर्ब ९१ करोड बजेटमा रुपैयाँमा २ अर्ब ४४ करोड खर्च गरेको जनाएको छ । यस्तै अब निर्माण कार्य गर्ने चिनियाँ कम्पनी हाइड्रोले १ करोड ६५ करोड रुपैयाँको बाँकी रहेको बाँध निर्माण र सुरुङ फिनिसिङको काम गर्ने जनाइएको छ । मेलम्ची खानेपानी आयोजनाको उप आयोजना २ को कार्यान्वयनको जिम्मा पाएको आयोजना कार्यान्वयन निर्देशनालयले पनि मेलम्चीकै आयोजनाका लागि पाएको रकमबाट हाल सम्म ३ अर्ब १३ करोड रुपैयाँ खर्च गरेको जनाएको छ । विभिन्न आयोजनाहरु अन्तर्गत रहेर उपआयोजना २ अन्तर्गत रहेको यस निर्देशनालयले काठमाडौं उपत्यका खानेपानी सुधार आयोजना अन्तर्गत १५ अर्ब ६१ करोड खर्च गरेको छ भने काठमाडौं उपत्यका फोहोरपानी व्यवस्थापन आयोजना अन्तर्गत ४ अर्ब ४७ करोड खर्च गरेको छ । यस निर्देशनायले हालसम्म कुल २३ अर्ब २१ करोड खर्च गरेको जनाएको छ । गत आर्थिक वर्षमा २ करोड ६७ करोड रकम फच्र्छौट भएको प्रगति विवरणमा उल्लेख गरेको छ । ७० हजार धारा जडान मेलम्ची खानेपानी आयोजनाको उपआयोजना २ को जिम्मा पाएको आयोजना निर्देशनालय कार्यालयले दिएको पछिल्लो तथ्याङ्क अनुसार काठमाडौं उपत्यकामा ७० हजार धाराहरु जडान तथा निर्माण गरिएका छन् । ८५ हजारसम्म धाराहरु जडान गर्ने बताएको निर्देशनालयले ८ सय ८० किलोमिटर पाइपलाइन पनि बिछ्याई सकेको बताएको छ । उसले कुल एक हजार १२ किमि पाइप लाइन विस्तार गर्नु पर्नेछ । १० वटा टयाङ्कीहरु निर्माण गर्ने जिम्मा पाएको निर्देशनालयले हालसम्म ९ वटाको काम सम्पन्न गरी सकेको छ । यस्तै, चार ठाउँमा फोहोर प्रशोधन केन्द्र पनि निर्माण भइरहेका छन् । आयोजना निर्माणमा ढिलाई हुनुका कारण यस्ता छन् मेलम्ची खानेपानी आयोजनाले विभिन्न कारणले निर्माण कार्यमा ढिलाई हुन गएको बताएको छ । पहिले भुकम्पले क्षती पुर्याएका ठाउँहरुमा पुर्ननिर्माण गर्नु पर्ने, भारतको नाकाबन्दी, ठेकेदारहरुले समयमै काम नगरिदनाले र निर्माण सामाग्रीको अभावका कारणले काममा ढिलाई भएको बताएको हो । त्यसका अतिरिक्त निर्माण व्यवसायी साईट छोडि गएकोले पुसदेखि सुरुङको काम अवरुद्ध भएकोले काम ढिला भएको हो । त्यस्तै दोस्रो चरणका लागि आवश्यक जग्गा प्राप्ती वापत मुआव्जा वर्षको अन्तमा मात्र निर्धारण भएकोले, स्थानीयबाट मोटरबाटो, सिँचाई, खानेपानी मर्मत सुधारका लागि अत्याधिक माग, कतिपय सडकमा समस्या, विद्युतीय पोलको अवरुद्ध लगायतका समस्याहरुले पनि आयोजना निर्माणमा समस्या भएको कारण काम ढिला हुन गएको बताइएको छ ।

कला क्षेत्रको जगेर्ना गर्न सरकारको सहयोग छः श्रेष्ठ

काठमाडौँ । नेपाल कला परिषदका अध्यक्ष शंखर श्रेष्ठले सरकारले कलाक्षेत्रमा गरेको साथ र सहयोगले नै आज कलाक्षेत्रको जगेर्ना भएको बताएका छन् । भदौ ५ देखि १० गते सम्म चित्रकला प्रदर्शनीमा उनले यस्तो बताएका हुन् । नेपालमा चित्रकला प्रर्दशनमा लामो समयदेखि कार्यरत क्षेष्ठले चित्रकला एउटा सृजना  भएकाे र प्रकृतिले सृष्टि गरेको कलाकारको रंङ नै चित्रकला भएको बताए । बुधबारदेखि शुरु भएको उक्त चित्रकला प्रदर्शनी उद्घाटन कार्यक्रममा बोल्दै एनआरएनएका पूर्व अध्यक्ष डा. उपेन्द्र महत्तोले नेपाली कला साहित्य र संस्कृतिलाई अगाडि बढाउने र नेपाली कलालाई चिन्न र चिनाउनमा सबैले जोडदिएको समेत बताए । प्रदर्शनी चित्रकार रत्नकाजी शाक्यको चित्रले धेरैकाे मन आकर्षित गरेकाे छ । उनकाे चित्र न्यायीकताले भरिएको देख्न सकिन्छ । शाक्यले भोको र नाङ्रगो देशमा कलाको विकास नहुने र कलाको विकास नभएको देश भोको र नाङ्गो हुने बताए ।

श्रीकृष्णजन्माष्टमी मनाइदै, कृष्ण मन्दिरहरुमा भक्तजनको भीड

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको विश्वास छ । कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भगवद्गीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ । यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा ठूलो मेला लाग्दछ । यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्छ । यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । यस पर्वका अवसरमा विगतमा सार्वजनिक बिदा दिने गरिए पनि विसं २०६४ पछि काटिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले दिए सामूहिक राजीनामा

घोराही । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । प्रतिष्ठानका उपकुलपति डा सङ्गीता भण्डारीलगायत पदाधिकारीले पटकपटक चरम मानसिक पीडा दिएको, अपमान गर्ने गरेको भन्दै बिहीबार सामूहिक राजीनामा दिएका हुन् । प्रतिष्ठानमा कार्यरत विभिन्न रोगका २५ विशेषज्ञ चिकित्सकले एकैपटक राजीनामा दिएका हुन् । राजीनामा दिनेहरुमा फिजिसिएन डा जीतनारायण यादव, डा दिनेश उप्रेती, अर्थोपेडिक डा ओम अर्याल, डा अनिलप्रसाद यादव, डा सागर पन्थी, रेडियोग्राफी डा रामेश्वर देवकोटा, डा विक्रम बुढाथोकी, एनेस्थेसियालोजिष्ट डा सुरेन्द्र कवर, डा राजन शाक्य, पेडियाट्रिकस डा कृष्णहरि सुवेदी, गाईनेकोलोजिष्ट डा वसन्त लामिछाने, सर्जन डा ईश्वरी भुसाल, याम।डि।जि।पी डा अमित लाम्गाडे, डर्माटोलिजिष्ट डा जेम महर्जन र कमिनिटी मेडिसियन डा वर्षा मानन्धर रहेका छन् । यस्तै मेडिकल अधिकृतहरु डा अभ्यास पोखरेल, डा कृष्ण रिजाल, डा गौरव आचार्य, डा अनिल खाम, डा धना केसी, डा प्रितम डिसी, डा राजेन्द्र फुलारा, डा आयुष पौडेल उपाध्याय, डा सुर्वण बुढा र डा मनोज यादव रहेका छन् । डाक्टरहरुलाई बिरामी जाँचको क्रममा पनि पटकपटक हस्तक्षेप गर्ने, मौखिक रुपमा अपमानको भाषा बोल्नेलगायतको कार्य गरेको भन्दै आज बिहानैदेखि चिकित्सकहरु आन्दोलित भएका थिए । दिउँसो प्रतिष्ठानका पदाधिकारीहरुसँग पटक पटक वार्ताको प्रयास भए पनि सहमति हुन सकेको थिएन । विहीबार बेलुकी त्यहाँ कार्यरत सम्पूर्ण डाक्टरहरुले सामूहिक छलफल गरी प्रतिष्ठानको मानसिक यातना सहन नसक्ने भन्दै सामूहिक राजीनामा बुझाएका हुन् ।

लाभांश घोषणाको ६ महिनापछि सीआईटीले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौँ । लाभांश घोषणाको ६ महिनापछि नागरिक लगानी कोष(सीआईटी)को २४ औँ वार्षिक साधारण सभा भदौ ३० गते हुने भएको छ । सञ्चालक समितिको बैठकले कार्की ब्याङ्केट बबरमहलमा बिहान ११ः३० बजे साधारण सभा गर्ने निर्णय गरेको हो । वार्षिक साधारण सभा प्रयोजनका लागि कोषको सेयरधनी दर्ता पुस्तिका सेयर दाखिला खारेज कार्य(बुक क्लोज) भदौ १९ गते एक दिन बन्द हुने जनाएको छ । सेयरधनी पुस्तिका बन्द भएको अघिल्लो दिन भदौ १८ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई नियमानुसार दाखिला खारेजका लागि प्राप्त सेयरधनी सहित कायम रहेका सेयरधनीहरु साधारण सभामा सहभागी हुन पाउने छन् । साधारण सभाले कोषको आव २०७४/७५ को आम्दानी बाँडफाँड हिसाब विवरणमा छुट्याइएको प्रस्तावित २२ प्रतिशत बोनस सेयरको प्रस्ताव पारित गर्नेछ । कम्पनी सञ्चालक समितिको बैठकले २०७५ फागुन २९ गते नै बोनस सेयर दिने घोषणा गरेको थियो ।