विकासन्युज

भवन निर्माणमा चिकित्सक पाण्डेद्वारा एक करोड प्रदान गरिने

काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. पाण्डेले समाजको भवन निर्माण गर्न रु एक करोड आर्थिक सहयोग गर्ने भएका छन् । यस सहयाेगसँगै नेपाल मधुमेही समाजले छिट्टै आफ्नै भवन प्राप्त गर्ने भएको छ । यसका लागि काठमाडौँ महानगरपालिका र वरिष्ठ मुटुरोग विशेषज्ञ एवं मृगेन्द्र – सम्झना गुठीका संस्थापक अध्यक्ष चिकित्सक मृगेन्द्रराज पाण्डेले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । महानगरपालिकाले जमिन र चिकित्सक पाण्डेले भवन निर्माण गर्न आर्थिक सहयोग गर्ने जानकारी दिएका छन् । समाजको स्थानीय नबहिल, ओमबहालमा समाजको कार्यालय रहेको छ । सोही कार्यालयबाट चिनी रोग (मधुमेह)का बिरामीलाई सेवा प्रदान गर्दै आएको छ । समाजद्वारा आज यहाँ आयोजित कार्यक्रममा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले समाजका लागि आवश्यकपर्ने जमिन उपलब्ध गराउने जानकारी दिँदै यसका लागि जमिन खोज्न आग्रहसमेत गरेका छन् । उनले भने, “महानगरले स्वास्थ्य सेवा सहज रुपमा उपलब्ध गराउन घरदैलो कार्यक्रम सञ्चालन गरिरहेको छ । चिनी रोगविरुद्धको अभियानमा महानगरपालिका साथमा रहेको छ ।” वरिष्ठ मुटुरोग विशेषज्ञ डा. पाण्डेले समाजको भवन निर्माण गर्न रु एक करोड आर्थिक सहयोग गर्ने जानकारी दिँदै चिनी रोगीको सङ्ख्या बढ्दो क्रममा रहेको हुँदा सचेतनाका कार्यक्रम सञ्चालन गर्न जोड दिए । समाजका अध्यक्ष शिव श्रेष्ठले समाजको आफ्नै भवन नहुँदा चिनीरोग सेवा उपलब्ध गराउन समस्या परेको गुनासो गर्दै जमिन उपलब्ध गराउन महानगरपालिकासँग आग्रह गरेका छन् । कार्यक्रममा चिनीरोग विशेषज्ञ चिकित्सक प्रदीपकुमार श्रेष्ठले जीवनशैली परिवर्तनसँगै चिनीरोगीका सङ्ख्या बढिरहेको बताए । के हो चिनीरोग ? वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्रा चिकित्सक पुकार श्रेष्ठका अनुसार शरिरमा चिनी (सुगर)को मात्र बढी हुनुलाई चिनीरोग भनिन्छ । शरीरमा चिनीको मात्रा आवश्यक मानिन्छ । तर आवश्यकभन्दा बढी भएमा मुटु, मिर्गौला र आँखालाई यसले असर पुर्याउँछ । चिकित्सकका अनुसार छिन् छिनमा पिसाब लाग्ने, मुख सुक्ने, पानीको प्यास लाग्ने, तौल घट्ने, थकान महसुुस गर्ने, शरीरमा घाउचोट देखिने तर निको नहुने चिनीरोगका लक्षण हुन् । नेपालमा कति चिनीरोगी रहेका छन् भनेर हालसम्म कुनै अध्ययन भएको छैन । नेपालमा विश्व स्वास्थ्य सङ्गठनले कूल जनसङ्ख्याको चार प्रतिशतमा चिनीरोगको समस्या हुनसक्ने प्रक्षेपण गरेको छ । तीमध्ये आधा पनि उपचारको पहुँचमा आएका छैनन् । “चिनीरोग दुई प्रकारका हुन्छन् । टाइप एक र टाइप दुई । टाइप एक विशेष गरी २० वर्षमुनि र टाइप दुई विशेषगरी ४० वर्षमाथि उमेर समूहलाई हुने गर्दछ ।” चिकित्सक श्रेष्ठ भन्छन्। यस वर्षको चिनीरोगको नारा ‘चिनीरोग र परिवार’ रहेको छ । चिनी रोगबाट बच्न विशेषगरी खानपान र शारीरिक व्यायाममा ध्यान दिनुपर्छ । रासस

शिवम् सिमेन्टले पायो ‘एनएस क्वालिटी अवार्ड २०१९’, मारुति र जगदम्बालाई प्रसंशा पत्र

काठमाडौं । एनएस चिन्ह प्राप्त उद्योगमध्ये शिवम् सिमेन्टले ‘एनएस क्वालिटी अवार्ड २०१९’ पाएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले सर्वकृष्ट तथा गुणस्तरिय उप्पादनको आधारमा शिवमलाई यस वर्षको उक्त अवार्ड प्रदान गरेको हो । विभागले शिवम् सिमेन्टलाई ‘मार्कर्ड अडिनरी पोर्टल्याड सिमेन्ट(एनएस ४९)’ को गुणस्तरिय उत्पादनको लागि उक्त अवार्ड प्रदान गरेको हो । यससँगै एनएस चिन्ह पाप्त मध्ये उत्कृष्ट १० उद्योगमा शिवम् सिमेन्ट प्रथम स्थानमा रहेको विभागले जनाएको छ । त्यसैगरी, एनएस चिन्ह प्राप्त मारुति र जगदम्बा सिमेन्टले क्रमशः दोश्रो र तेश्रो स्थान हासिल गरेका छन् । यी दुईले गुणस्तर तथा नापतौल विभाग मार्फत प्रसंशा प्रत्र पाएका छन् । विभागले मारुति सिमेन्टस्लाई मार्कर्ड अर्डिनरी पोर्टल्याड सिमेन्ट(एनएस ४९)को गुणस्तरिय उत्पादनको लागि प्रसंशा प्रत्र प्रदान गरेको हो । त्यसैगरी जगदम्बा सिमेन्ट मिल्स प्रा.लिलाई मार्कर्ड पोर्टल्याड स्याल्ग सिमेन्ट(एनएस ३८४) को गुणस्तरिय उत्पादनको लागि प्रसंशा पत्र दिर्ईएको विभागले जनाएको छ । विभागले कात्तिक २८ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको प्रमुख आतिथ्यमा एनएस क्वालिटि अवार्ड २०१९ आयोजना गरेको हो । विभागले नेपालमा गुणस्तरिय उत्पादनलाई प्रोत्साहन दिने उद्यश्यले एनएस चिन्ह प्राप्त उद्योगहरु मध्येबाट सर्वकृष्ट उत्पादनलाई एनएस क्वालिटी अवार्ड दिँदै आएको छ । त्यस्तै, अन्य दुईलाई प्रसंशा प्रत्र वितरण गर्दै आएको छ ।

सांग्रिला बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपको सेवामा १० प्रतिशत छुट

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका विभिन्न सेवामा १० प्रतिशत छुट पाउने भएका छन् । दुई संस्थाबीच हालै भएको सम्झौतामा बैंकका ग्राहकले देशभर सञ्चालनमा रहेको होटल तथा रेष्टुरेन्टबाट प्राप्त हुने विभिन्न सेवा सुविधाहरुमा सो मात्राको छुट पाउने भएका हुन् । उक्त सम्झौतापत्रमा बैंकका नायब महाप्रबन्धक अपूर्व प्रसाद जोशी र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर गरेका छन् । यस सांग्रिला बैंकले ८७ वटै शाखाहरुबाट विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस सम्झौता अनुसार यस बैंकका ग्राहक महानुभावहरुले सिद्धार्थ बिजनेस ग्रुप अफ् हस्पिटालिटीको देशका विभिन्न स्थानहरुमा रहेको शाखा सञ्जालहरुबाट प्राप्त हुने खाना तथा आवाश सम्वन्धी सेवामा विभिन्न छुट प्राप्त गर्न सक्ने छन् ।

एकैदिनमा प्रतितोला ६ सयले बढ्यो सुन, ७२ हजारमा कारोबार

काठमाडौं । बिहीबार छापावला सुन प्रतितोला ७२ हजारमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन एकैदिन ६ सय रुपैयाँले बढेको छ । त्यस्तै बिहीबार तेजावी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजावी सुन प्रतितोला ७१ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा बिक्री भएको थियो भने बिहीबार १० रुपैयाँ बढेर प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । पछिल्लाे समय सुनकाे मूल्य क्रमश बढ्दै गएकाे छ ।  गतमंगलबार छापावला सुन प्रतिताेला ७१ हजार २ सय रूपैयाँमा काराेबार भएकाे थियाे ।

जिभी हेल्थ एप बजारमा: अब डाक्टरको समय तपाईको हातमा

काठमाडौं। जिभी हेल्थ प्राईभेट लिमिटेडले बजारमा नयाँ हेल्थ एप सार्वजनिक गरेको छ। कम्पनिले बुधबार काठमाडौंमा एक समारोह बिच नयाँ हेल्थ एप जिभी लन्च गरेको हो । टेक्नोलोजीद्वारा जीवनको रक्षा भन्ने मुल उदेश्यको साथ जिभा हेल्थ एप बजारमा लिएर आएको जिभीका प्रमुख कार्यकारी अधिकृत अभुसन ज्योति कंन्सकारले बताए। उनी भन्छन्,’हामी सुचनाको जमानामा छौं। संसार डिजिटलाईज भईसकेको छ र यदी हामीले हेल्थकेयरलाई पनि डिजिटलाईज गर्न सक्यौं भने हामीले धेरै मानिसको जीवनलाई सजिलो बनाउनको साथै धेरै जीवन बचाउन सक्छौं।’ यस एपको माफर्त तपाईले आफ्नो नजिकै भएको डाक्टरको समय लिन सक्नुको साथै आफुलाई आवश्यक औषधीलाई अनलाई मार्फत अर्डर गर्नु सक्नुहुनेछ। अनलाईन मार्फत तपाईले औषधी मात्र नभएर सेनेटरी प्याड, बच्चाको डाईपर, क्रिम तथा अन्य थुप्रै सामाग्री अर्डर गर्न सक्नुहुन्छ।साथै तपाईले डाक्टरसँग लिएको समय हेरफेर भएको अवस्थामा पहिला नै नोटिफिकेसन मार्फत जानकारी पाउनुहुनेछ। यस एपसँग हाल १ सय भन्दा बढी डाक्टर जोडीसकेका छन्। डाक्टर, अस्पताल र बिरामीलाई निकै नै महत्वोपूर्ण रहेको हेल्थ रिपोर्ट पनि एपमा सुरक्षित राख्न सकिनेको साथ साथै आफ्न परिवारको हेल्थ रिपोर्टलाई पनि त्यसैमा समावेश गर्न सक्ने एपका प्रोजेक्ट म्यानेजर मोहमद नाबीले बताए। एपले एउटा निकै नै गजबको सुविधा ल्याएको छ। तपाईले एपको मार्फत रगत दान गर्नुको साथै तपाईलाई आवश्यक रगत भएको व्यक्तीको सुचना पाउन सक्नुहुनेछ। मात्र २ महिनाको अवधिमा यस एपलाई १ हजार व्यक्तीले डाउनलोड गरिसकेका छन् भने यसले आफ्नो अनलाईन स्टोरमा ५ हजार बढी सामाग्री राखिसकेको छ।

व्यवसायी रुप ज्योतिको पक्षमा व्यवसायीको प्रदर्शन, सम्मानपूर्वक रिहा गर्न माग

काठमाडौँ । नेपाल उद्योग बाणिज्य संघ काठमाडौँ व्यवसायी डा. रुप ज्योतिलाई पक्राउ गरिएकोप्रति ध्यानाकर्षण जनाउँदै आन्दोलनमा उत्रिएको छ । बिहीबार बिहान संघको नेतृत्वमा जुद्धशालिक चोक नयाँसडक काठमाडौँमा प्रदर्शन गरिएको छ । प्रदर्शनमा उत्रिएकाहरुले रुप ज्योतिको सम्मानपूर्वक रिहाईको माग गरेका थिए । प्रदर्शनमा उत्रिएका संघका अध्यक्ष दिनेश श्रेष्ठले राज्यको अर्थतन्त्रमा विशेष योगदान पुर्याउँदै आएका प्रतिष्ठित, जिम्मेवार तथा वरिष्ठ उद्योगपति/व्यवसायी एवम् सामाजिक रुपान्तरणका अभियन्ता रुप ज्योति र उनका छोरी सुरुची ज्योतिलाई आर्थिक लेनदेनको विवादमा पक्राउ गरिएकोको घटनाले सम्पूर्ण निजी क्षेत्रलाई स्तब्ध तुल्याएको बताए । यो घटनाले नेपाली उद्योगी÷व्यवसायी आतंकित बनेको उनले बताए । त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले व्यवसायी डा. रुप ज्योतिको गिरफ्तारीले आर्थिक क्षेत्रमा आतंक सिर्जना गरेको बताए । नेपालमा औद्योगिक बाताबरण बनिरहेको बेला ज्योतिलाई पक्राउ गर्दा नकारात्मक सन्देश गएको उनले बताए ।

हिमालयन बैंककाे लाभांश गत वर्षभन्दा ३९ प्रतिशतले बढी, सेयर मूल्य ४५० रूपैयाँ

काठमाडौं। हिमालयन बैंकले गत बर्षको नाफाबाट सेयरधनीलाई २२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेकाे छ । विहीबार विहान बसेकाे सञ्चालक समितिकाे बैठकले १० प्रतिशत बोनस शेयर र १२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेकाे हाे । यस वर्ष बैंकले गत वर्षकाे तुलनामा विन्दुगत आधारमा ६.२२ र प्रतिशतका आधारमा ३९.४१ प्रतिशतले बढी लाभांश दिन लागेकाे हाे । गत वर्ष बैंकले १५.७८ प्रतिशत लाभांश दिएको थियो। बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंक र साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउने छन्। हाल बैंककाे सेयर प्रतिकित्ता ४५० रूपैयाँमा काराेबार भइरहेकाे छ । हाल बैंकको शेयर पुँजी आठ अर्ब पाँच करोड रुपैयाँ रहेको छ। गत वर्ष बैंकले दुई अर्व ८४ करोड रुपैयाँ आम्दानी गरेको थियो। प्रति शेयर आम्दानी ३३ रुपैयाँ ४१ पैसा रहेको बैंकको नेटवर्थ १८८.७६ रुपैयाँ छ।

प्रधानमन्त्री ओली क्याबिनेटको सेट परिवर्तन गर्दै, भावी अर्थमन्त्रीको चर्चा

काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली क्याबिनेटको सेट नै परिवर्तनको तयारीमा जुटेका छन् । उनले नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग पनि छलफल गरिसकेका छन् । पार्टीका तीन र्शीर्ष नेताबीच मन्त्रिमण्डलमा हेरफेरबारे करिब सहमति भइसकेको स्रोतले जानकारी दिएको छ । मन्त्रि परिषद्मा मन्त्रीहरुको कामबारे समीक्षा समेत भएपछि को-को राख्ने र को-को झिक्नेबारे समेत छलफल भएको बुझिएको छ । ओलीले सरकारको काम कारबाहीलाई सशक्त बनाउन मन्त्रिहरु हेरफेर गर्ने तयारी गरेका छन् । यसबारे पार्टी भित्र परामर्श जारी छ । मन्त्रिहरुलाई दशैं तिहार मान्न दिने नीति अनुरुप प्रधानमन्त्री ओलीले मन्त्रिहरुको हेरफेरलाई थाती राखेका थिए । अब उनी तत्काल एक्सनमा जाने गरी तयारीमा जुटेका छन् ।मन्त्रीपरिषदबाट १० मन्त्री बिदा हुने भएका छन् । नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले १० मन्त्रीलाई राजीनामा गराएर १० नयाँ मन्त्री ल्याउने अन्तिम कसरत थालेका हुन् । केही मन्त्री बाँकी राखेर १० जना मन्त्रीलाई राजीनामा गराउने तयारी भइरहेको छ । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको नेपाल भ्रमण सकिएलगतै मन्त्रीहरुलाई राजीनामा गराउने तयारी भइरहेको बालुवाटार स्रोतले बताएको छ । पूर्वमाओवादीबाट ३ र पूर्वएमालेबाट ६ मन्त्रीलाई राजीनामा गराउने तयारी भइरहेको छ । पूर्वएमालेबाट सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, श्रममन्त्री गोकर्ण विष्ट, खेलकुद मन्त्री जगत विश्वकर्मा, महिला तथा बालबालिका मन्त्री थममाया थापा, अर्थमन्त्री युवराज खतिवडा र भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई मन्त्रीबाट बिदा गर्ने तयारी भएको छ भने पूर्वमाओवादीबाट उद्योगमन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपाणि खनाल र खानेपानी मन्त्री बिना मगरलाई बिदा दिने तयारी गरिएको स्रोतले बताएको छ । गृहमन्त्री रामबहादुर थापा बादल, उर्जामन्त्री बर्षमान पुन, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सञ्चारमन्त्री गोकुल बाँस्कोटा, पर्यटनमन्त्री योगेश भट्टराई र कानूनमन्त्री भानुभक्त ढकाल सहित ८ जना मन्त्री भने यथावत् रहने बुझिएको छ । तर यी मध्ये पनि केही बाहिरिने संभावना छ । उनीहरु मन्त्रीबाट नहटेपनि मन्त्रालय भने फेरबदल हुन सक्नेछ । सम्भावित नयाँ अनुहारहरु मन्त्रिमण्डल पुनर्गठनको चर्चा चुलिएसँगै पार्टीका दुई अध्यक्षहरुले विभिन्न तहका नेताहरुलाई मन्त्री बनाउने आश्वासन बाँड्न थालेका छन् । मन्त्रिमण्डल पूनर्गठनपछि पूर्व एमालेका तर्फबाट सुरेन्द्र पाण्डेलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिने प्रधानमन्त्री ओलीले आश्वासन दिएको बताइएको छ । त्यस्तै, हाल अर्थ समितिको सभापति रहेका कृष्णप्रसाद दाहाललाई मन्त्रिमण्डलमा प्रवेश गराउने आश्वासन पनि ओलीले दिएका छन् । प्रतिनिधिसभामा तत्कालीन एमालेबाट मकवानपुरको क्षेत्र नम्बर १ मा कृष्णप्रसाद दाहालले विजय हासिल गरेका हन् । उनी नेकपा प्रदेश नम्बर ३ का सचिवालय सदस्य समेत हुन् । राप्रका कमल थापालाई हराएर ह्याट्रिक गरेका दाहाल प्रत्येक पटक हुने मन्त्रीमण्डल गठन प्रक्रियामा छायाँमा परे पनि यो पटक भने मन्त्री बन्ने पक्का भएको श्रोत बताउँछ । उनले उद्योग मन्त्रालयको माग गर्दै आएको बताइएको छ, यद्यपि अहिले पूर्व माओवादीको भागमा रहेको उक्त मन्त्रालय कसरी व्यवस्थापन गर्ने अन्यौलताका कारण उनलाई फरक जिम्मेवारी दिनसक्ने समेत चर्चा छ । नेकपाका नेता महेश बस्नेत र खगराज अधिकारी पनि नयाँ मन्त्रीका लागि आश्वासन पाएका अनुहारहरु हुन् । यी दुवैजना ओली निकटका हुन् । खगराज अधिकारीले संसदमा सरकारको बचाउमा खेलेको उल्लेख्य भूमिकाका कारण ओली उनीप्रति थप सकारात्मक बनेको बताइन्छ । प्रधानमन्त्री ओलीले संसदमा बोलेको अभिव्यक्ति रेकर्डबाट हटाउने माग गर्दा नियमापत्ति गर्ने व्यक्ति तिनै खगराज अधिकारी हुन् । त्यस्तै, विष्णु पौडेल, जनार्दन शर्मा, भीम रावल, लेखराज भट्ट, प्रभु साह, विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्का समेत मन्त्री बन्ने दौडमा रहेको चर्चा छ । प्रधानमन्त्री ओलीले आफ्नो सचिवालयमा समेत हेरफेर गर्न सल्लाहकाहरुलाई सामुहिक राजीनामा गराउने कुरा बाहिर आइसकेको छ । मन्त्रीमण्डल पुनर्गठन गरी ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई साकार बनाउने एग्रेसिभ ढंगले अघि बढ्ने योजना बनिरहेको बालुवाटार श्रोतले जनाएको छ ।