विकासन्युज

विषयविज्ञ भन्छन्- ‘गणितविना नेपाली विद्यार्थीको भविष्य अन्धकार हुन्छ, कक्षा ११ र १२ मा नो क्रेडिटमा मात्रै गणित

काठमाडौं । कक्षा ११ र १२ नो क्रेडिटमा मात्रै गणित विषय समावेश गराउने भएपछि विरोध सुरु भएको छ । सरकारले कक्षा ११ र १२ को पाठ्यक्रमबाट गणित विषय हटाउने भने पछि जनस्तरबाट विरोधको आवाज चर्किन थालेको हो । अब विज्ञानका विषयहरु बायोलोजी, फिजिक्स र केमेस्ट्रीका विद्यार्थीहरुले चाहेमा मात्रै नो क्रेडिटमा गणित विषय पढ्न पाउने छन् । नेपाल गणित समाजका सहसचिव तथा त्रिभुवन विश्वविद्यालय केन्द्रीय गणित विभाग उपप्राध्यापक डा. जीवन काफ्लेले प्रविधिको समयमा विज्ञान तथा प्रविधिको आधार स्तम्भको रुपमा रहेको गणित तथा विज्ञानका विषयहरुलाई उच्च महत्व दिनु पर्नेमा आज विपरीत दिशातिर फर्कन लागेको अनुभव आफुले महसुश गरेको बताए । ‘अबको पाठ्यक्रम विज्ञान, प्रविधिमैत्री भएमा मात्र हामी विकासको सहि मार्ग पहिल्याउन सक्छौ, विज्ञान र गणितबिना विद्यार्थीहरुको जीवन अन्धार हुन्छ ।’ उनले भने । ‘आज विश्वका धेरै देशहरुले पाठ्यक्रमको नविनतम धारणा अन्र्तगतमा जोड दिएका छन्, जसले गर्दा उनिहरु आर्थिक विकास तथा समृद्धिमा फड्को मारिरहेका छन,’ उनले भने, ‘यसलाई सकारात्मक शिक्षाको रुपमा हामीले लिनु पर्दछ, अन्यथा २१ औं शताब्दिमा ज्ञान, विज्ञान तथा प्रविधिक जनशक्तिको खाँचो राज्यले गरिरहने तर हामी भने देश तथा विदेशमा बिक्न नसक्ने जनशक्ति उत्पादन गरिरहने छौं । यसको बारेमा राज्य संचालकहरुले बेलैमा ध्यान दिन जरुरी रहेको काफ्लेको भनाइ छ ।  शिक्षाविद विद्यानाथ कोइरालाले नो क्रेडिट विषयले विद्यार्थीले ज्ञान मात्रै लिनु सक्ने बताए । विद्यार्थीको प्रमाणपत्रमा उसले गणित अध्ययन गरेको भनेर थाहा नहुने उनको भनाइ छ । हिसानका उपाध्यक्ष रामेश्वर अर्यालले विज्ञान र गणितविना पाठ्यक्रम अधुरो हुने बताए । ‘सिडीसीले के आधारमा गणित विना नै विज्ञान अध्ययन गर्न सकिन्छ भनेर गणित हटायो हामी नै अच्चममा परेका छौ,ँे अब विज्ञान र गणित हटाएपछि नेपालमा इन्जिनियरको पढाइ नै रोकिन्छ, इन्जिनियर अध्ययन गर्न कक्षा ११ र १२ मा १०० पुर्णाकंको गणित अध्ययन गरेको हुनु पर्नेछ ।’ उनले भने । पाठ्क्रम विकास केन्द्रका निर्देशक लेखनाथ पौडेलले विद्यार्थीले चाहेमा नो क्रेडीटमा गणित पढ्न सक्ने बताए । ६ वटा विषयको ठाउँका ७ वटा विषय हुन जान्छ । तर, विद्यार्थीले चाहे पढ्न पाउने उनको भनाइ छ । विज्ञान विषयमा गणित नहुँदा के हुन्छ ? विज्ञान विषयको भाषा नै गणित हो । बिना भाषाको सिकाईको कल्पनानै गर्न सकिँदैन । गणित, विज्ञानको आधार र मेरुदण्ड दुवै हो । विज्ञान गणितबाट शुरु हुने हो । विज्ञानका मोडल र इकोइसनमा गणित नै हुन्छ । विज्ञानको जुनसुकै विषयमा र क्षेत्रमा गणित हुन्छ । विज्ञानबाट गणित हट्यो भने विद्यार्थीले विज्ञान पढ्नै सक्दैनन् । कक्षा ११ र १२ को भौतिकशास्त्र समुहमा अहिले पनि गणित छ । जीवशास्त्र विद्यार्थीले गणित पढ्न नपाउने बनाउँदै छ । पहिले अनिवार्य विषय कम थिए । अहिले बढेको छन् । अनिवार्य विषय धेरै भएपछि विद्यार्थीले ऐच्छिकमा गणित पढने अवस्था नै रहँदैन । गणित पढेका पनि भौतिकशास्त्रको कक्षामा हुन्छन् । नपढेका पनि हुन्छन् । अनि कसरी विद्यार्थीलाई शिक्षकले पढाउने भन्ने हुन्छ । भौतिकशास्त्र कोर्ष हेर्ने हो भने पनि पहिलो पाठमा नै गणित छ । गणित हटाउने हो भने विद्यार्थी कमजोर हुनेछन् । त्यसैले गणित विनाको विज्ञान हुनै सक्दैन कक्षा ११ र १२ का ऐच्छिकका रुपमा विज्ञानका विषयहरुमा भौतिक विज्ञान, रसायन विज्ञान, गणित तथा जीव विज्ञान आधारभूत विज्ञानका आधार स्तम्भ हुन् । तर यो पाठ्यक्रममा जीवविज्ञानका विद्यार्थीहरुले गणित पढ्न नपाउने गरि तयार गरिएको छ । जीवविज्ञानका विद्यार्थीहरु गणित पढ्नबाट वञ्चित हुँदा भविष्यमा उनीहरु उच्च अध्ययनको अवसरवाट समेत वञ्चित हुने देखिन्छ । जबकि कृषि तथा वन विज्ञान कार्यक्रममा भर्ना हुन आउने विद्यार्थी नै जीव विज्ञान समुहका हुन्छन् । पोखरा, काठमाडौं, पुर्वाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूर पश्चिमाञ्चल विश्वविद्यालयहरुमा इन्जिनियरि तथा सूचना प्रविधि कार्यक्रमहरुमा प्रवेश पाउन कम्तिमा १०० पूर्णाकंको गणित उत्तिर्ण गरेको हुन पर्ने प्रस्ट व्यवस्था हुँदाहुँदै पनि यो व्यवस्थाले गर्दा जीव विज्ञान समुहका विद्यार्थीहरुले उक्त विश्वविद्यालयहरुका यी कार्यक्रमहरु अध्ययन गर्न पाउँदैनन् । हाम्रो देश नेपाल नै यस्तो मुलुक हो शैक्षिाक पाठ्यक्रम तालमेल र पठन पाठन विषय विवादमा पर्दै आएको छ । कहिले भोकेसनल पाठ्यक्रम भनेर थपिने त कहिले त्यसैलाई झिकिने गरिन्छ । कहिले नैतिक शिक्षा आवश्यक ठानिन्छ त कहिले त्यो बेकारको भार ठानेर हटाइने गरिन्छ ।नेपालको नीति निर्माताहरु नै आफ्नो दोस्रो पुस्तालाई के पढाउने, के नपढाउने र के सिकाउने भन्नेबारे सधैँ अन्योल देखिन्छ ।

शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीलाई २० करोड घुस मागेकाे आरोप

काठमाडौं । चिकित्सा शिक्षा आयोग उपाध्यक्ष श्रीकृष्ण गिरीलाई झापाको बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले कलेजको सम्बन्धन प्रक्रिया अघि बढाउन २० करोड पैसा मागेको आरोप लगाएका छन्। बानेश्वरमा बुधबार पत्रकार सम्मेलन गर्दै प्रसाईंले उपाध्यक्ष गिरीले आफुलाई द्दारिका होटलमा बोलाई २० करोड पैसा मागेको आरोप लगाएका हुन् । दुर्गा प्रसाईं गिरीले आफुलाई मंसिर १५ गते द्दारिका होटलमा बोलाएर पैसा मागेको उनले दाबी गरेका छन् । प्रसाईंले आफुले घुस दिन नमान्दा बिएण्डसिको सम्बन्धन्को निवेदन नै रोकेको बताएका छन् ।

ब्रिथ क्लिन–अनमास्क नेपाल, पोखराको लेक साईडमा वातावरण प्रदुषणसम्बन्धी जनचेतना

काठमाडौं । जगदम्बा स्पोर्टसअन्तर्गत पोखरा राईनोज टिमले हालै पोखराको लेक साईडमा वातावरण प्रदुषणको जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम टि.भि.एस तथा वातावरण सम्बन्धित संस्था (क्लिन इनर्जी नेपाल) को सहकार्यमा भएको हो । पुस १५ गतेबाट शुरु भएको पोखरा स्ट्रिट फेस्टिवलमा विभिन्न कार्यक्रमका साथ सामाजिक जनचेतना अभियानलाई जनमानसमा वातावरण प्रदूषणको अवस्था, न्युनीकरण गर्ने कार्यदिशा तथा स्वच्छ वायु मेरो अधिकार भन्ने नाराका साथ सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रत्येक अवलोकनकर्ताहरुलाई वातावरण प्रबद्र्धनमा मेरो साथ र न्युनीकरण गर्न हस्ताक्षर संकलन गरी सम्बन्धित वातावरण सरोकार समितिलाई संकलित हस्ताक्षर हस्तान्तरण गर्ने, वातावरण प्रदूषणबाट बच्ने उपाय र आगामी कार्यक्रममा म्याराथोन, रातको समयमा ओपन मुभि नाईट, ¥यालि तथा बृक्षारोपण कार्यक्रमको बारेमा जानकारी गराइएको थियोे । आगामी दिनमा नेपालमा हुन लागेको बहुप्रतिष्ठित ईपिल क्रिकेटलाई प्रबद्र्धन गर्ने हितले क्रिकेट सम्बन्धि विभिन्न खेल सामग्रिलाई पनि जगदम्बा स्पोर्टसले उक्त महोत्सवमा स्टल राखी खेलकुद पर्यटनलाई प्रबद्र्धन गर्ने सफल भएको छ ।

मेडिकल कलेजमा आर्थिक नाकाबन्दी लगाउने संघर्ष समितिको चेतावनी

काठमाडौं । चिकित्सा शिक्षा संघर्ष समितिले मेडिकल कलेजमा आर्थिक नाकाबन्दी लगाउने चेतावनी दिएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी समितिका संयोजक प्रकाश चन्दले कठोर आर्थिक नाकाबन्दीको शुरुवात चितवन मेडिकल कलेजबाट गरिने चेतावनी दिएका हुन् । ‘शुल्क फिर्ता नगरे कठोर आर्थिक नाकाबन्दी लगाउनेछौं,’ चन्दले भने, ‘विद्यार्थीसँग सबै आर्थिक कारोबार ठप्प पारिनेछ र शुरुपमा चितवन मेडिकल कलेजलाई कठोर आर्थिक नाकाबन्दी लगाइनेछ ।’ आउने दिनमा सरकारले तोकेको, निर्णय गरेको, केलेज प्रशासनसँग विद्यार्थीले मागेको अत्यावश्यक मागहरु लागू नगरेमा वा पूरा नगरेमा कठोर निर्णय लिन वाध्य हुने उनको चेतावनी थियो । कलेज प्रशासनले झुठो र फर्जी षड्यन्त्रपूर्ण समायोजनका विरुद्ध कठोर नाकाबन्दीमा जाने अवस्थामा पुग्न लागेको उनको भनाई थियो । चन्दले चिकित्सा शिक्षामा चरम लुट, भ्रष्टाचार र कालोबजारी र विकृतिपूर्ण व्यापारको अवस्था अन्तट गर्न आन्दोलनको स्वरुप परिवर्तन गर्दै नयाँ उचाईमा पुर्याइने बताए । आन्दोलन नरोकिएको स्पष्ट पार्दै उनले भने ‘हाम्रो आन्दोलन रोकेका छैनौ यसको रुप परिवर्तन हुनेछ ।’ अब हुने आन्दोलनले माफियाको पैसा नष्ट गर्ने उनको भनाई थियो । माफियासंग लड्न सडकबाट बलिदान समेत दिन तयार रहेको उनले बताए । उनले भने ‘न्याय नपाएसम्म हामीले गरेको आन्दोलन रोकिने छैन् ।’ नयाँ स्वरुपको आन्दोलनमा कठोर रुपमा प्रस्तुत हुने बताए । पहिलो र दास्रो वर्षका विद्यार्थीको पैसा फिर्ता नभए सम्म अब तिर्नु पर्ने पैसामा रोक लगाउने बताए । उनले भने,‘माफिया र माफियासंग मिलेका सम्बन्धित निकायसम्मलाई हामी नाङ्गेझार पारेरै छाड्छौं ।’ मेडिकल शिक्षा माफियामुक्त बनाउन सरकार गम्भीर नभएको उनको आरोप थियो । उनले भने,‘ सरकारले खुल्ला रुपमा भन्नुपर्यो कि हामी माफियालाई साथ दिन्छौं ।’ राज्य लगायत सम्पूर्ण सरोकारवाला लाचार रहेको उनले बताए । संघर्ष समितिकी मान्यता थापाले सरकार मेडिकल विद्यार्थीको जायज मागमा गम्भीर नरहेको आरोप लगाइन् । पाँच महिना अगाडि औपचारिक रुपमा संघर्षको शुरुवात गरेपनि सरकार यस विषयप्रति गम्भीर नरहेको बताइन् । उनले भनिन्,‘ मंसिर १० बाट मन्त्रीपरिषदबाट गरिएको निणर्यले पहिलो र दास्रो वर्षका विधार्थीहरुको शुल्क फिर्ता गर्ने निणर्य कार्यवान्यन भएको छैन् ।’ पहिलो र दास्रो वर्षका विद्यार्थीहरुको मात्र रकम समायोजन नगरी सम्पूर्ण पारा मेडिक्सको शुल्क समायोजन गर्न माग गरिन् । अतिरिक्त शुल्क फिर्ताको माग गर्दा लात र जुत्ता खानुपरेको उल्लेख गरिन् । मेडिकल कलेजका विद्यार्थी सुक्रान्त पौडेलले पाँच महिनादेखि जारी आन्दोलनले कुनै निष्कर्ष नआएकोले आन्दोलनको स्वरुप बदलेको बताए । सरकारले मेडिकल माफियाहरुलाई न्यायको कठघरामा ल्याउन नसकेको भन्दै आन्दोलनको स्वरुप बदल्न वाध्य भएको बताए । उनले भने,‘एमबिबिएस र बिडिएसलाई मात्र सरिकारले सम्वोधन गरेको उल्लेख गर्दै सरेकारवालाहरु माफियासंग टेबलमुनिबाट पैसा लिएको आरोप लगाए । उनले भने,‘सरकारलाई सबै कुरा थाहा हुँदापनि केही कदम चालेन ।’ कार्यक्रममा अभिभावक महेश अधिकारीले एतिहासिक आन्दोलनले सरकारले केही गर्न नसकेको गुनासो पोखे । अभिभावकलाई अतिरिक्त शुल्कको चापमा अझै राखिएको उनको भनाई थियो । सरकारले कारबाही गर्छु भन्दा पनि केही गर्न नसकेको बताए । शुल्क फिर्ता नभएसम्म अब तिर्नुपर्ने कुनैपनि शुल्क नतिर्ने उनको भनाई थियो । आफूहरुको माग सम्बोधन गर्ने गरी वार्ता राम्रोसंग भए कलेज खुलाउन तयार रहेको बताए ।

लमजुङको चिनारी कृषि फार्ममा आगलागी, डेढ करोडभन्दा बढीको क्षति

काठमाडौं । लमजुङको मध्यनेपाल नगरपालिका–१ जिता देउरालीमा रहेको चिनारी कृषि फार्ममा विद्युत् सर्ट भएर आगलागी हुँदा डेढ करोडभन्दा बढीको क्षति भएको छ । फार्ममा रहेको ५० बाख्रा र एक सय लोकल कुखुरा जलेर नष्ट भएको छ । मंगलबार साँझ पौने ७ बजे अचानक विद्युत् सर्ट भएपछि फार्ममा आगलागी भएको हो ।फार्ममा एक सय ७० बाख्रा र तीन सय लोकल कुखुरा थिए । आगलागी हुँदा बाख्राका दुईवटा आधुनिक खोर र गोदाम घर जलेर नष्ट भएको छ । आगलागीबाट करिब डेढ करोड बढी क्षति भएको छ । २०७२ सालबाट ६० वटा बाख्रा र ५० वटा लोकल कुखुराबाट डेढ सय रोपनी जग्गामा चिनारी कृषि फार्म सञ्चालन गरिएको थियो । ४ करोड लगानीबाट सुरु गरिएको फार्ममा हाल पाँच करोड लगानी पुगेको थियो ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सिराहामा

काठमाडौं । प्रभु बैंकले सेवा विस्तार गर्ने क्रममा सिराहा नगरपालिकास्थित प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । उक्त काउन्टरको उद्घाटन सिराहाका प्रमुख जिल्ला अधिकृत गोपाल कुमार अधिकारीले गरेका हुन् । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले जिल्ला प्रशासन कार्यलयमा पनि आफ्नाे सेवा विस्तार  गरेकाे हाे। यस बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ । प्रभु बैंकले २ सय २ वटा शाखा कार्यालय, १ सय ५२ वटा एटिएम ४० वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्पmत बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

एभरेष्ट बैंकको २५ प्रतिशत लाभांश पारित, चुक्ता पुँजी साढे ८ अर्ब पुग्यो

काठमाडौं । एभरेष्ट बैंकको प्रस्तावित २५ प्रतिशत लाभांश पारित भएको छ । बुधबार काठमाडौंको लैनचौर ब्यांक्वेटमा सम्पन्न बैंकको २५औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेसँगै शेयरधनीले ५ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश पाउने छन् । ८ अर्ब ६ करोड रुपैयाँ रुपैयाँ रहेको बैंकको चुक्ता पुँजी ५ प्रतिशत बोनस पश्चात ८ अर्ब ४७ करोड रुपैयाँ नाघेको छ । बैंकको निक्षेप र कर्जा लगानी दुबै बढेर क्रमशः १३ लाख र ११ लाख १८ हजार रुपैयाँ नाघेको छ । बैंकको प्रतिशेयर आम्दानी ३८.०५ रुपैयाँ रहेको छ । त्यस्तै, निष्कृय कर्जा घटेर ०.१६ प्रतिशत पुगेको बैंककाे बेस रेट ८.१२ प्रतिशत रहेको छ ।

इरानको हमलाले विश्व बजारमा प्रभाव, २.५ प्रतिशतले बढ्याे तेलकाे मूल्य

काठमाडौं । एसियाली बजारमा कच्चा तेलको मूल्यमा २.५ प्रतिशत वृद्धि भएको छ र ६९.९४ डलर प्रति ब्यारेल भएको छ । इराकको अमेरिकी सैन्य क्याम्पमा आक्रमण गरेपछि कच्चा तेलको मूल्यमा वृद्धि भएको हो । पछिल्लो समय मूल्य वृद्धिका भएकै कारण मध्यपूर्वबाट तेल निर्यातमा रोकावट त हुँदैन भन्ने चिन्ता बढेको छ । इरानको हमलाबाट अन्तर्राष्ट्रिय शेयर बजारमा नकारात्मक असर देखिएको छ । शेयर बजारमा नकारात्मक असर पर्ने देखिएको छ । जापानको निकेईको शेयर २ प्रतिशत घटेको छ, भने हङकङको हेङ सेङमा १ प्रतिशतको गिरावट आएको छ । इरानी संचार माध्यमका अनुसार सो हमला इरानी प्रमुख कमाण्डर कासिम सुलेमानीको हत्याको बदला भएको जनाएको छ । इरानको हमला कासिम सुलेमानीको अन्तिम संस्कारपछि गरेको हो । शुक्रबार अमेरिकाले ड्रोन हमला गरेर कासिम सुलेमानीको हत्या गरे । आगामी दिन बदला स्वरुप अमेरिका र इरानका बीच द्वन्द्व बढ्ने अनुमान छ । त्यस्तो अवस्थामा हारमुजदेखि संसारभर तेल निर्यात रोकिन सक्ने अनुमान छ । साउदी अरब, इराक, संयुक्त अरब इमिरेट्स र कुवेतबाट तेल निर्यात यही मार्गबाट हुने गर्छ । अमेरिकी वायुसेवा नियामक निकाय संघीय हवाईसेवा प्राधिकरण (एफएए)ले अमेरिकी यात्रुवाहक विमानलाई इराकको हवाई सीमाबाट उड्न प्रतिबन्ध लगाएको थियो । हमलापछि नै सिङ्गापुर एयरलाइन्सले पनि आफ्ना सबै विमानलाई इरानी हवाई सीमाबाट नउड्न भनेको छ । इरानको अवस्थाको प्रभाव मध्यपूर्वी देशमा भारत अमेरिका र रुसबाट पनि तेल आयात गदर्छ । त्यस्तै सबैभन्दा बढी तेल मध्यपूर्वका देशहरूबाट आयात गर्छ र त्यसमा पनि इराक पहिलो नम्बरमा पर्छ । यसका अलावा साउदी अरब, ओमान र कुवेत छ । भारतलाई यसको चिन्ता छैन कि तेल निर्यातमा कुनै रोकावट भन्दा पनि तेलको मूल्य वृढिमा छ । अहिले तेलको मूल्य प्रति ब्यारेल ३ डलर बढेको छ । भारतीय अर्थतन्त्रका लागि प्रति ब्यारेल ३ डलर मूल्य बढेको हो । भारतमा जुन आमउपभोक्ता छन्, उनीहरू पेट्रोल–डिजल खरिद गर्छन् या एलपीजी ग्यास गरिद गर्छन्, उनीहरूका लागि यो सुखद् खबर होइन । अमेरिकाको यस्तो कार्बाहीले भारतका नागरिकको खल्तीमा असर गर्नेछ किनकि आगामी दिनमा पेट्रोल–डिजल र एलपीजी ग्यासको मूल्य बढ्ने अनुमान छ । भारतमा तेलको आपूर्ति भए पनि मूल्य उच्च हुन जाने आशंका रहेको छ । तेलको मूल्य यस्तो समयमा बढिरहेको छ, जुनबेला भारत सरकारका लागि आर्थिक घाटा चुनौती बनिरहेको छ । यसबाट भारतीय रुपैयाँमा पनि दबाब बढ्नेछ । आगामी दिनमा भारतीय उपभोक्ताका लागि यो चिन्ताको विषय बन्नेछ । यो भारतीय अर्थव्यवस्थाका लागि त चिन्ताको विषय हुँदै हो । अमेरिकाले उक्त कार्बाही इरानविरुद्ध इराकमा गरेको थियो, तर यसको सबैभन्दा प्रतिकूल असर भने भारत र दक्षिण एसियाका देशमा देखिएको छ । भारतको निकट छिमेकी तथा नेपालले पनि पेट्रोलियम पदार्थ भारतबाटै ल्याउनु पर्ने अवस्थाको यसको प्रत्यक्ष असर नेपालमाथि पर्नेछ । इरानकाे हमलाकाे सुनमा इरानकाे हमलाकाे प्रभाव विश्वकाे सुनबजारमा देखिएकाे छ । नेपालकै सन्दर्भमा हालसम्मकै (उच्च मूल्य) प्रतिताेला ७६ हजार ५ सय रूपैयाँ काराेबार भइरहेकाे छ ।  नेपालले अन्तर्राष्ट्रिय बजारबाट सुनमात्र नभइ पेट्रोलियम पदार्थ आयात गर्दै आएको छ ।