विकासन्युज

नुवाकोटको त्रिवेणीधाममा माघ १६ गतेदेखि श्रीमद्भागवत महायज्ञ

काठमाडौ । नुवाकोटको त्रिवेणीधाममा श्रीमद्भागवत् सप्ताह महायज्ञ हुने भएको छ । माघ १६ गतेदेखि २४ गतेसम्म त्रिवेणीधामको पूर्वाधार विकास र प्रचारप्रसारको उद्देश्य राखेर सप्ताह महायज्ञ आयोजना हुने महायज्ञ मूल समारोह समितिले जानकारी गराएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी त्रिवेणीधाम सुधार तथा संरक्षण संस्था, शिवपुरी गाउँपालिका र पञ्चकन्या गाउँपालिकाले महायज्ञको उद्देश्य र लक्ष्यबारे जानकारी गराएका हुन् । त्रिवेणीधाममा एक लाख पर्यटक भित्राउने लक्ष्यका साथ महायज्ञ आयोजना गर्न लागिएको कथावाचक ईश्वरकृष्ण महाराजले बताए । उनले भने, नेपालमा धार्मिक क्षेत्रबाट पर्यटनको विकास गरी समृद्धि हासिल गर्न सम्भव छ । त्रिवेणी धार्मिक हिसाबले र आफैमा अति रमणीय पवित्र स्थान भएकोले सबैलाई एक पटक जान आग्रह गरे । कार्यक्रमका प्रमुख अतिथि तथा बौद्ध महासंघका उपाध्यक्ष धर्मगुरु खेम्पो कमल भण्डारीले महायज्ञमा माघ १६ र १७ गते मात्र प्रवचन दिने बताए । उनले नेपाल जात, धर्म र प्राकृतिक धरातलले विश्वमा प्रख्यात रहेको पनि जानकारी दिए । उनले विदेशबाट आउने पर्यटकहरु अधिकांश नेपालमा धार्मिक कारणले आउने गरेका बताए । उनले हिन्दु र बौद्ध धर्मको दृष्टि फरक भएपनि चर्या एउटै हुने उल्लेख गरेका छन् । त्रिवेणीधाम सुधार तथा संरक्षण संस्थाकी अध्यक्ष लिलादेवी थापाले जानकारी दिइन् । उनले महायज्ञ मूल समारोह समितिका उक्त कार्यक्रममा प्रमुख अतिथिहरु हिन्दु धर्मका ईश्वर कृष्ण महाराज र बौद्ध धर्मका तर्फबाट खेम्पो कमल भण्डारी रहेका थिए । नुवाकोटको त्रिवेणी धाममा १ लाख पर्यटक भित्राउने योजना रहेको बताएका छन् । कार्यक्रममा शिवपुरी गाउँपालिकाका अध्यक्ष श्रीराम कृष्ण थापाले महायज्ञका माध्यमले त्रिवेणीधामबारे विश्वभर जानकारी गराउने लक्ष्य राखिएको बताए । त्रिवेणी तीन खोला वा नदीको संगम भएकाले अति पवित्र पुण्य स्थानको रुपमा मानिने भएकाको नेपालमा मात्र नभएर पुरै विश्वमा नै यसबारे प्रचार हुनुपर्ने जानकारी दिए । थापाले उक्त स्थानमा धर्मशालाको निर्माण, विभिन्न देवीको देवताको मन्दिर निर्माण र ध्यान केन्द्रको निमार्ण तथा बौद्धमार्गीहरुको लागी गुम्बा निर्माण गर्ने कार्य हाल भइरहेको जानकारी दिएका छन् । महायज्ञबाट संकलित रकम त्रिवेणीधामको पूर्वाधार विकासमा खर्च हुने उल्लेख गरे । त्रिवेणी धाम सुधार तथा संरक्षण संस्थाकी अध्यक्ष लिलादेवी थापाले उक्त धाममा सबैलाई एकपटक आई धार्मिक कार्यमा सहयोग गर्न आग्रह गरिन् । उनले धामको महत्वबारे प्रकाश पारेकी थिइन् । महायज्ञ मूल समारोह समितिका उपाध्यक्ष रमेश कुमार पाठकले नेपाल र नेपालको पनि त्रिवेणी बनाउन त्रिवेणीधामले महत्वपूर्ण भूमिका खेल्ने बताए । त्रिवेणीधामको महायज्ञले सबै पार्टीलाई पनि एकताको शुत्रमा बाँकी विकासको काममा अघि बढाउने आशा बढेको बताए । नेपाल कम्युनिष्ट पार्टी संघिय क्षेत्र न. १ का अध्यक्ष पदम उप्रेतीले सबै धर्मको प्रतिमा स्थापना गर्दै सम्पुर्ण जाती धर्मलाई संगै अगाडि लानुपर्ने उल्लेख गरेका छन् । उनले धार्मिक सहिष्णुता राख्दै समृद्ध नुवाकोट, समृद्ध शिवपुरी हुनेमा उक्त महायज्ञ कोषेढुंगा हुने आशा व्यक्त गरे । समृद्ध नेपाल हुनमा सबैको भुमिका हुने भन्दै महायज्ञले त्यस दिशातर्फ प्रेरित गर्ने बताए ।

कालिञ्चोक दर्शनको पाँचौ साधारण सभा, अध्यक्षमा शिवाकोटी

काठमाडौं । कालिञ्चोक दर्शनको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभाले आगामी ५ वर्षको लागि बालकृष्ण शिवाकोटीको अध्यक्षतामा निम्न बमोजिमको संचालक समितिको निर्वाचन गरेको छ । जसमा बालकृष्ण शिवाकोटी अध्यक्ष, मार्कण्डेय अधिकारी संचालक, ऋषिकेश गौली संचालक, रमेश राज शिवाकोटी संचालक, डिल्ली प्रसाद शिवाकोटी संचालक, गुरु प्रसाद अधिकारी संचालक र थानेश्वर बस्याल संचालकका रुपमा नियुक्त भएका छन् । साधारणसभाले संचालक समितिको निर्वाचनका अतिरिक्त संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनलाई समेत पास गरेको छ । कालिञ्चोक दर्शन लिमिटेडले दोलखा जिल्लाको कालिञ्चोक कुरीबाट कालिञ्चोक भगवतीको मन्दिरसम्म सजिलै आवत जावत गर्नको लागि करिब ५२ करोडको लागतमा २०७५ कार्तिक महिनाबाट केबलकार संचालनमा ल्याएको छ । उक्त स्थानमा केबलकारको निर्माण र संचालन पछि आन्तरिक तथा बाह्य पर्यटकहरुको आवागमनमा उल्लेख्य रुपले बृद्धि भएको छ । कम्पनीले सम्भाव्यता अध्ययनको आधारमा उपयुक्त देखिएका अन्य स्थानहरुमा पनि केबलकार संचालन गर्न सक्ने अध्ययन गरिरहेको छ ।

आकर्षक डिजाइनकाे रेनो ट्राइबर सार्वजनिक, मूल्य २८ लाख २० हजार

काठमाडौं । नेपालको नम्बर एक यूरोपियन ब्राण्ड रेनोले नयाँ उत्पादन गेम चेन्जर-रेनो ट्राइबर नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले बुधबार एक कार्यक्रम गरी उक्त नयाँ उत्पादन नेपाली बजारमा भित्र्याएको हो । कम्पनीका अनुसार यसकाे मूल्य २८ लाख २० हजार रूपैयाँ ताेकिएकाे छ । रेनो ट्राइबरले बि-सेगमेन्टका गाडीहरु खरिद गर्न चाहने ग्राहकहरुलाई उच्च मुल्याङकन प्रस्ताव गर्दछ । रेनो ट्राइबर विशाल, अल्ट्रा मोड्युलर, इन्धन खपत गर्ने गाडी जो जसमा आकर्षक इन्टेरियरसहित ४ मिटरको स्पेसमा विभिन्न आधुनिक र व्यवहारिक विशेषताहरु छन्। रेनो ट्राइबर आकर्षक डिजाइन भएको रुमी र मोड्युलर सुविधा सम्पन्न सवारी साधन हाे । रेनो ट्राइबर ४ ट्रिममा उपलब्ध छ – आरएक्सइ, आरएक्सएल, आरएक्सजेड जसमा २० भन्दा बढि विशेषताहरु रहेका छन् । रेनो ट्राइबरको संस्करण र मुल्यमा ग्राहकहरुलाई हरेक संस्करण स्तरमा उत्तम मूल्य लाभ सुनिश्चित गर्दछ । यसले रेनो ट्राइबर स्टाइलिस, फराकिलो, आधुनिक र व्यवहारिक सुविधा सम्पन्न, अल्ट्रा मोड्युलरले सुसज्जित छ र कुल १०० भन्दा बढि विभिन्न सिट कन्फ्रिगेसनहरु छ ३० भन्दा बढि उत्कृष्ट विशेषताहरू जस्तै इजीफिक्स सिट, एसयुभी स्कीड प्लेट्स, एलइडी इन्स्टुमेनट क्लस्टर, दोस्रो र तेस्रो रो मा टुइन एसी भेन्ट, १८२ एमएम को उच्च ग्राउण्ड क्लियरेन्स र ८ इन्चको टच स्कीन मिडिया नेभिगेसन इभोलुसन प्रणालीहरु रहेको छ । यसमा नयाँ इन्धन इन्जिन : रेनो ट्राइबरमा १ लिटरको पेट्रोल इन्जिन राखिएको छ जसले प्रदर्शन र इन्धनमा एकरुपता कायम गरेर कुल मेन्टेनेन्श खर्च कम गर्ने कम्पनीले जनाएकाे छ । “हामी हाम्रो नयाँ गेम चेन्जर-रेनो ट्राइबर आज नेपालमा सार्वजनिक गर्न पाउँदा अत्यन्तै खुशी छौं । अन्य बजारहरुमा जस्तै हामी आशावादी छौं कि यो विशाल, अल्ट्रा मोड्युलर गाडीले यो सेगमेन्टमा थुप्रै ग्राहकहरु आकर्षक गर्नेछ । यसको आकर्षक मुल्य निर्धारणका साथ गाडी खरिद गर्ने निर्णय गर्दा उच्च मुल्याङकन खोज्ने ग्राहकहरुका लागि रेनो ट्राइबर गाडी निकै उपयुक्त छ । रेनो ट्राइबरले भारतमा एक सफल अवधारणको रुपमा आफूलाई स्थापना गरिसकेको छ र ग्राहकहरुबीच पनि ठुलो स्वीकार्यता देखिएको छ । हामी ट्राइबर परिवारललाई बढाउदै हाम्रा अमुल्य ग्राहकहरुलाई यो परिवारमा स्वागत गर्न चाहन्छौं,” रेनो इन्डिया अपरेशनका कन्ट्री प्रमुख कार्यकारी अधिकृत र प्रबन्ध निर्देशक वेंकटराम ममिलापल्ले भने । कम्पनीका अनुसार रेनो ट्राइबर आकर्षक रुपले डिजाइन गरिएको छ, कडा, कम्प्याक्ट, फराकिलो, भर्सटाइल तथा मोड्युलर गाडी हो । रेनो ट्राइबर नेपाली ग्राहकहरुको अपेक्षाहरुको पूर्ण विशलेषण हो जसले अपराजय लचिलोपन प्रदान गर्दछ । रेनो ट्राइबर वास्तविक गेम चेन्जर हो, यसको आधुनिक, फराकिलो तर कम्प्याक्ट, अल्ट्रा मोड्युलर, इन्धन खपत गर्ने आकर्षक इन्टेरियर र विभिन्न आधुनिक तथा व्यवहारिक विशेषता भएको गाडी हो । रेनो ट्राइबरमा यो श्रेणीको ५ सिटर कन्फिगेशनमा सबैभन्दा ठुलो बुट क्षमता छ। एडभान्स अटोमोबाइल प्रा.लि.का प्रबन्ध निर्देशक निकुञ्ज अग्रवालले भने, “नेपालमा रेनो ब्राण्डलाई विस्तार गर्दै हरेक बर्ष बिक्री मात्रा बढाउँदै लैजान हामीसँग प्रष्ट उद्देश्य र रणनीति छ । रेनो ट्राइबरले हाम्रो विस्तार योजनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ र स्पेश र मोडुलारिटीमा नयाँ बेन्चमार्क बनाउनेछ । रेनो ट्राइबरले कन्टेम्पोररी डिजाइन, आधुनिक विशेषता, धेरै स्पेश, रुमीनेश र भर्सटाइलिटी प्रदान गर्दछ । नेपालमा रेनो ट्राइबर भित्र्याउन पाउँदा हामी निकै खुशी छौं ।”

माछापुच्छ्रे क्यापिटलले पायो मर्चेन्ट बैंकरको अनुमति

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को अनुमति पाएको छ । यससँगै क्यापिटलले मर्चेन्ट बैंकरको रुपमा धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवाको कार्य गर्नेे छ । यस अनुमतिपश्चात माछापुच्छ्रे बैंकको पूर्ण स्वामित्व रहेको सहायक कम्पनी माछापुच्छ्रे क्यापिटल पनि मर्चेन्ट व्यवसायमा प्रवेश गरेको छ । चुक्ता पुँजी २० करोड रहेको यस माछापुच्छ्रे क्यापिटलले उपरोक्त सेवाहरु प्रदानगर्नकालागि सम्पुर्ण तयारी गरिसकेको र निकट भविष्यमा सेवा सुचारु गर्ने व्यहोरा क्यापिटलका अध्यक्ष सन्तोष कोइरालाले जानकारी गराएका हुन् । यस संस्थाले निक्षेप सदस्यको रुपमा सेवा प्रदान गर्नुका साथै भविष्यमा म्युचयल फण्ड, भेन्चर क्यापिटल, प्राइभेट इक्वीटी लगायतका सेवाहरु प्रदान गर्ने क्यापिटलले बताएको छ ।

मालाश्री मोटर्स टिभीएस शोरुममा नयाँ बाइक किन्नेहरूकाे भिड

काठमाडौं । मालाश्री मोटर्स टिभीएस शोरुममा नयाँ बाइक किन्ने ग्राहकको भिड लागेको छ । जगदम्बा मोटर्सले चितवनको नारायणघाट शोरुममा ‘’थामिएको जिवनको रफ्तारमा बदल्न परिवर्तन जरुरि छ” भन्ने नाराको शुरुभएको मेघा एक्सचेञ्ज माघ ५ गते देखि माघ ९ गतेसम्म संचालन भईरहेको छ । जगदम्बा मोटर्सले विभिन्न आकर्षक मोडलहरु तथा पावर इन्जिनहरुमा मोटरसाईकल तथा स्कूटरहरु उपलब्ध गराई बिक्रिवितरण गर्दै आएको छ । पछिल्लो समय ग्राहकको सुबिधालाई ध्यानमा राखि कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल तथा स्कुटर छोडेर बदल्न तथा त्यसको लागि नयाँ बाइक तथा स्कुटर लिएर जानुस भन्ने उदेश्यले यो मेघा एक्सचेन्ज गरिएको हो । यस योजनामा ग्राहकहरुले ३ तरिकाबाट नयाँ टिभीएस मोटरसाईकल तथा स्कुटर रोज्ने सुबिधाप्राप्त गर्नेछन् । पहिलो सुबिधा अन्तर्गत आफूसँग भएको मोटरसाईकलको बजार भ्यालुएसनमा थप १५ हजार भ्यालुएसन प्राप्त गर्ने छन्, त्यस्तै दोस्रो सुविधामा बाइक तथा स्कुटरको खरिदमा ७ हजार नगद छुट प्राप्त गर्ने छन् तेस्रो सुविधामा शुन्य प्रतिशत फाइनान्समा बाइक तथा स्कुटर प्राप्त गर्ने छन । यसका अतिरिक्त टिभीएस टु ह्वीलर खरिद गर्दा हेलमेटपनि उपहार स्वरूप प्राप्त गर्ने कुरा जगदम्बा मोटर्स टिभीएसका रिजनल अफिसर देबेन्द्र ढुङ्गाले जानकारी दिए । टिभीएस एन्टर्क रेस एडिसन र एक्सेल हन्ड्रेटमा माथि उल्लेखित स्किमहरु लागु हुने छैन भने यो मेघा एक्सचेन्ज अफरबाट ग्राहकलाई धेरै नै फाइदा पुगेको र भोलि अन्तिम दिनसम्म ग्राहकको भिड साथै बिक्रिको लक्ष्य पुरा गर्ने टिभीएस शोरुम नारायणगढमा रहेको मलाश्री मोटर्सका प्रबन्ध निर्देशक भीमसेन श्रेष्ठले बताए ।

एनआरएनलाई काठमाडौं नेचुरोपेथी अस्पतालमा विशेष छुट

काठमाडौं । काठमाडौँं नेचुरोपेथी अस्पताल बसन्धुराले गैरआवासीय नेपालीलाई विशेष छुट दिने भएकाे छ। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को काठमाडौंको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा बुधबार गैरआवासीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत हेमन्तकुमार दवाडी र काठमाडौं नेचुरोपेथी अस्पतालका अध्यक्ष गणेश पाण्डेबीच सो सम्बन्धि सम्झौता भएको हो । सम्झौता अनुसार गैरआवासीय नेपालीले अस्पतालको सेवामा १० देखि २५ प्रतिशतसम्म छुट पाउने छन् ।अस्पतालको सम्पूर्ण उपचारमा १० प्रतिशत, भर्ना भएर बस्ने बिरामीका लागि शैयामा १० प्रतिशत, चिकित्सक परामर्श शुल्कमा २५ प्रतिशत र स्पासम्बन्धी सम्पूर्ण सेवामा १० प्रतिशत छुटको व्यवस्था गरिएको अस्पतालका अध्यक्ष पाण्डेले जानकारी दिएका हुन् । सम्झौता समारोहमा एनआरएनएका अध्यक्ष कुमार पन्त, उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ, सचिव गौरीराज जोशी, अस्पतालका कार्यकारी निर्देशक शारदा गैरे, मेडिकल निर्देशक डा. यञ्जन गैह्रे, प्रबन्धक विनादेवी घिमिरे लगायतको उपस्थिति थियो । यो सम्झौताबाट विश्वभर छरिएका गैरआवासीय नेपाली संघका ८० हजार सदस्य र उनीहरुका परिवार लाभान्वित हुने एनआरएनएका उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठले बताए । अत्याधुनिक सेवा-सुविधासहित काठमाडौंको बसुन्धारामा स्थापित काठमाडौँ नेचुरोपेथी अस्पताल आधुनिक प्रविधिहरुको माध्यमबाट बिना अप्रेशन र बिना औषधी नैै उपचार गरिने अत्याधुनिक प्राकृतिक अस्पताल हो । यस अस्पतालमा औषधीविहीन चिकित्सा पद्दतिहरु प्राकृतिक चिकित्सा, फिजियोथेरापी, मसाजथेरापी, हाइड्रोथेरापी, अकुपञ्चर तथा अकुप्रेसर, योगथेरापी, भोजन परामर्श साथै जीवनशैली क्लिनिकको माध्यमबाट उपचार गरिन्छ ।  

मेडिसिटी अस्पतालमा पिआईसियू सञ्चालनमा, बालबालिकाको उपचारमा थप टेवा पुग्ने

काठमाडौं । नेपाल मेडिसिटी अस्पतालको बाल सघन उपचार केन्द्र अर्थात पिआइसियुुको बुधबार उद्घाटन गरिएको छ । सातै दिन २४सै घण्टा सञ्चालनमा रहने बालबालिकाकै लागि समर्पित सघन उपचार केन्द्रको उद्घाटन अस्पतालका चिकित्सकहरुले गरेका हुन् । अन्तर्राष्ट्रिय उपचार मापदण्ड अनुसार पिआईसियुको धेरै महत्व भएका कारण नेपाल मेडिसिटी अस्पतालले यस किसिमको बाल सघन उपचार कक्षको सञ्चालनमा जोड दिएको अस्पतालका महाप्रबन्धक विजय रिमालले जानकारी गराएका छन् । बालरोग विशेषज्ञ चिकित्सकहरुको निगरानीमा रहि उपचार गरिने समर्पित सघन कक्षले बालबालिकाको उपचारमा थप टेवा पुग्ने अपेक्षा राखिएको बालरोग विशेषज्ञ डा. आन्या शर्माले जनाएका छन् । माघ ८ गते बुधबारबाट शुभारम्भ भएको पिआइसियुुमा हालका लागि १० बेडको व्यवस्था गरिएको छ ।

राइट पाथ कन्सल्टेन्सीको ब्राण्ड एम्बेसडरमा नायिका पूजा शर्मा

काठमाडौं। नायिका पूजा शर्मा राइट पाथ कन्सल्टेन्सीको ब्राण्ड एम्बेसडर बनेकी छन् । उनी राइट पाथ करियर काउन्सिलिङको ५ वर्षको लागि ब्राण्ड एम्बेसडर बनेकी हुन् । पछिल्लो समय फिल्ममा ब्यस्त रहेकी शर्माले पहिलो पटक कन्सल्टेन्सीमा आफुलाइ आबद्ध गरेकी हुन् । पूजा शर्मालाई आफ्नो राइट पाथ परिवारको सदस्य बनाउन पाउदा खुसि लागेको एमडी फिलिप डिसीले बताएका छन् । बिगत ३ वर्ष देखि संचालनमा आएको यस् संस्थाका देशभर ४ वटा र देशबाहिर लण्डनमा एक  शाखा रहेकाे छ । राइट पाथ मार्फत क्यानाडा, बेलायत, अष्ट्रेलिया, न्यु जिल्याण्ड लगायत युरोपको विभिन्न देशमा अध्ययनको लागि जान परामर्श लिन सकिन्छ ।