विकासन्युज

भारतीय सेनापतिलाई नेपाल भ्रमणको निम्तो दिन स्वीकृति, यी हुन् मन्त्रिपरिषद्का २३ निर्णय

काठमाडौं । सरकारले भारतीय स्थल सेनाका सेनाध्यष जनरल एम एम नरभानेलाई नेपाल भ्रमण्को औपचारिक निमन्त्रण पठाउन नेपाली सेनालाई स्वीकृति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्का २३ वटा निर्णयहरु आज सिंहदरबारमा सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बाँस्कोटाले उक्त जानकारी दिएका हुन् । अब नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले उनलाई औपचारिक निम्तो पठाउनेछन् । भारतीय सेनापति नेपाली सेनाका मानार्थ प्रधानसेनापति रहने व्यवस्था भएकाले नरभाने पदवी लिन नेपाल आउनेछन् । यसका लागि सेनाले तयारी गरेर निम्तो पठाउन स्वीकृति लिएको हो । यसैगरी, इजरायली डिफेन्स फोर्सका प्रमुख जनरल अभिभ कोचाभी पनि नेपाल आउने भएका छन् । उनलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रण पठाउन सरकार स्वीकृति दिएको छ ।

सेञ्चुरी बैंकले पौने ७ प्रतिशत लाभांश दिने

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सेयरधनीलाई पौने ७ अर्थात ६.७५ प्रतिशत लाभांश दिने घोषणा छ । माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । बैठकले असार मसान्तमा कायम चुक्ता पुँजीको २ प्रतिशत बोनस र कर सहित ४.७५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । कम्पनीको चुक्ता पुँजी ८ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । २ प्रतिशत बोनस पश्चात कम्पनीको चुक्ता पुँजी ८ अर्ब ५८ करोड रुपैयाँ नाघ्ने छ ।

नेपाल भ्रमण वर्ष सचिवालयले संसारकै अग्लो स्थान गोक्योे तालमा स्केटिङ खेल गर्दै

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० सचिवमलयले संसारकै अग्लो हिमाल सगरमाथाको गोक्यो तालमा स्केटिङ खेलको आयोजना गर्ने भएको छ । सभिवालयले बिहिबार पत्रकार सम्मेलन गर्दै १४ फेब्रअरी अर्थात फागुन २ गते पत्रकारस सम्मेलन गर्दै स्केटिङ खेलको आयोजना गर्ने बताएको हो । खेल खेल्नका लागि अमेरिका, क्यानडा, रसिया र भारतबाट खेलाडि आइसकेका छन् । नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने घोषणा अनुसार पर्यटकहरु आकर्षित गर्नका लागि विभिन्न कार्यक्रम आयोजना गरिरहेके सचिवालयले जनाएको छ । नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यले २० लाख पर्यटक भित्र्याउने लक्ष्य अनुसार पर्यटकका लागि नयाँ उत्पादन उपलब्ध गराउने र नयाँ पर्यटकीय गन्तव्य स्थापित गर्ने उद्देश्यले उच्च हिमाली भेगमा नयाँ खेल गर्न लागिएकाे बताए । उनले सगरमाथा क्षेत्रको गोक्यो तालमा मैत्रीपूर्ण आइस हक्की र आइस स्केटिङ प्रतियोगिता आयोजना हुने बताए । हिमाली क्षेत्रमा धेरै खर्च गरेर जाने पर्यटकलाई आकर्षित गर्न र अफ सिजनमा समेत नेपालमा पर्यटकहरुलाई भित्र्याउनका लागि यो खेल महत्वपूर्ण हुने विश्वास गरिएको छ। विश्वभरी खुला तालमा हुने यस्ता प्रतियोगिताहरु प्रसिद्ध भइरहेका बेला नेपालको हिमाली क्षेत्रमा रहेको ठूलो संभावनालाई नेपाल भ्रमण वर्षले एउटा नयाँ उत्पादनका रुपमा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउने लक्ष्य अनसार यो खेल आयोजना गरेको हो। । गोक्यो ताल सोलखम्ब जिल्लाको ४ हजार ७ सय ९० मिटर उचाईमा अवस्थित छ । यो प्रतियोगिता संसारकै अग्लो स्थानमा आयोजना हुने पहिलो आइस हक्की र आइस स्केटिङ प्रतियोगिता पनि हो। रामसार क्षेत्रमा सूचीकृत गोक्यो क्षेत्र हिमताल र मनमोहक हिमाली दृश्यका लागि आकर्षक मानिन्छ । यस ठाउँमा स्वदेशी तथा विदेशी पर्यटकको मुख्य रोजाइको क्षेत्र पनि हो। सगरमाथा राष्ट्रिय निकुन्ज भित्र रहेको यो तालमा पानी जमेर अहिले आइस हक्की र आइस स्केटिङ प्रतियोगिताका लागि उपयुक्त स्थानका रुपमा रुपान्तरण भएको छ । यो खेल हुनुपूर्व अमेरिकी विशेषज्ञहरुले तीन सातासम्म स्थलगत अध्ययन गरी सो क्षेत्र खेलका उपयुक्त भएको निश्कर्ष निकालिएको हो । गोक्यो क्षेत्रमा ६ वटा मुख्य तालहरू रहेका छन ।

बोर्डका अध्यक्षद्धारा माछापुच्छ्रे क्यापिटलको उद्घाटन, भन्छन्- पुँजीबजार क्षेत्रकाे विकासमा सहयाेग पुग्छ

काठमाडौं । माछापुच्छ्रे बैंकको पूर्ण स्वामित्वमा रहेको माछापुच्छ्रे क्यापिटलको उद्घाटन भएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना र माछापुच्छ्रे बैंकका अध्यक्ष डा. बिरेन्द्र प्रसाद महतोले बिहीबार एक औपचारिक कार्यक्रमबीच क्यापिटलको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उक्त समारोहमा बोर्डका अध्यक्ष ढुङ्गानाले माछापुच्छ्रे क्यापिटलले देशको खुम्चिएको पुँजीबजार क्षेत्रको विकास गर्न तथा नयाँ क्षेत्रहरुको पहिचान गरी नयाँ कार्यक्रमहरु बजारमा ल्याउन सफल बन्न शुभकामना दिएका छन् । साथै, पुँजीबजार क्षेत्रमा नविनता ल्याउन जरुरी भएको परिप्रेक्ष्यमा यस क्यापिटलले थप व्यवसायिकता र नयाँ कार्यशैली सहित मर्चेन्ट बैकिंग क्षेत्रमा प्रवेश गर्नेछ भन्ने विश्वास लिएको उनले बताए । त्यस्तै, माछापुच्छ्रे बैंकका अध्यक्ष डा. बिरेन्द्र प्रसाद महतोले माछापुच्छ्रे क्यापिटललाई बधाई दिँदै यस क्यापिटलले आफ्नो व्यवसाय विस्तारको क्रममा राजधानी भित्र मात्र नभै देशभरी रहेका लगानीकर्ताहरुलाई सेवा पुर्याउनु पर्नेमा जोड दिँदै अन्य सेवाको रुपमा क्यापिटललाई विस्तार गर्ने प्रतिवद्घता व्यक्त गरेका छन् ।

झुक्किएर बीमा क्षेत्रमा पसेका महालक्ष्मी लाइफका डीसीओ श्रेष्ठ भन्छन्ः मलाई धकेल्नेलाई धन्यवाद

काठमाडौं । २०५८ साल जेठ १ गतेबाट रामेश्वर श्रेष्ठ बीमा क्षेत्रमा प्रवेश गरे । उनले सो अवधिदेखि २०७४ सालसम्म नेपाल लाईफ इन्स्योरेन्समा काम गरे । सुरुका २ वर्ष नेपाल लाइफको शाखामा काम गरेका उनले त्यसपश्चात सोही कम्पनीको फाइनास्स चिफ भएर काम गर्ने अवसर पाए । हाल महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको डेपुटी सिइओ पद सम्हालेका श्रेष्ठ मास्टर्स गरेपछि झुक्किएर बीमा क्षेत्रमा प्रवेश गरेको बताउछन् । हाल भने उनी सो पेशामा सन्तुष्ट रहेका छन् । र, युवा पुस्ताको लागि बीमा क्षेत्र असाध्यै सम्भावनाको क्षेत्र हो भन्ने उनको बुझाई छ । आफूले जानेर गरेको कुरा मात्र भन्दापनि कहिलेकाँही नबुझेको कामले समेत आफूलाई राम्रो गर्ने उनको अनुभव छ । विदेशमा गएर पसिना बगाएका दाजुभाइले नेपालमा राम्रोसँग काम गरे प्रसस्त सम्भावना र अवसर रहेको उनले देखेका छन् । बीमा क्षेत्रलाई दुःखको बेलामा अर्काको आखाँको आशु पुछ्ने व्यवसायको रुपमा उनले बुझेका छन् । र, सबैले बीमा गर्नै पर्ने उनको सुझाव पनि छ । ‘बीमा गर्दा आफ्नै जीवनकालमा पनि फाइदा हुन्छ, र अर्काे कुरा, कुनै न कुनै दिन त हामी सबैजना पर्छाैं नै, बीमा भनेको यस्तो क्षेत्र हो, जसले बाँच्दा पनि फाइदा दिन्छ र मर्दा पनि आश्रित परिवारलाई आर्थिक क्षतिपूर्ति दिन्छ,’ श्रेष्ठले भने । बीमा क्षेत्रमा काम गर्दा आम्दानी पनि धेरै हुने उनले बताए । ‘विगत २/४ वर्षयता बीमा क्षेत्रमा लागेका मान्छेहरुले नसोचेको सम्पत्ति कमाएका छन्, इमान्दारीपूर्वक काम गर्ने हो भने यो क्षेत्रबाट कमाई धेरै हुन्छ,’ श्रेष्ठ अनुभव सुनाउँछन् । बीमा क्षेत्रको बारेमा जानकारी लिन यही क्षेत्रमा पस्नुपर्ने उनको तर्क छ । बाहिरबाट हेर्दा देखिने सम्भावना र भित्र पसेर अनुभव र उपयोग गर्न सकिने अवसरमा फरक हुन सक्ने श्रेष्ठले बताए । उनको प्राथमिकतामा महालक्ष्मी लाइफ इन्स्यारेन्स कम्पनीको बजार तथा व्यवसाय विस्तार छ । पछिल्लो चरणमा संचालनमा आएका १० वटा जीवन बीमा कम्पनीमध्ये पनि महालक्ष्मी सबैभन्दा कान्छो कम्पनी हो । तर, यो कम्पनीको व्यवसाय विस्तार अन्यको तुलनामा राम्रो रहेको श्रेष्ठको दाबी छ । गत वर्ष महालक्ष्मी लाइफले ४ महिनामा नै ११ करोड रुपैयाँ नाफा गर्यो । महालक्ष्मीलाई नयाँ १० वटा कम्पनीसँग प्रतिस्पर्धा मात्रै गर्ने छुट छैन । अहिले संचालनमा रहेका १९ वटा कम्पनीसँग नै प्रतिस्पर्धा गर्नुपर्नेछ । धेरै परिसूचक तुलना गर्दा पनि महालक्ष्मी इन्स्योरेन्स कम्पनी समग्रतामा १०औं स्थानमा रहेको श्रेष्ठले बताए । महालक्ष्मीको लक्ष्य नै बीमा बजारमा सबैभन्दा धेरै बोनस दिने कम्पनीको रुपमा पहिचान बनाउने । यसका लागि कम्पनीको सम्पूर्ण टीम दिनरात मेहेनत गरिरहेको उनले सुनाए । नियामक निकायले तोकेको मापदण्ड तथा बीमा बजारका मानकलाई आत्मसाथ गर्दै अगाडि बढेमा कम्पनीले राम्रो प्रगति गर्ने उनको बुझाइ छ । महालक्ष्मी लाइफका २ चुनौति महालक्ष्मी इन्स्योरेन्सको चुनौतिमा कान्छो कम्पनी भएकाले विश्वास दिलाउन गाह्रो एउटा चुनौति हो । आफूभन्दा अगाडि नै १८ वटा कम्पनीले बजारमा प्रतिस्पर्धा सुरु गरेकोले ढिलो आएको कम्पनीलाई स्थापित हुन संघर्ष गर्नुपर्ने देखिन्छ । कम्पनीको अर्को चुनौति भनेको प्रतिस्पर्धा हो । बीमा बजारमा केही हदसम्म अस्वस्थ्य प्रतिस्पर्धा पनि हुन थालेकोले त्यसको सामना गरेर अगाडि बढ्ने कम्पनी नै भविष्यमा अब्बल ठहरिन्छ । यसको लागि महालक्ष्मीले आफूलाई अब्बल स्थापित गर्नुपर्छ । अबको ५ वर्षभित्रमा सबैभन्दा राम्रो कम्पनी बनाउने अभियानमा महालक्ष्मी इन्स्यारेन्स छ । कम्पनीको व्यवसाय नयाँ बीमा कम्पनी आउँदा प्रतिस्पर्धा बढ्छ नै । भएको बजारलाई भागबण्डा गर्ने हो भने सबै कम्पनीको आम्दानी घट्छ भने बिमितले फाइदा पनि कम पाउँछन् । तर, बजार विस्तार गर्न सकेमा बीमा क्षेत्रलाई नै फाइदा हुन्छ । बिमितलाई पनि बढी लाभ प्राप्त हुन्छ । यसै कुरालाई केन्द्रमा राखेर महालक्ष्मीले बजारको दायरा नै बढाउने अभियान थालेको छ । अधिकांश परिसूचकको तुलना गर्दा महालक्ष्मी लाइफ इन्स्योरेन्स १०औं स्थानमा पर्नुले आफ्नो व्यवसाय बृद्धि राम्रो रहेको पुष्टी हुने श्रेष्ठ बताउँछन् । सोसल ड्रिङ्कर मदिराजन्य पदार्थको सेवनमा डेपुटी सीईओ श्रेष्ठको त्यति लगाव छैन । तर, साथीभाइ र अफिसकै केही जमघटमा भने कहिले काँही मदिराजन्य पदार्थको सेवन गर्नुपर्ने उनी बताउँछन् । ‘कहिले काँही पिउने गरेको छु, अफिसका सहकर्मी तथा साथीभाइहरुका बीचमा कहिले काँही पिउने भएकोले मलाई सोसल ड्रिङ्कर भन्दा उपयुक्त होला,’ उनले हास्दै भने । राम्रो बानी श्रेष्ठको स्वभाव सबैसँग मिल्नसक्ने खालको छ । नयाँ मान्छेहरुसँग पनि उनी सजिलै घुलमिल हुन्छन् । र, उनले काम गरेर छोडेका संस्थाका हाकिमदेखि तल्लो तहका कर्मचारी पनि उनलाई सम्झन्छन् । ‘प्रतिस्पर्धी कम्पनीका सीईओदेखि पियनसम्म केक बोकेर भेट्न आउँछन्, साथी सर्कल ठूलो छ, मेरो सबैभन्दा ठूलो सम्पत्ति नै यही हो,’ श्रेष्ठले भने । नराम्रो बानी उनी अलि हक्की स्वभावका छन् । त्यसैले कुनै बेला उनी अलि कडा रुपमा पनि प्रस्तुत हुने गर्छन् । यो बानी उनी आफैलाई पनि ठीक लाग्दैन । ‘कसैले नचाहिने काम गर्यो भने मलाई झनक्क रिस उठ्छ, रिस उठेको बेलामा त्यस्तै रुपमा प्रस्तुत हुन्छु, यो मेरो बानी ठीक होइन, त्यसरी रिसाएँ भने तत्काल पश्चाताप गर्ने गर्छु,’ श्रेष्ठले भने । बीमा व्यवसाय धर्म, बिमित भगवान बीमा प्रोफेसनलको रुपमा उनी बिमितलाई भगवान ठान्छन् । बिमितको कारणले नै बीमा कम्पनीको व्यवसाय बढेको, राज्यलाई ठूला परियोजना संचालन गर्ने स्रोत उपलब्ध भएको, सरकारले कर प्राप्त गरेको, सर्वसाधारणले रोजगारी पाएको जस्ता व्याख्या उनी सुनाउँछन् । र, बीमाकर्म उनको धर्म बनेको छ । बीमा धर्मबाट आफू कहिल्यै बिचलित नहुने उनले सुनाए । कुराकानीको बिट मार्ने बेलातिर उनले एउटा कथा सुनाए । त्यो कथाको सार यस्तो थियो– कुनै ठाउँमा स्वीमिङ प्रतिस्पर्धा चलिरहेको रहेछ । त्यहाँ एक जना स्वीमिङ गर्न जान्ने व्यक्ति पनि रहेछ । तर, उसलाई पोखरीमा हामफाल्ने आँट आइरहेको रहेनछ । यस्तैमा कसैले सो व्यक्तिलाई पोखरीमा धकेलिदिएछ । पोखरीमा परेपछि ऊ मज्जाले पौडन थालेछ र प्रतिस्पर्धामा सबैलाई जितेर प्रथम भएछ । र भनेछ– मलाई धकेलेर जसले पोखरीमा हालिदिनुभयो, उहाँलाई धेरै धेरै धन्यवाद छ । यो कथाको प्रसंग उनले आफूलाई बीमा क्षेत्रमा धकेल्ने व्यक्तिका लागि सुनाएका थिए । बीमा क्षेत्रमा आउने उनको तीब्र इच्छा नभए पनि जागिरको खोजीकै क्रममा यो क्षेत्रमा आएका थिए ।

श्रम मन्त्रालय भन्छः ६ महिनामा लक्ष्यकाे ७० प्रतिशत काम गर्याैं

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्यकाे ७०.५ प्रतिशत प्रगति भएको दाबी गरेकाे छ । ६ महिनायताकाे समयमा २८.८ प्रतिशत प्रगतिको क्रममा रहेको तथा ०.७ प्रतिशत कार्यक्रम शुरुवात हुन नसकेको जानकारी दिएको छ । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयमा भएको चालु आर्थिक वर्षको बजेट तथा कार्यहरुको समीक्षा गर्दै मन्त्री रामेश्वर रायले हालसम्म ७० प्रतिशत भन्दा बढी काम भइसकेको दाबी गरेका छन् । मन्त्री रायको अध्यक्षतामा बसेको बैंठकले वार्षिक नीति, कार्यक्रम र बजेट कार्यान्वयन कार्ययोजनाकाे समीक्षा गरेको हो । रोजगारीको क्षेत्र र सम्भावनाको खोजी भइरहेको जानकारी दिँदै सीपमुलक तालिमलाई थप प्रभावकारी बनाउन अन्तरिक रोजगारी, स्वरोजगारी तथा वैदेशिक रोजगारीलाई उपलब्धीमूलक बनाउने कार्य भइरहेको मन्त्री रायले जानकारी दिए । सचिव विनोद केसीले आगामी दिनमा कार्यक्रम कार्यान्वयन प्रभावकारिता देखाउन बाँकी खरिदको सूचना शीघ्र प्रकाशन गर्ने निर्देशक दिनुका साथै श्रम सम्बन्ध असल राख्ने, वैदेशिक रोजगारीमा ठगी अनियमितता घट्ने, सामाजिक सुरक्षा कोष तथा आन्तरिक रोजगारीलाई प्रोत्साहन दिने बताएका छन् ।

बीमा क्षेत्रमा अर्काे तरंग ल्याउँदै नियामक, जोखिममा आधारित पुँजी लागू गरिँदै

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले बजारमा ठूलो तरंग ल्याउन लागेको छ । अहिलेसम्म बीमा कम्पनीहरुको लागि गरिएको पुँजीको व्यवस्थामा व्यापक परिवर्तन हुन लागेको छ । समितिले तोकेअनुसारको पुँजी पुर्याए हुने अहिलेको व्यवस्था परिवर्तन गर्दै जोखिममा आधारित पुँजीको अवधारणा ल्याउन लागिएको हो । यसका लागि आवश्यक गृहकार्य भइरहेको समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले जानकारी दिए । ‘अहिलेसम्म नियामकीय प्रावधान अनुसारको पुँजी तोक्ने गरिएको थियो, अहिले संसारभर जोखिममा आधारित पुँजीको अवधारणा कार्यान्वयनमा छ, त्यसैले अब हामी पनि जोखिममा आधारित पुँजीको व्यवस्था गर्न लागेका हौं,’ अध्यक्ष चापागाईंले भने । के हो जोखिममा आधारित पुँजी ? अहिलेसम्म जीवन बीमा कम्पनीको लागि २ अर्ब र निर्जीवन बीमा कम्पनीको लागि १ अर्ब रुपैयाँ पुँजी भए हुन्थ्यो । यति पुँजीको आधारमा बीमा कम्पनीहरुले भेटेजति बीमा गर्थे । यस्तो व्यवस्था परिवर्तन गर्न लागिएको छ । बीमा समितिले कार्यान्वयन गर्न लागेको जोखिममा आधारित पुँजी व्यवस्थामा विशेष गरेर ५ प्रकारका जोखिम पहिचान गरिएको छ । यस्तो जाेखिममा बीमा जोखिम, कर्जा जोखिम, तरलता जोखिम, संचालन जोखिम र बजार जोखिम छन् । यस्ता जोखिमको लागि पुँजीको मात्रा तोकिने छ । यसमध्ये बीमा जोखिमलाई सल्भेन्सी मार्जिन अनुसार १ः१.५ तय भइसकेको छ । यो व्यवस्था अनुसार कुनै बीमा कम्पनीले १ अर्ब रुपैयाँको बीमा जोखिम लिने हो भने सो कम्पनीसँग १ अर्ब ५० करोड रुपैयाँ सम्पत्ति हुनुपर्नेछ । अन्य ४ प्रकारका जोखिममा पुँजीको आधार बीमा समितिले तोक्नेछ । कम्पनीले आफ्ना कर्मचारी वा अभिकर्तालाई दिएको ऋणको कारण उत्पन्न हुन सक्ने जोखिमलाई कर्जा जोखिम अन्तरगत राखिएको छ । यस्तै, तरलता अभावको कारण उत्पन्न हुन सक्ने जोखिमलाई तरलता जोखिम अन्तरगत राखिएको छ । कम्पनीको सुशासनको अवस्था कस्तो छ, व्यवस्थापन चुस्त ढंगले चलेको छ वा छैन भन्ने जस्ता विषयको अध्ययन गरेर समितिले संचालन जोखिम तय गर्नेछ । समितिले पहिचान गरेको अर्काे जोखिम बजार जोखिम हो । बजारमा उत्पन्न हुन सक्ने जोखिमको लागि थप पुँजीको व्यवस्था गर्न लागिएको छ । जोखिममा आधारित पुँजीको व्यवस्थापछि कम्पनीहरु थप बलियो हुने र बीमा क्षेत्रप्रति सर्वसाधारणको विश्वास बढेर बीमाको दायरा बृद्धि हुने समितिको भनाइ छ । याे व्यवस्था जीवन र निर्जीवन दुबै प्रकारकाे व्यवसाय गर्ने कम्पनीमा लागू हुनेछ ।

‘कारवाही नगरे खै गरेको भन्छन्, गर्यो किन गरेको भन्छन्’

काठमाडौं । राष्ट्रियसभाका सांसदले वर्तमान सरकारले भ्रष्टाचार अन्त्यको अभियानलाई व्यवहारमै कार्यान्वयन गर्नुले मुलुकका लागि सकारात्मक सङ्केत भएको टिप्पणी गरेका छन् । राष्ट्रियसभाको बिहीबारको बैठकको विशेष समयमा सांसद रामनारायण विडारीले वर्तमान सरकारले भित्रभित्रै फैलिएको आपराधिक कार्य भ्रष्टाचारलाई आक्रामकरूपमा प्रहार गर्दै आएकामा सबै खुशी हुनुपर्नेमा विरोध गर्नु गलत भएको बताए । “भ्रष्टाचारलाई विगतदेखि नै जटिल बनाउँदै कसैले पनि ‘एक्सन’ गर्न नसक्ने बनाइएको थियो, वर्तमान सरकारले भित्रभित्रै फैलिएको आपराधिक कार्य भ्रष्टाचारीलाई आक्रामकरूपमा प्रहार गर्दै आएकामा सबै खुशी हुनुपर्नेमा नेपालको प्रगति नै रोक्ने भ्रष्टाचार तितरवितर गराएको अवस्थामा किन विरोध भइरहन्छ”, उनले भने । उनले ‘वर्तमान सरकारले सुन तस्करलाई खोजेर पक्राउ गरेको छ, न्यायाधीशलाई कारवाही गरेको छ र प्रहरीका अधिकारीलाई जेलमा हालेको छ, अख्तियारका प्रमुख नै भ्रष्टाचारमा मुछिएका छन् । मन्त्री, सचिव र उद्योगपति कर्मचारीहरुलाई भ्रष्टाचारको मुद्दा लाग्दा सरकारले गजब गरेको भन्नुपर्ने हैन र’ भन्दै प्रश्न गरेका छन् । उनले भने, “कारवाही नगरे खै कारवाही गरेको भन्छन्, कारवाही गर्यो किन गरेको भन्छन्, फौजदारी अपराधमा मनसाय महत्वपूर्ण कुरा हो मनसाय छ कि छैन त्यो हेर्नुपर्यो नि । दुई-तीन तहपछि जग्गा किनेको मान्छेलाई के थाहा । अब अदालतले एकएक केलाएर मुद्दा हेर्ने भएकाले विरोधको कुनै तुक छैन ।” सांसद बद्रीप्रसाद पाण्डेले ललिता निवास जग्गा प्रकरणमा संवैधानिक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकपक्षीय निर्णय गरेको आरोप लागाउँदै सरकार जोगिने र प्रतिपक्ष जेल जाने हुन नसक्ने बताए । अख्तियार आयोग सरकारको छायाँ हुन नहुने उनको भनाइ थियो । सांसद जीवन बुढाले देशका विभिन्न स्थानमा टिपर आतङ्क बढ्दै गएको भन्दै त्यसलाई व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद कालीबहादुर मल्लले लागुऔषधका कारण युवापुस्ता गलत बाटोमा लागेको भन्दै त्यसलाई रोक्नुपर्छ भने । सांसदहरू रामलखन चमार, रामप्रीत पासवान र उदयादेवी शर्मा पौडेलले मुलुकमा व्याप्त जातीय भेदभाव तथा छुवाछूत र महङ्गीलगायत मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए । रासस