रुग्ण आयोजनामा अख्तियारको चासो, विकासे कामलार्ई प्रभावकारी बनाउन २७ बुँदे सुझाव
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुग्ण अवस्थामा रहेका विभिन्न आयोजनाहरुमा चासो देखाएको छ । समयमै बन्न नसकेका तथा रुग्ण भएर अलपत्र परेका आयोजनाको अध्ययन गरेपछि आयोगले सरकारी निकायलाई २७ बुँदे सुझाव दिएको छ । आयोगले बिहिबार रुग्ण आयोजनाको व्यवस्थापन अध्ययन तथा विश्लेषण प्रतिवेदन सार्वजनिक गर्दै विकास निर्माणका कामलाई प्रभावकारी बनाउन सरकारी निकायलाई निर्देशनसहितकाे सुझाव दिएको हो । आयोगबाट सार्वजनिक खरिद तथा ठेक्का व्यवस्थापनका क्षेत्रमा अध्ययन तथा विश्लेषण गरेपछि १ वर्षको अवधिमा सम्बन्धित मन्त्रालय विभागहरूसँग समस्या समाधानका लागि पटक–पटक अन्तर्क्रिया गरेकाे आयोगले जनाएकाे छ । आयोगले रुग्ण ठेक्का सम्झौताहरूको कार्यान्वयनमा भए गरेको प्रगति समेतबारे अध्ययन विश्लेषण गरी ‘रुग्ण ठेक्काको व्यवस्थापन अध्ययन तथा विश्लेषण प्रतिवेदन सार्वजनिक गरेके छ । अख्तियारको अध्ययन अनुसार गत आर्थिक वर्षको माघसम्म रुग्ण अवस्थामा रहेका १ हजार ८ सय ४८ ठेक्कामध्ये १ वर्षको अवधिमा ६ सय १८ वटा ठेक्का सम्झौता अन्तर्गतका कार्यहरूको निर्माण सम्पन्न भएको आयोगले जनाएकाे छ । २८ वटा ठेक्काको ठेक्का सम्झौता अन्त्य गरिएको र ८६ अर्ब ४४ करोड बराबरका १ हजार २०२ वटा ठेक्का सम्झौताहरू हालसम्म पनि क्रमागत अवस्थामा रहेकाे प्रतिवेदना उल्लेख गरिएकाे छ ।
कामना सेवाको कल सेन्टर सञ्चालनमा
काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै कल सेन्टर सञ्चालनमा ल्याएको छ । ग्राहकहरुले यस मार्फत गुनासो सुनुवाईका साथै बैंकको सेवा सुविधाको बारेमा जानकारी प्राप्त गर्न सक्ने छन् । ग्राहकहरुले यो सुविधा लिनका लागि टोल फ्रि नम्बर १६६००-११-३००० मा सिधै सम्पर्क गर्न सक्नेछन् ।
नेशनल लाईफको नाफा २३ करोड माथि
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६ करोड ४७ लाख रुपैयाँले नाफा वृद्धि गरेको छ । कम्पनीको चालु आवको दोस्रो त्रैमासमा नाफा २३ करोड ५८ लाखरुपैयाँ छ भने अघिल्लो आवको दोस्रो त्रैमासमा १७ करोड ११ लाख रुपैयाँ रहेको थियो । हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ८ करोड रुपैयाँ रहेको छ । कम्पनीको जीवन बीमा कोषमा भने ३० अर्ब १५ करोड रुपैयाँ छ । कम्पनीको जगेडा कोषमा ६९ करोड रुपैयाँ रहेको छ ।
फोहोर व्यवस्थापनको लागि कैलाश विकास बैंकद्धारा डस्टबिन वितरण
काठमाडौं । कैलाश विकास बैंकले पोखरा म.न.पा. वडा नं. १४ स्थित चाँदनी टोलमा फोहोर व्यवस्थापन गर्नका लागि डष्टबिन वितरण गरेको छ । वातावरणलाई सफा र स्वच्छ राख्नका लागि बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत सो सहयोग प्रदान गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए । फाल्गुन १ गते विहिबार एक कार्यक्रमका बीच बैंकले चाँदनी टोल विकास संस्थाका अध्यक्ष ओम प्रसाद श्रीसलाई उक्त सामाग्री हस्तान्तरण गरेको हो । टोल विकास संस्थाका अध्यक्षले बैंकले गरेको सहयोगको प्रसंशा गर्दै टोललाई सफा राख्नका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे । बैंकले हालसम्म देशमा १०२ ओटा शाखा र ४१ ओटा एटिएमबाट अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । उक्त बैंकले निकट भविष्यमा प्राईम कमर्सियल बैंकसंग एक्विजिसन भई “क” वर्गको बैंक बाट बैंकिङ्ग सेवा प्रदान गर्ने बताएको छ ।
कर्पोरेट सुपर सिक्सेस् फागुन ३ गतेदेखि शुरु, मुख्य प्रायोजकमा माछापुच्छ्रे बैंक, विजेतालाई ३ लाख २० हजारको बाइक
काठमाडौं । कर्पोरेट सुपर सिक्सेस् ‘सिजन ६’ आगामी फागुन ३ गतेदेखि शुरु हुने भएको छ । एसएस इभेन्टसले आयोजना गर्न लागेको उक्त टुर्नामेन्टको मुख्य प्रायोजनमा माछापुच्छ्रे बैंक रहेको छ । कर्पोरेट हाउसहरुबीचको सम्बन्ध बलियो बनाउन आयोजना गरिएकाे उक्त टुर्नामेन्टको नाम ‘माछापुच्छ्रे बैंक, कर्पोरेट सुपर सिक्सेस् २०२० सिजन ६’ रहेको छ । कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फागुन ३ गतेदेखि फागुन ७ गतेसम्म(५ दिन) हुने यस प्रतियोगितामा २३ वटा विभिन्न कर्पोरेट हाउसहरु सहभागी हुनेछन् । जसमा माछापुच्छ्रे बैंक, सेन्चुरी बैंक, सिभिल बैंक, एनआईसी एशिया बैंक, सनराइज बैंक, नबिल बैंक, नेपाल राष्ट्र बैंक, कुमारी बैंक, मेगा बैंक, ग्लोबल आईएमई बैंक, कामना सेवा विकास बैंक, प्राइम कमर्शियल बैंक, आईसीएफसी फाइनान्स, गोखार्ज फाइनान्स, एनसेल ए, एनसेल बी, नेपाल टेलिकम, सूर्य नेपाल, सिप्रदी, सुबिसु, भारतीय दूतावास(इण्डियन इम्बेसी), नेपाल लाईफ इन्स्योरेन्स र द काठमाडौं पोष्ट सहभागी हुनेछन् । २३ वटा टोलीहरु विभिन्न ८ वटा समूहमा विभाजित हुनेछन् । प्रत्येक टोली एक अर्कासँग आफ्नै समूहमा खेल्ने छन् र प्रत्येक समूहका शीर्ष २ टोली प्री क्वार्टर फाइनलको लागि योग्य हुनेछन् । यसैगरी ८ वटा टोली बाहिरिने छन् र क्वाटर फाइनल खेल्नेछन् । अन्तिममा ४ वटा टोलीहरू सेमीफाइनल खेल्नेछन् र त्यसैगरी अन्तिम २ टोलीले फाइनल खेल्नेछन् । कुन समूहमा कुन कुन टोली ? खेल ५ ओभरको हुने छ । प्रतियोगिताको विजेताले ट्रफी गिफ्ट ह्याम्पर सहित ३ लाख २० हजार मूल्यको यमाहाको एफ जेड बाइक पाउने आयोजक एसएस इभेन्टका प्रमुख कार्यकारी अधिकृत रमण शिवाकोटीले जानकारी गराएका छन् । साथै, अर्को वर्ष निःशुल्क प्रवेश पाउनेछ उनले बताए । उपविजेताले ट्रफी गिफ्ट ह्याम्पर पाउनेछन् । त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडी, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, बेष्ट फिल्डर, बेष्ट विकेट किपरले पनि ट्रफी गिफ्ट ह्याम्पर पाउनेछन् । माछापुच्छ्रे बैंकका कप्तानलाई जर्सी प्रदान गर्दै बैंकका सीईओ शर्मा र एसएस इभेन्टसका सीईओ शिवाकोटी मूख्य प्रायोजकमा माछापुच्छ्रे बैंक रहेको यस प्रतियोगिताको सहप्रायोजकहरू जेभियर इन्टरनेशनल एकेडेमी, पायोनियर नेपाल र एसआर स्टील रहेका छन् । त्यस्तै, चिकित्सा साझेदारमा चिरायू हस्पिटल, हस्पिट्यालिटी पार्टनरमा आम्रपाली र अनमोल क्याटरिङ, तथा लीकोर पार्टनरमा जे८९ रहेको छन् । त्यसैगरी, बीमा पार्टनरमा नेको इन्स्योरेन्स, टेक्नोलोजी पार्टनरमा नेपाल टेलिकम र मिडिया पार्टनरमा काठमाडौं पोष्ट रहेको छ । अनलाइन पार्टनरमा विकेटनेपाल डट कम र साझा डेल्ली, रेडियो पार्टनरमा रेडियो सानवी, सहयोगी पार्टनरहरूमा भेला किचन रहेका छन् । बिहीबार कार्यक्रममा माछापुच्छ्रे बैंकका सीईओ सुमन शर्माले प्रतियोगितामा सहभागी हुने २३ वटै टोलीलाई जर्सी प्रदान गरेका छन् । त्यस्तै, क्रिकेट एशोसियसन अफ नेपाल टेक्निकल सर्पोटमा र फुट वेयर पार्टनरमा बीएफ डियर हिल सुज रहेका छन् । आयोजित कार्यक्रमको समर्थन सिभिल मल्ल, एसएम पिन्टु, आरजे खेलकुद, सेलिब्रेसन नेपालले गर्ने भएको आयोजकले जनाएको छ ।
नागरिक उड्ययन प्राधिकरण सम्बन्धि कानुन संशोधन गर्न सहमति, यी हुन् मन्त्रिपरिषद्का १६ निर्णय
काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरण सम्बन्धि कानुन संशोधन गर्न विद्येयक तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गरिएको छ । सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले बिहिबार मन्त्रिपरिषद्ले गरेका निर्णयहरु सार्वजनिक गर्दै विधेयक संशोधन गर्न सहमति गरिएको बताएका हुन् । यी हुन् सरकारका १६ निर्णय
३ पूर्वअध्यक्ष र बरिष्ठ उपाध्यक्ष साक्षी राखेर प्रधानले गरे महासंघ बरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का उपाध्यक्ष किशोर प्रधानले आगामी कार्यकालको लागि बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । प्रधानले महासंघका ३ जना पूर्व अध्यक्ष साक्षी राखेर विराटनगरबाट उम्मेदवारी घोषणा गरेका हुन् । प्रधानको उम्मेदवारी घोषणासभामा पूर्वअध्यक्षहरु विनोदबहादुर श्रेष्ठ, कुशकुमार जोशी र पशुपति मुरारका सहभागी भएका छन् । यस्तै, महासंघको उद्योग कमिटिका अध्यक्ष अन्जन श्रेष्ठ, महासंघको बागमती प्रदेश कमिटिका अध्यक्ष दिनेश श्रेष्ठलगायत उद्योगी व्यवसायी सहभागी भएका छन् । आगामी चैतमा हुने महासंघको ५४औं महाधिवेशनले आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्दैछ । बरिष्ठ उपाध्यक्ष अर्काे कार्यकालको लागि स्वतः अध्यक्ष बन्ने विधानको व्यवस्था अनुसार शेखर गोल्छा आगामी कार्यकालको लागि अध्यक्ष बन्नेछन् । महासंघमा बरिष्ठ उपाध्यक्ष नै अर्काे कार्यकालको लागि स्वतः अध्यक्ष बन्ने व्यवस्था भएकोले बरिष्ठ उपाध्यक्षमा चुनावी प्रतिस्पर्धा रोचक हुने गरेको छ । बरिष्ठ उपाध्यक्ष पदका लागि अर्का उपाध्याक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गरिसकेका छन् । प्रधानको उम्मेदवारी सभामा करिब ३५ जिल्लाको उद्योग वाणिज्य संघका अध्यक्षहरुको सहभागिता रहेको बताइएको छ । सम्बन्धित सामग्री किशोर प्रधानको उम्मेदवारी घोषणा सभामा शेखर गोल्छा गए, सौरभ ज्योति गएनन् चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले व्यवसायीका समस्या सुनिदिए पुग्छ निर्वाचन नजिकिँदै गर्दा महासंघमा ध्रुवीकरण तीव्र पाँच उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः राजनीतिक दललाई गुहार्नुपर्ने प्रवृतिको अन्त्य गरोस् पाँच उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः अबकाे नेतृत्वले साना व्यवसायीका पनि पिरमर्का बुझोस् चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः महासंघ ठूला घरानाको मात्र नहाेस् चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्: व्यवसाय विराेधी ऐन कानुन खारेज गर्ने नेतृत्व चाहिन्छ चार प्रदेश महासंघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले शक्ति विकेन्द्रित गर्न सकोस् तीन प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले एसएमईको प्रबर्द्धन सोचोस्
नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको भवन उद्घाटन
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको नवनिर्मित भवन उद्घाटन भएको छ । उद्योग वाणिज्य महासघंकी अध्यक्ष भवानी राणाले बिहीबार एक कार्यक्रमबीच सुर्खेतमा विस्तारित उक्त भवनको उद्घाटन गरेकी हुन् । साे अवसरमा महासंघका कोषाध्यक्ष निरक के. सी, कर्णाली प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष पदम शाही, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य प्रवल जङ पाण्डे लगायत वाणिज्य महासंघका केन्द्रिय सदस्य, कोहलपुर उद्योग वाणिज्य सघं र कर्णाली प्रदेशका उद्योग वाणिज्य संघका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।