विकासन्युज

आइतबार सुनको मूल्य प्रतिताेला ५ सय रुपैयाँले बढ्यो

काठमाडौं । साताको पहिलो दिन सुन प्रतितोला ५ सय रुपैयाँले बढेको छ । गत शुक्रबार प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भएको साताको शुरुवातमा ५ सय रुपैयाँ बढेर ७६ हजार ५ सय रुपैयाँमा बिक्री भइरहेको छ । गत शुक्रबार प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा बिक्री भएको तेजावी सुन आइतबार प्रतितोला ७६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी गत शुक्रबारको तुलनामा प्रतितोला ५ रुपैयाँ बढेर ८ सय ८५ रुपैयाँमा बिक्री भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

नार्कले सिफारिस गरेका विऊमा किन बढ्दैछ समस्या?

काठमाडौं । पछिल्लो समय बालीमा किरा लाग्ने समस्या बढेको छ । अन्नबालीलाई फस्टाउनका लागि प्रयोग गरिने रसयानिक मल तथा विभिन्न विषादियुक्त रसायनको प्रयोगका कारण किरा लाग्ने समस्या झन बढ्दै गएको हो । नेपाल कृषि अनुसन्धान परिषद (नार्क)का अनुसार मानिसहरुले धेरै उत्पादन गर्ने महोत्कांक्षाका साथ अन्नबालीमा रसायन तथा विषादीको प्रयोग गर्नाले यो समस्या झन बढेको हो । मानिसहरुले किरालाई मार्ने औषधि भनेर प्रयोग गर्ने गरेका छन् तर उक्त औषधि विषको कुरामा परिणत हुने नार्कले जनाएको छ । सो औषधि बालीका लागि उपयुक्त नहुने नार्क सञ्चार प्रकाशन तथा अभिलेख महाशाखाका प्रमुख मनोज ठाकुरको भनाइ छ । रसायनिक विषादीले प्राकृतिक सन्तुलनमा उपयोगी जीवहरु विनाश गर्ने हुँदा त्यसको प्रभाव माटोमा तथा बालीमा देखा पर्ने उनको भनाइ छ । ‘बालीमा रासायनिक मल प्रयोग गर्दा लक्षित किराहरु मर्न सक्दैन, बाँकी रहेका किराबाट पनि पुनः अन्य किराको उत्पती हुन्छ, यसले झन बालीमा समस्या हुन्छ,’उनले भने । कृषि अनुसन्धान परिषद्ले हालसम्म ७३ बालीको ६ सय ९८ वटा जातका विउलाई सिफारिस गरेको छ । ती मध्ये ३९ वटा जातका बिऊलाई सिफारिसबाट हटाएको छ । हटाइएका बालीमध्ये वर्षे धानका १२ जात, मकैका ११, गहुँका १३, दलहन २, तेलहन र तेलहन बाली गरी ३९ जातका विऊ सिफारिसबाट हटाइएको हो । सूचिकृतबाट हटेका जातहरुमा हेटौँडा कम्पोजिट, सर्लाही सेतो, ककनी पहेँलो, रामपुर पँहेलो, जानकी मकालु दुई लगायतका रहेका छन् । सिफारिस भएका ३९ वटा जातका विऊहरु लामो समयसम्म प्रयोग गरेका तथा राम्रो उत्पादन तथा उल्लेख्य नतिजा नआएपछि तिनीहरुलाई सिफारिसबाट हटाइएको हो । किसानहरुले ती बाली तथा विऊमा किरा लाग्ने समस्या देखिएको गुनासो गरेपछि सिफरिसबाट हटाइएको नार्कले बताएको छ । कम्तीमा २० देखि ३० वर्ष पुरानो बाली तथा विउहरुको गुनासो तथा उत्पादनको अवस्था हेरेर नार्कले बालीको जातलाई सूचीबाट हटाउ सक्ने व्यवस्था गरेको छ । नार्कले हालसम्म २ सय ७५ उन्मोचित जातका विउ र ४ सय २३ वटा पञ्जिकरण जातका विउलाई खेतबारीमा सहजै लगाउन सक्ने स्वीकृति दिएको छ । देशमा वेरोजगारी अन्त्य गर्ने तथा स्वदेशमा नै रोजगारी प्रदान गर्ने उद्देश्यले कृषिमा नयाँ प्रविधिको प्रयाेग बढाएको छ ।

कोकाकोलाले पाँचौं मोःमोः उत्सव मनाउँदै, खानालाई भोजनमा परिणत गर्ने

काठमाडौं । कोका–कोलाले ५औं कोकाकोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्शियल सार्वजनिक गरेको छ । यस वर्ष  मोःमोः भन्दा पर अझै विभिन्न परिकारका नेपाली खानाहरुको उत्सव मनाउँदै छ । यो अभियानको ट्यागलाइन ‘खाना जे होला स्वाद बढाउन कोका–कोला’ रहेको छ, जसको अर्थ खाना जे भएपनि कोका–कोलाले त्यसको स्वाद बढाएर कुनै पनि क्षणहरुलाई उत्सवमा परिवर्तन गर्दछ । यो टिभीसीमा अभिनेत्री साम्रागी आर.एल. शाह र अलिशा राई र गायिका केन्जल श्रेष्ठ, जेय अथर र आइजेन लगायत रहेका छन् । साम्रागी रेष्टुरेन्टमा गएर साथीहरुसँग बसेर कोक र मःमः (कोक र मःमःको जेस्चर प्रयोग गरि) अर्डर गरेर टिभीसी शुरु हुन्छ । उनका साथीहरु (अलिशा राई, केन्जल श्रेष्ठ, जेय अथर र आइजेन) फोनमै व्यस्त छन् र एकअर्कासँग कुराकानी समेत गरिरहेका हुदैनन् । सबैको मःम आइपुग्छ तर साम्रागीको मःम चाहिँ कोकको बोटल सहित आइपुग्छ । सबैजना फोनमै अाँखा गाडेर मःम खाइरहेका हुन्छन् । त्यसपछि साम्रागीको कोकको बोटल पप हुन्छ र त्यो आवाजले सबैको ध्यान तानिन्छ र अन्तत उसका साथीहरुले आफ्नो फोनबाट आँखा हटाउँछन् । बाँकी साथीहरुले त्यसपछि आफ्ना लागि कोक अर्डर गर्छन् । अब, सबैजनाले कोकको साथ खानाको मज्जा लिइरहेका छन् र एकअर्कासँग रमाइलो गर्दै छन् । जब बिल आइपुग्छ सबैजना मजाक गरेर बिल तिर्नबाट बच्नका लागि फेरि फोनमा डुबेको जस्तो गर्दछन् । त्यसपछि उनीहरु साम्रागीलाई हेर्छन र हाँस्छन् । यो टिभीसीले कोक उपभोक्ताहरुलाई खाना खाने समयमा उनीहरुको साथीहरु र परिवारसँग जोड्ने प्रयास गरेको छ । यसले नेपालीहरुलाई आफ्ना प्रियजनहरुसँग कोकको साथ सामान्य भोजनलाई रमाइलो खानामा परिणत गर्न प्रेरित गर्दछ । यस क्याम्पेनका बारेमा कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले नयाँ क्याम्पेन खाना जे होला स्वाद बढाउन कोका–कोलाले नेपाली संस्कृतिमा खानाको महत्व बुझेर उपभोक्ताहरुलाई मनमा राखेको बताए । नयाँ टिभीसीमा खाना खान भन्दा पनि भोजनलाई कसरी आफ्ना प्रियजनहरुसँग स्मरणीय क्षणमा परिणत गर्न सकिन्छ भनेर देखाइएको छ । यसले सबैलाई जोडेर एकअर्कासँग रमाइलो कुराकानी गर्न लक्षित गरेको छ ।

वितरणतर्फको विद्युत् चुहावट ९.७८ प्रतिशतमा झर्यो

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७६/७७ को पहिलो ६ महिनामा वितरणतर्फको औसत विद्युत चुहावट ९.७८ प्रतिशतमा झरेको छ । गत आव २०७५/७६ मा ११.२८ प्रतिशत रहेको वितरणतर्फको चुहावटलाई चालू आवको पहिलो ६ महिनामा १.५० प्रतिशत विन्दुले घटाएर ९.७८ प्रतिशतमा सीमित गर्न नेपाल विद्युत प्राधिकरण सफल भएको हो । चालू आवमा वितरणतर्फको विद्युत् चुहावटलाई ८.५० प्रतिशतमा झार्ने लक्ष्य तय गरी प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण र सेवाप्रवाह सुधार तथा विस्तारमा केन्द्रित भई काम गरिरहेको छ । आव २०७२/७३ मा प्रणालीमा रहेको २५.७८ प्रतिशत विद्युत् चुहावटलाई आव २०७५÷७६ सम्ममा १५.३२ प्रतिशतमा झारिएको छ । चालू आवमा प्रणालीको चुहावट १३ प्रतिशतभन्दा कममा झार्ने लक्ष्य लिइएको छ । चुहावट नियन्त्रणबाट मात्रै वार्षिक रुपमा झण्डै १० अर्ब रुपैयाँ थप आम्दानी भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री एवं प्राधिकरण संचालक समितिका अध्यक्ष वर्षमान पुनले विद्युत चुहावट घटाउने, संस्थाभित्रको वित्तीय तथा प्रशासनिक वेतिथी नियन्त्रण गरी सुशासन कायम गर्ने, सेवा प्रवाहलाई सुधार गर्नेलगायतका निर्देशन प्राधिकरण व्यवस्थापनलाई दिएका छन् । प्राधिकरणले अहिले सोहीअनुसार काम गरिरहेको छ । आवको बाँकी ६ महिनामा तय गरिएको लक्ष्य हासिल हुने कार्यकारी निर्देशक घिसिङले बताए । घिसिङले लोडसेडिङ अन्त्य भई नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका कदमले वितरणतर्फको विद्युत् चुहावट नियन्त्रणमा सकारात्मक प्रभाव परेको उल्लेख गरे । ‘गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महशुल बक्यौता असुलीमा कडाइ, मिटर वाईपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारवाही गर्र्नेे, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने र प्राविधिक चुहावट नियन्त्रणका लागि सबस्टेसनको क्षमता बृद्धि गर्ने, कन्डक्टर थप्ने,ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्रि फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्नेलगायतका काम अभियान कै रुपमा चलाइरहेका छौं, हामीले चालेका कदमको प्रभावले गर्दा वितरणतर्फको चुहावट घटेको हो,’ घिसिङले भने । विकसित देशमा पनि वितरणतर्फको विद्युत् चुहावट पाँच प्रतिशतको हाराहारीमा हुने गर्छ । प्रसारण तथा वितरणतर्फका निर्माणाधीन सबै सबस्टेसन संचालनमा आएपछि नेपाल पनि विकसित देशकै हाराहारीमा पुग्ने घिसिङको भनाइ छ । प्राधिकरण व्यवस्थापनले विद्युत् चुहावट नियन्त्रण, विद्युतीकरण र सेवाप्रवाह सुधारमा केन्द्रित रहेर प्राधिकरणका सात प्रादेशिक तथा दुई प्रदेश डिभिजन कार्यालय प्रमुखहरु र मातहतका एक सय २९ वितरण केन्द्र प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ । चुहावट नियन्त्रण र सेवा प्रवाहका लागि दिइएका लक्ष्य पूरा गरेमा नगद र गैह्रनगद प्रोत्साहन पाउने व्यवस्था गरिएकाले यसको सकारात्मक प्रभाव परेको घिसिङले जानकारी दिए । प्राधिकरणले चुहावट नियन्त्रण, वक्यौता असुलीलगायतका निर्धारण गरिएका लक्ष्यको प्रगतिका आधारमा ग्राहक तथा वितरण सेवातर्फ कर्मचारीलाई कार्यसम्पादनमा आधारित पुरस्कार (इपीआर) लागू गरेको छ । वितरण तथा ग्राहक सेवाअन्तर्गतका व्यवस्थापक र दिनरात नभनी खटिएका कर्मचारी, गृह प्रशासनलगायत सबैको साथ र सहयोगमा चुहावट घटाउन सफल भएको घिसिङको भनाइ छ । ‘प्राविधिक र गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि देशभर चालिएको अभियानलाई अझै सशत्त र प्रभावकारी बनाउँछौं’, उनले भने । मिटर लिन प्रोत्साहित गर्न सुकुम्वासीलाई पनि मीटर सहज रुपमा दिने, स्थानीयतहको सिफारिस विनानै मिटर जडान गर्ने, अतिविपन्नहरुलाई निशुल्क मिटर वितरण भइरहेको छ । प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानले चालू आवको पहिलो ६ महिनामा प्राविधिक र गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि झण्डै ५० करोड रुपैयाँको काम गरिएको जानकारी दिए । ‘चोरी नियन्त्रणका लागि देशभरका हरेक वितरण केन्द्रहरुले युनिक युनिक अभियान चलाइरहेका छन्, बढी चोरी भएको ठाउँका विद्यालयमा गएर विद्यार्थीको जनचेतना अभिबृद्धि गर्ने, स्थानीय तह तथा प्रशासनसँग समन्वय र सहकार्य गरी अभियान चलाइएको छ, प्राविधिक चुहावट नियन्त्रणका लागि पनि व्यापक रुपमा काम भइरहेको छ’, उनले भने । विद्युत् बिक्रीबाट प्राधिकरणले आम्दानी गर्ने राजश्वको करिब २८ प्रतिशत हिस्सा ओगट्ने बाग्मती प्रदेशको प्रदेशिक कार्यालय काठमाडौंको गत आवमा ७.४० प्रतिशत रहेको चुहावट ७ प्रतिशतमा झरेको छ । चुहावटलाई चालू आवमा ५.७७ प्रतिशतमा झार्ने लक्ष्य दिइएको छ । कार्यालय मातहत २० वितरण केन्द्रहरु छन् । दोस्रो बढी राजश्व संकलन गर्ने प्रदेश नं २ को प्रादेशिक कार्यालय जनकपुरको गत आवमा रहेको १५.४८ प्रतिशतको चुहावट १४.३४ प्रतिशतमा झरेको छ । कार्यालयले चुहावटलाई १०.९७ प्रतिशतमा झार्नु पर्ने छ । कार्यालय मातहत २३ वितरण केन्द्रहरु छन् । प्रदेश नं १ को प्रादेशिक कार्यालय विराटनगरले गत आवमा ११.८४ प्रतिशत रहेको विद्युत् चुहावट चालु आवको ६ महिनामा ९.८८ प्रतिशतमा झारेको छ । कार्यालयलाई विद्युत् चुहावट ८.८७ प्रतिशतमा झार्ने लक्ष्य दिइएको छ ।कार्यालय मातहत २४ वितरण केन्द्रहरु छन् । गत आवमा १०.४३ प्रतिशत रहेको चुहावटलाई गण्डकी प्रदेश प्रादेशिक कार्यालय पोखराले चालू आवको ६ महिनामा ८.७५ प्रतिशतमा सीमित गरेको छ । कार्यालयलाई चुहावट ७.९० प्रतिशतमा झार्ने लक्ष्य दिइएको छ । कार्यालय मातहत १३ वितरण केन्द्रहरु छन् । प्रदेश नं ५ को प्रादेशिक कार्यालय बुटवलले १२.३६ प्रतिशतको चुहावटलाई ६ महिनामा ९.९३ प्रतिशतमा झारेको छ । कार्यालयले चुहावटलाई ९.२६ प्रतिशतमा झार्नु पर्ने छ । कार्यालय मातहत ११ वितरण केन्द्रहरु छन् । कर्णाली प्रदेशको प्रादेशिक कार्यालय सुर्खेतले १९.९० प्रतिशत रहेको चुहावटलाई १४.९८ प्रतिशतमा सीमित गरेको छ । कार्यालयलाई चुहावट १४.५७ प्रतिशतमा झार्ने लक्ष्य दिइएको छ । कार्यालय मातहत १० वितरण केन्द्रहरु छन् । सुदूरपश्चिम प्रदेशको प्रादेशिक कार्यालय अत्तरियाले १४.३९ प्रतिशतको चुहावटलाई ८ प्रतिशतमा झारेको छ । कार्यालयलाई चुहावट १०.६९प्रतिशतमा झार्ने लक्ष्य दिइएको छ । कार्यालय मातहत १२ वितरण केन्द्र छन् । बाग्मती प्रदेशको प्रदेश डिभिजन कार्यालय हेटौंडाले ७.३८ प्रतिशत रहेको चुहावटलाई ६.५५ प्रतिशतमा सीमित गरेको छ । कार्यालयले चुहावटलाई चालू आवमा ५.७५ प्रतिशतमा झार्नु पर्ने छ । कार्यालयअन्तर्गत ६ वितरण केन्द्रहरु छन् । प्रदेश नं ५ को प्रदेश डिभिजन कार्यालय नेपालगंजको विद्युत चुहावट ९.६५ प्रतिशत छ । कार्यालयले चुहावटलाई ८ प्रतिशतमा झार्नु पर्ने छ । कार्यालय मातहत १० वितरण केन्द्रहरु छन् ।

लक्ष्मी लघुवित्तले व्यवसायीलाई दियो बेमौसमी तरकारी खेती तालिम

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले मकवानपुरको हर्नामाडी शाखामा आबद्ध ३१ जना व्यवसाय उन्मुख ग्राहकहरुलाई बेमौसमी तरकारी खेती तालिम प्रदान गरेको छ । फागुन १ र २ गते सञ्चालन भएको उक्त तालिम मौसमी तरकारी खेती सम्बन्धी परम्परागत सीपलाई व्यवसायीकरणतर्फ रुपान्तरण गर्ने उद्देश्यले आयोजना गरिएको थियो । तालिममा बेमौसमी तरकारी खेतीको महत्व तथा फाइदाहरु, बेमौसमी तरकारी खेती प्रविधि, खेतीको लागि उपयुक्त स्थल, समय र तरकारी बालीका जातहरुको छनोट, खेती प्रविधिमा परिवर्तन, विभिन्न रसायनको प्रयोग विधि, भण्डारण गर्ने तरीका, पोष्टहार्भेष्ट प्रविधि, व्यवसायका समस्या र समधानका उपायहरु एवम् सफल उद्यमीमा हुनुपर्ने गुणहरुको बिषय बस्तुहरुमा चर्चा गरिएको थियो । तालिमको सहजीकरण संस्थाका व्यवसाय प्रवद्र्धन अधिकृत (कृषि विशेषज्ञ) श्री ओम प्रकाश भुसालले गरेका थिए । साथै, लक्ष्मी लघुवित्तले कर्जा, बचत बाहेक लघुवीमा, विप्रेषण र लक्ष्मी बैंकसँगको सहकार्यमा शाखा रहित बैंकिङ्ग सुविधा सँगै ग्राहकहरुलाई उद्यमशील बन्न प्रेरित गर्ने उद्देश्यले क्षमता अभिवृद्धि तथा सीप विकास सम्बन्धी विभिन्न किसिमका तालिमहरु सञ्चालन गर्दै आएको छ ।

स्पर्श लघुवित्तको फिल्ड व्यवस्थापन तालिम सम्पन्न

काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्थाले सञ्चालनमा रहेको २० वटा शाखा कार्यालयमा कार्यरत सहायक स्तरका कर्मचारीहरुलाई लघुवित्त फिल्ड व्यवस्थापन सम्बन्धी दुई दिने तालिम सम्पन्न गरेको छ । बिहीबार पोखरामा भएको उक्त कार्यक्रमलाई वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले उद्घाटन गरेका हुन् । कार्यक्रममा वित्तीय संस्थाका सहायक प्रबन्धक सुदिप आचार्य, विभागीय प्रमुख विनोद पराजुली, लेखा अधिकृत ऋषभ सुवेदी तथा अनुगमन अधिकृत शम्सेर बहादुर नेपालीले कर्मचारीहरुलाई आफु कसरी फिल्डमा प्रस्तुत हुने ? सदस्यहरुलाई संस्था प्रति कसरी उत्प्रेरित गराई राख्ने ? भन्ने विषयमा कक्षाहरु संचालन हुनुका साथै कार्यालयको दैनिक कृयाकलाप सरल,छिटो छरितो र त्रुटि रहित गर्न सकिन्छ भन्ने विषयमा सहजीकरण गरेका थिए । यस क्रममा कर्मचारीहरुले कार्य विस्तारका क्रममा भोगेका समस्या, चुनौति, भावि रणनीतिहरु तथा शाखाको योजना प्रस्तुत गर्दै शाखाको लक्ष्य अनुसारको प्रगती हासिल गर्ने प्रतिबद्धता जनाएका थिए ।कार्यक्रमको समापन क्रममा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत सजल खड्काले दक्ष कर्मचारीहरुको लघुवित्तमा भएको अवसरहरुको बारेमा जानकारी गराउँदै आफनो क्षमता,दक्षता अभिवृद्घि हुने गरि कार्य गर्न उत्प्रेरित गरेका थिए । त्यस्तै, उनले वित्तीय संस्थाको दोस्रो त्रैमास सम्मको लक्ष्य र प्रगति तथा आउदो त्रैमासको लक्ष्य प्राप्तिका रणनीतिसँगै सफलताको शुभकामना दिएका थिए । मानव संसाधन विभाग प्रमुख विनोद पराजुलीले सञ्चालन गरेको उक्त कार्यक्रममा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा विभागीय प्रमुखहरु सहित २० वटा शाखाका ४२ जना कर्मचारीहरुको सहभागीता रहेको थियो ।

सुविसुको क्यान इन्फोटेक अफरः २६५४ मै इन्टरनेट र फूल एचडी प्याकेज

काठमाडौं । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको छ । यस अफरअन्र्तगत सेवा ग्राहीले २५ एमबीपिएस इन्टरनेट र फूल एचडी प्याकेज( २७५ च्यानल, ९५ प्लस एचडी) मात्र २ हजार ६ सय ५४ मै प्राप्त गर्नेछन् । यसको साथमा जडान शुल्कदेखि डिभाइस एक्टिभेसनको शुल्क समेत समावेश गरिएको छ । यसका साथै इन्टरनेट र क्लियर टिभीमा पनि विशेष अफर रहेको छ । ६ दिन सम्म सञ्चालन हुने क्यानमा सुविसुले आफ्ना सेवाग्राहीको सुविधाका निम्ति ग्राहक साहयता कक्ष समेत समावेश गरेको छ । यसका साथसाथै विभिन्न खेलहरु र आकर्षक पुरस्कारहरmबाट अवलोकनकर्ताले मनोरञ्न लिन सक्नेछन् ।

अमेरिकाका २ विश्वविद्यालयले विदेशी अनुदानको विवरण नदेखाएको भन्दै अनुसन्धान

काठमाडौं । संयुक्त राज्य अमेरिकाको शिक्षा विभागले हाभर्ड विश्वविद्यालय र येल विश्वविद्यालय माथि अनुसन्धान सुरु गरेको छ । यी विश्वविद्यालयले लाखौं डलरको अन्तराष्ट्रिय अनुदान नदेखाएको भन्दै अनुसन्धान सुरु गरिएको हो । न्यु हेभन, कनेक्टिकटस्थित येल विश्वविद्यालय ४२ अर्ब भन्दा बढी रकम बाहिर नदेखाएको अनुमान गरिएको छ, विभागले एक विज्ञप्तिमा भनेको छ । ‘यो पारर्दशिताको बारेमा हो’, संयुक्त राज्य अमेरिकाको शिक्षा विभागका सचिव बेट्सी डेभोसले भनिन् । ‘यदि कलेज र विश्वविद्यालयहरुले विदेशी अनुदानहरु ग्रहण गर्छ भने उसको आफ्नो विद्यार्थी, दाता र करदाताहरुले कसबाट कति रकम पाईरहेको छ भने थाहा पाउन हक बन्छ’, उनले थपिन् । ‘दुर्भाग्यवश हामीले जति खोतल्ने प्रयास गर्यौं, त्यति नै धेरै मात्रामा पेश नगरेका विवरणहरु पायौं । हामी विश्वविद्यालयहरुसँग मिलेर उनीहरुको सही विवरण पेश गराउन र कानुन अनुरुप पारर्दशिता कायम गराउन पहल गरिरहेका छौं,’ उनले थपिन् । अमेरिकाको संघीय कानुनले धेरै कलेज र विश्वविद्यालयहरुले वर्षको दुई पटक प्राप्त गरेको २ करोड ८० लाख माथिको विदेशी अनुदान र विदेशी स्रोतसँगको सम्झौताको विवरण सरकारलाई पेश गर्नुपर्ने व्यवस्था गरेको छ । शिक्षा विभागको पछिल्लो ३ दशकको रेर्कडअनुसार अमेरिकी विश्वविद्यालय र कलेजहरुले चीन, कतार, भारत, साउदी अरबिया र दुबईबाट ७ खर्ब ५४ अर्ब रुपैयाँभन्दा बढि अनुदान प्राप्त गरेको विवरण पेश गरेको छ । ‘येलले विभागबाट मंगलबार उच्च शिक्षाको सन् १९६५ को कानुनको दफा ११७ अनुरुप विदेशी स्रोतहरुबाट प्राप्त भएको अनुदान र सम्झौताहरु पेश गर्न अनुरोध पत्र प्राप्त गरेका छ, विश्वविद्यालयका प्रवक्ता करिन पिर्यटले भनिन् । ‘हामी अनुरोध पत्रको समीक्षा गरेर उनीहरुलाई प्रतिकृया दिने तयारीमा छौं,’ उनले भनिन् । शिक्षा विभागले आफुहरु क्याब्रिजको मासुचुसेट्स स्थित हार्भड विश्वविद्यालयले पनि अमेरिका बाहिरबाट आएको अनुदान पूर्ण रुपमा पेश नगरेको प्रति ध्यानआर्कषण भएको बताएको छ । हाभर्डका प्रवक्ता जोनाथान स्वेनले उनीहरुले विभागको सुचनालाई समीक्षा गरेर प्रतिकृया दिने तयारी गरेको बताएका छन् । शिक्षा विभागले हाभर्डले पेश नगरेको रकमको यकिन खुलासा भने गरेको छैन । दुई हप्ता अघि, हाभर्डका रसायन विज्ञान र रसायनिक जिवविज्ञानका निर्देशक चार्लस लिबर रबोस्टन विश्वविद्यालयका र हस्पिटलका अनुसन्धानकर्ता रहेका दुई चिनिया नागरिकलाई अमेरिकी न्याय विभागले उनीहरुको चीन सरकारसँगको सम्बन्धको बारेमा ढाँटेको भन्दै जरिवाना तिराएको थियो । हाभर्डमा ठुलो मात्रामा आउने विदेशी अनुदानहरु हेर्नको लागि पर्याप्त रुपमा संस्थागत नियन्त्रणको अभाव भएको लिबरले बताएको शिक्षा विभागले जानकारी दिएको छ । अमेरिकाको शिक्षामा चीनको प्रभावको बारेमा तयार पारिएको रिपोर्टलाई हेदै सिनेट कमिटीले अमेरिकी स्कुलहरुमा भएको विदेशी खर्चहरु राम्रोसँग रिर्पोट नहँदा चुहावटको रुपमा रहेको विश्लेशण गरेको छ । शिक्षा विभागको प्रयासपछि जुलाई देखि ७ खर्ब ८२ अर्ब विदेशी अनुदानका पहिला बाहिर नआएका विवरणहरु आएको बताएका छन् । एजेन्सीको सहयोगमा