केही दिनदेखिकाे भाइरल तस्वीर, प्रहरीले भन्याेः छानविन गर्दैछाैं
काठमाडौं । एकजना सर्वसाधारणलाई ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको विषयमा प्रहरी प्रधान कार्यालयले अनुसन्धान गर्ने भएको छ । सोमबार एक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले उक्त विषयलाई गम्भीरताका साथ लिएको र आवश्यक छानबिन भइरहेको जनाएको हो । ‘सामाजिक सञ्जालमा प्रहरी कर्मचारीले सर्वराधारणलाई ग्यासकाे सिलिण्डर बाेकाएर सडकमा बसाएकाे तस्वीरकाे सम्बन्धमा सबैबाट प्राप्त भएकाे सुझाव, गुनासाेलाई प्रहरी प्रधान कार्यालयले गम्भीरताका साथ लिएकाे र आवश्यक छानबिन भइरहेकाे जानकारी गराउँदछाैं,’ सूचनामा भनिएकाे छ । के हो घटना ? कोरोना भाइरसको रोकथाम तथा जोखिम न्युनिकरणका लागि सरकारले ‘लकडाउन’ घोषणा गरेको छ । त्यसको उल्लघंन गर्नेमाथि प्रहरीले कारवाही गर्दै आएको छ । ‘लकडाउन’ उल्लघंन गर्दै बिनाकाम सडकमा हिँडिरहेका एक व्यक्तिलाई कारवाही स्वरुप ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको तस्बिर केहीदिनयता सामाजिक सञ्जालमा भाइरल भइरहेको । कारवाहीको नाममा ‘अमानविय व्यवहार’ गरेको भन्दै सामाजिक सञ्जालमा प्रहरीको कडा आलोचना भइरहेको छ भने ती प्रहरी अधिकारीमाथि कारवाही हुनपर्ने आवाज उठिरहेको छ । त्यही तस्वीर हेर्दै प्रहरी प्रधान कार्यालयले पनि त्यस्तो काम गर्ने प्रहरी अधिकारीलाई कारबाही हुने बताएको छ ।
एनआईसी एशियाले गर्याे दैनिक ज्याला मजुदुरी गर्नेका लागि सहयोग
काठमाडौं । एनआईसी एशिया बैंकले नेपाल प्रहरीसँगको सहकार्यमा दैनिक ज्याला मजुदुरी व्यक्तिका लागि ५ लाख रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेकाे छ । कोरोना भाइरसको संक्रमण फैलिएसँगै एनआईसी एशिया बैंकले नेपाल प्रहरीसँगको सहकार्यमा ५ लाख बराबर चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामाग्री वितरण गरेकाे हाे । बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेललाई उक्त खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन् । बैंकले नेपाल प्रहरीसँगको सहकार्यमा वितरण गरेको खाद्यान्न सामग्रीबाट लकडाउनले गर्दा दैनिक छाक टार्न गाह्रो भएका परिवारलाई केहि भएपनि राहत मिल्ने विश्वास लिएको जनाएकाे छ । कोरोनासँगको लडाई, बैंकिङ्ग गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू घरबाटै बसेर निःशुल्क तिर्न सक्ने व्यवस्था समेत बैंकले गरेको छ । उक्त सेवाहरुका साथै ग्राहक महानुभावहरूले घरमै बसी अनलाईन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ । बैंकको मुलुकभर ३ सय १९ शाखा कार्यालयहरू, ४ सय ६१ एटिएम, १ सय ८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । २१ लाख भन्दा बढी ग्राहक रहेको उक्त बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । पछिल्लो समयमा ३४ भन्दा बढी स्थानीय निकायहरूमा बैंकले शाखा विस्तार गरी कार्य संचालन गरिरहेको जानकारी दिएको छ ।
बिओकेको यी शाखा दिउँसो १ बजेसम्म खुल्ने (सूचीसहित)
काठमाडौं । सोमबार(आज) बैंक अफ काठमाण्डू (बिओके)को केही शाखाहरु दिउँसो १ बजेसम्म खुल्ने भएका छन् । बैंकको देशभरका १५ वटा शाखा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुल्ला हुने बैंकले जानकारी दिएको छ । यससँगै बैंककाे ग्राहकले आफूलाइ पायक पर्ने नजिकैकाे शाखामा बैंकिङ सेवा लिन सक्ने छन् । जसका लागि उनीहरूले उक्त शाखा प्रमुखहरूलाई निम्न नम्बरमा सम्पर्क गर्न सक्ने बैंकले जनाएकाे छ । कुन कुन शाखा ?
आज माछापुच्छ्रे बैंकको कुन कुन शाखा खुल्छन् ?(सूचीसहित)
काठमाडौं । माछापुच्छ्रे बैंकले आज(सोमबार) देशभरका २६ वटा शाखा खोल्ने भएको छ । लकडाउनको समयमा ग्राहककाे बैंकिङ्ग कारोबारको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले विभिन्न प्रदेशको गरी उक्त संख्यामा शाखा कार्यालय खोल्न लागेको हो । बैंकको प्रदेश १ को ५ वटा, प्रदेश २ को ६ वटा, प्रदेश ३ को ७ वटा, प्रदेश ४ को ४ वटा र प्रदेश ५ तथा प्रदेश ६ को २/२ वटा शाखा खुल्ने छन् । यससँगै, ग्राहकले आफुलाई पायक पर्ने शाखा कार्यालयबाट बैंकले तोकेको समयावधिमा बैंकिङ सेवा लिन सक्ने छन् ।
मोबाइलमा रिचार्ज गरी कसरी लिने रिचार्ज बराबरको बोनस रकम ?
काठमाडौं । नेपाल टेलिकमले मोबाइल सेवाकोे प्रयोगलाई थप सहज बनाउन गत बुधबारदेखि रिर्चाज बराबरकै बोनस सुविधा दिन सुरु गरेको थियो । तर धेरैले गुनासोे गरिरहेका छन् मैले रिर्चाज गर्दा मेरो फोनमा बोनस आएन भनेर । के गर्ने बोनस लिन नेपाल टेलिकमका अनुसार १ सयको रिचार्ज गर्दा १ सय नै बोनस आउँछ ।अधिकतम १ हजारको रिचार्ज गर्दा १ हजार रूपैयाँ नै बोनस पाइने छ । जतिको रिर्चाज गर्यो त्यति नै बोनस आउँछ । तर बोनस बापत प्राप्त रकम बढीमा १० दिनभित्र खपत गर्नु पर्नेछ । रिचार्ज गरेलगत्तै माेवाइलमा दुइ वटा म्यासेज आउँछ । पहिलाे म्यासेजमा रिचार्ज गरेकाे रकम क्रेडिट भएकाे देखाउँछ । अर्थात तपाइकाे रिचार्ज सफल भयाे । सँगै रिचार्ज बराबरकाे रकम बाेनस बापत तपाइले पाउनु भयाे भन्ने सन्देश आउँछ । बाेनस बापत प्राप्त रकम कति खर्च भयाे र कति बाँकी छ भनेर जान्न विधि उल्लेख गरिएकाे हुन्छ । त्यसबारे जान्नकाे लागि *१४१५*५५# डायल गर्नुपर्नेछ । त्यस्तै, एफआर टाइप गरी १४१५मा एसएमएस गरेर पनि बाँकी बाेनस रकमबारे जानकारी लिन सकिन्छ । यसरी एसएमएस गर्दा बाेनस रकम कति बाँकी छ र कहिले सकिदै छ भन्ने जानकारी प्राप्त हुन्छ । साथै तपाइले भ्वाइस वा डाटा प्याक सेवा लिनु भएकाे छ भने उक्त सेवामा खपत गर्न बाँकी सेवाहरू उल्लेख गरिएकाे हुन्छ । सबै सन्देशहरू अग्रेजी भाषामा आउने भएकाेले सर्बसाधारण नेपाली उपभाेक्तालाई बुझ्न भने गाह्राे हुनसक्छ । नेपाल टेलिकमका अनुसार ‘एमपोस वा विद्युतीय रिचार्ज अन्तर्गत रु. १० देखि रु. ९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस २ दिनभित्र खपत गरिसक्नु पर्नेछ । साथै रु. १०० देखि रु. ४९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस ४ दिन भित्र खपत गरिसक्नु पर्नेछ । यसैगरी रु. ५०० देखि रु. ९९९ सम्मको रिचार्जमा प्राप्त हुने वोनस ८ दिनभित्र खपत गर्नुपर्ने हुन्छ भने रु. १००० वा सो भन्दा माथिको रिचार्जमा प्राप्त हुने वोनस १० दिनभित्र खपत गरिसक्नु पर्नेछ । बोनसको व्यवस्था अनुसार नेपाल टेलिकमको जीएसएम तथा सीडीएमएको प्रिपेड तथा पोस्टपेड सेवामा रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा रिचार्ज गरेको रकमको शतप्रतिशत बराबर बोनसको रूपमा प्राप्त हुनेछ । यसरी प्राप्त गरेको बाेनस रकमबाट प्याकेज बाहेकको दररेट अन्तर्गत नेपाल टेलिकमको नम्बरमा कल गर्न, एसएमएस पठाउन तथा डाटा प्रयोग गर्न सकिने छ । तर उक्त बोनस रकमबाट ब्यालेन्स ट्रान्सफर गर्न वा प्याकेज खरिद गर्न वा गिफ्ट पठाउन सकिने छैन ।
जब अर्थतन्त्र गिरावटकाे चिन्ताले जर्मनीमा अर्थमन्त्रीले गरे आत्महत्या
काठमाडाैं । जर्मनीको हेसे प्रान्तका अर्थमन्त्री थोमस सेफरले आत्महत्या गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ५४ वर्षीय उनले अर्थतन्त्रकाे तनाव तथा चिन्ताले आत्महत्या गरेका हुन् । काेराेना भाइरस महामारीका कारण अर्थतन्त्रमा भारी गिरावट आएपछि उनले आत्महत्या गरेकाे बुझिएकाे छ । महामारीका कारण अर्थव्यवस्थामा गिरावट आएपछि उनी निकै तनावमा थिए । लोकप्रिय र उच्च सम्मानित नेताका रुपमा उदाएका शेफरलाई त्यहाँका जनताले राज्य प्रमुख वाउफियरको उत्तराधिकारीका रुपमा लिने गर्दथे । जर्मनीको आर्थिक राजधानीको रुपमा चिनिने फ्रान्कफ्रट पनि हेसी प्रान्तमै पर्दछ । राज्य प्रमुख वाइफियरका अनुसार शेफर १० वर्षका लागि अर्थमन्त्रीमा नियुक्त भएका थिए । उनी कोरोना महामारीले पारेको आर्थिक प्रभावको सामना गर्न कम्पनी र कादारहरुसँग मिलेर दिनरात काम गरिरहेका थिए । एजेन्सी
स्वास्थ्य सामग्री लिएर धनगढी गएकाे विमान बीचमै किन काठमाडाैं फर्कियाे ?
काठमाडौं । स्वास्थ्य सामग्री लिएर काठमाडाैंबाट धनगढी गएकाे जहाज बिचबाटै पुनः काठमाडाैं फर्केकाे छ । कोरोना भाइरसको संक्रमण रोक्ने प्रयासमा खटिएका स्वास्थ्यकर्मीका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री तथा अरु सुरक्षात्मक सामग्रीसहित प्रदेश १ र धनगढीका लागि गएको सेनाको स्काई ट्रक बिचबाटै फर्किएको हाे । सरकारले आइतबार चीनबाट ल्याएको सामान प्रदेश १ र धनगढी लागि लिएर गएको सेनाको विमान त्यहाँ रहेको सामानको केमिकलमा शंका लागेपछि बिचबाटै फर्किएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । पिपिई, मास्क, सेनिटाइजरसहितका सामग्री लिएर स्काई ट्रक सोमबार बिहान त्यस तर्फ गएको थियो।
सोमबार नबिल बैंकको २४ वटा शाखा खुल्ने, कुन प्रदेशको कति वटा ?
काठमाडौं । सोमबार(आज) नबिल बैंकको देशभरका २४ वटा शाखा कार्यालय खुल्ने भएको छ । सबै शाखा बिहान ११ बजेदेखि १ बजेसम्म गरी खुल्ला हुने बैंकले जनाएको छ । जसमध्ये सुदुरपश्चिमको प्रदेशको सबैभन्दा बढी अर्थात ७ वटा शाखा कार्यालय खुल्ने भएका छन् । त्यस्तै, कर्णाली प्रदेशको ५ वटा र प्रदेश २ को ४ वटा शाखा खुल्ने छन् र प्रदेश १ र प्रदेश ५ को ३/३ वटा र प्रदेश ३ को दुई वटा शाखा कार्यालय खुल्ने बैंकले जानकारी दिएको छ । यससँगै, ग्राहकले आफूलाई पायक पर्ने शाखाबाट बैंकिङ सेवा लिन सक्ने छन् ।