विकासन्युज

लकडाउन नहटाउन डब्ल्यूएचओको आग्रह, हटाए कोरोना फैलिन सक्छ !

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुखले कोरोना भाइरसविरुद्ध जारी सघर्षमा सन्तुष्ट हुने अवस्था नभएकोभन्दै कोरोना भारइरस लामो समयसम्म सरहन सक्ने बताएका छन् । उनले विश्मा नै कोरोना भाइरस फैलिरहेकाले लकडाउन नहटाउन आग्रह गरेका छन् । डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले अफ्रिका, पूर्वी युरोप, मध्य अमेरिका र दक्षिण अमेरिकामा कोरोना भाइरसको संकमण बढ्ने क्रममा रहेको भन्दै लकडाउन जस्ता उपायहरु हटाइँदा सङ्क्रमण फैलनसक्ने चेतावनी दिएका छन् । विश्वव्यापी महामारी नियन्त्रण गर्न डब्ल्यूएचओले गरेको कामले कोरोना भाइरस रोकथामा सहयोग पुगेको बताएका छन् । उनले आफ्नो नेतृत्वमा रहेको उक्त राष्ट्रसङ्घीय निकायले कोरोना भाइरसका बारे विश्वलाई समयमै सचेत गराएको समेत बताएका छन् । ‘पछाडी फर्केर हेर्दा मलाई लाग्छ, हामीले उचित समयमै सङ्कट घोषणा गरेका थियौं, त्यसबेला कोरोना भारइरस रोकथाम तथा नियान्त्रण विश्वसामु पर्याप्त समय थियो,’ गेहब्रेयससले भने । डब्ल्यूएचओले जनवरी ३० मा कोरोना भाइरसलाई अन्तर्राष्ट्रिय चासोको रुपमा लिएर सार्वजनिक स्वास्थ्य सङ्कट घोषणा गरेको थियो । मार्च ११ मा मात्रै कोरोनालाई महामारीको रूप लिएको थियो । विश्वभरि अहिले २७ लाखभन्दा धेरैमा यस भाइरसको सङ्क्रमण फैलिइसकेको छ । १ लाख ९१ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् । पश्चिम युरोपका धेरैजसो ठाउँमा सङ्क्रमण स्थिर हुन वा घट्न लागेको देखिएको भए पनि केही देशमा यो बल्ल सुरु हुने अवस्थामा रहेको डब्ल्यूएचओको भनाइ छ । ‘भाइरस लामो समयसम्म रहनसक्छ, निकै खतरनाक पनि छ, प्रारम्भिक प्रमाणले विश्वका अधिकांश जनसङ्ख्या यसको जोखिममा रहेको सङ्केत गर्छ’ गेहब्रेयससले भनेका छन् । अहिले हामीले हाम्रो कामबाट सन्तोष मान्यौँ भने त्यो सबैभन्दा ठूलो खतरा हुनेछ । डब्ल्यूएचओले गरेको कामबाट थुप्रै देशहरूले प्रशंसा गरेपनि डा. टेड्रोसको राजीनामा समेत माग्दै कतिपय अमेरिकी नेताहरूले उनको आलोचना गरेका थिए । कही साता अघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनलाई दिएको आर्थिक सहायता रोक्न आफ्नो प्रशासनलाई निर्देशन समेत दिएको थिए । ट्रम्पले कोरोना भाइरस संक्रमण फैलिरहेको सन्दर्भमा न्यूनिकरण गर्न डब्ल्यूएचओ विफल भएको समेत आरोप लगाएका थिए । विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा

चीनमा २४ घन्टा यता कोरोनाका छ नयाँ संक्रमित भेटिए

बेइजिङ । चीनमा गएको २४ घन्टायता कोरोनाका छ जना नयाँ संक्रमित भेटिएको समाचारमा जनाइएको छ । तीमध्ये चार जना चीनभित्रै संक्रमित भएका व्यक्ति छन् भने अरु दुई जना विदेशबाट चीन गएका व्यक्तिमा देखिएको बताइएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सो जानकारी दिएको छ । उक्त आयोगकाअनुसार चीनमा गएको २४ घन्टामा नयाँ मृत्यु भने भेटिएको छैन । उक्त आयोगले देशका ३१ प्रान्तबाट प्राप्त समाचारमा ८२ हजार ८ सय ४ जना कोरोना भाइरसका कारण भएका विरामीको तथ्यांक पाइएको जनाएको छ । तीमध्ये पछिल्ला केही दिनमा मात्र ९ सय १५ जना विरामी पाइएका छन् । तीमध्येका ५७ जना नागरिक गम्भीर स्वास्थ्य अवस्थामा रहेका पनि पाइएको सो समाचारमा उल्लेख गरिएको छ । साथै चीन सरकारले दिएको सो तथ्यांकमा ४ हजार ६३२ जना नागरिक कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको जानकारी गराएको छ । यहाँका विरामीहरुमध्ये ७७ हजार २५७ जना विरामी निको भएर घर फर्किएका छन् । साथै चीनको उक्त स्वास्थ्य आयोगले पछिल्ला दिनहरुमा चीनको हुबे प्रान्तको उहान शहरमा कोरोना भाइरसका नयाँ विरामी भेटिएका छैनन् भनेको छ । त्यसैगरी उता हङकङमा १ हजार ३५ जना नागरिक यस भाइरसबाट संक्रमित भएको बताइएको छ । त्यहाँ यस महामारीबाट ४ जनाको मृत्यु भएको जनाएको छ । विश्व स्वास्थ्य संगठनले गत मार्च ११ मा यस भााइरसको प्रकोपलाई महामारी भनेको थियो । अहिलेसम्म यस भाइरसबाट कम्तीमा पनि २७ लाख नागरिक संक्रमित भएका छन् । अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले दिएको जानकारीअनुसार यस प्रकोपबाट संसारका २०० भन्दा बढी देशमा कम्तीमा पनि १ लाख ९० हजार जनाको ज्यान गएको बताइएको छ । रासस–एएनआई

बेलायतले आफ्ना नागरिक लैजान १४ वटा विमान भारत पठाउने

नयाँ दिल्ली । बेलायतले आफ्ना नागरिक लैजानका लागि १४ वटा चार्टर विमान भारत पठाउने भएको छ । करिब ३ हजार ६ सय जना नागरिक बेलायत लैजाने बेलायतले जानकारी दिएको छ । उनीहरु हाल भारतमा रहेकोले उनीहरुलाई स्वदेश फकाउनका लागि यही अप्रिल २८ तारिखबाट ती विमानहरु भारत पठाइने बताइएको छ । बेलायत सरकारले ती विमान हाल भारतमा रहेका बेलायती नागरिकका लागि पठाउन लागेको बताएको छ । दक्षिण एसिया तथा कमनवेल्थसम्बन्धी बेलायती मन्त्री लर्ड (तारिक) अहमदले जानकारी दिए अनुसार ती विमानहरु यही अप्रिल २८ मा भारतमा पठाइने छ । बेलायतले भारतमा रहेका आफ्ना नागरिकलाई लैजान यसअघि पनि चार्टर विमानहरु पठाएको थियो । यसमार्फत बेलायतमा आफ्ना ६ हजार ५ सय जना नागरिकलाई स्वदेश फर्काइसकेको छ । ती मन्त्रीका अनुसार बेलायतले आगामी दिनमा पनि भारतमा रहेका करिब ७ हजार नागरिकलाई स्वदेश फर्काउने योजना बनाएको छ । अहिले बेलायत र भारतमा नियमित उडानहरु बन्द छन् । तर पनि बेलायतले स्वदेश फर्किनुपर्ने समस्यामा रहेका नागरिकहरुलाई छानेर उनीहरुको उद्धारस्वरुप यसरी स्वदेश ल्याउने गरिएको छ । भारतमा रहेका कम्तीमा १३ हजार बेलायती नागरिकले आफूहरु स्वदेश फर्किनैपर्ने समस्यामा रहेको भनी आवेदन गरेका बेलायत सरकारले जनाएको छ । रासस–एएनआई

जेठसम्मकाे लागि खाद्यान्न मौज्दात छ, त्यसपछि भन्न सकिदैनः दाल चामल उद्याेग संघ

काठमाडौं । नेपालमा चामल, तेल, दाललगायका खाद्यान्न जेठ महिनासम्मको लागि मौज्दात रहेको नेपाल चामल तेल दाल उद्योग संघले जानकारी दिएको छ । हाल नेपालमा लकडाउनको कारणले ३१ दिनदेखि अतिआवश्यक बस्तु बाहेका अरु उद्योग, कलाकारखाना बन्द रहेका छन् । लकडाउनका कारण विश्वमा नै खाद्यान्य संकट बढेर भाेकमरी हुुन सक्ने अन्तराष्ट्रिय संस्थाहरूले बताएका छन् । नेपाल चामल, तेल, दाल उद्योग संघका अध्यक्ष सुबोध कुमार गुप्ताले जेठ महिनासम्मका लागि खाद्यान्नको मौज्दात रहेको बताए । त्यसपछिको अवस्था के हुन्छ भनेर अहिले नै भन्न नसकिने उनकाे भनाइ छ । ‘मलाइ लाग्छ १५ दिनपछि हामी सामन्य अवस्थामा पुग्नेछौं, हामीले सघंसगँ कति महिनालाई पुगने खाद्यान्य छ भनेर मात्रै भन्ने हो, प्रतिमहिना कुन खाद्यान्य कति खपत हुन्छ भनेर तथ्यांक विभागले भन्ने हो, तर तथ्यांक विभागसगँ त्यस्तो डाटा नै रहेनछ,’ गुप्ताले भने । नेपालमा अभाव भएको भनेको मुसुरोको दहाल मात्रै हो । मुसुरोको दहाल विश्व बजारमा नै अभाव भइसकेको छ । मुसुरोको दहालको सट्टमा अरु दहाल प्रयोग गर्न सकिने गुप्ताले बताए । नेपालमा चाहिनेमध्ये ४० प्रतिशत मात्रै खाद्यान्न उत्पादन भएकाले प्रतिकेजी १ देखि ५ रुपैंयासम्म मूल्य वृद्धि भएको उनकाे भनाइ छ । विश्वमा नै उत्पादन कम भएपछि मूल्य वृद्धि भएको उनले बताए । अध्यक्ष गुप्ताका अनुसार अमेरिकी डलरको मूल्य वृद्धि र अन्तराष्ट्रिय बजारमा खाद्यान्यको मूल्य वृद्धि भएकोले नै नेपालमा खाद्यान्नमा केही मूल्य वृद्धि भएको हाे । भारतबाट मात्रै नेपालमा नेपालीले उपभोग गर्ने ८० प्रतिशत खाद्यान्न आउने गरेको संघकाे भनाइ छ । लकडाउनको समयमा पनि भारतबाट खाद्यान्य सहज रुपमा आयात भइरहेको गुप्ताले जानकारी दिए । लकडाउनपछि पनि नेपाललाई भारतले सहजरुपमा खाद्यान्य आयात गर्न दिने उनकाे भनाइ छ । नेपाल चामल, तेल, दाल उद्योग संघले चामल, तेल, दाललगायत दैनिक अत्यावश्यक वस्तुको उत्पादन र ओसार पसारमा कुनै समस्या नरहेको बताएको छ । विहान ७ बज देखि बेलुका ७ बजेसम्म डिलसलाई सामान दिने गरेको संघले जानकारी दिएको छ । कोरोनाका कारण मुलुक लकडाउनमा रहेको र चामल, दाल र तेल लगायतका खाद्यान्न अत्यावश्यक रहेकाले सहज आपूर्तिका लागि संघले काम गरिरहेको पनि बताएको छ । संघले केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको सहयोगमा उद्योग निरन्तर संचालन गरिरहेको छ । लकडाउनको अवस्थामा सरकारको नीति, कार्यक्रम र योजनाप्रति सहयोग गर्दै कोरोना भाईरस पूर्ण रोकथाम नहुँदासम्म सरकारसँग हातेमालो गर्दै निरन्तर सहयोग गरेको सघंले जानकारी दिएको छ । संघले दैनिक जीवनमा आवश्यक पर्ने बस्तुका उद्योगमा काम गर्ने कर्मचारी, श्रमिक, मजदुरको स्वास्थलाई ध्यानमा राखी सेनीटाइजर, मास्क र सामाजिक दुरी कायम गरि उद्योग सञ्चानल गरेको छ । लकडाउनको बेला सरकारले दिएको सुझाबलाई मध्येनजर गरी बजारमा सहज आपूर्तिको लागि खाद्य वस्तु उत्पादन, आयत र आपूर्ति गरिरहेको छ । चामल, तेल, दाल लगायतका अन्य बस्तुहरु एक ठाउँबाट अर्को ठाउमा पठाउने प्रणालीलाई निरन्तरता संघले दिएको छ । लकडाउनको अवधिभर खाद्यान्नमा उपभोक्तलाई सहज वातावारण रहेको महसुस गराउन निजी क्षेत्र गम्भिर भएर लागेको जानकारी दिएको छ ।

‘लकडाउन’ बारे आइतबार निर्णय हुने

काठमाडाैं । काेराेना भाइरसकाे जाेखिम कम गर्नका लागि सरकारले बैशाख १५ गतेसम्मका लागि लकडाउन गरेकाे छ । त्यसकाे समयावधि साेमबार सकिँदैछ । यसबारे आजको मन्त्रिपरिषद् बैठकमा छलफल हुने बताइए थियो। अबको लकडाउनको मोडालिटी कस्तो बनाउने भन्नेबारे चर्चा यसअघिदेखि नै हुँदै आएको थियो। तर शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा लकडाउनबारे कुनै छलफल नभएको बताइएकाे छ । आजको बैठक सरकारले जारी गरेको अध्यादेश केन्द्रीत भएको स्राेतले बताएकाे छ। सर्वत्र विरोध भएपछि सरकारले गत सोमबार जारी गरेको दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको छ। लकडाउनबारे भने अर्को बैठकमा छलफल हुने बताइएको छ।

सानिमा बैंक गर्याे कोरोना रोकथाम कोषमा साढे एक करोड बढी सहयोग

काठमाडौं । सानिमा बैंकले कोरोना भाइरस संक्रमण, रोकथाम तथा उपचार कोषमा १ करोड ६८ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।जसअन्तर्गत बैंकका कर्मचारीहरुको तर्फबाट ३३ लाख रुपैयाँ प्रदान गरिएको छ । केन्द्रीय सरकार अन्तर्गत कोरोना भाइरस संक्रमण, रोकथाम तथा उपचार कोषमा ९८ लाख रुपैयाँ र प्रत्येक प्रदेश सरकारलाई १० लाखका दरले ७० लाख रुपैयाँ सहयोग रकम उपलब्ध गराएको हो । बैंकका हरेक प्रादेशिक कार्यालयका प्रतिनिधिहरु मार्फत् आ–आफ्ना प्रदेश सरकारलाई सो सहयोग रकम हस्तान्तरण तथा केन्द्र सरकारको कोरोना भाइरस संक्रमण, रोकथाम तथा उपचार कोषमा रकम जम्मा गरेको हो । यसबाट कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारका लागि सरकारलाई मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । हाल बैंकले काठमाडौं उपत्यकाभित्र र बाहिरका विभिन्न शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै सर्वसाधारणको सुरक्षालाई ध्यानमा राख्दै विभिन्न डिजिटल बैंकिङ्ग च्यानलहरु मार्फत निःशुल्क सेवा प्रदान गर्दै आइरहेको छ ।

चाैतर्फि विराेधपछि अध्यादेश फिर्ता लिने सरकारकाे निर्णय

काठमाडाैं । चाैतर्फ विराेध भएपछि सरकारलेअध्यादेश फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले दुबै अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । सरकारसे गत बैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद सम्बन्धि अध्यादेश जारी गरेको थियो । अब साे अध्यादेश सरकारकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले  खारेज गर्नेछिन्  । राजनीतिक दलसम्बन्धी अधियादेशमा पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने व्यवस्था गरिएकाे थियाे ।

कृषि विकास बैंककाे व्याजदरमा तीन प्रतिशत सहुलियत

काठमाडौं । कृषि विकास बैंकले कोरोना भाइरसका कारण ऋणीहरूलाई समस्या परेको भन्दै कर्जामा तीन प्रतिशत सहुलियत दिएको छ । बैंकले पछिल्लो समय कर्जा लगानी ११ प्रतिशत बनाएको थियो । लकडाउनका बेला ऋणीहरू समस्यामा परेकाले ३ प्रतिशत घटाएर ९ प्रतिशतमा ब्याजदर झारेको बैंकका प्रवक्ता हिमलाल पौड्यालले बताए । नयाँ तथा पुराना ऋणीहरूलाई कोरोनाको महामारी फैलिएसँगै समस्या नपर्योस भनेर सहुलियत प्रदान गर्ने भएको हो । हाल बैंकका एक लाख ४५ हजार ऋणीलाई एक खर्ब २१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने एक खर्ब ३० अर्ब रुपैयाँ निक्षेप रहेको जनाएको छ ।