काठमाडाैं । काेराेना भाइरसकाे जाेखिम कम गर्नका लागि सरकारले बैशाख १५ गतेसम्मका लागि लकडाउन गरेकाे छ । त्यसकाे समयावधि साेमबार सकिँदैछ ।
यसबारे आजको मन्त्रिपरिषद् बैठकमा छलफल हुने बताइए थियो। अबको लकडाउनको मोडालिटी कस्तो बनाउने भन्नेबारे चर्चा यसअघिदेखि नै हुँदै आएको थियो। तर शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा लकडाउनबारे कुनै छलफल नभएको बताइएकाे छ ।
आजको बैठक सरकारले जारी गरेको अध्यादेश केन्द्रीत भएको स्राेतले बताएकाे छ। सर्वत्र विरोध भएपछि सरकारले गत सोमबार जारी गरेको दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको छ। लकडाउनबारे भने अर्को बैठकमा छलफल हुने बताइएको छ।