विकासन्युज

विनाश विनाको विकास उत्तम विकल्प

विम्मात्मक तस्वीर, स्राेतःविकिपिडिया नोेवेल कोरोना भाईरस र उत्पत्ति विश्व स्वास्थ्य संङगठनका अनुसार कोरोनाभाईरस रुघाखोकीदेखि मिडिल इस्ट रेस्पिरेटोरी सिन्ड्रोम र सिभियर एक्युट रेस्पिरेटोरी सिन्ड्रोमजस्ता गम्भिर रोग निम्त्याउने ठूलो भाइरसहरुको एउटा समूह हो । नयाँ प्रकारको भाइरस यसअघि मानिसमा देखा परेको थिएन यो भाइरस जुनोटिक अर्थात जनावर र मानिसबीच सर्ने भाइरस हो । यो भाइरस सर्वप्रथम चीनको वुहान क्षेत्रमा सन् २०१९ डिसेम्बर ३१ तारिखमा होलसेल सिफुड मार्केटबाट मानिसमा सरेको हो भनी पुष्टि भएको छ । यो भाईरस जनावरबाट मानिसमा सर्ने भनिएता पनि हालसम्म यो कुन जनावरबाट मानिसमा सरेको भनि पुष्टि भैसकेको छैन तथापी यी सालक, चमेरा, सर्प, सुङगुर, कुखुरा आदि जनावरहरु शंकाको घेरामा परेको भएता पनि यकिन हुन सकेको छैन । चिनिया अधिकारीहरुले सन् २०२० जनवरी २१ मा कोरोना भाईरस मानिसबाट मानिसमा सर्ने भनी पुष्टि गरेका थिए । शुरुमा चीनमा मात्र देखा परेको यो भाइरस अहिले विश्व परिक्रममा छ । हालसम्म २०६ भन्दा बढि देशमा आफ्नो पकड जमाएको छ । नोबेल कोरोनाको रुपमा रहेको भाइरसको न्वारान भने वैज्ञानिकहरुले सन् २०२० फेब्रुअरी ११ मा कोभिड–१९ अर्थात जसको पुरा नाम भने कोरोना भाइरस डिजिज २०१९ राखेका छन् । कोरोना र विश्व सन् २०१९ को अन्त्य संगैसंगै नयाँ वर्षको शुरुवात हुनु अघिलो दिन अर्थात सन् २०१९ डिसेम्बर ३१ तारिखमा चीनको वुहान क्षेत्रमा रहेको होलसेल सिफुड मार्केटबाट मानिसमा सरेसंगै यसले विश्वमा तहलका मच्चाउन शुरु गर्यो । रोचक र दुःख लाग्दो प्रशङ्ग त के छ भने चीनमा कोरोना आउँछ भनेर भविष्यवाणि गर्ने चिनियाँ डाक्टर लि तेनलिगले ३० डिसेम्बरमा घोषणा गरेकोमा गलत सूचना प्रवाह गरेको भनी पुलिसले पक्रेर जेल चलान गरिएकोमा पछि उनको जेलमै सन २०२० फब्रुअरी ७ मा कोरोनाकै कारणबाट मृत्यु भयो भने पछि उनलाई नायकको रुपमा चिनिएको छ । चीनपछि यो भाइरस चीनपछि कोरिया, फिलिपिन्स, हङकङ्ग हुदै विश्व जगतमा आतंकको रुपमा फैलिएको छ । चीनमा तीन हजार भन्दा बढि मानिसको ज्यान लिइसकेकोे छ भने इटाली, स्पेन, अमेरिका, फ्रान्स, बेलायत जस्ता विकसित मुलुकहरुमा बढि क्षति पुर्याएको छ । हालसम्म यस भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख २८ हजार नाघिसकेको छ भने संक्रमितको संख्या २० लाख पुगेको छ । विश्व्यापी भ्रमणमा रहेको यो भाईरसबाट नेपाल पनि अक्षुतो रहन सकेन चीनबाट नेपाल फर्केका एकजना व्यक्तिमा कोरोना भाइरस रहेको भनी २०७६ माघ १० मा पुष्टि भएको र उनलाई क्यारेनटाइनमा राखेर उपचार पश्चात निको भएका छन् । त्यसपछि हालसम्म विभिन्न मुलुकबाट नेपाल फिरेका १६ जनालाई यो भाइरस देखिएको छ भने उनीहरुको उपचार भैरहेको छ । विश्का धेरै मुलुकहरु कोरोना भाइरसको चुनौतिको सामना गर्न दिनरात लागि परेका छन । भाइरस फैलने क्रम नरोकिएमा विश्वमा ठूलो संकट निम्तने निस्चित छ । मानवीय, आर्थिक, वातावरणीय आदि क्षेत्रमा भयाभह स्थिति सिजना हुनसक्छ । लेखक ‘चीनबाट उत्पत्ति यो भाइरस विश्व भरी दिनमा दुई गुणा रात चौ गुणामा बढ्दै जानु र उपचारको लागि अहिलेसम्म कुनै औषधि र खोपको आविष्कार नहुँदा यसले मानवीय क्षति कुन गतिमा गर्छ भन्ने कुनै आकलन गर्न सकिने स्थिति छैन यो विषम परिस्थितिमा आफू पनि बाच्न र अरुलाई पनि बचाउन घरमै सेल्फ क्यारेनटाइनमा बस्नु बाहेकको अरु कुनै विकल्प छैन ।’ कोरोना भाईरसका लक्ष्ण हरु  १०४ डिग्रि सेल्सीयससम्म ज्वरो आउनु,  रुघाखोकि लाग्नु  सुख्खा खोकी लगातार लाग्नु  छिटोछिटो शास फर्नु,शास फेर्न गाहे हुनु,  जटिल हुदै गएमा निमोनिया हुनु,  सिभियर एक्युट रेस्पिेरिटोरी सिन्ड्रोम हुनु,  मृगौलाले काम गर्न छाडनु र मृत्युसमेत ह्न सक्ने नोवल भाइरस सर्ने तरिका नयाँ प्रकारको भाइरस यसअघि मानिसमा देखा परेको थिएन यो भाइरस जुनोटिक अर्थात जनावर र मानिस बीच सर्ने भाइरस हो । जनावरबाट मानिसमा सर्दछ कुनै एउटा सदस्यमा भाइरसको संक्रमण भएमा सो मानिससँग सम्पर्कमा आउने अन्य मानिसमा यसले सहजै संक्रमण हुने संभावना प्रवल रहन्छ । जनावरबाट मानिसमा सरेको यो भाइरस पछिल्लो समयमा जनावरबाट जनावरमा सरेको पनि छ । सर्वप्रथम सन् २०२० अप्रिल ६ मा संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित ब्रोङ्स चिडियाखानामा एउटा बघिनीलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । नोवल कोरोना भाइरसबाट बाट बच्ने उपायहरु  नियमित रुपमा साबुन पानीले मिचिमिचि हात सफा गर्ने,  संक्रमित व्याक्तिबाट टाढा रहने,  अनावश्यक भिडभाडमा नजाने,  खोक्दा हाच्यिउ गर्दा मुख छोप्ने,  घरबाहिर निस्कदा अनिवार्य माक्स लगाउने,  मासु र अन्डा राम्रोसँग पकाएर खाने,  कोरोना भाइरस सम्बन्धी तत्काल कुनै लक्ष्यण देखिएमा सम्बन्धित नजिकैको स्वास्थ्य संस्थामा खबर गर्ने÷जाने  जंगली तथा घरेलु पशुपंक्षीको नजिक नजाने संपर्कमा नआउने,  आफ्नो व्यक्तिगत सरसफाईमा ध्यान दिने,  कुनैकार्य गरेपश्चात स्यानीटाइजर, ह्यान्ड वासको प्रयोग गर्ने अथवा साबुन पानीले मिचिमिचि हात सफा गर्ने नोवल कोरोना र मानव जीवन पृथ्वीको सबैभन्दा बुद्धिमानी र सर्वश्रेष्ठ प्राणी मानीस यतिबेला एउटा सूक्ष्म जीवाणु भाइरसबाट त्रसित छ । एक्दमै सानो सूक्ष्म जीवाणुले मानिसलाई एउटा बन्दकोठामा जेल जस्तै बनाईदिएको छ । विश्वका अधिकांश नागरिक बन्द कोठाभित्र कुन्ठित भएका छन । दैनिकी जीवन कष्ठकर हुदैँ गएको छ । आफ्नो परिवार, इष्टमित्र, साथीभाईसँग समेत टाढा बनाइदिएको छ । प्राय सबै मुलुकले अत्यावश्यक बाहेकका अन्तराष्ट्रिय तथा राष्ट्रिय हवाई यातायात, जल तथा स्थल यातायात, राष्ट्रिय तथा अन्तराष्ट्रिय सीमा नाकामा मानवीय आवत जावतलाई ठप्प पारिएको, भेटघाट, सभासम्मेलन लगायतका सम्पूर्ण कार्यहरु पुरै बन्देज गरेका छन् । मानिसको दैनिकी कष्ठकर हुदैँ गएको छ भने करिव १ लाख २८ हजार भन्दा बढिको ज्यान गैसकेको छ २० लाख भन्दा बढि मानिस यो भाइरसबाट संक्रमित छन् । यो भाइरसले धनी, गरिव, जात, रुप रङ्ग, लिङ्ग, सानो ठूलो, कसैलाई भेदभाव गरेको छैन् । युरोपियन र अमेरिका जस्ता अर्थतन्त्रका बादशाह मानिने यी मुलुकमा सबैभन्दा बढि प्रकोप फैलिएको र ठूलो जनधनको क्षति तीब्र रुपमा बढ्दै गएको छ । हालसम्म विश्वका २०६ भन्दा बढि मुलुकमा यसको महामारी आगोको मुस्लो जसरी फैलिएको छ । मानवीय संकट निम्तत्याउन सक्ने भन्दै विश्व स्वास्थय संगठनले सन् २०२० जनवरी ३० मा आपतकालीन बैठकले यस प्राणघातक भाइरसको प्रकोपलाई ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ का रुपमा घोषणा गरेको छ । नेपालमा पनि यस भाइरसको प्रकोप नफैलियोस र मानवीय क्षति कम होस भन्ने हेतुले नेपाल सरकारले विस २०७६ चैत ११ देखि लकडाउन (स्वकफ्र्यु) घोषणा गरेको छ । मानवीय आवतजावत पूर्णरुपमा ठप्प छ । अत्यावश्यक बाहेकका सबै सेवामा बन्देज लगाइएको छ । मानव जीवन नै सबै थोकको सबै चीज भएकोले नेपालले चालेको यो कदम सहनिय छ । यसैको फलस्वरुप थप क्षति हुन पाएको छैन भने सबै आ–आफ्नो ठाउँबाट सबै सचेत भएका छन् । नोवल कोरोना भाइरस र अर्थतन्त्र कोरोना भाइरसले विश्वको अर्थतन्त्रलाई तहसनहस बनाईदिएको छ । विश्व बैंक, अन्तराष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैंक लगायतका आदि संघसस्था र अर्थशास्त्रीहरुले सन् १९३० को विश्व आर्थिक मन्दी भन्दा जटिल अवस्था आउन सक्ने चिन्ता व्यक्त गरिसकेका छन । यहिँ अवस्था रहिरहेमा अर्थतन्त्रमा चौपट हुने निश्चित नै छ । उद्योग, कलकारखाना, पर्यटन, उद्यम, रोजगारी, व्यापार व्यावसाय, कृषि, हवाई यातयात, होटल रेष्टुरा आदि क्षेत्रमा प्रत्यक्ष प्रभाव पारेको छ । लाखौ मानिस रोजगार बिहीन भएका छन अत्यावश्यक बाहेकका सबै बस्तु तथा सेवाको आयात निर्यातमा समस्या सिर्जित भएको छ । कृषि उपजहरुले बजार नपाउँदा उत्पादन स्थलमै सडेर गएको छ भने अर्कोतर्फ उपभोक्ता वर्ग कष्ठकर जीवन यापन गर्न विवस छन् । वस्तु तथा सेवाको मूल्य छोईनसक्नु भएको छ सर्वसाधारणको पहुँचभन्दा बाहिर गएको छ । अर्थतन्त्रका बादशाह ठानिने विकसित मुलुकहरुसमेत अहिले ओरालो लागेका छन आर्थिक वृद्धिमा संकुचन आउने क्रम तिब्र छ यो विश्वव्यापी समस्याको रुपमा देखा पर्न थालिसकेको छ । केहि देशहरुले आन्तरिक, अन्तराष्ट्यि तथा बहुपक्षिय आयात निर्यातलाई पूर्ण रोक लगाईसकेका छन् । यहि भाइरसको कारण उत्पादनमा कमि, मागमा सुस्तता र पुँजी बजारमा भारी गिरावट आउन थालेको छ । आर्थिक स्थायीत्व र आर्थिक बृद्धिको लागि व्यापार व्यावसाय संचालन हुनुपर्ने हुन्छ तर अहिले न त व्यापार व्यावसाय संचालन न त लगानी नै भएको छ । यसको प्रत्यक्ष असर अर्थतन्त्रमा पर्न गएको छ । अर्थतन्त्रका दुई ठूला राष्ट्र चीन र भारतको बीचमा रहेको नेपालमा पनि प्रत्यक्ष असर परेको छ । ज्याला मजदुरी गरेर जीवन गुजारा गर्ने मानिसको अवस्था दिनानुदिन दयनीय बन्दै गएको छ, राजश्व संकलनमा भारी गिरावट आएको छ, पर्यटन, उद्योग, कषि, व्यापार, व्यावसाय पुरै सुनसान छन्, बैंक तथा वित्तीय संस्थाले पनि अपेक्षित गति लिने कुरै भएन कर्जा असुलीमा प्रत्यक्ष असर पारिरहेको छ, घरेलु तथा साना उद्योगको अवस्था झन् जरझर भएको छ । विकास आयोजना ठप्प नै छन् । विकास आयोजना समयमै सम्पन्न नहुँदा थप आर्थिक भार पर्ने कुरा निश्चित नै छ । रेमिटेन्सले धानेको नेपाली अर्थतन्त्रलाई ठूलो धक्का लागेको छ वैदेशिक रोजगारीमा गएका ४५ लाख भन्दा युवाको भविष्य के हुन्छ भनेर आंकलन गर्न सकिने स्थिति छैन । आशा राखौ यस भाइरसको आतंकबाट छिट्टै राहात मिल्ने छ र विश्व अर्थतन्त्रका साथै नेपालको अर्थतन्त्र पुरानै अवस्थामा जाने छ । कोरोना भाइरस र वातावरण यो भाइरसबाट सिर्जित विश्व महामारीले वातावरणलाई पहिलो प्राथमिकता दिएर मात्र विकास गर्नु पर्दछ भन्ने सन्देश उजागर गर्देको छ । अर्थलाई नै सबथोक मान्ने होडबाजीमा रहेका विश्व महाराष्ट्रहरुको आखाँको पट्टि खोलिदिएको छ । विनाश विनाको विकास नै अबको उत्तम विकल्प हो । अन्य क्षेत्रमा जस्तो वातावरणमा नकरात्मक असर परेको छैन । सम्पूर्ण विश्व जगत नै लकडाउनमा रहेको अवस्थामा वातावरण प्रदुषणमा कमी आएको छ । खनिज पदार्थको उत्खनन्, हवाई इन्धन, कलकारखाना, आणविक भट्टी आदि पूर्णरुपमा संचालन नहुँदा वातावरण स्वच्छ भएको छ । कतिपयले कोरोना भाइरसलाई मानिसले वातावरण माथि गरेको अव्यवस्थित दोहनले सिर्जित समस्या भनेका छन् । जनसंख्याशास्त्री मालथसले भनेझै ूपृथ्वीले धान्न नसक्ने भन्दा बढि जनसंख्या भयो भने पृथ्वीले आफै सन्तुलन कायम गर्न विभिन्न विपद, महामारी आउछ भनेका थिए । कतै त्यही सिद्धान्त सिर्जित भएको त होईनू ? यदि त्यसो हो भने यो भाइरसबाट सिर्जित विश्व महामारीले वातावरणलाई पहिलो प्राथमिकता दिएर मात्र विकास गर्नु पर्दछ भन्ने सन्देश उजागर गर्देको छ । अर्थलाई नै सबथोक मान्ने होडबाजीमा रहेका विश्व महाराष्ट्रहरुको आखाँको पट्टि खोलिदिएको छ । विनाश विनाको विकास नै अबको उत्तम विकल्प हो । कोरोना भाइरसले वातावरणमा धेरै जसो सकरात्मक परिवर्तन ल्याएको छ तर यहिँ मौका छोपि वन्यजन्तु र वनस्पतीको अवैध चोरिशिकारी हुने संम्भावना पनि उत्तिकै छ । खुला पशु चौपायकलाई आहार विहारमा समस्या भई तिनीहरुलाई जोगाउन समेत हम्मे पर्न सक्छ । समग्रमा यस भाइरसले वातावरणमा राम्रो प्रभाव पारेको छ भन्नु नै उत्तम होला । अब सबैले यो बुझ्न जरुरी छ कि पारिस्थितिक प्रणालीको संरक्षण र सम्बद्र्धन भयो भने सम्पूर्ण जगत नै सुरक्षित र व्यवस्थित रुपले संचालन हुन्छ । प्राकृतिक स्वरुपलाई नै कुरुप र खलबलिने तवरले मानवीय गतिविधि चलायमा प्रकृतिले त्यसको जवाफ दिन्छ भन्ने गतिले उदाहरण कोरोना भाइरसले प्रकट गरिसकेको छ । त्यसैले बुद्धिजिवी प्राणी मानवको मनमष्तिकमा वातावरणलाई पहिलो प्राथमिकता दिएर मात्र विकास गनुपर्छ भन्ने चेतना भर्नुपर्ने आवश्यक देखिन्छ । अन्ततः चीनबाट उत्पत्ति यो भाइरस विश्व भरी दिनमा दुई गुणा रात चौ गुणामा बढ्दै जानु र उपचारको लागि अहिलेसम्म कुनै औषधिको आविष्कार नहुँदा यसले मानवीय क्षति कुन गतिमा गर्छ भन्ने कुनै आँकलन गर्न सकिने स्थीति छैन यो विषम परिस्थितिमा आफू पनि बाच्न र अरुलाई पनि बचाउन विश्व स्वास्थ्य संगठन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जनस्वास्थ्यसंग सम्बन्धित सरोकार राख्ने निकायहरु, संचार माध्यमहरु आदिले जारी गरेका सुरक्षाका उपाय अपनाई क्वारेन्टाईनमा बस्नु पर्ने कुरा चीनले प्रमाणित गरिसकेकोले सबैले आ–आफ्नो ठाउँबाट सरकारले घोषणा गरेका नियम पालना गरी मानवीय धर्म निभाइ असल नागरिक भएको परिचय दिनु नै सम्पूर्ण मानव जगत र विश्वको लागि हित हुनेछ । सकारात्मक सोच राखौं । विश्वले कोरोनाबाट उन्मुक्ति पाई पुरानै अवस्थामा पुग्न सक्नेछौ । बेलैमा होस पुर्याउ, स्वास्थ्य जीवनशैलीमा परिवर्तन गरौँ, दीर्घजीवि बनौँ । मानव इतिहास रच्न आफ्नो व्यावहारलाई परिवर्तन गर्यौ भने यस्ता संकटको सहजै पार लगाउन सकिने छ र जगतकै भलो हुने निश्चित छ । [email protected]

कोरोनाको बीमालेख घरबाटै खरिद गर्न सकिने, एनआईसी एशियाले शुरु गर्यो नयाँ पोर्टल

काठमाडौं । एनआईसी एशिया बैंकले बीमालेख खरिद गर्ने सेवालाई सहज बनाउन डिजिटल पोर्टल सञ्चालन गरेको छ । बैंकले यस असहज परिस्थितिका बीच भौतिक रुपमा बाहिर निस्किएर बीमालेख खरिद गर्न कठिनाई हुनसक्ने अवस्थालाई ध्यानमा राख्दै उक्त पोर्टल शुरु गरेको हो । बीमा खरिदका लागि अनलाईनमार्फत छुट्टै पोर्टल नभएको अवस्थामा बैंकले डिजिटल पोर्टल (https://covid19.nicasiabank.com) मार्फत नवीनतम प्रयोग थालेको हो । जसमार्फत बैंकको मोबाइल बैकिङ्ग एवं वेबसाइट वा सिधै उक्त पोर्टललाई आफ्नो वेब ब्राउजरमा खोलेर एनआईसी एशियाको मोबाइल बैकिङ्ग वा ईन्टरनेट बैंकिङ्गबाट भुक्तानी गरी ग्राहकहरूले यो लकडाउनको अवधिमा समेत सहज किसिमले घरमै बसी अनलाईनबाटै बीमालेख खरिद गर्न सक्नेछन् । सहज तथा सरल बैकिङ्गको अंगीकार गरेको यस एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई यस्तो विपत्तीको बेलामा सहज तरिकाले बीमालेख खरिदको अभ्यास गराउनका लागि यो सेवा प्रारम्भ गरेको हो । कोरोना भाइरस बीमालेखमा दुई श्रेणीको बीमांक कायम गरिएको छ । जसअन्तर्गत पहिलो श्रेणीको बीमालेख १ लाख रुपैयाँ र दोस्रो श्रेणीको बीमालेख ५० हजार रुपैयाँ रहेको छ । यसलाई खरिद गर्न प्रतिव्यक्ति क्रमशः एक हजार रुपैयाँ र ५ सय रुपैयाँ लाग्नेछ । पारिवारिक वा संस्थागत रुपमा बीमा गर्नु परेमा प्रतिव्यक्ति क्रमशः ६ सय रुपैयाँ र ३ सय रुपैयाँमा यस्ता बीमांकहरू गरिद गर्न सकिने व्यवस्था छ ।

असुरक्षित स्थानमा रहेका चार हजार २०४ भूकम्प पीडितलाई जग्गा उपलब्ध गराईने- पुनःनिर्माण

काठमाडाैं । असुरक्षित स्थानमा रहेका भूकम्पपीडित लाभग्राहीमध्ये चार हजार २०४ लाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था मिलाइएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । आठ हजार ७४४ भूमिहीन तथा सुकुम्वासी लाभग्राहीलाई जग्गा खरिद र अन्य वैकल्पिक व्यवस्था गरी जग्गा उपलब्ध गराई निजी आवास पुनःनिर्माण गर्ने वातावरण मिलाइएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए । भौगोलिकरूपमा पहिरो, बाढी लगायत जोखिममा रहेका भूकम्पपीडितलाई प्राधिकरणले पुनःनिर्माणका लागि जग्गा व्यवस्था गरेको हो । यसैगरी ४३ वटा एकीकृत बस्तीको योजना स्वीकृत भएको छ । हालसम्म नौ वटा एकीकृत बस्तीको पुनःनिर्माण सम्पन्न भइसकेको छ । २७ वटा निर्माणाधीन छन् । विभिन्न जिल्लामा ७६२ किमी सडक पुनर्निर्माण गर्नुपर्नेमा ४४३ किमीको काम सम्पन्न भएको छ । ३१९ किमी सडकको पुनःनिर्माण अन्तिम चरणमा छ । पुनःनिर्माणका क्रममा हालसम्म सरकार र दातृ निकायबाट तीन खर्ब नौ अर्ब रुपैयाँ र गैरसरकारी संस्थामार्फत ७२ अर्ब रुपैयाँ गरी तीन खर्ब ८१ अर्ब रुपैयाँ खर्च भएको छ । कोभिड १९ अर्थात कोरोना भाइरसको महामारीबाट बच्न एक महिनादेखि लकडाउन जारी रहेकाले पुनःनिर्माणका काममा असर परेको प्राधिकरणले जनाएको छ । कोरोनाबाट स्थिति सहज हुनासाथ पूर्ववत्रूपमा नै पुनःनिर्माणका काम हुने विश्वास पनि प्राधिकरणले लिएको छ । कोरोनाका कारण जारी बन्दाबन्दीले पुनःनिर्माण र पुनःस्थापनाका बाँकी काम सम्पन्न गर्न चुनौती भने थपिदिएको सहप्रवक्ता घिमिरेले बताए । रासस

‘राष्ट्रिय गौरवका आयोजना पुनः सञ्चालन गर्ने वातावरण बनाइयोस्’

काठमाडाैं । प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले राष्ट्रिय गौरवका आयोजनाको निर्माण कार्यलाई पुनः सञ्चालन गर्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले विकासका आयोजना अघि बढाउने सन्दर्भमा त्यहाँ खटिने मजदूरको स्वास्थ्यलाई हेक्का राखी आवश्यकताअनुसार क्वारेन्टाइनको समेत व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ । त्यस्ता आयोजना अघि बढाउन आवश्यक निर्माण सामग्रीको सहज उपलब्ध हुने व्यवस्थाको सुनिश्चित गर्न पनि समितिले ध्यानाकर्षण गराएको छ । कोरोनाको जोखिम नियन्त्रण र रोकथामका लागि घोषणा गरिएको लकडाउनका कारण राष्ट्रिय गौरवका आयोजनासमेत प्रभावित भइरहेको अवस्थामा संसदीय समितिले उक्त निर्देश जारी गरेको हो । लामो समयको लकडाउनले दैनिक काम गरेर परिवार धान्न श्रमिकको अवस्था अप्ठेरोमा परेकाले उनीहरुको नियमित रोजगार र रोजीरोटीका लागि विकासका ठूला आयोजना सञ्चालनको विकल्प नरहेको समितिको ठहर छ । मुलुकका रणनीतिक सडक अघि बढाउने सन्दर्भमा कसको जिम्मेवारीभित्र पर्ने हो भन्नेमा द्वीविधा देखिएकाले तीनै तहका सरकारबीच समन्वय गर्न तथा भैपरी आउने व्यवस्थाले श्रमिकलाई अप्ठेरो पर्ने भएकाले दीर्घकालीन सोच अघि सार्न पनि समितिले सुझाव दिएको छ । रोजगारी गुमेर विदेशबाट फर्कने श्रमिकलाई कृषिमार्फत आर्थिक उत्पादनमा लगाउन उपयुक्त वातावरण बनाउन सुझाव दिँदै समितिले मुलुकको दिगो विकासका लागि पूर्वाधार र उत्पादनलाई जोडेर अघि आवश्यक रहेको समितिको निष्कर्ष रहेको सभापति कल्याणीकुमारी खड्काले जानकारी दिइन् । उनले भनिन्, ‘यस्ता कार्यक्रमबाट राज्यलाई आर्थिक सङ्कट हुनबाट जोगाउँछ ।’ लकडाउनका बारे पनि आधिकारिक सूचना प्रवाह हुन नसक्दा आमनागरिक अन्योलमा परेको अवस्था अन्त्य गर्न पनि समितिले सरकारलाई सल्लाह दिएको छ । रासस

एभरेष्ट बैंकद्वारा कोरोना काेषमा ६ लाख सहयाेग

जनकपुरधाम। कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश नं २ को सरकारले स्थापना गरेको राहतकोषमा एभरेष्ट बैंकले रु ६ लाख प्रदान गरेको छ । मुख्यमन्त्री लालबाबु राउतलाई सो बैंकका जनकपुरस्थित प्रतिनिधिहरुले आज सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । राहत कोषमा प्राप्त रकम कोरोना रोग नियन्त्रणमा खर्च गरिनेछ ।

‘सलाम’ लिएर आए सचिन सिंह (भिडियोसहित)

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) ले यतिखेर विश्वलाई नै आतंकित बनाइरहेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले समेत कोरोना भाइरसलाई ‘महामारी’ घोषणा गरिसकेको अवस्था यसलाई कसरी रोकथाम तथा नियन्त्रण गर्ने भन्ने ध्यान विश्वको गएको छ । नेपालमा पनि यसको संक्रमणबाट अहिलेसम्म ५४ जना व्यक्ति संक्रमित देखिएका छन् भने नेपाल सरकाले गत चैत ११ गतेदेखि ‘लकडाउन’ गरेको छ । कोरोनाको संक्रमणबाट बच्न विभिन्न उपाय खोजिरहेको बेला गीत सङ्गीतका स्रष्टाहरुले यस सम्बन्धि गीत स्रोता र दर्शकमाझ ल्याइरहेका छन् । यही मेसोमा सचिन सिंहको शब्द र सङ्गीतमा रहेको गीत ‘सलाम’ सार्वजनिक भएको छ । गोपाल रसाइलीको एरेञ्ज, किरण गोर्खाको मिक्सिङ र माष्टरिङ, रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा कोरोनाको कहरमा रातदिन खटिरहने सुरक्षाकर्मी, स्वास्थ्यकर्मीको कार्यलाई ‘सलाम’ भनिएको छ । ‘यस्तो विषम परिस्थितिमा दिनरात घटिने सबैको हौसला अझ बढाउने र यस सम्बन्धित सचेतनाका लागि गीत सार्वजनिक गरिएको हो’ सचिनले भने । गीतको भिडियोलाई आदर थापाले सम्पादन गरेका छन् । सार्वजनिक गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीप श्रेष्ठ, तुलसी घिमिरे, सुनिल थापा, ललित गोले, मिथिला शर्मा, शुरेस कुमार, योगेश्वर अमात्य, एड्रिन प्रधान, थुप्तेन भुटिया, विक्रम पराजुली, शुमनकुमार श्रेष्ठ, थहिना थापा, मदन भुजेल, संजय प्रसाद, अजय राई, योनदेन भुटिया, उमेश उपमा, अनमोल गुरुङ, मेलिना राई, सुनिता लिम्बु प्रधान, धिरेन शाक्य, नरेश भण्डारी, करुण थापा, होमनाथ न्यौपाने, सुनिल मास्के, निर्मल शर्मा, वीेरेन्द्र सिंह, रिऋा सुब्बा, अल्का थापा, हसना शाक्य, राजु तामाङलगायतलाई फिचरिङ गरेका थिए । भिडियाे हेर्न  क्लिक गर्नुहाेस् । 

कोरोना भाइरसबाट कृषि क्षेत्रमा परेको प्रभाव सम्बन्धी ११ बुँदे सुझावपत्र

काठमाडौं । कृषिमन्त्री घनश्याम भुसालले नेपाल चेम्बर अफ कमर्सले प्रस्तुत गरेको कोरोना भाइरस (कोभिड-१९) बाट कृषि क्षेत्रमा परेको प्रभाव सम्बन्धी सुझावलाई समय सान्दर्भिक रहेको बताए । उनले सो सुझावलाई बजेटबाट पुरा गर्छौ भनेर सकारात्मक कुरा गर्दै आउने दिनमा कुषि क्षेत्रमा सबै व्यवसायिहरु मिलेर लागेर यसको उत्थान गर्ने जानकारी दिए । उनले चेम्बर अफ कमर्सले प्रस्तुत गरेको सबै सुझावलाई समय सान्दर्भिक रहेको जानकारी दिए । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप नियन्त्रण गर्न लागू भएको ‘लकडाउन’ले नेपालको कृषि क्षेत्रमा गम्भीर र दूरगामी असर पारेकोसँगै लकडाउनले गर्दा प्रभावित हुँदा आउँदो वर्ष झनै परनिर्भर हुनुपर्ने हो कि भन्ने चिन्ता पनि उत्तिकै छ भने कोरोना प्रकोपले कृषि क्षेत्रमा स्वावलम्वीहुने अवसर पनि प्रदान गरेको छ । यसै सन्दर्भमा कोरोना भाइरस (कोभिड(१९)बाट कृषि क्षेत्रमा परेको प्रभाव तथा सम्वोधन गरिनु पर्ने बिषयबारे देहाय बमोजिमको सुझाव प्रस्तुत गरेका छन् । १. ग्रामीण अर्थतन्त्रलाई क्रियाशील बनाउन कोरोनाका कारण वैदेशिक रोजगारी गुमाएका नेपाली नागरिकलाई स्वदेशमै स्वरोजगारको वातावरण तथा रोजगारीको अवसर उपलब्ध गराउने । कृषि, बनजन्य जडीवुटीजन्य र उद्यमशीलताको विकास गर्ने तथा उत्पादित वस्तुको सुनिश्चित बजारीकरणका लागि निजी क्षेत्र र स्थानीय सरकारबीच सहकार्यको नीतिगत व्यवस्था हुनुपर्छ ।सरकारले बिदेशबाट श्रम, सीप सिकेर फर्केका युवाहरुलाई कृषिमा आकर्षित गर्ने नीति अख्तियार गर्नु जरुरी छ । यसरी कृषि प्रणालीलाई नयाँतवरले बिचार गर्यौ भने हामीले लिएको लक्ष्य पूरा गर्न सक्छौं । कृषिमा देशलाई आत्मनिर्भर गराइ कुल गार्हस्थ्य उत्पादनमा वृद्धि गरी अर्थतन्त्र सबल बनाउन सक्छौं । २. नेपालमा उत्पादन हुने प्रमुख खाद्यान्न बाली धान, गहुँ, मकै र अन्य रैथाने बाली, तरकारी बाली, फलफूललगायत विभिन्न क्षेत्रको विद्यमान उत्पादनको अवस्था र पाँचवर्षको लक्ष्य छुट्टा छुट्टै रूपमा निर्धारण गरिनुपर्छ । ३. लक डाउनका कारण कृषि क्षेत्र अति प्रभाबित भएको छ । मलहरु ढुवानी हुन नसकेकोले किसानहरुले मलपाउन सकेका छैनन । कुखुरा पालन,पशुपालन तथा माछा पालनको लागि दाना पाएका छैनन । उत्पादित वस्तुहरुको बजारीकरण हुन सकेको छैन । यसका लागि बिशेष सहजीकरण हुनु पर्ने । ४. कृषिमा एकीकृत तथ्यांकको अभाव छ । तथ्यांकको लागि राष्ट्रिय स्तरको सूचना व्यवस्थापन प्रणालीको ग्रीड गराइनु पर्दछ । कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउनको लागि, कृषिको आधुनिकीकरण, सामूहीकीकरण, व्यावसायीकरण, यान्त्रिकीकरण र बजारीकरण र अनुसन्धानको क्षेत्रमा नवीनतम कार्यका लागि मन्त्रालयले नेतृत्व लिनुपर्छ । ५. वैदेशिक रोजगारीबाट कोरोना प्रकोपका कारण नेपाल फर्किएका श्रमिकहरुको लागि नेपालमै स्वरोजगारका अवसर सृजना गर्न सहुलियत ऋणको व्यवस्था गरिनु पर्ने । वैदेशिक रोजगारीबाट कति फर्किए तथा फर्किएकाहरु मध्ये कृषि क्षेत्रमा कति आवद्ध भए सोको तथ्यांक तयार गर्नु पर्ने । वैदेशिक रोजगारीमा सिकेका सीपहरुलाइ व्यवसायीक उपयोग गर्न उद्यमशील तालीम दिने तथा ऋणमा सहज पहुंच वढाउन अतिआवश्यक भएकोले यस पटकको बजेटमा यस बिषयलाई प्राथमिकतादिइ सम्वोधनगरिनु पर्ने । ६. नेपालका तुलनात्मक लाभ भएका कृषिजन्य उत्पादनहरु अधिकांश रुपमाअप्रशोधित तथा अर्धप्रशोधित रुपमा निकासी भईरहेकाले ती बस्तुहरु स्वदेशमा नै प्रशोधन हुने व्यवस्थाको लागि उपयुक्त वाताबरण बनाईनु पर्ने । ७. नेपालमा कृषिको व्यवसायीकरणको लागिनिजी क्षेत्रको लगानीआकर्षण हुने बिभिन्न कार्यक्रमहरु तर्जुमा गरिनु पर्ने । कृषि उद्यम गर्न चाहनेलाई जग्गा उपलब्ध गराइनुपर्ने । कृषिबजार प्रर्वद्धन र पूर्वाधार बिकासमा सार्वजनिक निजी साझेदारीमा जोड दिनु पर्ने साथै सहकारी र करार खेतीलाई प्रोत्साहित गरिनु पर्ने । ८. हरेक स्थानीय तहमा ठूला कृषिफार्महरूको सम्भाव्यता अध्ययन र माटो गुणस्तर परीक्षण गरी नमूना सामुहिक कृषिफार्महरूको विकास गरिनु पर्दछ । कम्तीमा एउटा वस्तीका २५ देखि ५० किसान परिवारको सँगसँगै रहेको कम्तीमा १००–२०० रोपनीजग्गालाई सामुहीकरण गरी सहकारी मोडेल वा कम्पनी मोडेलमा लिइनुपर्दछ । यस्तो फार्ममा एउटा मात्र बाली वा तरकारी खेती गर्नुपर्छ । यस्तै, जग्गाधनीले खेती नगर्दासम्म बाँझो जग्गामा सँधियारले स्वाभाविक रुपमा नगदे बाली, खेती गर्न सक्ने अधिकारको नियम कानुन ल्याउने । बाँझो जग्गाआधुनिक कृषिगर्न चाहने उद्यमी व्यवसायीलाई निश्चितअवधिका लागि लिजमा दिन सकिने कानुनी व्यवस्था गर्ने । ९. अर्गानिक बस्तुको उत्पादनमा जोड दिई उपयुक्त क्षेत्रलाई बिषादी रहित क्षेत्रको रुपमा घोषणा गरिन पर्ने । ग्रामीण पर्यटन र अर्गानिक खेतीमा हाल लोकप्रिय हुंदै गइ रहेको होम स्टेको माध्यमबाट आन्तरिक पर्यटकहरुलाइ अर्गानिक कृषि उत्पादन प्रवद्र्धन गर्ने । यसमा अर्गानिक कृषिहोम स्टे अवधारणा बिकास गरी आन्तरिक पर्यटनको माध्यमबाट अर्गानिक कृषिजन्य उत्पादनमा जोड दिने । अर्गानिक कृषिहोम स्टेको अवधारणा लागू  हुनुपर्ने, पर्यटकलाई अर्गानिकखाना सहित मौलिक बसोबासको व्यवस्था गरिनु पर्ने । १०. क्वारेन्टाईनको समस्या समाधानगर्न अन्तर्राष्ट्रिय स्तरको प्रयोगशाला स्थापना गरिनु पर्ने । आयात तथा निर्यात सम्वन्धी बन, कृषि, पशु तथा खाद्य सम्वन्धी क्वारान्टाइन सुबिधा एकै थलोबाट गरिने व्यवस्था हुनु पर्ने । ११. कृषि ऋणका लागि धितो मूल्यांकनविधि सहज र सरल गरी सहजता प्रदान हुनु पर्ने र ब्याज अनुदानको ऋण प्रवाहमा छिटो छरितो र सरलीकृत व्यवस्था हुनु पने । १२.कृषि क्षेत्रको लागि मल, बीउ तथा विषादीको सहज उपलब्धता तथा सिँचाइको समुचित व्यवस्था हुनुपर्छ । १३. सम्भावित आपूर्ति व्यवस्थालाई दृष्टिगत गर्दै खाद्यान्नमाआत्मनिर्भर हुन खेती योग्य जमिन बाँझो राख्न नपाउने कानुनी व्यवस्था गरिनुपर्ने, बाँझो जग्गा आधुनिक कृषि गर्न चाहने उद्यमी व्यवसायीलाई निश्चितअवधिका लागि लिजमा दिन सकिने कानुनी व्यवस्था गर्ने । १४. खडेरी, असिना जस्ता मौसममा आएको प्रतिकुलता , रोगव्याधी, बांदर किरा आदि बाट हुने जोखिम तथा न्युनगुण स्तरको बिउबिजनका कारण खाद्यान्न, फलफूलतथा तरकारीको उत्पादनमा नै नोक्सानी पुर्याइरहेको छ । यसबाट कतिपय किसानको लगानी बर्षेनी खेर गइ रहेको पाइन्छ । यसबाट कृषि पेशाप्रति उदासिन्ता वढदै गएको छ । नेपालको कृषि क्षेत्र अधिकांश निर्वाहमुखी रहेको र लगानीको सुनिश्चितान भएकोेले कृषि क्षेत्रमा व्यवसायीक बातावरण सृजनागर्न सम्पूर्ण खेती प्रणाली र पशुधनमा प्रचलित मूल्यमाअनिवार्य बिमाको व्यवस्था गर्नुका साथै किसानहरूको सामाजिक सुरक्षालाई ध्यानमा राखिनुपर्छ । १५.किसानहरुको लगानीको उचित प्रतिफल दिन तथा उत्पादनलाई संरक्षण गर्न फलफूल माछा मासुका लागि सातै प्रदेशमा शित भण्डारको व्यवस्था गरिनु पर्ने । यसका लागि स्थानीय सहकारी वा सार्वजनिक निजी साझेदारीको माध्यमबाट शीत भण्डारको निर्माण तथा व्यवस्थापन गरिएमा शीत भण्डारको दिगाे उपयोग हुन जानेछ । .१६. कृषिसँग सम्बन्धित प्रा.लि खोलेर गरिएको कृषि उत्पादन तथा व्यवसायमा आयकर आवधिक रुपमा छुटको व्यवस्था हुनुपर्ने, कृषि सहकारी र समुहले मात्र मलखाद र अन्य शिर्षकमा पाएको अनुदान तथा सुविधा कृषि प्रालिले पनि पाउने । १७. बिउ बिजन, बिषादी, औषधीको व्यवसाय गर्ने नीति जवाफदेही र जिम्मेवारी तथा क्षतिपुर्ति दिने व्यवस्था तत्काल कार्यान्वयन हुनु पर्ने । १८. कृषिमा यान्त्रिकरण ल्याउन सकिएमा मात्र व्यवसायमुखी कृषिको बिकास हुन्छ । परम्परागत ढंगले गरिएको कृषि प्रतिस्पर्धी हुन सक्दैन । कृषिमा ल्याएको यान्त्रिकीकरणले इजराइल जस्ता मुलुकले कृषि क्षेत्रमा ठूलो फडको लिएको उदाहरणहरु छन । १९. बजारको व्यवस्थापन, कृषिबजारमा बिचौलियाको प्रवाहक गर्नका लागि किसान र व्यवसायिको प्रत्यक्ष संलग्नताहुने गरी हरेक स्थानीयतहमा एउटा अत्याधुनिक कृषिबजार एग्रोभेट/संकलन घर/शित भण्डार सहितको केन्द्र निर्माण गर्नुपर्ने । मूल्य अभिवृद्धिका कार्यक्रम तय गर्ने । यसका लागि बजार पुग्नन सकेका बजारको मागभन्दा बढी उत्पादन भएका कृषिजन्य उत्पादनलाई प्रशोधन गर्नुपर्ने । २०. किसानहरूले खेतीबाली लगाउनु पुर्व कुनदिन, कुन समयमा लगाउँ भनेर विज्ञहरूलाई सोध्ने प्रणालीको विकास गरिनुपर्ने । यस्ता विकास गरिएका सामुहिक फार्महरूले उत्पादन गरेका उपजहरूमा ग्रेडिङ, व्रान्डिङ, प्याकेजिङ पनि सोहीफार्ममा गरी प्राविधिकले बजार जानु पूर्व गुणस्तर र केमिकल परीक्षण गरी पठाउने प्रणालीको नीतिविधिअवलम्वन गरिनु पर्ने । २१. इजराइलबाट वर्षेनी ५ सयको हाराहारीमा कृषि सम्वन्धी तालीम लिएर नेपाल फर्किएकाको तालीम प्राप्त जनशक्तिहरु कुन कुन स्थानमा कृषि व्यवसायमा आवद्ध भएका छन सोको अनुगमन गरी तिनीहरुलाई पनि ग्रामीण कृषिमा परिचालन गरिनु पर्ने । अन्तमा, कूल गार्हस्थ्य उत्पादनमा महत्वपूर्ण योगदान रहेको कृषि क्षेत्र कृषिमन्त्रीको नेतृत्वमा छ । यहांको कार्यकालमा नेपालको कृषि क्षेत्रलाई थप टेवा प्राप्त हुने हामीले विश्वास लिएका छ । साथै कृषि, नेपालको भूबनौटको दृष्टिले अथाह सम्भावना भएको क्षेत्र हो । योजनावद्ध आर्थिक विकासको सुरुआतभएको ६० वर्ष भन्दा वढि अवधि कृषिलाई प्राथमिकता दिइएकोे भएता पनि हामीले अपेक्षित रुपले सफलता हाशिल गर्न सकेका छैनौ । हरेक चुनौतिले अवसर पनि ल्याएको हुन्छ । यो संकटलाइ अवसरमा वदल्ने समय आएको छ । यस्को लागि राजनीतिक, प्रशासनिक, सरकारी तथा निजी क्षेत्र लगायत आमनागरिकले जिम्मेवारीको वोध गरी आ आफ्ना तहबाट उद्धेश्य मूलक ढंगले निष्पक्षता र दीर्घकालीन सोच सहित प्रतिवद्ध भएमा यस बिषम परिस्थितिलाई निराकरण गर्ने भएको छ ।  

निमबसबजारले गर्यो विरगंजमा सेवा विस्तार

काठमाडांै । निम्बसबजारले विरगंजमा पनि आफ्नो सेवा विस्तार गरेको छ । अनलाईन सपिङ सेवा प्रदान गर्दै आएको निमबसबजारले विरगंजमा पनि आफ्नो सेवा विस्तार गरेको हो । हाल निमबसले ग्राहकहरुलाई आफूलाई अत्यावश्यक पर्ने सामान मात्र डेलिभर गरिरहेको छ । चैत ९ गतेदेखि निमबसले अत्यावश्यक सामाग्रीको लागि  http://www.nimbusbazar.com मा अर्डर लिईरहेको छ ।