बन्दाबन्दीबीच सम्पन्न भयो ‘श्यामपाटी–भकुण्डे’ सडक स्तरोन्नति
काठमाडौं । बन्दाबन्दीकै बीचमा पनि निरन्तररूपमा काम गरेको उपभोक्ता समितिले नमोबुद्ध नगरपालिकाको दाप्चा क्षेत्रको ८ किलोमिटर सडक स्तरोन्नति कार्य सम्पन्न गरेको छ । वाग्मती प्रदेश सरकारबाट प्राप्त ५० लाख रुपैयाँ बजेटबाट शुरु गरेको सडक स्तरोन्नतिको काम नगरको वडा नं ७, ८, ९, १०, ११ र १ जोड्ने श्यामपाटी–काउसे–दारेगौँडा–भकुण्डे सडकखण्डको आठ किलोमिटर सडक तोकिएको समयभन्दा करिब एक महिनाअघि नै सम्पन्न गरेको सडक स्तरोन्नति उपभोक्ता समितिका अध्यक्ष टीकाबहादुर तामाङ (धावा) ले बताए । “हामीले योजना सम्झौता भएको समयभन्दा करिब एक महिनाअघि नै त्यो पनि कम लागतमा तोकिएको मापदण्डअनुसारकै काम सम्पन्न गरेका छौँ”, तामाङले भने, “उपभोक्ता समितिले गरेको काममा भ्रष्टाचार, ढिलासुस्ती, नराम्रो र समयमा कहिल्यै गर्दैन भन्ने आम जनमानसको बुझाइलाई गलत सावित गर्दै हामीले जिल्लाकै नमूना काम गरेर देखाएका छौं ।” यसअघिको साढे तीन मिटरको फराकिलो सडकलाई बढाएर अहिले ८ मिटरको बनाएको छ । काम सम्पन्न भएसँगै सम्बन्धित वडाका वडाध्यक्ष, जनसमुदाय र उपभोक्ता समितिबीच सार्वजनिक सुनुवाइ गरी काममा लागेको खर्च विवरण प्रस्तुत गरिएको छ । सडक स्तरोन्नति भएपछि अब त्यहाँका किसानलाई आफ्नो बारीमा उत्पादित तरकारी तथा फलफूल आफ्नै घरआँगनबाट बजारसम्म पुर्याएर आर्थिक उपार्जनमा सहज हुने भएको छ । सडकको स्तरोन्नति भएसँगै अब छिट्टै कालोपत्र (पक्की) गर्न नगरसभाबाट २ करोड रुपैयाँ बजेट विनियोजन भइसकेको उपभोक्ता समितिका अध्यक्ष तामाङले बताए । काम सम्पन्न भएपछि भकुण्डे–नौविसे–पुजारी टापु–दारेगौंडा–सिमपानी छाप–काउसे–नमोबुद्ध–पनौती–ललितपुरको लुभु हुँदै ग्वार्को जान निकै सजिलो हुने भएको छ । रासस
कोरोना भाइरसबाट विश्वभर १ सय २८ नेपालीको मृत्यु, १६ हजार संक्रमित
काठमाडाैं । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १ सय २१ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप ७ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् । संघका अनुसार संयुक्त अरब इमिरेट्स, बेलायत र संयुक्त राज्य अमेरिका, कुवेत र सउदी अरबमा १/१ तथा बहराइनमा २ जना नेपालीको यो साता निधन भएको हो । संघअन्तर्गत स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ६६ गैरआवासीय नेपालको मृत्यु भएको छ । समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार युएईमा १९ नेपालीको निधन भएको छ । त्यस्तै अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको नेपालीको संख्या १७ पुगेको छ । यसैगरी साउदी अरबमा आठ, बहराइनमा तीन, कुवेतमा दुई तथा कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्डस् र स्वीडेनमा एकएक जनाको मृत्यु भएको छ । संयोजक डा सापकोटाका अनुसार नेपालबाहेक बाहिर १४ हजार ४ सय २५ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएको एनआरएन, कोभिड १९, उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए । स्वास्थ्य समितिका अनुसार कतार, अमेरिका, युएई, बेलायत, साउदी अरब, कुवेत, बहराइन, मलेसिया, टर्की, डेनमार्क, पोर्तुगल, क्यानडा, आयरल्याण्ड, माल्दिभ्स, स्पेन, अष्ट्रेलिया, जापान, बेल्जियम, स्वीट्जरल्याण्ड, फिनल्याण्ड, जर्मनी, साइप्रस, न्युजिल्याण्ड, हङ्गकंङ्ग, भारत, माल्टा, पोल्याण्ड, रुस, फ्रान्स, म्यानमा, रोमानिया, स्वीडेन, नेदरल्याण्डसलगायत ३४ देशका नेपालीमा कोरोना संक्रमण देखिएको छ । एनआरएनएले सहजीकरण गर्ने संक्रमितमध्ये करीब ४ हजार ५ सय नेपाली कोरोना भाइरसबाट मुक्त भएको बताएको सापकोटाले जानकारी दिए । यो साता डनमार्क र टर्कीमा नेपालीमा नयाँ संक्रमण देखिएको हो । यसैबीच नेपाल सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने भनी गरेको निर्णयको संघले स्वागत गरेको छ । संघका अध्यक्ष कुमार पन्तले सो निर्णयको प्रभावकारी कार्यान्वयनका लागि अनुरोध गर्दै अप्ठ्यारामा परेका नेपालीलाई सुरक्षित रुपमा नेपाल फर्काउन संघ सहजीकरणका लागि तत्पर रहेको बताए । यसैबीच संघले शनिबार आफ्ना राष्ट्रिय समन्वय परिषद्सँग छुट्टै छलफल गरेको छ । विश्वभर छरिएका ८० भन्दा बढी शाखामा कोभिड भाइरसले पारेको प्रभाव, राहत र उद्धारबारे राष्ट्रिय समन्वय परिषद्सँग छलफल गरिएको संघका महासचिव डा हेमराज शर्माले जानकारी दिए । छलफल मध्यपूर्वमा रहेका श्रमिकको समस्याबारे केन्द्रित भएको संघले जनाएको छ । बैठकमा करीब तीन दर्जनभन्दा बढी देशस्थित समन्वय परिषद्का अध्यक्षहरुले आआफ्ना देशमा रहेका नेपालीका समस्याबारे भनाइ राखेका थिए । रासस
दैलेखकाे क्वारेन्टिनमै जन्मियो बच्चा !
दैलेख । दैलेखको पश्चिम क्षेत्रमा पर्ने दुर्गम ठाटीकाँध गाउँपालिकाकी एक महिलाले क्वारेन्टिनमै शिशुलाई जन्म दिएकी छन् । गाउँपालिकाले सञ्चालनमा ल्याएको वडा नं २ को पिपलचौतारास्थित जनता आधारभूत विद्यालयको क्वारेन्टिनमा सोही वडाकी १९ वर्षीया मीना विकले शुक्रबार छोरीलाई जन्म दिएकी हुन् । क्वारेन्टिनमा बसेकी उनलाई सुत्केरी व्यथा लागेपछि प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा ल्याइएको र राति साढे ९ बजेतिर छोरीलाई जन्म दिएको प्राथमिक स्वास्थ्य केन्द्रले बताएको छ । मीना र उनका श्रीमान् मनबहादु यही जेठ १० गते मात्र भारतको कुरदुवारबाट ठाटीकाँध आइपुगेका हुन् । नवजात शिशु र सुत्केरी मीनाको स्वास्थ्य अवस्था सामान्य रहेको र आरडिटी रिपोर्ट पनि नेगेटिभ आएको स्वास्थ्य केन्द्रका इञ्चार्ज लक्ष्मी रावतले जानकारी दिए । रासस
किशोरी बलात्कारको आरोपमा थप दुई पक्राउ
पाल्पा । तिनाउ गाउँपालिकाको दोभान क्षेत्रमा किशोरी बलात्कारको आरोपमा थप दुई पक्राउ परेका छन् । यसअघि प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज श्रेष्ठका अनुसार घटनामा थप दुई संलग्न देखिएकाले शनिबार नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा तिनाउ गाउँपालिका –३ का मनिष रुचाल र अमृत रावल छन् । यसअघि यही जेठ १६ गते पक्राउ पर्नेमा तिनाउ भुतखोलाका २८ वर्षीय एकबहादुर दिशा र ४३ वर्षीय वसन्त सैँजु तथा बगनासकाली गाउँपालिका पोखराथोकका २४ वर्षीय दिलबहादुर कुमाल छन् । किशोरीलाई दोभान क्षेत्रमा शुक्रबार बलात्कार गरेको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय र दोभान प्रहरी कार्यालयबाट गएका प्रहरीले अभियुक्तलाई पक्राउ गरेका हुन् । रासस
बन्दाबन्दीकाे निरन्तरता र भाेकमरी जाेखिम
विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमणको असर दिनानुदिन फैलिरहेको छ । नेपालमा समेत संक्रिमतको संख्या दिनहु बढिरहेको छ । देशमा परीक्षणको दायरा कम हुँदा संक्रमितको संख्या केही न्युन देखिएता पनि परीक्षणको दायरा बढाउँदा संक्रमितको संख्या ह्वातै बढ्ने निश्चित प्राय छ । पछिल्लाे समय परीक्षण केही वृद्धि भएपिछ संक्रमितकाे संख्यामा वृद्धि देखिएकाे छ । दैनिक एक सय भन्दा बढी विरामीकाे संख्या थपिएका छन् । पछिल्लो समय प्रत्येक दिन सक्रिमतको संख्या दिनानुदिन बढिरहेको देख्दा कतै मेरो देश पनि इटली, स्पेन अमेरिकाकै हालतमा पुग्ने त हैन भन्ने डर पैदा भएको छ । नेपाल सरकारले कोरोना संक्रमण समाजमा फैलिन नदिन देश बन्दाबन्दी गरेको दुई महिना भन्दा अधिक भैसकेको छ । शनिबार मन्त्रिपरिषद्काे बैठकले फेरी बन्दाबन्दी जेठ ३२ गतेसम्म कायम गर्ने निर्णय लिएकाे छ । यसै बीचमा नेपाली जनताको नाममा प्रधानमन्त्रीको सम्बोधन तीन पटक भएको छ तर प्रत्येक पटक विभिन्न आश्वासन र सपना बाड्ने बाहेक अरु केही उपलब्धि छैन । दैनिक ज्याला मजदूरी गरेर विहान बेलुकाको छाक टार्नेहरु जसलाई कोरोनाको प्रभावले हात मुख जोर्न समस्या भएको छ उनीहरुलाई सम्बोधन गर्ने खालका कुनै पनि नीति तथा कार्यक्रम हालसम्म आउन सकेका छैनन् । अहिलेको बन्दाबन्दीको प्रत्यक्ष असर दैनिक ज्यालादारी तथा मजदुरी गरेर जीविकोपार्जन गर्नेमा अधिक मात्रामा परिरहेको छ । वर्तमान समयमा लामो बन्दाबन्दीले व्यवसाय तथा उद्योग कलकारखाना ठप्प छन् । धेरै जसोले कर्मचारी कटौती गरेका छन् । कर्मचारी कटौती नगर्नेले पनि कर्मचारीलाई पूर्ण रुपमा तलब तथा सेवा सुविधा भुक्तानी गर्न सकेका छैनन् । यसबाट नागरिकको दैनिक गुजारा कष्टपद भैरहेको छ । यसले गर्दा मानिसमा नैराश्यताको विकास हुने, सरकारप्रति वितृष्णा जागृत भई नकरात्मक भावनाको विकास हुने र समाजमा नकारात्मक कार्य हुनेतर्फ जोखिम उच्च रहेको छ । लेखक मानिसहरु लामो समय देखि बेरोजगार भैरहेका छन् । गाउँ घरमा खेती पातिको समय छ । आफ्नो पहुँच हुनेहरु त आफ्ना आफ्ना ठाउँमा पुगिसकेका छन् । तर आफ्नो पहुँच र चिनजान नहुनेहरु जहाँको तहीँ भएका छन् । मानिसहरुले आफ्ना आवश्यकता पूर्ति गर्न सकेका छैैन । खेतीपातीको समयमा समेत आफ्नो कार्य गर्न नसक्दा उब्जनीमा कमी आउने र आगामी दिनमा खाद्य संकट भै भोकमारीको समस्या बढ्न सक्ने देखिन्छ । बन्दाबन्दीको प्रत्यक्ष असर दैनिक ज्यालादारी तथा मजदुरी गरेर जीविकोपार्जन गर्नेमा अधिक मात्रामा परिरहेको छ । लामो बन्दाबन्दीले व्यवसाय तथा उद्योग कल कारखाना ठप्प छन् । धेरै जसोले कर्मचारी कटौती गरेका छन् । कर्मचारी कटौती नगर्नेले पनि कर्मचारीलाई पूर्ण रुपमा तलब तथा सेवा सुविधा भुक्तानी गर्न सकेका छैनन् । यसबाट नागरिकको दैनिक गुजारा कष्टपद भैरहेको छ । कोरोनाको प्रभाव विशेष गरी बालबच्चामा एकदमै धेरै परेको छ । परिवारका सदस्यहरु काम विहीन हुँदा दैनिक जीवनयापनमै समस्या भैरहेको अवस्थामा बच्चाहरुले पोषणयुक्त खाना खान नपाउने र यसले गर्दा बच्चामा कुपोषणको समस्या देखिन सक्छ । बच्चाको शारिरिक तथा मानसिक विकासमा समस्या देखिन सक्छ । यसतर्फ समेत ध्यान दिई बाल स्वास्थ्य तथा मातृ स्वास्थ्यमा समेत सम्बन्धित निकायले सहयोग तथा राहत दिएमा लक्षित वर्ग लाभान्वित हुने थिए । प्रधानमन्त्रीले केही समय अघि देशबासीको नाममा सम्बोधन गर्दै असक्तलाई राहात दिने र काम गर्न सक्ने उमेरकालाई रोजगार दिने घोषणा गरेका छन् । रोजगारी दिने भन्ने कुरा आजको भोलि कार्यान्वयनमा आउने कुरा हैन । तर मानिसको दैनिक जीवनयापन अहिले नै कष्टपद भैसकेको छ । यो बन्दाबन्दी कहिलेसम्म लम्बिने हो कुुनै टुगों छैन । घरमा छाक टार्ने समस्या भएर विहान बेलुका के खाऔं भन्ने अवस्थामा रहेका नागरिकलाई सरकारले रोजगारी दिने त्यसबाट सिर्जित आम्दानीले छाक टार्ने भन्ने कुरा कति सम्भव छ सम्बन्धित निकायले बुझ्न जरुरी छ । अहिलेको समस्या समाधन गर्न रोजगारी दिने सपना देखाइनु कतै नागरिकलाई सरकारले राहात सहयोग नै नदिन कुनै वहाना बाजी गरेको त हैन भन्ने आभाष हुन्छ । समाजमा यस्तै स्थिति अझ केही समय रहिरहने हो भने कोरोना संक्रमणबाट पीडित तथा मृत्यु हुनेको संख्या भन्दा भोकमारीले मृत्यु हुनेको संख्या बढी हुन सक्छ । कोरोना कै कारण रोजगारी गुमाएका नागरिकहरुमा सरकारले सहयोग तथा राहत नदिदाँ नैराश्यता वृद्धि भई आत्महत्याको शृखंला वृद्धि हुने सम्भावना समेत उत्तिकै रहन्छ । यस्तै मानिसहरु विभिन्न मानसिक रोगको सिकार हुने र डिप्रेसनमा समेत पर्न सक्ने समस्या समेत हुन्छ । देशको लागि आफूले सक्दा पुर्ण रुपमा योगदान गरेका नागरिकको रक्षा गर्नु र नेपालको संविधानले नै प्रत्येक नागरिकको गास बास र कपासको सुनिश्चितता गरिनु पर्छ भनेको अवस्थामा कुनै नागरिकले भोकमरीको कारण ज्यान गुमाउनु पर्ने अवस्था आयो भनेमा त्यो जतिको लज्जाश्पद र लाजमर्दाे अवस्था के हुन सक्ला । अहिले त दैनिक जीवनयापनको समस्या न्युन आय भएका र दैनिक मजदुरी गर्नेमा मात्र अधिक मात्रामा रहेको छ यदि यही अवस्था रही रहने हो भन्ने मध्यम वर्गीय मानिसहरुमा समेत भोकमारी देखिन सक्छ । अहिलेको अवस्थामा को कसलाई राहत तथा सहयोगको आवश्यकता छ, निष्पक्ष अध्ययन हुनु र लक्षित वर्गमा आवश्यक सहयोग तथा राहात पुर्याइनु नै उत्तम कार्य हो । सरकारले आवश्यक कदम चालेर पिडित वर्गको सम्बोधन गर्नु नै आजको आवश्यकता हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको चिकित्सक टोली दैलेख हिँड्यो
सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली आज बिहान दैलेख हिँडेको छ । प्रतिष्ठान जुम्लाले चिकित्सकद्वय दिनेश शाही र डा रोश्निम प्रधान तथा जनस्वास्थ्यविज्ञ त्रय प्रेम पन्त, निशान्त लामा र प्रतिमा लामासहितको टोलीलाई दैलेख खटाएको हो । शनिबार दुल्लु नगरपालिका–७ दैलेख पटाङ्गिनी बजारस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टिनमा रहेका ३५ वर्षीय युवाको कोरोनाले मृत्यु भएपछि तत्काल कोरोना भाइरसको जोखिम बढ्न नदिन चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली त्यसतर्फ पठाइएको प्रतिष्ठान जुम्लाका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए । कर्णाली प्रदेश सरकारको समन्वयमा टोली दैलेख पठाइएको उनले बताए । “चिकित्सक एवं स्वास्थ्यकर्मीको टोली करिब एक महिनाका लागि दैलेख पठाइएको छ”, रजिष्ट्रार काफ्लेले भने, “टोलीले त्यहाँको अस्पतालको निर्देशनमा खटाइएको ठाउँमा समुदायस्तरमा पुगेर मेडिकल उपचारदेखि जनस्वास्थ्य सेवा प्रदान गर्नेछ ।” रासस
आयात रोकेपछि स्थानीय तरकारीले बजार पाउँदै
गल्काेट । बन्दाबन्दीमा बागलुङ बजार क्षेत्रमा भारत तथा तराईका जिल्लाको तरकारी तथा फलफूलको आयातमा रोक लगाइएपछि स्थानीयरूपमा उत्पादित तरकारीले बजार पाएको छ । विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ को सम्भावित सङ्क्रमणलाई रोक्न बागलुङमा तत्कालका लागि तरकारी आयातमा रोक लगाइएपछि यहाँका किसान हर्षित छन् । स्थानीयवासीले उत्पादन गरेको जैविक तरकारी कुहिने र भारत तथा तराईका जिल्लाबाट भित्रिने तरकारीले बजार पाउने अवस्था भए पनि बन्दाबन्दीमा तरकारी आयात रोकिँदा आफूले उत्पादन गर्दै आएको तरकारीले राम्रो बजार पाउन सफल भएको बागलुङ नगरपालिका–३ कृषिगाउँका कृषक गङ्गा थापाले बताए । “बन्दाबन्दीअघि तरकारीले बजार कम पाउँथ्यो, पाए पनि मूल्य थोरै पर्दथ्यो”, थापाले भने, “भारत तथा तराईको तरकारी आउन छाडेपछि बागलुङ बजारका उपभोक्ता कृषि फार्ममै तरकारी खरिदका लागि आउने गरेका छन् ।” कृषक थापाले २० वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । उनले राहुल कृषि विकास फार्म दर्ता गरेर च्याउखेतीसमेत विस्तार गर्दै आए । झण्डै २० रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका थापा बजारवासीलाई बन्दाबन्दीको समयमा जैविक तरकारी खुवाउन पाएकामा खुशी छन् । यस्तै काठेखोला गाउँपालिका तङ्ग्राम निवासी ३२ वर्षीय जगबहादुर विकले बागलुङ नगरपालिका–३ कृषिगाउँमै तरकारी खेती थालेको पाँच वर्ष भयो । उनले आफूले उत्पादन गरेको तरकारी तरकारी फार्म, बागलुङ बजार तथा म्याग्दी र पर्वतमा बिक्री गर्दै आए पनि बन्दाबन्दीले गर्दा सबै तरकारी बागलुङ बजारमै खपत भएको बताए । बागलुङमा पर्वत, म्याग्दीबाहेकका जिल्लाबाट तरकारी तथा फलफूल भित्र्याउन रोक लगाइएपछि स्थानीय तरकारीले राम्रो मूल्य पाउन थालेको हो । विकले झण्डै १५ रोपनी जग्गा भाडामा लिएर तरकार खेती गर्दै आएका छन् । “बन्दाबन्दीपूर्व तरकारी बिक्री गर्न अन्य जिल्लासमेत लगिन्थ्यो, भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्दा समस्या हुन्थ्यो”, विकले भने, “अहिले तरकारी खरिदका लागि घरमै ग्राहक आउँछन्, भने जति मूल्य दिन्छन् ।” विदेशमा कृषि खेतीको अनुभव सङ्गालेर स्वादेशमा व्यावसायिक तरकारी खेती गर्न थालेका विकले आफ्नो तरकारीले बन्दाबन्दीको समयमा बजार पाउँदा थप तरकारी व्यवसाय गर्न हौसला मिलेको बताए । बागलुङ नगरपालिका, जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको संयुक्त बैठकले दुई हप्ताअघि मात्रै बन्दाबन्दीमा तरकारी तथा फलफूलबाट कोरोना सङ्क्रमण आउन सक्ने भन्दै तत्कालका लागि तरकारी तथा फलफूल आयातमा रोक लगाउने निर्णय गरेको नगरप्रमुख जनकराज पौडेललले जानकारी दिए । तरकारी आयात रोकिएपछि स्थानीयरूपमा उत्पाति र बजार नजिक रहेका कृषि फार्मले उत्पादन गरेको जैविक तरकारीले राम्रो बजारभाउ पाए पनि बन्दाबन्दीमा जिल्लाका दुर्गम गाउँमा उत्पादित तरकारीले ढुवानीमा समस्या हुँदा बजार पाउन सकेको छैन । रासस
आइतबार संसदमा संविधान संशाेधन विधेयक पेश गर्दै
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले संविधान संशोधन विधेयक पेश गर्ने भएका छन् । कानुनमन्त्री शिवमाया तुम्बाहाम्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयेक २०७७ को प्रस्ताव आइतबार बिहान ११ बजे दर्ता गर्ने कार्यसूचीमा रहेकाे छ । जेठ ९ गते जारी गरिएकाे संविधान गत बुधबार संविधान संशोधनको प्रस्ताव दर्ता गर्ने कार्यसूची रहेकोमा नेपाली कांग्रेसले समय माग गरेपछि स्थगित भएको थियो । शनिबार बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेपछि संशोधन प्रस्ताव दर्ता हुने भएको हो । लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूमि समेटेर नयाँ नक्सा सरकारले जारी गरिसकेको छ । नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा नयाँ नक्सा राख्नुपर्ने भएकाले सरकारले संविधान संशोधनको तयारी गरेको हो । यस्तै आजदेखि बजेटमाथी छलफल हुने भएको छ भने विहिबार सार्वजनिक गरेको बजेटमाथि सांसदहरुले छलफल गर्ने छन् ।