विकासन्युज

विद्यार्थीलाई दिने अंकमा चलखेल सुरु, मूल्यांकनको विधि राम्रोसँग बुझाउनु पर्ने अभिभावकको धारणा

काठमाडाैं । सरकारले यस वर्षको एसईई परीक्षा विद्यालयको आन्तरिक मूल्याकंनका आधारमा गर्न सकिने निर्णय गरेसँगै त्यसमा केही चलखेल सुरु भएको छ । चैत ६ गते हुने भनिएको एसईई परीक्षा यो वर्ष कोरोनाको कारण नहुने भएपछि सरकारले विद्यालयले विद्यालयलनै विद्यार्थीको मूल्याकंन गरी अकं दिन सक्ने निर्णय गरेसँगै केही चलखेलहरु बाहिररिन थालेका छन् । कोभिड १९ को कारण सरकारले एसईई लगायत सबै तहको कारण परीक्षा रोकेको छ । विशेष गरेर एसईई यो वर्ष नहुने नै भएपछि विद्यार्थीले अंक अर्थात ग्रेट पाउन अधिकार स्वयमं विद्यालयलाई दिइएको छ । विद्यालयले आन्तरिक मुल्यांकनका आधारमा विद्यार्थीलाई अंक दिने भन्दै जिम्मेवारी सुम्पिएसँगै यसमा अंकको चलखेल धेरै हुने देखिएको छ । विभिन्न अभिभावकले विद्यालय माथि आफ्ना बालबालिकालाई ए प्लस दिनुपर्ने भन्दै दबाब आउन थालेको सरोकारवालाहरु बताउँछन् । अहिले विभिन्न अभिभावकहरुले विद्यालयलाई अर्थात निश्चित शिक्षकलाई सम्पर्क गरेर आफ्ना विद्यार्थीलाई उच्च अंक दिन आग्रह गरिरहेको कुरा बाहिरिएको हो । नेपाल अभिभावक संघका अध्यक्ष केशव पुरी कुनै पनि अभिभावकले त्यसरी आफ्ना विद्यार्थीहरुलाई उच्च नम्बर दिनु भनेर लविङ गर्न उचित नहुने बताउँछन् । विद्यार्थीलाई उनीहरुको क्षमताको आधारमा अंक दिइनुपर्ने उनको धारणा छ । तर, सम्बन्धित विद्यालयले अभिभावकलाई विद्यार्थीलाई गरेको मुल्यांकन विधि राम्रोसँग बुझाउनु पर्ने उनी धारणा राख्छन् । ‘विद्यार्थीलाई मन लागदो अंक दिँदा पनि विद्यालय र शिक्षा प्रणालीप्रतिको धारणा फरक बस्न जान्छ, जे गरे पनि हुँदो रहेछ भन्ने विद्यार्थीले सोच्छन्, कसैको दवावमा नरही सही र यथार्थ मुल्याकंन गरेर अंक दिनु नै राम्रो हुन्छ,’ उनले भने । यस्तै, एनप्याबसनका अध्यक्ष रितु राज सापकोटाले अभिभावकले भनेको आधारमा विद्यार्थीलाई अंक दिने कुनै आधार नै नभएको बताएका छन् । ‘केही अभिभावकले त्यस्तो दबाब दिएका होलान् तर त्यसो भन्दैमा विद्यार्थीलाई ए प्लस दिने कुनै आधार नै हुदैन,’ सापकोटाले भने । अध्यक्ष सापकोटाले हाल विद्यार्थीलाई कसरी आन्तरिक मुल्यांकनको आधारमा अंक दिने भनेर राष्ट्रिय परीक्षा बोर्डले कार्यविधि बनाइरहेका बताए । कार्यविधि बनाइसकेपछि विद्यार्थीले कसरी अंक पाउने भन्ने आधार निर्धारण हुने उनको भनाई छ । विद्यार्थीलाई कक्षा १० मा आइसकेपछि लिइएको विभिन्न त्रैमासिक परीक्षाहरुलाई आधार मानेर आन्तिरक मुल्यांकनका अंकहरु दिइने सम्भावना बढी भएको सापकोटाले बताए । ‘विद्यार्थीले दिएको विभिन्न परीक्षाहरुको आधारमा उनीहरुलाई अंक दिन सकिन्छ, तर यो मात्र एउटा आधार भने पक्कै हुनु हुँदैन,’ उनले भने । विद्यार्थीले विद्यालयको परीक्षा र बोर्डको परीक्षामा गर्ने मिहेनत धेरै फरक हुने गरेको सापकोटा बताउँछन् । त्यसैले विद्यालयको परीक्षा मात्र आधार बनाए विद्यार्थीहरु माथि न्याए नहुने सापकोटाको तर्क छ । ‘विद्यालयले परीक्षा लिएको एक महिनापछि एसईई हुने गरेको छ । त्यो समयमा विद्यार्थीले धेरै मेहेनत गर्ने गरेका छन्, त्यसलाई पनि एउटा आधार मानेर विद्यार्थीलाई अंक दिईनुपर्छ, सापकोटाले भने । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयका अनुसार ०७६ को एसईईमा कुल चार लाख ८२ हजार दुई सय १९ विद्यार्थी छन् । परीक्षा प्रकाशित बोर्डले नै गर्ने विद्यार्थीहरुको मुल्याकंन सम्बन्धित विद्यालयले नै गरेपनि परीक्षा प्रकाशित भने राष्ट्रिय परीक्षा बोर्डले नै गर्नेछ । एसईई परीक्षा दिने विद्यार्थीको विद्यालयले तयार पारेको अन्तिम मूल्यांकन विवरण जिल्ला विकास तथा समन्वय एकाईमा पठाउनु पर्नेछ । सम्बन्धित विद्यालयले सम्बन्धित जिल्लाको जिल्ला विकास तथा समन्वय एकाईमा विद्यार्थीको अन्तिम मुल्यांकन विवरण पठाउनु पर्नेछ । उक्त समन्वय एकाइले मुल्यांकन प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनु पर्नेछ । त्यसरी प्राप्त भएको विविरणको आधारमा बोर्डले परीक्षाफल तयारी र प्रकाशन गरी प्रमाणपत्र जारी गर्नुपर्ने छ ।

स्टक डिलरको प्रक्रिया अघि बढाउन लगानी काेषलाई बोर्डको पत्राचार

काठमाडौं । नागरिक लगानी कोषलाई स्टक डिलरको अनुमति प्रक्रिया छिट्टै अगाडि बढाउन नेपाल धितोपत्र बोर्डले पत्राचार गरेको छ । पुँजी बजारमा स्थायित्व प्रदान गर्ने उक्त स्टक डिलरकाे  प्रक्रिया अघि बढाउन बाेर्डले असार १ गते लगानी कोषलाई पत्राचार गरेको हो । पुँजी बजारको विकासमा गतिशिलता ल्याउने उद्देश्यले स्थापित भएको उक्त स्टक डिलरले पुँजी बजारमा संस्थागत लगानी बढाउनको लागि भित्रिन लागेकाे हाे । यससँगै नेपालको पुँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशमा शिघ्रता ल्याउन संस्थागत लगानीकर्ताको रुपमा काम गर्न सक्ने छ । नागरिक लगानी कोषले सेयर बजारमा आउने उथलपुथललाई स्थीरता प्रदान गर्न १० अर्बको स्टक डिलर कम्पनी दर्ता गरेको थियो । यस डिलरले बजार धेरै घट्यो भने सेयर किन्ने र धेरै बढ्यो भने बेच्ने गरेर बजारलाई स्थायित्व प्रदान गर्ने काम गर्नेछ । यस्तै, कम्पनीले बढीमा १० अर्ब रुपैयाँसम्म बजारबाट उठाउनेछ । स्टक डिलर कम्पनीले सेयर बजारमा करिब १५ अर्ब रुपैयाँ लगानी गर्नेछ । आफूसँग भएको ५ अर्ब रुपैयाँ र बजारबाट बास्केट फण्डको रुपमा उठाएको १० अर्ब रुपैयाँ लगानी गरेर सेयर बजारलाई स्थायित्व प्रदान गर्ने काममा कोष लागेको कोषका उपकार्यकारी निर्देशक कट्टेलले जानकारी दिए । बोर्डले नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको प्रबेशलाई प्रोत्साहन गर्न नागरिक लगानी कोष जस्तै विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र व्यापारीको कार्य सक्ने व्यवस्था समेटी मिति २०७६।११।०१ देखि लागू हुने गरी धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ मा संशोधन गरिसकेको छ ।

भारत-चीन सीमा विवाद: दुई देशका सेनाबीच भिडन्त, तीन भारतीय सेनाको मृत्यु

काठमाडाैं ।  भारतीय र चिनियाँ सैनिकबीच लद्दाखको विकट गलवान उपत्यकामा सङ्घर्ष भएको भारत सरकारले पुष्टि गरेको छ। भारत सरकारका अनुसार भारतीय सैनिकहरू सीमाबाट पछि हट्दा उक्त घटना भएको हो । भारतिय संचारमाध्यमका अनुसार भारतीय सेनाले भारत-चीन सीमामा सोमवार राति भिडन्त हुँदा एक वरिष्ठ सैन्य अधिकारी र २ सैनिकको मृत्यु भएको पुष्टि गरेको हाे । सेनाका अनुसार दुई देशका वरिष्ठ सैन्य अधिकारीहरू विवाद समाधान गर्न वार्ता गर्दैछन् । केही समययता लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेकाले विवाद बढेको भारतीय पक्षको भनाइ छ ।

वाग्मतीमा नयाँ शैक्षिकसत्रको पाठ्यपुस्तक वितरण

काठमाडाैं । मुलुकमा दिनानुदिन बढिरहेको कोभिड–१९ सङ्क्रमणको पर्वाह नगरी दक्षिण ललितपुरको वाग्मती गाउँपालिकाले यहाँका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरेको छ । नयाँ शैक्षिकसत्रको अध्ययन तथा अध्यापनलाई जोड दिन वाग्मतीले सो कदम पूर्ण गरेको हो । वाग्मतीका कूल ४७ सामुदायिक विद्यालयमा पाठ्यपुस्तक वितरण गर्ने काम सम्पन्न भइसकेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख कुमार चौलागाईँले बताए । उनले भने, “भौगोलिक विकटताका कारण हाम्रो गाउँपालिकाभित्र इन्टरनेटको पहुँच एकदमै कम छ । बालविकास केन्द्र तहदेखि माध्यमिक तहसम्म अध्ययनरत करीब ३ हजार ८ सय सामुदायिक विद्यालयका बालबालिकालाई हामीले पुस्तक वितरण गरेका हाैं । यहाँ हालसम्म एउटा पनि निजी विद्यालय सञ्चालनमा आएका छैनन् ।” घरघरमै बसेर विद्यार्थीले अध्ययनलाई निरन्तरता दिऊन् र बालबालिकाको शिक्षामा हालको स्थितिले बाधा नपुगोस् भन्ने गाउँपालिकाको ध्येय रहेको चौलागाईँले जानकारी दिए । सामाजिक सञ्जालको पहुँच कम गाउँपालिकाका चारपाँच विद्यालयमा मात्र सामाजिक सञ्जालको पहुँच भएकाले हरेक विद्यार्थीलाई शिक्षामा जोड दिन ‘अभ्यास पुस्तिका’ नामक व्यावहारिक तथा समुदायमा आधारित पुस्तिका प्रकाशन गर्ने योजना बनाइएको शिक्षक चौलागाईँले बताए । उनले भने, “गाउँपालिकाका हरेक विद्यार्थीको हातहातमा अबको १५ दिनभित्र सो पुस्तिका दिने निर्णय गरेका छाैं ।” हरेक बिद्यालयले लिने आवधिक परीक्षामा सो पुस्तकमा उल्लिखित केही प्रश्न पनि सोधिने चौलागाईँले जानकारी दिए । विद्यालयमा सिसी क्यामेरा गाउँपालिकाले केही दिनअघि वडा नं ३ स्थित भट्टेडाँडा आधारभूत विद्यालयमा चार सिसी क्यामेरा जडान गरेको छ । गत वर्ष वडा नं २ माल्टामा रहेको कालीदेवी माध्यमिक विद्यालयमा एउटा क्यामेरा जडान गरिएको थियो । गाउँपालिकामा रहेका कूल १० माध्यमिक तहका विद्यालयमा पनि क्यामेरा जडान भइसकेको अध्यक्ष वीरबहादुर लोप्चले बताए ।   रासस

आइएमईले ल्यायो घरमै बसी एक लाख जित्ने योजना, यो महिनाभर लागू हुने

काठमाडौं । आइएमईले ‘आइएमई घरमै-रू. १ लाख जितौं’ भन्ने उपहार कार्यक्रम योजना प्रस्तुत गरेको छ । कोरोना भाइरस (कोभिड(१९) को प्रभावलाई मध्यनजर गर्दै घरबाहिर ननिस्की नै रेमिटेन्स गरिएको रकम सजिलै प्राप्त गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि कम्पनीले उक्त योजना ल्याएको हो । सामान्य अवस्थामा नेपालभित्र गरिने रेमिटेन्स वा विदेशबाट आएको रेमिटेन्सलाई एजेन्टकहाँ गई रकम लिन सकिने भए तापनि हाल बाहिर निस्किँदा सङक्रमणको जोखिम हुने भएकाले आफ्नो मोबाइल फोनमा नै रकम प्राप्त गर्न सकिने गरी यो सेवाग्राहीमुखी योजना सार्वजनिक गरिएको हो । यस अन्तर्गत् यही जेठ ३१ गतेबाट सुरू गरिएको ‘आइएमई घरमै’ उपहार योजनाबाट आइएमई गरिएको रकम आइएमई पे मोबाइल वालेट एपमा प्राप्त गर्ने १ जना भाग्यशालीलाई १ लाख रुपैयाँ प्रदान गरिनेछ । त्यसैगरी हरेक हप्ता ५ जनालाई जनही ५ हजार रुपैयाँ प्रदान गरिनेछ । सेवाग्राहीमुखी यो योजना असारको अन्त्यसम्म मात्र लागू गरिएको छ ।

गण्डकी प्रदेशमा कृषिमा ७४ करोड वृद्धि

कास्की । गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०७७/७८ मा कृषितर्फको बजेट वृद्धि गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सोमबार प्रदेशसभामा प्रस्तुत गरेकाे नयाँ बजेट ३४ अर्ब ८४ करोड रूपैयाँ, २१ लाख ६० हजार मध्ये कृृषि, सहकारी तथा भूमि व्यवस्थातर्फ ३ अर्ब १६ करोड १० लाख रूपैयाँ विनियोजन गरिएको छ । चालू आर्थिक वर्षमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको बजेट प्रदेश सरकारको १ अर्ब ६७ करोड तथा सङ्घीय सरकारबाट ससर्त अनुदान ७५ करोड रूपैयाँ गरी २ अर्ब ४२ करोड रहेकामा आगामी वर्षमा ७४ करोड १० लाख रूपैयाँ वृद्धि गरिएको हो । आगामी आर्थिक वर्षमा कोभिड–१९ का कारणले रोजगारी गुमाएर विदेशिएका नागरिक स्वदेश फर्किने अनुमानसहित सरकारले देशभित्रै रोजगारी सिर्जना तथा स्वरोजगार बनाउने तथा उत्पादन वृद्धिका कार्यक्रमलाई बजेटमा समेटेको छ । बजेटमा एक पालिका, एक उत्पादन कार्यक्रमलाई प्रभावकारी बनाउन विभिन्न अन्नबाली, फलफूल, नगदेबाली तथा तरकारी र पशुपक्षी तथा मत्स्यपालनका पकेट क्षेत्र स्थापना र विस्तार गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ । भू बनोट र संभाव्यताको आधारमा आलु खेती, चैते धान, अगौटे सुन्तला, कागती, अलैँची, कफी, च्याउ, रेशम खेती, घाँसेबाली, मौरीपालन जस्ता कार्यक्रमलाई निरन्तरता दिँदै यसका लागि २ करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ । पशु, फलफूल, तरकारी र अन्नबालीको नयाँ प्रजाति विकास, पशु नश्ल सुधार र उन्नत बिउ उत्पादन गर्ने अनुसन्धानात्मक कार्यक्रमलाई जोड दिँदै गाई, भैंसी तथा बाख्राको नश्ल सुधार गरी उत्पादकत्व वृद्धि गर्न स्रोत केन्द्रको विकास गर्ने कार्यक्रम छ । स्याउ उत्पादनमा आत्मनिर्भर हुन मनाङ, मुस्ताङ र गोरखाका (धार्चे र चुमनुब्री) उच्च घनत्वमा आधारित स्याउ खेती विकास कार्यक्रम तथा बाली तथा पशुपक्षी बीमा कार्यक्रमलाई निरन्तरता दिने बजेटमा उल्लेख छ । सरकारले सहुलियत ब्याजदरमा कृषि ऋण उपलब्ध गराउने कार्यक्रमको व्यवस्थाका लागि रु दुई करोड दुई लाख विनियोजन गरेको छ । बाँझो तथा खेतीयोग्य जमीनको चक्लाबन्दी गरी सहकारी, सामूहिक, करार तथा व्यावसायिक खेतीलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै कृषि उपजको उत्पादन परिमाणका आधारमा यस्ता समूहलाई प्रोत्साहित गर्ने कार्यक्रमका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ । उत्पादन र उत्पादकत्व वृद्धि गर्न मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँ कार्यक्रमलाई निरन्तरता दिँदै सबै स्थानीय तहमा विस्तार गर्न ४ करोड २६ लाख विनियोजन गरिएको छ । कृषि उपज तथा पशुपक्षीजन्य उत्पादनको बजारीकरणलाई सहज र व्यवस्थित गर्न सङ्कलन केन्द्र, प्रशोधन केन्द्र, शीतभण्डार गृह, चिस्यान केन्द्र र आधुनिक पशु बधस्थल स्थापना र सञ्चालन गर्न सहयोग गर्ने कार्यक्रमलाई निरन्तरता दिन ६ करोड ४१ लाख रूपैयाँ छुट्टाइएको छ । तनहुँको आँबुखैरेनी र स्याङजाको मालुङ्गामा स्थापित द्रुत विषादी अवशेष परीक्षण केन्द्रलाई थप स्रोतसाधन सम्पन्न बनाइ पशुपक्षी रोग नियमन गर्ने प्रयोगशालाको रूपमा समेत सञ्चालन गर्न रु दुई करोड ९९ लाख विनियोजन गरिएको छ । ‘पार्कोटे‘ र ‘लिमे’ जस्ता गण्डकी प्रदेशका रैथाने जातका भैँसीपालन कार्यक्रमलाई प्राथमिकता तथा स्थानीय प्रजातिका खरी जातको बाख्रा, च्याङ्ग्रा, भेडा, चौरी, कुखुरा, कालो सुँगुर, जेठोबुढो धान आदि प्रवद्र्धन गर्ने सरकारको योजना छ । पशुपंक्षीको लागि आवश्यक पर्ने दानाको आपूर्तिलाई सहज र सर्वसुलभ बनाउन निजी क्षेत्रको साझेदारीमा दाना र साइलेज उद्योग स्थापना गर्न १ करोड १२ लाख रूपैयाँ विनियोजन गरिएको छ । भेटेरिनेरी अस्पताल तथा पशुविज्ञ केन्द्रका प्रयोगशालाको स्तरोन्नती गर्न तथा पशु रोग नियन्त्रणका लागि खोप बैंक स्थापना गरी पशुखोप कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था गरिएको जनाइएको छ । खेतीयोग्य जमीनमा १२ महिना सिँचाइ सुविधा पुर्याउन साना सिँचाइका नयाँ आयोजनाको निर्माण, पुराना आयोजनाको स्तरोन्नती र मर्मत–सम्भार तथा प्रभावकारी व्यवस्थापन गर्ने कार्यक्रमलाई निरन्तरता दिन २ करोड ४ लाख रूपैयाँ विनियोजन गरिएको छ । भौगोलिक सूचना प्रणालीमार्फत भूउपयोगको तथ्याङ्क अद्यावधिक गरी प्रदेशस्तरीय भूउपयोग योजना तयार गर्ने गर्ने, सरकारी तथा सार्वजनिक, निजी र गुठी जग्गाको अभिलेख अद्यावधिक गरी व्यवस्थित गर्न आवश्यक बजेटको व्यवस्था गरिएको बजेटमा उल्लेख । बजेटमा सहकारी संस्थाको दर्ता, नवीकरण, नियमन, अनुगमन तथा संस्थागत क्षमता विकास गर्ने र एक सहकारी, एक उत्पादन कार्यक्रमलाई निरन्तरता दिइएको छ ।   रासस

निजी क्षेत्रले बनाउने विकास आयोजनामा पनि अख्तियार लाग्ने, तर्साउन खोजिएको व्यवसायीको बुझाई

काठमाडौं । निजी क्षेत्रले संचालन गर्ने विकास आयोजनामा पनि अख्तियार लाग्ने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन गरी निजी क्षेत्रबाट संचालित विकास आयोजनाहरुमा पनि अख्तियारले अनुसन्धान गर्न पाउने बाटो खुल्ला गर्न लागिएको हो । आयोजनाको टेन्डर प्रक्रियादेखि काम नसकिँदासम्म पनि धेरै आयोजनाहरुमा काममा ढिलाई हुने र समयमै आयोजना निर्माण हुन नसक्ने जस्ता समस्या समाधान गर्न भन्दै अख्तियारलाई भित्र्याउन खोजिएको हो । अहिले पनि अख्तियारले कसैको उजुरीको आधारमा सरकारको पैसाबाट सञचालित आयोजनाहरुमाथि छानविन तथा अनुसन्धान त गरिनै रहेको छ । देशभर नै ठेक्का व्यवस्थापनका विषयमा गुनासो र उजुरी आएपछि अख्तियारले विभिन्न निकायबाट कागजात मगाई अध्ययन त गरिहेकै थियो र छ पनि । तर, त्यसको प्राभकारिता भने न्युन छ । अख्तियारले धेरै पटक धेरै आयोजनाको ठेक्का सम्झौता सम्पन्न नभई अलपत्र रहँदा सर्वसाधारणको दैनिक जीवनयापन एवं सामाजिक आर्थिक उन्नतिका लागि टेवा प्रदान गर्ने पूर्वाधार निर्माण हुन नसकेकाले राज्यलाई ठूलो क्षति पुग्न गएको निष्कर्ष पनि निकालेको थियो । तर, कानुनमा त्यसको क्षेत्राधिकारलाई स्पष्टसँग नलेखिँदा भने काम गर्न समस्या भइहरेको उनीहरु समय–समयमा गुनासो गर्दै आएका थिए । र, अब भने उनीहरुले निजी क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्ति तथा संस्थालाई पनि छानविन तथा अनुसन्धानको दायरामा ल्याउन सक्ने गरी कानुन संशोधनको तयारी भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अब विभिन्न निजी क्षेत्रमा पनि छिरेर अनुसन्धान गर्न सकिने गरी अख्तियार दुरुपयोग अनुसान्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो । संशोधन विधेयकमा संघीय सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व वा नियन्त्रणमा रहेको वा प्रचलित कानून बमोजिम स्थापित आयोग, समिति, संस्थान, प्राधिकरण, निगम, कम्पनी, प्रतिष्ठान, बोर्ड, केन्द्र, परिषद्, बैंक, मेडिकल कलेज र सोसँग सम्बद्ध अस्पताल वा यस्तै प्रकृतिका अन्य कुनै सङ्गठित संस्थाको अनुगमन अख्तियारले गर्ने उल्लेख गरिएको छ । हालसम्म सरकारी स्वामित्वदेखि बाहेकका क्षेत्र तथा संस्थाहरुको अनुगमनको अधिकार अख्तियारलाई छैन । तर, अब भने विभिन्न आयोजना तथा सरकारी पदको व्यक्तिसँग जोडिएका व्यक्तिमाथि पनि अख्तियारले अनुसन्धान तथा छानविन गर्नेछ । यो विधेयक पास भएमा निजी क्षेत्रसँग सम्बन्धित विकास निर्माणका आयोजनाहरु पनि अख्तियारको फन्दामा पर्नेछन् । हालसम्म नेपाल सरकारको पैसामा सञ्चालित आयोजनाहरु मात्र अनुसन्धानको दायरामा आउथे । आयोगका अनुसार समयमा ठेक्का कार्यान्वयन नहुने कारणका रूपमा सरकारी निकायहरूले मोबिलाइजेसन पेस्की लिएपछि ठेकेदारहरू हिँड्ने र सम्पर्कमा नआउने गरेको जवाफ दिने गरेका छन । उनीहरुले विभिन्न कारण र आधार अघि सारेर यस्ता ठेक्कामा पटकपटक म्याद थप्ने गरिएको छ । तर, अब यो विधेयक पास भएपछि निर्माण व्यवसायीहरुले देखाउने यी विविध समस्याहरु आफै समाधान भएर जाने अख्तियारको दाबी छ । आयोगका प्रवक्ता प्रदिपकुमार कोइराला विधेयक अहिले राष्ट्रिय सभामा छलफलको क्रममा रहेकोले त्यसबारे आयोगले कुनै प्रतिक्रिया नजनाउने बताउँछन् । ‘विधेयक अहिले छलफलमा छ, सो विधेयक पास भइसकेपछि त्यसको कानुनी व्याख्या हुन्छ, त्यसको नियमावली पनि बन्छ, त्यसै अनुसार हामीले काम गर्छाैं,’ उनले भने । विधेयकमा सार्वजनिक पद धारण गरेको व्यक्तिको परिभाषा संशोधन गरेर निजी क्षेत्रका संघ, संस्था, प्रतिनिधि र पदाधिकारीलाई पनि अनुसन्धानको दायरमा ल्याउने खोजिएको छ । अहिले कार्यान्वयनमा रहेको ऐनमा सार्वजनिक पद धारण गरेको व्यक्ति भन्नाले ‘संविधान, अन्य प्रचलित कानुन वा सम्बन्धित निकाय वा अधिकारीको निर्णय वा आदेश बमोजिम कुनै सार्वजनिक अख्तियारी प्रयोग गर्न पाउने वा कुनै कर्तव्य पालन गर्नु पर्ने वा दायित्व निर्वाह गर्नु पर्ने पदमा बहाल रहेको व्यक्ति सम्झनु पर्छ र सो शब्दले सार्वजनिक संस्थाको कुनै पदमा बहाल रहेको पदाधिकारी वा कर्मचारी समेतलाई जनाउँछ’ भन्ने परिभाषा थियो । सरकारले संशोधनको लागि राष्ट्रियसभामा पेश गरेको विधेयकमा सार्वजनिक पद धारण गरेको व्यक्तिमा कम्पनी, प्रतिष्ठान, बैंक, केन्द्र, समिति, मेडिकल कलेज र सोसँग सम्बद्ध अस्पताल वा यस्तै प्रकृतिका अन्य कुनै पनि संगठित संस्था भनिएको छ । यस्तै, ऐनमा संशोधन गरी ‘अन्य व्यक्ति’ पनि थपिएको छ । परिभाषमा अन्य व्यक्ति भन्नाले ‘सार्वजनिक पद धारण गरेको व्यक्तिसँग भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न व्यक्ति वा कानुनी व्यक्ति सम्झनु पर्छ’ भनिएको छ । यो व्यवस्थाले निजी क्षेत्रलाई त्रसित बनाएको निजी क्षेत्रका व्यवसायीहरुको भनाई छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अख्तियारले सार्वजनिक पद धारण गरेको व्यक्तिलाई कारवाही र निगरानी गर्न नसकिरहेको अवस्थामा सबैतिरबाट निजी क्षेत्रलाई डर देखाउने काम गर्न खोजिरहेको गुनासो गरे । ‘यो व्यवस्थाले निजी क्षेत्र फष्टाउँदैन, देशको विकास पनि हुँदैन, निजी क्षेत्रका व्यवसायी अनावश्यक झमेलामा पर्छन, बिनाकसुर निजी क्षेत्रका पदाधिकारीलाई कारबाही हुने सम्भावना बढ्छ,’ उनले भने । सरकारले निजी क्षेत्रलाई हरेक कुरामा अवरोध र त्रास फैलाउने मात्र नीति ल्याइरहेको बताउँदै उनले यस्तो प्रवृतिले देशको विकास नहुने स्पष्ट पारे । ‘व्यवसायीहरुले गलत नगरेको काममा पनि अनावश्यक उजुरीको तनाव लिनु पर्ने हुन्छ, त्यो समयमा निर्माण सम्बन्धि काममा पनि अवरोध सिर्जना हुन्छ, यसले एउटा उद्योगीले त्यस्तो काममा संलग्न नभए पनि त्यसमा मुछियो भने कुनै पनि काममा भाग लिन नपाउने अवस्था आउन सक्छ,’ उनले भने । याे पनि पढ्नुस्: निजी क्षेत्रमा पनि अख्तियार पस्न पाउने गरी कानुन संशोधन गरिदै, लगानीकर्ता भन्छन्ः आतंकित पार्न खोजियो

दूधको मूल्यमा प्रतिलिटर २० रूपैयाँले वृद्धि

काठमाडाैं । बागलुङमा दूधको मूल्य वृद्धि भएको छ । बागलुङ दुग्ध व्यवसायी सङ्घले सोमबारदेखि लागू हुने गरी दूधको मूल्यमा प्रतिलिटर २० रूपैयाँका दरले वृद्धि गरेको छ । यसअघि दुधको मूल्य प्रतिलिटर ८० रूपैयाँ खुद्रा मूल्य रहेकामा मूल्यवृद्धि भएसँगै प्रतिलिटर १ सय पर्ने भएको छ । सङ्घले दूधको मूल्यवृद्धिसँगै दुग्धजन्य पदार्थको समेत मूल्य समायोजन गरेको बागलुङ दुग्ध व्यवसायी सङ्घका अध्यक्ष कुमारविक्रम क्षेत्रीले जानकारी दिए । वर्तमान समयमा पशु आहार तथा पशुपालन व्यवसायमा संलग्न सामग्रीको मूल्यमा भएको वृद्धि तथा नेपाल सरकारको दूधमा गरेको मूल्य समायोजनअनुसार बागलुङमासमेत दूध तथा दूधजन्य पदार्थको मूल्यमा वृद्धि गरिएको क्षत्रीको भनाइ छ । विसं २०७२ चैत १ गतेपछि दूधजन्य पदार्थमा कुनै पनि मूल्य समायोजन नभएको भन्दै मूल्यवृद्धि गरिएको हो । यही असार १ गतेदेखि लागू हुने गरी दूध प्रतिलिटर १ सय, दही प्रतिलिटर १ सय २० रूपैयाँ, पनिर ८ सय, घ्यू प्रतिकेजी १ हजार ३ सय रूपैयाँ, खुवा प्रतिकेजी १ हजार २ सय रूपैयाँ, छुर्पी १ हजार रूपैयाँ, लस्सी २ सय मिलीलिटर ५० रूपैयाँ, आइक्रिम प्रतिकोन ४० रूपैयाँ र नौनी १ हजार रूपैयाँ कायम गरिएको छ । “लामो समयदेखि मूल्यवृद्धि हुन नस्कनु र किसानलाई दूध उत्पादनमा लागत बढ्दै जाँदा दूधको मूल्यमा वृद्धि गर्न परेको हो”, अध्यक्ष क्षेत्रीले भने, “किसानलाई मर्का पर्ने अवस्था आएपछि लामो समयपछि दूध तथा दूधजन्य पदार्थको मूल्यवृद्धि भएको हो ।” दूग्ध व्यवसायी मर्कामा परेको गुनासो आएपछि सरोकारवालासँगको छलफलका आधारमा नै मूल्य समायोजन गरेको दुग्ध व्यवसायी सङ्घका सचिव मुक्तिराम आचार्यले जानकारी दिए । एकैपटक दूध प्रतिलिटर २० रूपैयाँ मूल्यवृद्धि गर्दा समस्या हुने उपभोक्ताले गुनासो गरेका छन् ।  रासस