विकासन्युज

डिजिटल बैंकिङलाई लक्षित गरी सनराइजले ल्यायो नारी बचत खाता, २ हजार रूपैयाँसम्म क्यास ब्याककाे सुविधा

काठमाडाैं । डिजिटल माध्यममा नयाँ नयाँ सेवा र सुबिधाहरु प्रदान गर्दै अघि बढिरहेको सनराइज बैंकले महिलाहरुलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ सनराइज नारी बचत खाता सुरुवात गरेको छ । तीजको विशेष अवसर पारेर सुरुवात गरेको उक्त खाताले महिलाहरुको सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बैंकको विश्वास छ । उत्सवको मौसमलाई मध्यनजर गर्दै बंैकले उक्त खाता शुन्य मौज्दातमा खोल्न सकिने व्यवस्थाका साथै पहिलो वर्ष निःशुल्क डेबिट कार्ड, मोबाइल बैंकिङ्ग र निःशुल्क डिम्याट खाता, लकर चार्जमा ५० प्रतिशत छुट र केही गर्ने उद्देश्य राखेका महिलाहरुलाई प्रोत्साहन पुगोस् भनी कर्जा लिदाको प्रक्रियागत खर्चमा विशेष छुटको व्यवस्था समेत गरेको छ । साथै महिलाहरुले डिजिटल भुक्तानी गर्दा भुक्तानी रकमको १० प्रतिशत वा २ हजार रुपैयाँ सम्मको क्यास व्याक दिने व्यवस्था समेत गरेकोे छ । विभिन्न स्वास्थ्य बीमा समेत समावेश रहेको उक्त खाता हाल यस लकडाउनको अवस्थामा ग्राहकहरुले घर बसीबसी अनलाइनबाट खोल्न सकिने बैंकले जनाएको छ ।

भदौ १६ गतेदेखि नियमित हवाई उडान सुरु हुने

काठमाडाैं । सरकारले भदौ १६ गतेदेखि नियमित हवाई उडान सुरु गर्ने निर्णय गरेकाे छ। बिहीबार बसेकाे मन्त्रिपरिषद् बैठकले भदौ १६ गतेदेखि नियमित उडान सुरु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । उनका अनुसार दैनिक ५०० यात्रु नकट्ने गरी संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्राललयले उडान तालिका बनाउनेछ । सरकारले मलेसिया, युएई, दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, अमेरिका, युरोपलगायत देशमा रहेका नेपालीलाई नियमित उडानमार्फत स्वदेश आउन अनुमति प्रदान गरेको खतिवडाले जानकारी दिए । पीसीआर गर्न गाह्रो भएका मुलुकहरु कतार, साउदी अरबलगायतका मुलुकबाट नेपाल आउने नेपालीहरुलाई भने चार्टर उडानबाट मात्रै ल्याउन पाउने निर्णय गरेको छ ।

रिलायन्सले आईपीओ जारी गरेको दोस्रो दिनमै दोब्बर आवेदन, आज कतिले भरे ?

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले साधारण सेयर निष्काशन गरेका दाेश्राे दिन दोब्बरभन्दा बढी आवेदन परेको छ । भदाै ५ गते अपरान्ह ४ः३० बजेसम्मको तथ्याङ्क अनुसार दुई लाख ९३ हजार ९ सय २५ जनाले कम्पनीकाे सेयरकाे लागि आवेदन दिएका हुन् । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार उक्त आवेदकले १ करोड २६ लाख ७० हजार ९६० कित्ता अर्थात एक अर्ब २६ करोड ७० लाख ९६ हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन् । कम्पनीले सर्वसाधारणमा कूल ५६ लाख ७० हजार कित्ता सेयर माग गरेकाे थियाे ।

नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या हाल सम्मकै उच्च, एकैदिन ११ जनाकाे मृत्यु

काठमाडाैं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यू भएको छ । यो कोरोनाबाट नेपालमा एकै दिन मृत्यू भएको अहिलेसम्मकै उच्च तथ्यांक हो योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३७ पुगेको छ । शुक्रबार मृत्यु हुनेमध्ये एक महिला र १० पुरुष रहेका छन् ।

काठमाडौंमा मात्रै थप १ सय ८२ जनामा कोरोना भाइरस संक्रमण

काठमाडाैं । काठमाडौं उपत्यकामा आज १ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएकाे छ । पछिल्लो २४ घन्टामा काठमाडौंमा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन्। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

देशभर  थप ८ सय ३८ जनामा काेराेना भाइरस देखियाे

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर  ८ सय ३८ जनामा काेराेना भाइरस देखिएकाे छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले ८ सय ३८ जनामा काेराेना भाइरस देखिएकाे बताएका हुन् । पछिल्लो २४ घण्टामा गरिएको १३ हजार ५ सय ७९ जनाको पीसीआर परीक्षणमा २ सय ९२ महिला र ५ सय ४६ जना पुरुषमा संक्रमण देखिएको हाे । यो सँगै नेपालमा संक्रमित हुनेको संख्या ३० हजार ४८३ पुगेको छ।

विद्युतीय माध्यमबाट कारोबार गर्न ब्रोकर्स एसोसिएसनकाे आग्रह

काठमाडाैं । धितोपत्र व्यवसायीहरुको संस्था ब्रोकर्स एसोसिएसन अफ नेपालले शेयर लगानीकर्तालाई कारोवारको भुक्तानी विद्युतीय माध्यमबाट गर्न आग्रह गरेको छ । एसोसिएसनले आज एक विज्ञप्ति जारी गर्दै धितोपत्र खरिद गर्न चाहने लगानीकर्ताले अनलाइन बैंकिङ तथा कनेक्ट आईपीएस लगायतका विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध हुन र सोही अनुसार कारोवार गर्न आग्रह गरेको हाे । यस्तै, धितोपत्र दलाल व्यवसायीलाई अग्रिम रुपमा तथा धितोपत्र खरिद पश्चात गर्ने भुक्तानी समेत विद्युतीय माध्यमबाट मात्रै गर्न आग्रह गरिएको छ । राजधानी काठमाडौँ लगायतका विभिन्न स्थानमा कोरोनाको सङ्क्रमण फैलिएपछि सरकारले निषेधाज्ञा घोषणा गरेको सन्दर्भमा त्यसलाई पूर्ण रुपमा परिपालना गर्दै एसोसिएशनले यस्तो विषम अवस्थामा सिमित बैंकिङ कारोबार भएको तथा चेक मार्फत शेयर खरिद कारोबारको भुक्तानी गर्न खोज्दा धितोपत्र दलाल व्यवसायीलाई अप्ठ्यारो पर्ने जनाएको छ । एसोसिएशनले नेपाल धितापत्र बोर्डले यही भदौ ३ गते जारी गरेको निर्देशन र त्यसमा उल्लेख भए अनुसार थप १५ दिन भित्रमा धितोपत्र दलाल व्यवसायी र लगानीकर्ताबीच हुने कारोबारको रकम विद्युतीय भुक्तानी माध्यमबाट मात्रै गर्न समेत पुनः स्मरण गराइएको छ । सो अवधिमा धितोपत्र दलाल व्यवसायीले विद्युतीय माध्यमबाट भन्दा अन्य माध्यमबाट भुक्तानी लिन नसक्ने समेत स्पष्ट पारेको छ ।

ए रेटिङ प्राप्त गर्दै शिखर इन्स्योरेन्स देशकै उत्कृष्ट बीमा कम्पनी बन्यो

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड “ए रेटिङ” प्राप्त गर्दै देशको पहिलो तथा एक मात्र बीमा कम्पानी बनेको छ । शिखर इन्स्योरेन्सले इक्रा नेपालबाट सो रेटिङ प्राप्त गरेको हो । “ए रेटिङ”प्राप्त कम्पनीले आफ्नो वित्तीय दायित्वको समयमै भुक्तानी गर्न सक्षम रहने र न्युनकर्जा जोखिम रहने कुराको संकेत गर्दछ । कम्पनीको रेटिङ जारी गर्दा कम्पनीको बजार हिस्सा, दाबी व्यवस्थापन, शाखा संजाल, सोल्भेन्सी स्थिति, व्यवस्थापन पक्ष, पुनर्बीमा व्यवस्थापन, महा विपत्ति जोखिम व्यवस्थापन लगायत विविध पक्षहरुको अध्ययन गरिएको हुन्छ । कम्पनीको सबल तथा सक्षम व्यवस्थापन पक्ष तथा कर्मचारी रहेको, सुदृढ बजार हिस्सा तथा शाखा संजाल रहेको, सम्पत्ति, नेटवर्थ, बीमा शुल्कमा अग्रणी कम्पनी रहेको भन्दै इक्रा नेपालले ए रेटिङ दिएकाे हाे । यस्तै, दाबी भुक्तानको लागि प्रयाप्त मात्रामा सोल्भेन्सी तथा तरलता रहेको भुकम्प जस्तो महा विपत्तिको लागि प्रयाप्त मात्रामा महाविपत्ति पुनर्बीमा व्यवस्थापन गरिएको र सबल पुनर्बीमा व्यवस्थापन तथा उत्कृष्ट पुनर्बीमकहरुको साथ प्राप्त भएको भन्दै इक्रा कम्पनीलाई ए रेटिङ दिएकाे हाे ।