एनसीसी बैंकको बिशेष साधारण सभा माग्दै कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन

<p>काठमाडौं । एनसीसी बैंकको बिशेष साधारण सभा माग गर्दै कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन परेको छ । एनसीसी बैंकको लगानीकर्ता एनबी ग्रुपले बिशेष साधारण सभाको माग गर्दै चैत १२ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन दिएका हुन् । एनबी समुहका तर्फबाट लक्ष्मी बहादुर, जीत बहादुर श्रेष्ठले निवेदन दिएका हुन् । उनीहरुले बैंकको पुँजी वृद्धि, नयाँ सञ्चालक समिति [&hellip;]</p>

काठमाडौं । एनसीसी बैंकको बिशेष साधारण सभा माग गर्दै कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन परेको छ । एनसीसी बैंकको लगानीकर्ता एनबी ग्रुपले बिशेष साधारण सभाको माग गर्दै चैत १२ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन दिएका हुन् । एनबी समुहका तर्फबाट लक्ष्मी बहादुर, जीत बहादुर श्रेष्ठले निवेदन दिएका हुन् ।

उनीहरुले बैंकको पुँजी वृद्धि, नयाँ सञ्चालक समिति चयन गर्न र एपेक्स डेभलपमेन्ट बैंकको कारोबार छुट्टै राख्ने एजेण्डासहित साधारण सभाको माग गरेका छन् । ‘एनसीसी बैंकको बिशेष साधारण सभा माग गरेर एनबी समुहले निवेदन दर्ता गरेको छ, हामी अध्ययन गरिरहेका छौं’ कम्पनी रजिष्ट्रारको कार्यालयका सहायक रजिष्ट्रार राजन बस्नेतले विकासन्युजसँग भने ।

गत वर्ष बैंकले विशेष साधारणसभा गर्न लाग्दा लक्ष्मी बहादुर, जित बहादुर समुहले लगातार बिशेष साधारण सभा गर्न नहुने भन्दै राेक्न कर्यालयमा निवेदन दिएका थिए ।

यसअघि बैंकले पहिलो बिशेष साधारण सभाबाट चार वटा विकास बैंकसँग मर्जरको निर्णय गरेको थियो भने दोश्रोबाट पुँजी वृद्धिका लागि हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । हकप्रद सेयर निष्काशन गर्ने बिशेष साधारण सभाको निर्णय भने अझै कार्यान्वयन भैसकेको छैन् ।

Share News