काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहको महाधिवेशनमा नेता मोहनबहादुर बस्नेतले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
उनले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उम्मेदवारी घोषणाका क्रममा उनले कांग्रेसका पार्टी सभापति गगन थापाहरू पार्टी कब्जा गर्ने शैलीमा अघि बढेको आरोप लगाए । त्यसै कारणले आफूहरुले अर्को महाधिवेशन गर्नु परेको उनको भनाइ छ ।
' नेपाली कांग्रेस अहिले अदालतमा छ,’ उनले भने,’ निर्वाचन आयोगले दुवै पक्षका अधिवेशन भनेर पत्र लिएको छ ।'नेपाली कांग्रेसको कसैको नभएको उनको बुझाइ छ ।
पटक(पटक चुनाव जितिरहेका व्यक्तिलाई टिकट नदिएको, पहिले नै क्रियाशील सदस्य अध्यावधिक गरेकालाई पनि हामी चिन्दैनौ भन्ने जस्ता अप्रिय व्यवहार भएको उनले बताए ।