२ करोड ३० लाखमा सानो बाइपासदेखि फेदीसम्मको सडक स्तरोन्नति हुने

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ अन्तर्गत तारकेश्वर नगरपालिकामा सानो बाइपासदेखि फेदी जाने सडक स्तरोन्नति हुने भएको छ ।

आर्थिक वर्ष २०८३/८४ मा बागमती प्रदेश सरकारमार्फत सञ्चालन हुने विकास आयोजनाअन्तर्गत उक्त सडक स्तरोन्नति गर्न २ करोड ३० लाख ४० हजार रुपैयाँ बजेट छुट्याइएको छ ।

परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो फेसबुक पेजमार्फत काठमाडौं क्षेत्र नम्बर ६ अन्तर्गत तारकेश्वर र टोखा नगरपालिकामा सञ्चालन हुने वार्षिक नीति, कार्यक्रम तथा विकास आयोजनाको विवरण सार्वजनिक गरेका हुन् ।

उनले संघ, प्रदेश र स्थानीय सरकारबाट विनियोजित बजेटको यथार्थ तथा तथ्यपरक जानकारीले पारदर्शिता र जवाफदेहिता बढाउने विश्वास व्यक्त गरेका छन् । 

Share News