काठमाडौं । शुक्रबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.५७ अंकले बढेर २६२८ बिन्दुमा झरेको छ ।
नेप्सेका अनुसार ५९ कम्पनीको सेयर मूल्य बढ्दा २०३ कम्पनीको सेयर मूल्य घटेको छ । १७ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
शुक्रबार ३५३ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार लक्ष्मी सनराइज बैंकको भएको छ । लक्ष्मी सनराइजको २४ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै ग्लोबल आइएमई बैंकको २१ करोड, हिमालयन ऊर्जाको १५ करोड, एनआइसी एसियाको १३ करोड र घलेम्दी हाइड्रोको १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेका उपसूचकहरूमा अधिकांश समूह घटेका छन् । १३ मध्ये ११ समूहको सूचक घटेको छ भने दुई समूह बढेका छन् ।
विकास बैंक समूह सबैभन्दा धेरै ०.७६ प्रतिशतले घटेको छ । हाइड्रोपावर समूह ०.७४ प्रतिशत र उत्पादन तथा प्रशोधन समूह ०.६५ प्रतिशतले घटेका छन् ।
त्यस्तै, माइक्रोफाइनान्स समूह ०.५२ प्रतिशत, म्युचुअल फन्ड ०.४३ प्रतिशत, लगानी समूह ०.४१ प्रतिशत र जीवन बीमा समूह ०.३० प्रतिशतले घटेका छन् ।
बैंकिङ समूह ०.०७ प्रतिशतले बढेको छ । निर्जीवन बीमा समूहमा भने ०.३० प्रतिशतको वृद्धि भएको छ ।