निर्जीवन बीमकले बाँडे ३७ करोडभन्दा बढी अभिकर्ता कमिसन

कुन कम्पनीको कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास (असोज मसान्त) सम्ममा निर्जीवन बीमा कम्पनीहरूको अभिकर्ता कमिसन खर्च झण्डै दोब्बरले बढेको छ ।
        
बीमा कम्पनीहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आवको असोजसम्ममा बीमा कम्पनीहरूले  कुल ३७ करोड १३ लाख ७९ हजार रुपैयाँ कमिसन बापत खर्च गरेका हुन् ।

गत आवको यही अवधिमा बीमा कम्पनीहरूले १८ करोड ६२ लाख ३० हजार रुपैयाँ खर्चिएका थिए । अघिल्लो आवको तुलनामा कम्पनीहरूले अभिकर्तालाई बाँडेको कमिसन खर्च ९९.४२ प्रतिशतले वृद्धि भएको हो ।

समीक्षा अवधिमा सबैभन्दा बढी अभिकर्ता कमिसन खर्च गर्ने कम्पनीमा ओरियन्टल इन्स्योरेन्स कम्पनी रहेको छ ।

कम्पनीले असोज मसान्तसम्ममा ८ करोड ३२ लाख रुपैयाँ कमिसनबापत खर्च गरेको छ । 

गत आवको यही अवधिमा कम्पनीले सो शीर्षकमा २ करोड ७८ लाख रुपैयाँ खर्च गरेको थियो । गत आवको तुलनामा समीक्षा अवधिमा ओरियन्टलको अभिकर्ता कमिसन खर्च १९८.७३ प्रतिशतले बढेको छ ।

अभिकर्ता कमिसनमा धेरै खर्च गर्ने कम्पनीमा नेशनल इन्स्योरेन्स कम्पनी रहेको छ । नेशनल इन्स्योरेन्सले अभिकर्ता कमिसनमा ४ करोड ५६ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले खर्च गरेको कमिसन रकम ऋणात्मक थियो ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ करोड ८९ लाख १३ हजार रुपैयाँ अभिकर्ता कमिसनमा खर्च गरेको छ । अघिल्लो आवको यही  अवधिमा कम्पनीले २ करोड २७ लाख रुपैयाँ खर्च गरेको थियो । समीक्षा अवधिमा कम्पनीले अभिकर्ता कमिसनमा गरेको खर्च ७१.१४ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै, एनएलजी इन्स्योरेन्सले अभिकर्ता कमिसन खर्चमा ३ करोड ६६ लाख रुपैयाँ खर्च गरेको छ । जुन अघिल्लो आवको तुलनामा ६५.८८ प्रतिशतले बढी हो । अघिल्लो आवको यही अवधिमा कम्पनीले अभिकर्ता कमिसन खर्चमा २ करोड २० लाख रुपैयाँ खर्च गरेको थिए ।

असोजसम्ममा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ करोड ६६ लाख रुपैयाँ अभिकर्ता कमिसनमा खर्च गरेको छ । 

अघिल्लो आवको यही अवधिमा कम्पनीले सो शीर्षकमा १ करोड ६७ लाख रुपैयाँ खर्चिएका थिए । अघिल्लो आवको तुलनामा बीमा कम्पनीहरूले कमिसनमा गरेको खर्च ११८.२८ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा युनाइटेड अजोड इन्स्योरेन्सले २ करोड ५९ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले २ करोड १९ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ करोड ५ लाख रुपैयाँ र शिखर इन्स्योरेन्सले १ करोड ८८ लाख रुपैयाँ अभिकर्ता कमिसनमा खर्च गरेका छन् ।

त्यसैगरी, समीक्षा अवधिमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ करोड ७३ लाख रुपैयाँ, सानिमा जिआईसी इन्स्योरेन्सले १ करोड ३५ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ६३ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ३९ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले १६ लाख रुपैयाँ अभिकर्ता कमिसनमा खर्च गरेका छन् ।

अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा शिखर इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको अभिकर्ता कमिसन खर्च घटेको छ । अघिल्लो आवको तुलनामा शिखर इन्स्योरेन्सले बाँड्ने कमिसन खर्च ७.२८ प्रतिशत र प्रभु इन्स्योरेन्सको ०.७५ प्रतिशतले घटेको छ  ।

null

Share News