काठमाडौं । बिहीबार (आज) सेयर बजार १० अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०.८९ अंकले घटेर २६३६.७५ विन्दुमा कायम भएको छ ।
आज ३५५ स्टकको ४९ हजार ८०६ पटक कारोबारमा १ करोड ४७ लाख १० हजार २९८ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ४८ करोड ९५ लाख ८४ हजार रुपैयाँको कारोबार भएको छ ।
आज ८६ कम्पनीको सेयर मूल्य बढ्दा १७९ कम्पनीको सेयर मूल्य घटेको छ । १४ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै कारोबार हिमालयन ऊर्जाको भएको छ । कारोबार भएको छ । कम्पनीको २४ करोड ५१ हजार रुपैयाँको कारोबार भएको छ ।
दोस्रो धेरै कारोबार पिपुल्स हाइड्रोपावरको २२ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, एनआइसी एशिया बैंकको १८ करोड १५ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकको १५ करोड ५६ लाख रुपैयाँ र साहस उर्जाको १५ करोड ५५ लाख रुपैयाँको कारोबार भई शीर्ष पाँचमा प्रवेश गरेका छन् ।
आज युनिक नेपाल लघुवित्तको सबैभन्दा धेरै ४.८८ प्रतिशतले बढेको छ । एलएस होरिजिन १२ का लगानीकर्ताले सबैभन्दा धेरै ४.७६ प्रतिशतका दरले गुमाएका छन् ।
आज लगानीबाहेक सबै उपसमूह घटेका छन् । लगानी ०.७२ प्रतिशतले बढेको छ ।
बैंकिङ ०.९३ प्रतिशत, विकास बैंक ०.४८ प्रतिशत, वित्त ०.४१ प्रतिशत, होटल तथा पर्यटन ०.६२ प्रतिशतले घटेको छ । त्यस्तै जलविद्युत ०.०९ प्रतिशत, जीवन बीमा ०.३४ प्रतिशत, उत्पादन ०.१८ प्रतिशत, माइक्रोफाइनान्स ०.१५, म्युचल फण्ड ०.२४ प्रतिशत, निर्जीवन बीमा ०.४२ प्रतिशत, अन्य ०.१३ प्रतिशत र व्यापार १.५२ प्रतिशतले घटेको छ ।