काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.६६ अंकले बढेर २६४७ बिन्दुमा पुगेको हो ।
नेप्सेका अनुसार १७० कम्पनीको सेयर मूल्य बढ्दा १०१ कम्पनीको सेयर मूल्य घटेको छ । ८ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
बुधबार ३५६ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन ऊर्जाको भएको छ । हिमालयनको ३४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै कुमारी बैंकको २२ करोड, ग्लोबल आइएमई बैंकको १७ करोड र सानिमा बैंकको १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य १०.९८ प्रतिशतले बढेको छ ।
सेयर बजारमा विकास बैंक र जीवन बीमा उपसूचकमा उच्च वृद्धि भएको छ । नेप्सेका अनुसार विकास बैंक उपसूचक ०.९९ प्रतिशतले बढेको छ भने जीवन बीमा उपसूचक ०.५१ प्रतिशतले उकालो लागेको छ ।
जलविद्युत् उपसूचक ०.८८ प्रतिशत, व्यापार उपसूचक ०.५० प्रतिशत र लगानी उपसूचक ०.४० प्रतिशतले बढेका छन् ।
त्यस्तै, बैंकिङ र म्युचुअल फण्ड उपसूचक ०.२४ प्रतिशतले बढ्दा अन्य उपसूचक ०.१२ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.१० प्रतिशतले उकालो लागेका छन् । वित्त उपसूचक ०.०७ प्रतिशतले बढेको छ ।
घट्ने उपसूचकमा उत्पादन तथा प्रशोधन समूह सबैभन्दा अगाडि देखिएको छ । उक्त उपसूचक ०.३६ प्रतिशतले घटेको छ । होटल तथा पर्यटन उपसूचक ०.०४ प्रतिशत र लघुवित्त उपसूचक ०.०९ प्रतिशतले घटेका छन् ।