काठमाडौं । मनि वर्ल्ड सेयर एक्सचेन्ज प्रालि निलम्बनमा परेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तीन कार्य दिनको लागि निलम्बन गरेको हो ।
नेप्सेका अनुसार तोकिएको समयावधिभित्र धितोपत्र कारोबारको राफसाफ तथा फर्छ्याैट कार्य नगरेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले उक्त कम्पनीलाई निलम्बन गरेको हो ।
सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले राफसाफ तथा फर्छ्याैट कार्य निर्धारित समयभित्र सम्पन्न नगरेको भन्दै निलम्बनका लागि सिफारिस गरेको थियो ।
सोही सिफारिसका आधारमा नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम २२ (१) (छ) बमोजिम तीन कार्य दिनका लागि कम्पनीलाई निलम्बन गर्ने निर्णय गरेको नेप्सेले जनाएको छ ।
