काठमाडौं । पोर्टो रिकोकी २७ वर्षीया जेनिफर बारेटोले मिस युनिभर्स २०२६ को उपाधि जितेकी छन् ।
पोर्टो रिकोको राजधानी सान जुआनमा मंगलबार आयोजित प्रतियोगितामा उनले ११५ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पारेकी हुन् ।
प्रतियोगिताको यो ७५औं संस्करण हो । मेक्सिकोकी पूर्व विजेता फातिमा बोसले बारेटोलाई ताज पहिराएकी थिइन् ।
डोमिनिकन रिपब्लिककी मेलिसा नुनेज पहिलो उपविजेता बनिन् भने भेनेजुएलाकी क्लारा भेगास दोस्रो उपविजेता भइन्। फिलिपिन्सकी बिया मिलान–विन्डोस्र्की तेस्रो उपविजेता बनिन् ।
यस वर्षको प्रतियोगितामा ११६ देश तथा क्षेत्रका सुन्दरी सहभागी थिए । बारेटोको जितसँगै पोर्टो रिकोले छैटौं पटक मिस युनिभर्सको ताज जितेको छ ।