कामना सेवा विकास बैंकको ९ हजारभन्दा बढी कित्ता संस्थापक सेयर बिक्री गरिँदै

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ९ हजार २०० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका विभिन्न संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न निवेदन दिएपछि बैंकले खरिदका लागि इच्छुक विद्यमान संस्थापक सेयरधनीलाई आवेदन दिन आग्रह गरेको हो ।

बैंकले मङ्सिर ९ गते पहिलो पटक प्रकाशित गरेको सूचनाअनुसार उक्त सेयर खरिद गर्न पहिलो प्राथमिकता बैंकका साविक संस्थापक सेयरधनीलाई दिइनेछ । इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ ।

सेयर खरिद गर्न चाहने संस्थापक सेयरधनीले आफूले कति कित्ता सेयर खरिद गर्न चाहेको हो, सो खुलाएर बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा निवेदन पेस गर्नुपर्नेछ ।

तोकिएको ३५ दिनभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन तथा प्रचलित कानुनबमोजिम बाह्य खरिदकर्तालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ । 

Share News