१६५ कम्पनीको सेयर मूल्य बढ्यो, साढे ५ अर्बको कारोबार

काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले घटेर २६३८.९५ बिन्दुमा पुगेको हो । 

नेप्सेका अनुसार १६५ कम्पनीको सेयर मूल्य बढ्दा १११ कम्पनीको सेयर मूल्य घटेको छ । ३ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । 

मंगलबार ३५० कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सोल्टी होटलको भएको छ । सोल्टीको ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

साथै ग्लोबल आइएमई बैंकको ३० करोड, लक्ष्मी सनराइज बैंकको २२ करोड र रिलाइन्स स्पिीनिङको १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेको उपसूचकमा आज अधिकांश समूहमा वृद्धि देखिएको छ । उपलब्ध तथ्यांकअनुसार बैंकिङ उपसूचक सर्वाधिक १.२४ प्रतिशतले बढेको छ भने विकास बैंक उपसूचक १.०४ प्रतिशतले उकालो लागेको छ ।

होटल तथा पर्यटन उपसूचक ०.९४ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.६१ प्रतिशत र जलविद्युत् उपसूचक ०.४६ प्रतिशतले बढेका छन् ।

त्यस्तै, व्यापार उपसूचक ०.९७ प्रतिशत, जीवन बीमा ०.१४ प्रतिशत, निर्जीवन बीमा ०.२६ प्रतिशत र लगानी उपसूचक ०.३० प्रतिशतले वृद्धि भएका छन् ।

वित्त उपसूचक ०.०३ प्रतिशतले सामान्य बढेको छ भने म्युचुअल फन्ड उपसूचकमा ०.१४ प्रतिशतको वृद्धि देखिएको छ ।

यता, माइक्रोफाइनान्स उपसूचक ०.१८ प्रतिशतले घटेको छ। अन्य उपसूचक पनि ०.३९ प्रतिशतले ओरालो लागेको छ । 


 

Share News