१०५ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.२६ अंकले घटेर २६२३ बिन्दुमा पुगेको हो । 

नेप्सेका अनुसार १०५ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । 

सोमबार ३०६ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार ग्लोबल आइएमई बैंकको भएको छ । ग्लोबलको १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  

साथै लक्ष्मी सनराइजको १२ करोड ७६ लाख, एनआईसी एसियाको १२ करोड ५९ लाख, कुमारी बैंकको १२ करोड ३३ लाख र भिजन लुम्बिनीको १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेमा कारोबार भएका उपसूचकमध्ये सोमबार बैंकिङ र विकास बैंक समूहमा सुधार देखिएको छ भने अधिकांश समूह घटेका छन् ।

नेप्सेका अनुसार बैंकिङ उपसूचक १०.३६ अंकले बढेर १ हजार ५९६.२७ विन्दुमा पुगेको छ । विकास बैंक समूह ३०.९० अंकले बढेर ५ हजार ४३९.४० विन्दुमा कायम भएको छ ।

त्यस्तै, अन्य समूह १४.७८ अंकले बढेर १ हजार ८३९.४४ विन्दुमा पुगेको छ । लगानी समूह ०.२१ अंक र म्युचुअल फन्ड समूह ०.१३ अंकले बढेका छन् ।

यता, गैरजीवन बीमा समूहमा सबैभन्दा ठूलो गिरावट आएको छ । उक्त समूह ९०.०२ अंकले घटेर ९ हजार २०४.५२ विन्दुमा झरेको छ ।

लघुवित्त समूह २७.५९ अंकले घटेको छ भने उत्पादन तथा प्रशोधन समूह २६.३३ अंक, व्यापार समूह २०.०३ अंक र होटल तथा पर्यटन समूह १५.६० अंकले घटेका छन् ।

जलविद्युत् समूह १०.१६ अंक, जीवन बीमा समूह ७ अंक र वित्त समूह ३.७७ अंकले घटेका छन् ।  
 

Share News