काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडको आधारभूत सेयरधनी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो नाममा रहेको ७ लाख २३ हजार कित्ता सेयर बिक्री गर्ने भएको छ ।
कम्पनीले उक्त सेयर आगामी ३ महिनाभित्र बिक्री गर्ने मनसायसहित निवेदन दिएको मल्टीपर्पस फाइनान्सले जनाएको छ ।
फाइनान्सले मंसिर ७ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्र लेख्दै सेयर बिक्री गर्ने मनसायबारे जानकारी गराएको हो ।
नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार आधारभूत सेयरधनीले आफूले धारण गरेको १५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुभन्दा ५ दिनअघि जानकारी गराउनुपर्ने व्यवस्था छ ।
सोही व्यवस्थाअनुसार रिलायबल नेपाल लाइफले सेयर बिक्री गर्ने मनसायसहित निवेदन दिएको कम्पनीले जनाएको छ ।