काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
संस्थाको सञ्चालक समितिको मंसिर ४ गते बसेको १८५औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांशमा ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश रहेको छ । नगद लाभांश बोनस सेयर र नगद लाभांशमा लाग्ने कर प्रयोजनका लागि समेत वितरण गर्न प्रस्ताव गरिएको संस्थाले जनाएको छ ।
संस्थाको २०८३ असार मसान्तमा कायम चुक्ता पुँजी ३८ करोड ७४ लाख ४४ हजार ८६६ रुपैयाँ ४६ पैसाको आधारमा ९.५० प्रतिशत बोनस सेयर वितरण गर्न प्रस्ताव गरिएको छ । यसअनुसार ३ करोड ६८ लाख १२ हजार १२ रुपैयाँ ३१ पैसा बराबरको बोनस सेयर वितरण हुनेछ ।
त्यस्तै, ०.५० प्रतिशतका दरले १९ लाख ३७ हजार ४७४ रुपैयाँ ३३ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ ।
कुल ३ करोड ८७ लाख ४९ हजार ४८६ रुपैयाँ ६४ पैसा बराबरको लाभांश वितरण गर्ने प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृतिका लागि पेस गरिनेछ ।
राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीलाई लाभांश वितरण गरिने संस्थाले जनाएको छ ।