एभरेष्ट कलरले सेयरधनीलाई लाभांश नदिने

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा नगर्ने निर्णय गरेको हो ।

कम्पनीले दीर्घकालीन हितलाई ध्यानमा राख्दै लाभांश वितरण नगर्ने निर्णय गरेको जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई गराएको छ ।

कम्पनी सचिव निशा प्रजापतिद्वारा हस्ताक्षरित सूचनामा लाभांश वितरण नगर्ने निर्णयबारे जानकारी दिइएको छ । 

Share News