एपीआई पावरको सेयरमूल्य समायोजन, प्रतिकित्ता ३१६.१९ रुपैयाँ

काठमाडौं । अपि पावर कम्पनी लिमिटेड (API) को सेयर मूल्य बोनस सेयर वितरणका लागि समायोजन भएको छ ।

कम्पनीको ५ प्रतिशत बोनस सेयरका लागि नेप्सेले सेयर मूल्य समायोजन गरेको हो । समायोजनपछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३१६ रुपैयाँ १९ पैसा कायम भएको छ ।

समायोजनअघि कम्पनीको सेयरको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ३३२ रुपैयाँ थियो ।

यसअनुसार ५ प्रतिशत बोनस सेयरका लागि एपीआईको सेयर मूल्य समायोजन गरिएको हो । 

Share News