सोल्टी होटलको लाभांश प्रस्ताव, पुस २१ गते साधारणसभा

काठमाडौं । सोल्टी होटल लिमिटेडले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र १६.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको सोमबार बसेको सञ्चालक समितिको २६६औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र १६.८४२१०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित नगद लाभांशमा करसमेत गरी कुल १९ करोड ७९ लाख २० हजार ४२७ रुपैयाँ ७९ पैसा वितरण हुनेछ ।

कम्पनीले प्रस्तावित लाभांश पारित गर्न आगामी पुस २१ गते ५२औँ वार्षिक साधारणसभा बोलाएको छ । सभा काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबको सभामण्डप हलमा बिहान १० बजे बस्नेछ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १ गतेदेखि पुस २१ गतेसम्म सेयर दाखिल खारेज बन्द गर्ने जनाएको छ । यसअनुसार पुस १ गतेभन्दा अघिसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन सक्नेछन् ।

सोल्टी होटलको हाल चुक्ता पुँजी १ अर्ब १७ करोड ५१ लाख ५२ हजार ५४० रुपैयाँ रहेको छ । कम्पनीको ११ करोड ७५ लाख १५ हजार २५४ कित्ता साधारण सेयर सूचीकृत छन् । 

Share News