जनकपुर आइपुग्यो अयोध्याबाट छुटेको रेल

काठमाडौं । अयोध्याबाट छुटेको रेल जनकपुर आइपुगेको छ । करिब १ हजार यात्रु बोकेर सरयू–कमला एक्सप्रेस रेल जनकपुर आइपुगेको हो । जनकपुर रेल्वे स्टेसनमा रेलको स्वागत गरिएको छ । 

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव लगायतले रेलबाट आएका यात्रुको स्वागत गरेका हुन् ।

नयाँदिल्लीस्थित हैदराबाद भवनमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा नेपाल र भारतका प्रधानमन्त्रीले अयोध्या–जनकपुर चल्ने रेलको उद्घाटन गरेका थिए ।
 

Share News