काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लुम्बिनी प्रदेशमा रणनीतिक कर्जा विस्तार तथा कर्जा असुलीलाई प्राथमिकता दिने भएको छ ।
बैंकले लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा अन्य कर्मचारीको सहभागितामा ‘सिटिजन्स बिल्डिङ स्केल एण्ड भ्यालुः लुम्बिनी प्रदेशमा रणनीतिक कर्जा विस्तार तथा कर्जा असुली (आर्थिक वर्ष २०८३/८४)’ विषयक कार्यक्रम आयोजना गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलसहित वरिष्ठ कार्यकारीहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा गत आर्थिक वर्षको कार्यप्रगति समीक्षा गरिएको थियो ।
कार्यक्रममा चालु आर्थिक वर्षको बजेट, रणनीतिक कार्ययोजना तथा प्राथमिकताबारे छलफल गरिएको बैंकले जनाएको छ । साथै, केन्द्र र प्रदेशबीचको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा अन्तरक्रिया भएको थियो ।
लुम्बिनी प्रदेशका ९ जिल्लामा बैंकका ५१ शाखा कार्यालय सञ्चालनमा रहेका छन् ।
सिटिजन्स बैंकले आधुनिक बैंकिङ सेवाको विस्तारसँगै विभिन्न डिजिटल सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।
बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ नामक भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।
त्यस्तै, नवयुवालाई लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’, एकीकृत अनलाइन प्लेटफर्म ‘सिटिजन्स डिजी बैंक सेवा’ तथा स्वतन्त्र रूपमा काम गर्ने व्यक्तिहरू (फ्रिलान्सर)लाई लक्षित ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’ सञ्चालनमा ल्याएको छ ।
बैंकले मोबाइल बैंकिङ एपबाटै सेयर आवेदन तथा सीआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि उपलब्ध गराएको छ ।
यसका साथै अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकका शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने क्रस बैंक टेलर सुविधा पनि सञ्चालनमा ल्याएको छ ।
सिटिजन्स बैंकले देशभरका ६१ जिल्लामा फैलिएका २०० शाखा, १६७ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गर्दै आएको छ ।
बैंकका अनुसार हाल २० लाख ८५ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।
बैंकले विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ अवार्ड प्राप्त गर्न सफल भएको जनाएको छ ।