डलरको भाउ स्थिर, युरो र पाउण्डसहित अधिकांश विदेशी मुद्रा सस्तिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । युरो, पाउण्ड, अष्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरको भाउ भने घटेको छ ।

स्वीस फ्र्यांकको भाउ भने बढेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा रहेको छ । अघिल्लो दिन पनि अमेरिकी डलरको यही विनिमयदर कायम थियो ।

आज युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ३० पैसा र बिक्रीदर १६२ रुपैयाँ ९६ पैसा रहेको छ । अघिल्लो दिन युरोको खरिददर १६२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६३ रुपैयाँ ७ पैसा थियो ।

त्यस्तै, आज बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ५९ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३८ पैसा रहेको छ । अघिल्लो दिन पाउण्डको खरिददर १९३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९४ रुपैयाँ ७५ पैसा थियो ।

स्वीस फ्र्यांक एकको खरिददर भने आज १७६ रुपैयाँ १४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ८५ पैसा पुगेको छ । अघिल्लो दिन यसको खरिददर १७५ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६० पैसा थियो ।

आज अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९८ रुपैयाँ ५९ पैसा रहेको छ । अघिल्लो दिन अष्ट्रेलियन डलरको खरिददर ९८ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९५ पैसा थियो ।

क्यानेडियन डलर एकको खरिददर आज १०३ रुपैयाँ १८ पैसा र बिक्रीदर १०३ रुपैयाँ ५९ पैसा रहेको छ । अघिल्लो दिन यसको खरिददर १०३ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७५ पैसा थियो ।

त्यस्तै, सिंगापुर डलर एकको खरिददर ११४ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११५ रुपैयाँ १७ पैसा रहेको छ । अघिल्लो दिन सिंगापुर डलरको खरिददर ११४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ११५ रुपैयाँ २४ पैसा थियो । 

Share News