काठमाडौं । नागढुंगा–मुग्लिन सडक शनिबारदेखि दिउँसो पाँच घण्टा बन्द हुने भएको छ।
घोप्टेभीरमा लगातार खसिरहेको पहिरोका कारण शनिबारदेखि दैनिक पाँच घण्टा आवागमन बन्द गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय, चितवनका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले शुक्रबार (आज) सूचना जारी गर्दै शनिबारबाट बिहान ११ देखि अपराह्न ४ बजेसम्म आवागमन बन्द गरिने जनाएका हुन् ।
शर्माका अनुसार घोप्टेभीरमा लगातार सुख्खा पहिरो खसिरहेको छ । त्यसैले आवागमन बन्द गरी पहिरो पन्छाइने भएकाले सडक दैनिक पाँच घण्टा बन्द हुने भएको हो ।
यो अवधिमा नागढुंगा–मुग्निल सडकखण्डमा सबै प्रकारका सवारी साधन आवागमन बन्द गरिएको छ । पहिरो पन्छाएपछि मात्रै सडक आवागमन नियमति गरिने भएको छ ।