काठमाडौं । रिद्धि सिद्धि सिमेन्टले घर निर्माणको शिलान्यासलाई विशेष र स्मरणीय बनाउने उद्देश्यले ‘शिलान्यासमा रिद्धि सिद्धिसँग’ योजना सार्वजनिक गरेको छ ।
कम्पनीले यस योजनाअन्तर्गत रिद्धि सिद्धि सिमेन्ट प्रयोग गर्न चाहने ग्राहकलाई निर्माण साइट दर्ता गरी सहभागी हुन आग्रह गरेको छ । योजनामा सहभागी हुने ग्राहकले ५ ग्राम चाँदीको सिक्कासहित शिलान्यासका लागि आवश्यक पूजा सामग्री समावेश गरिएको विशेष ‘शिलान्यास बक्स’ प्राप्त गर्नेछन् ।
नेपाली परम्परा, आस्था र संस्कृतिसँग घर निर्माणको पहिलो चरणलाई जोड्दै ग्राहकलाई आवश्यक पूजा सामग्री सहज रूपमा उपलब्ध गराउने उद्देश्यले योजना ल्याइएको कम्पनीले जनाएको छ ।
योजनामा सहभागी हुन ग्राहकले कम्पनीले उपलब्ध गराएको क्यूआर कोड स्क्यान गरी दर्ता फाराममा आफ्नो विवरण भर्नुपर्नेछ । साथै, १०० बोरा वा सोभन्दा बढी रिद्धि सिद्धि सिमेन्ट खरिद गरेको भ्याट बिल अपलोड गर्नुपर्नेछ ।
कम्पनीका अनुसार प्रत्येक निर्माण साइटले एउटा मात्र शिलान्यास बक्स प्राप्त गर्न सक्नेछन् । योजनामा सहभागी ग्राहकको निर्माण साइटमै कम्पनीका प्रतिनिधि पुगेर शिलान्यास बक्स र ५ ग्राम चाँदीको सिक्का उपलब्ध गराउनेछन् । ग्राहकको सहभागिता पेस गरिएको भ्याट बिलका आधारमा प्रमाणीकरण गरिनेछ ।
यो योजना २०८३ मंसिर ४ गतेदेखि पुस ४ गतेसम्म रिद्धि सिद्धि सिमेन्ट खरिद गर्ने ग्राहकका लागि लागू हुनेछ ।
कम्पनीले गुणस्तरीय निर्माण सामग्री उपलब्ध गराउनुका साथै ग्राहकको निर्माण यात्राका महत्वपूर्ण अवसरलाई विशेष बनाउने उद्देश्यले योजना ल्याएको जनाएको छ । ‘गुणस्तरको नयाँ स्तर’ भन्ने प्रतिबद्धताअनुसार ग्राहकसँगको सम्बन्ध थप सुदृढ गर्न यो अभियान सञ्चालन गरिएको कम्पनीको भनाइ छ ।