प्रधानमन्त्रीको भारत भ्रमणमा ५२ उद्योगी-व्यवसायी सहभागी, खर्च आफैँ बेहोर्नुपर्ने (नामसहित)

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा ५२ सदस्यीय नेपाली व्यवसायी टोली पनि सहभागी हुने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको भ्रमण दलमा ३४ सदस्य रहनेछन् भने निजी खर्चमा ५२ जना व्यवसायी भारत जानेछन् ।

परराष्ट्र सचिव अमृत राईका अनुसार भ्रमणमा सहभागी हुने व्यवसायी टोलीमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, पूर्वअध्यक्ष भवानी राणासहित महासंघका वर्तमान तथा पूर्वपदाधिकारी सहभागी हुनेछन् ।

त्यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, पूर्वअध्यक्ष राजेशकुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरीलगायत पदाधिकारी पनि टोलीमा रहनेछन् ।

व्यवसायी टोलीमा नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग व्यापार महासंघ, नेपाल-भारत चेम्बर अफ कमर्स तथा नेपाल वैदेशिक व्यापार संघका प्रतिनिधिहरू पनि सहभागी हुनेछन् ।

यसैगरी ऊर्जा, पर्यटन, उद्योग तथा व्यापार क्षेत्रका उद्यमी र व्यवसायीहरू पनि भ्रमण टोलीमा समेटिएका छन् ।

सूचीमा विभिन्न व्यावसायिक संस्थाका अध्यक्ष, पदाधिकारी, कार्यसमिति सदस्य तथा उद्यमी गरी ५२ जनाको नाम समावेश छ । परराष्ट्र मन्त्रालयका अनुसार व्यवसायीहरू आफ्नै खर्चमा भ्रमणमा सहभागी हुन लागेका हुन् ।

यी हुन् भारत भ्रमणमा जान लागेका उद्योगी/व्यवसायी

१. अञ्जन श्रेष्ठ - अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ ।

२. भवानी राणा - पूर्वअध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ ।

३. कृष्णप्रसाद शर्मा - उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ ।

४. गोपालप्रसाद तिवारी - महानिर्देशक, नेपाल उद्योग वाणिज्य महासंघ ।

५. सुनीता नेह्माफुकी - कार्यसमिति सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ ।

६. बटु लामिछाने - कार्यसमिति सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ ।

७. उज्ज्वल श्रेष्ठ - कार्यसमिति सदस्य तथा उद्योग समिति सभापति, नेपाल उद्योग वाणिज्य महासंघ ।

८. सागर ढकाल - कार्यसमिति सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ ।

९. निरज काफ्ले - व्यापार समिति सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ ।

१०. शिवकुमार अग्रवाल - अध्यक्ष, नेपाल वैदेशिक व्यापार संघ ।

११. वीरेन्द्रराज पाण्डे - अध्यक्ष, नेपाल उद्योग परिसंघ ।

१२. राजेशकुमार अग्रवाल - पूर्वअध्यक्ष, नेपाल उद्योग परिसंघ ।

१३. निर्वाण चौधरी - वरिष्ठ उपाध्यक्ष, नेपाल उद्योग परिसंघ ।

१४. राजबहादुर शाह - उद्योगी/व्यवसायी ।

१५. कमलेशकुमार अग्रवाल - अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स ।

१६. दीपककुमार माल्होत्रा - वरिष्ठ उपाध्यक्ष, नेपाल चेम्बर अफ कमर्स ।

१७. खिमनारायण पराजुली - अध्यक्ष, नेपाल उद्योग व्यापार महासंघ ।

१८. कुनाल कयाल - उद्योगी/व्यवसायी ।

१९. सुनील केसी - उद्योगी/व्यवसायी ।

२०. करण चौधरी - पूर्वअध्यक्ष, नाडा अटो मोबाइल एशोसिएसन अफ नेपाल ।

२१. मोहनकुमार डाँगी - अध्यक्ष, स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ।

२२. गणेश कार्की - पूर्वअध्यक्ष, इप्पान ।

२३. पुष्कर पौडेल - उद्योगी/व्यवसायी ।

२४. भरतजंग पाण्डे - अध्यक्ष, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ।

२५. पशुपति देव पाण्डे - उद्योगी/व्यवसायी ।

२६. अर्जुनकुमार श्रेष्ठ - उद्योगी/व्यवसायी ।

२७. शोभा गुरुङ - उद्योगी/व्यवसायी ।

२८. गोविन्दप्रसाद घिमिरे - उद्योगी/व्यवसायी ।

२९. सरोज श्रेष्ठ - उद्योगी/व्यवसायी ।

३०. रवीन्द्र शाक्य - उद्योगी/व्यवसायी ।

३१. सुरेन्द्रकुमार उप्रेती - अध्यक्ष, नाडा ।

३२. विनायक शाह - अध्यक्ष, होटेल संघ नेपाल (हान) ।

३३. सागर पाण्डे - उद्योगी/व्यवसायी ।

३४. विभूषण बिष्ट - उद्योगी/व्यवसायी ।

३५. दर्शना श्रेष्ठ - उद्योगी/व्यवसायी ।

३६. दिकिला शेर्पा लामा - उद्योगी/व्यवसायी ।

३७. बलराम गुरुङ - उद्योगी/व्यवसायी ।

३८. सचिन ढकाल - उद्यमी ।

३९. नितेश मालपानी - उद्यमी ।

४०. कल्याण गुरुङ - उद्योगी/व्यवसायी ।

४१. तुकप्रसाद पौडेल - उद्यमी ।

४२. जीवा लामिछाने - उद्यमी ।

४३. दिरेकलाल श्रेष्ठ - उद्यमी ।

४४. अनुप आचार्य - उद्यमी ।

४५. नरेश दास - उद्यमी ।

४६. यमुना श्रेष्ठ - उद्यमी ।

४७. विष्णुकुमार अग्रवाल - उद्यमी ।

४८. दिलीप अग्रवाल - उद्यमी ।

४९. सञ्जय काफ्ले - उद्यमी ।

५०. दीपक थापा - उद्यमी ।

५१. निकोलस पाण्डे - उद्योगी/व्यवसायी ।

५२. राजनकुमार वन - उद्यमी । 

Share News