चीन जानुअघि रविसँग रास्वपा टोलीको छलफल

काठमाडौं । चीन भ्रमणमा जान लागेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डलले पार्टी सभापति रवि लामिछानेसँग भेट गरेको छ ।

महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको प्रतिनिधिमण्डलले शनिबार लामिछानेसँग भेट गरी चीन भ्रमणबारे छलफल गरेको हो ।

प्रवक्ता जगदीश खरेलका अनुसार टोलीले लामिछानेको निवासमा भ्रमणका विषयमा छलफल र परामर्श गरेको थियो ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा महामन्त्री आचार्य नेतृत्वको टोली आइतबार चीन भ्रमणमा जाँदैछ ।

Share News