टस जितेर लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै कर्णाली, नयाँ कप्तान बने डेभिड मिलर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत साविक विजेता लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ । टस जितेर कर्णालीका नयाँ कप्तान डेभिड मिलरले पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् । नियमित कप्तान सोमपाल कामीको स्थानमा आज मिलरले कर्णालीको कप्तानी गरिरहेका छन् ।

कर्णालीले आजको खेलमा तीन खेलाडी परिवर्तन गरेको छ । जिशान आलमको स्थानमा हुसेन तलत तथा सूर्य तामाङ र युवराज खत्रीको स्थानमा विपिन प्रसाद शर्मा र दीपेन्द्र रावतले पहिलो रोजाइमा स्थान पाएका छन् ।

यस्तै, लुम्बिनीले पनि टोलीमा दुई खेलाडी परिवर्तन गरेको छ । ग्रान्ट स्टेवार्टको स्थानमा शमिम हुसेन र तिलक राज भण्डारीको स्थानमा करण घर्ती मगरले पहिलो रोजाइमा खेल्ने अवसर पाएका छन् ।

Share News